राष्ट्र बैंकले ६ वटा सवारी बेच्दै, मूल्य साढे ६ लाखदेखि २५ लाख ५५ हजारसम्म
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना सवारी साधन बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले विभिन्न कम्पनी ६ वटा सवारी साधन सिलबन्दी बोलपत्रको माध्यमबाट बिक्री गर्ने जनाएको छ । बिक्री गर्न लागेका सवारी जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएको छ । सो सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी माघ २२ गतेभित्र सिलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले बिक्रीमा राखेका सवारीको मूल्य ६ लाख ६३ हजार रुपैयाँदेखि २५ लाख ५५ हजार रुपैयाँसम्म तोकेको छ ।
बीवाईडीको नयाँ शोरुम पुलचोकको हरिहर भवनमा
काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले पुलचोकस्थित हरिहर भवनमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै साइमेक्स इंकले सुविधा सम्पन्न शोरुम सञ्चालनमा आएको हो । बीवाईडीका गाडी ग्राहकहरूलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित नयाँ शोरुम सञ्चालनमा ल्याइएको बताइएको छ । शोरुम उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बीवाईडीका गाडी वातावरणमैत्री हुनुका साथै यात्राका लागि उपयुक्त रहेको बताए । ‘म पनि बीवाईडीको गाडी नै चढ्छु । कुदाउन र यात्रा गर्न दुवै उपयुक्त छ, इन्धनमा आधारित गाडीको प्रयोग नगर्ने मेरो पनि लक्ष्य हो, महानगरले हरित शहरको अवधारणा लिएको छ, त्यसैले यहाँ बीवाईडी शोरुम खोल्नु आफैमा खुसीको विषय हो,’ उनले भने । यस्तै, बीवाईडीले ईभीका गाडी बिक्री साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बीवाईडी गाडीको बिक्रीलाई मात्र नभई बिक्रीपछिको सेवालाई पनि उत्तिकै प्राथमिकता दिएको बताइन् । ‘बीवाईडीको शोरुम देशका मेजर सिटीहरूमा सञ्चालनमा आइसकेका छन्, उच्च गुणस्तरका विद्युतीय सवारीसाधनको प्रदर्शनी र प्रवर्द्धनमा यो शोरुमले उल्लेखनीय भूमिका खेल्ने छ, आगामी दिनमा पनि शोरुमको विस्तार गर्दै जाने छौं,’ उनले भनिन् । श्रेष्ठले ईभीका गाडी विस्तारलाई बढाए पेट्रोलियम पदार्थको आयतमा कमी आउने बताउँदै देशबाट ठूलो हदसम्म मुद्रा बाहिरिनबाट पनि रोकिने बताइन् । नयाँ शोरुमले बीवाईडीका गाडीको बिक्री र ग्राहकलाई सहज तरिकाबाट गाडी उपलब्ध गराउनमा मद्दत पुर्याउने विश्वास व्यक्त गरिन् । उक्त शोरुमबाट बीवाईडीका गाडी इको ड्राइभ अटोमोबाइल्स कम्पनीले बिक्री गर्ने छ । कम्पनीका अनुसार ललितपुर क्षेत्रमा एक समर्पित ग्राहक सेवा केन्द्रको समेत स्थापना गरिने छ, जहाँ विद्युतीय सवारी साधन प्रयोग गर्न चाहने ग्राहकहरुका लागि आवश्यक जानकारी र सहयोग प्रदान गर्न तालिम प्राप्त कर्मचारीहरु रहने छन् । यो नयाँ शोरुम सहित बीवाईडीका अब नेपालभर १२ शोरुम, ९ सर्भिस सेन्टर र १५ चार्जिब प्वाइन्ट पुगेका छन् ।
ओमोडाले एक वर्षमा बिक्री गर्यो १ लाख ४७ हजारभन्दा बढी सवारीसाधन
काठमाडौं । ओमोडाले २०२३ मा बिक्रीमा नयाँ रेकर्ड बनाएको छ । जसमा गत अप्रिलमा लन्च भएको ओमोडा ई५ को उल्लेखनीय योगदान रहेको बताइएको छ। ओमोडाले वर्षभरमा १ लाख ४७ हजार भन्दा बढी सवारी साधनहरूको बिक्री गरेर अटो बजारमा उत्कृष्ट प्रदर्शन गरेको कम्पनीले बताएको छ । यसैगरी वर्षको अन्तिम महिनामा निर्यात बिक्री १३,६७७ इकाइमा पुगेको जनाइएको छ । २०२४ मा ओमोडा आफ्नो उत्पादन म्याट्रिक्सलाई अझ सुधार गर्न र विश्वव्यापी प्रयोगकर्ताहरूसँगको सहकार्यमा ब्रान्ड इकोसिस्टमलाई बढावा दिन लागिपरिरहेको छ। साथै, नयाँ दृष्टिकोणका साथ, ओमोडाले नयाँ कथाहरू सिर्जना गर्न र विश्वव्यापी अटोमोटिभ बजारको उच्च(गुणस्तर विकासमा थप योगदान दिने प्रयास जारी राखेको छ ।