सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प, ह्वील एलाइनमेन्टमा ५० प्रतिशत छुट

काठमाडौं । सीजी मोटोकर्पले पुस २४ देखि २६ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता रहेको सीजी मोटोकर्पले जाडो मौसमले सवारी साधनमा पार्न सक्ने प्रभावलाई मध्येनजर गर्दै उक्त सर्चिस क्याम्प आयोजना गर्ने भएको हो । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट पाउने छन् । साथै, लक्की ड्रमार्फत वर्ष भरीको लागि पाट्र्स र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज जित्न सक्नेछन् । सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसीर हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने छन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्वील एलाइनमेन्टमा ५० प्रतिशत, पाट्र्स र एसोसरिजमा १० प्रतिशत र लेबर चार्जमा २० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ । विन्टर सर्भिस क्याम्प सुजुकी नेपालभरका सर्भिस सेन्टरमा संचालन हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

अध्यक्ष करण चौधरीको अध्यक्षतामा नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन

काठमाडौं । नवनिर्वाचित अध्यक्ष चौधरीको अध्यक्षतामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ । चौधरीको अध्यक्षतामा बसेकोे नाडा केन्द्रीय कार्यसमितिको पहिलो बैठकले नाडाको विधान २०७१ को संशोधित विधान २०८० बमोजिम पदाधिकारीहरु सर्बसम्मत रुपमा निर्वाचित गरेको हो । बैठकले निवर्तमान अध्यक्ष डा. धु्रव थापा, बरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठलाई चयन गरेको छ । त्यसैगरी सो बैठकले महासचिवमा, सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंहानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पंकज अग्रवाललाई निर्वाचित गरेको छ । संस्थागत सदस्यहरुमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारी पनि निर्वाचित भएका छन् । त्यसैगरी केन्द्रीय कार्य समितिको सदस्य पदमा सुनिल रिजाल, प्रकाश कपुरी, कपिल शिवाकोटी, प्रदिपमान प्रधान, यमुना श्रेष्ठ, संजयकुमार खेतान, नवराज भुषाल, ऋद्धि कार्की, दिपेन्दकुमार मिश्र,र सौरभ थापा नर्वाचित भएका छन्  । यसै परिप्रेक्ष्यमा नाडाको उक्त विधान बमोजिम नव निर्वाचित अध्यक्ष चौधरीले मेघराज पौडेल, निलमणी पाठक र सोहन श्रेष्ठलाई सोही केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनित गरेको छ ।

भारतीय ट्रकका कारण परेको मर्का समाधान गर्छु : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संसद्को आगामी अधिवेशनमा यातायातसम्बन्धी विधेयक पेस गर्ने तयारी गरिएको बताएका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको १६औँ वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्वालाले यातायात व्यवसायीको माग सम्बोधन हुनेगरी सार्वजनिक सडक र सवारी तथा यातायातसम्बन्धी विधेयक अगाडि बढाउने बताएका हुन् । सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन गर्ने तयारीमा सरकार रहेको उल्लेख गर्दै मन्त्री ज्वालाले विकास, निर्माणको काममा समस्या उत्पन्न भएकाले सो ऐन समयानुकूल हुनेगरी परिमार्जनका लागि मन्त्रिपरिषद्मा पेस गरेको जानकारी दिए । महासङ्घका अध्यक्ष हीरालाल श्रेष्ठले ट्रक व्यवसायको सिलसिलामा पार्किङको समस्या हुने गरेको, भारतीय ट्रकका कारण नेपाली ट्रक व्यवसायी मर्कामा परेको भन्दै त्यस्ता समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए ।