रोयल इन्फिल्डको सस्तो मोटरसाइकल आयो, हन्टर ३५० को मूल्य ४ लाख ५९ हजार

काठमाडौं । रोयल इन्फिल्डको हालसम्मकै सबैभन्दा सस्तो मोटरसाइकल हन्टर ३५० नेपाल भित्र्याइएको छ । हन्टर ३५० मंगलबार नाडा अटो शोमा सार्वजनिक गरिएको छ । यो मोटरसाइकल दुई भेरियन्टमा उपलब्ध छ । एउटा भेरियन्टलाई रेट्रो र अर्कोलाई मेट्रो भनिएको छ । कलर अनुसार मूल्य फरक पर्ने कम्पनीले जनाएको छ । मोटरसाइकलको मूल्य ४ लाख ५९ हजार रुपैयाँ तोकिएको छ। यस्तै अर्को मोडलको मूल्य ४ लाख ७९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार यो बाइक नेपालमै एसेम्बल गरिएको हो । रोयल इन्फिल्डको जे-प्ल्याटफर्ममा बनाइएको बाइकमा ३४९ सीसी क्षमताको सिंगल-सिलिन्डर इन्जिन छ । यो इन्जिनले २०.२ वटा घोडाको जति हर्सपावरका साथ २७ एनएमको क्षमता उत्पादन गर्छ । यो मोडल क्लासिक ३५० को भन्दा १७ किलो हलुका छ । अर्थात वजन धेरै कम छ । यसो हुँदा यसलाई चलाउन सहज हुनेछ । यसमा रहेको टायरको ह्वीलबेस १३७० एमएमको छ । जुन यसको पहिलेको मोडलमा भएको भन्दा २० एमएम सानो हो । बाइकमा सिट पनि आरामदायी छ। यसमा सिटको उचाइ ८०० एमएम छ। कम्पनीले पहिलेको मोडलको तुलनामा यसमा धेरै फिचर थपेको छ । जस्तै ह्वील सस्पेन्सन जसले टायर र बाइकलाई सडकमा चलाउँदा ब्यालेन्स गर्ने काम गर्छ । यस्तै ह्यान्डल बार पनि यसमा उपलब्ध छ । यसैगरी ट्युबलेस टायर छ । यो बाइकमा २७० एमएमको रियर डिस्क ब्रेक र उक्त ब्रेकमा डुअल-च्यानल एबीएस अर्थात एन्टी-लक ब्रेकिङ सिस्टम छ । जसले बाइकको पाङ्ग्रालाई आपतकालीन, प्यानिक अवस्थमा वा कडा ब्रेकिङ अवस्थामा लक हुनबाट रोक्छ । यसले ब्रेकिङ सिस्टमलाई ब्यालेन्स गर्ने कम्पनीले जनाएकाे छ । दुईवटा भेरियन्टमा केही फरक इन्स्ट्रुमेन्ट क्लस्टर पनि उपलब्ध छन् । मेट्रोमा एलईडी टेल-ल्याम्प र रेट्रोमा पुरानै हलोजन बल्ब र थप स्लीक, स्टाइलाइज रियर ग्रेब रेल छन् । यो अलि आधुनिक रुपमा डिजाइन गरिएको मोटरसाइकल हो । यसमा एलईडी सूचक, फ्लाईस्क्रिन, टुरिङ सिट, क्र्यास प्रोटेक्सन, एक सम्प गार्ड र साइड-बक्स समावेश छन् ।

टिभिएस इलेक्ट्रिक स्कुटर बजारमा, यस्ता छन् विशेषता ?

काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले मंगलबार बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब नाडा अटो शोमा लन्च गरेको छ । टिभिएस मोटरको अटल र भरपर्दो इन्जिनियरिङको क्षमताहरूद्वारा समर्थित, टिभिएस आईक्युबले क्लास–लिडिङ्ग पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्दछ जुन बलियो इन–हाउस परीक्षणद्वारा प्रमाणित गरिएको छ । लन्चमा बोल्दै टिभिएस मोटर कम्पनीका डिरेक्टर र सीईओ केएन राधाकृष्णनले टिभिएस मोटर्स सँधै नयाँ प्रविधिहरू अपनाउन अगाडि रहँदै आएको बताए । टिभिएस आईक्युबमा कनटेम्पोररी लुक र उत्कृष्ट निर्माण गुणस्तर रहेको कम्पनीले जनाएको छ । ग्राहकहरुले ५ आकर्षक कलर भेरियन्टबाट आफ्नो स्टाइल अनुसार एउटारङ छनोट गर्न सक्नेछन् । आईक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्पहरू डिजाइन गरिएका छन् । सहज ५–वे जोइस्टिकको साथमा ७ इन्चको टि.एफ.टि क्लस्टरले इन्ट¥याकसन, म्युजिक कन्ट्रोल, थिम परसनलाइजेसन लगाएतका सुविधाहरु प्रदान गरेको छ । ३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज हुकले यात्रामा पर्याप्त सहजता प्रदान गर्दछ । साथै यु.एस.बि चार्जिङ पोर्टले सवारीका लागि अधिकतम सुविधा दिन्छ । लामो र चौडा सिटले व्यक्तिगत तथा पारिवारिक दुवै प्रयोगका लागि सहज भएकाले आईक्युबलाई व्यावहारिक विकल्प बनाएको छ । शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आईक्युबले ७८ कि.मि प्रतिघण्टा को टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० कि.मि प्रतिघण्टासम्म एक्सेलेरेसन दिन्छ । टिभिएस आईक्युबमा कुल ३.४ किलोवाट आवर क्षमताको एडभान्सड लिथियम–आयन रसायनको दुई ब्याट्री प्याकहरू रहेका छन् । यो एक इन्टेलिजेन्ट इन–हाउस बि.एम.एस (ब्याट्री व्यवस्थापन प्रणाली) सँग आउँदछ जसले सिंगल चार्जमा १०० किलोमिटरको रेन्ज प्रदान गर्दछ। ४.५ घन्टामा ०–८०% सम्म चार्जिङ टाइम रहेको टिभिएस आईक्युब ६५० वाटको पोर्टेबल क्यारी चार्जरको साथ आउँदछ । साथै कुनै पनि ५ यम्पीयर घरेलु सकेटको साथ प्रयोग गर्न सकिने यस स्कुटरको ब्याट्री घरमै चार्ज गर्न धेरै सुविधाजनक र किफायती हुनेछ। पावर र ईको मोडले राइडरलाई रेन्ज अथवा परफर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ । रियरमा हाइड्रोलिक ट्वीन ट्युब शक एब्जर्बर र अगाडि टेलिस्कोपिक सस्पेन्सनले कुनै पनि भूभागमा बलियो सन्तुलन र आरामदायीता सुनिश्चित गर्दछ । टिभिएस आईक्युब नयाँ युगको प्रविधि र स्मार्ट सुविधाहरूका साथ भरिपूर्ण छ । टिभिएस स्मार्ट एक्स कनेक्ट प्लेटफर्ममा नेभिगेसन प्रणाली, टेलिमेटिक्स युनिट, एन्टी–थेफ्ट, जियोफेन्सिङ सुविधाहरू, क्र्यास÷फल अलर्ट जस्तै सुविधाहरू आएका छन् । कुनै पनि स्मार्ट फोनलाई टिभिएस आईक्युब एपसँग कनेक्ट गरेर स्कुटरको ब्याट्री स्टाटस, र अन्य अवस्थाहरू जाँच गर्नुको साथै म्युजिक कन्ट्रोलको सुविधा पनि रहेको छ । एलेक्सा स्किलसेट मार्फत जानकारी लिन भ्वाइस एसिस्टहरूको प्रयोग गर्न सकिन्छ । प्लेटफर्मले ड्यासबोर्डमा दिइएका एक्टिभ समयमै सर्भिस अलर्टहरुले सवारी साधनको अवस्थाको बारेमा जानकारी दिन्छ । यस स्कुटरले आगमन कल र एसएमएस अलर्ट मात्र होइन, सामाजिक सञ्जालका एपका नोटिफिकेसनहरू समेत प्रदान गर्दछ । प्रिमियम सुविधाहरूसहितको टिभिएस आईक्युब एस पहिलो १ हजार ग्राहकहरूका लागि ४ लाख २९ हजार ९०० को आकर्षक मूल्यमा उपलब्ध छ । भृकुटीमण्डपमा मंगलबारबाट सुरू भएको नाडा अटो शोमा सार्वजनिक गरिएको यस टिभिएस आईक्युबको बारेमा विस्तृत जानकारीका लागि टिभिएसको स्टल नं. ११ मा गएर हेर्न सकिनेछ ।

काठमाडौंको टेकुमा रोयल इनफिल्डको सोरुम

काठमाडौं । रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभले काठमाडौंको टेकुमा सोरुम सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँको नारायण चौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै कम्पनीका अत्याधुनिक दुईवटा सोरुम सञ्चालनमा थिए । रोयल इनफिल्ड मोटरसाइकल सोरुम ‘वाइकर्स होमको’ अवधारणामा निर्माण गरिएको छ । सोरुमबाट बाइक, राइडिङ गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स बिक्री तथा बिक्री पछाडिका सेवाको व्यवस्था गरिएको छ । रोयल इनफिल्ड विश्वको एक मात्र सबभन्दा पुरानो मोटरसाइकल कम्पनी हो, जसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन र वितरण गर्दै आएको छ । अल्फा अटोमोटिभ प्रालिले आफ्नो एवं डिलरसमेत गरी कम्पनी मापदण्डका हाल १८ वटा सोरुम सञ्चालन गरिरहेको छ । चाँडै थप ३ वटा (वीरगन्ज, विराटनगर र धनगढी) मा सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ । अल्फा अटोमोटिभ प्रालि त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजनअन्तर्गतको कम्पनी हो । त्रिवेणी ग्रुपले उत्पादनमूलक उद्योग व्यवसाय, बैंकिङ, बिमा एवं  सर्भिस  सेक्टरमा  कार्य गरिरहेको छ ।