काठमाडौं । कृषि विकास बैंक लिमिटेडले नाइमा अटो एक्स्पोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ ।
बैंकका अनुसार नाइमा अटो एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले कर्जाको प्रिमियम दर र सेवा शुल्क दुवैमा ३३.३३ प्रतिशतसम्म छुट पाउनेछन् ।
गाडी खरिद गर्न इच्छुक ग्राहकले आफूलाई पायक पर्ने नजिकैको बैंक शाखामा पुगेर कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
आवश्यक कागजात पूरा गरेपछि बैंकले गाडी खरिदका लागि तत्काल स्वीकृतिपत्र उपलब्ध गराउने जनाएको छ ।
यस अफरसम्बन्धी थप जानकारी लिन ग्राहकले बैंकको नजिकैको शाखामा सम्पर्क गर्न सक्नेछन् ।
त्यस्तै, बैंकको कल सेन्टर नम्बर ०१–५९७०१६१ मा फोन गरेर पनि जानकारी लिन सकिने बैंकले जनाएको छ ।