विद्युतीय ‘हेलिकोप्टर’ ल्याउँदै सुजुकी

काठमाडौं । अहिलेसम्म तपाईंले सुजुकी भन्नासाथ कार भनेर चिन्नुहुन्थ्यो । यो जापानी कम्पनी भए पनि यसले भारतमा सबैभन्दा ठूलो कार कम्पनी (मारुती सुजुकी) का रूपमा आफ्नो अड्डा जमाएको छ । तर, अहिले सुजुकीको आँखा आकाशतिर छ । अब ऊ उड्नेवाला विद्युतीय सवारीसाधनतर्फ अघि बढिरहेको छ । टाइम्स अफ इन्डियाले प्रकाशित गरेको रिपोर्टअनुसार सुजुकीले विद्युतीय एयर कप्टर बनाउने योजना बनाएको छ, जुन ड्रोनभन्दा ठूलो तर परम्परागत हेलिकप्टरभन्दा सानो हुनेछ । यसमा पाइलटसहित कम्तीमा तीन जना बस्न सक्नेछन् । वास्तवमा कम्पनीले नयाँ गतिशीलता समाधानहरूमा प्रारम्भिक नेतृत्व प्राप्त गर्न चाहन्छ । रिपोर्टका अनुसार प्रारम्भमा यसलाई (इलेक्ट्रिक एयरकोप्टर) जापान र अमेरिकामा ल्याउन सकिनेछ । त्यसपछि छिट्टै भारतमा सार्न सकिने छ । यो जमिनमा आधारित उबर र ओला कारहरू जस्तै एयर ट्याक्सी हुन सक्छ । यसले ग्राउण्ड ट्राफिकबाट बच्न मद्दत गर्न सक्छ । रिपोर्टका अनुसार सुजुकी मोटर (अटोमोबाइल उत्पादन योजना समूह) ग्लोब अटोमोबाइल योजना विभागका सहायक प्रबन्धक केन्टो ओगुराले कम्पनीले आर्थिक कारणले पनि भारतमा उत्पादन गर्नेबारे विचार गरिरहेको र उड्डयन नियामक नागरिक उड्डयन महानिर्देशकको कार्यालय (डीजीसीए) सँग वार्तासहित यसको सम्भाव्यतालाई विचार गरिरहेको बताएका छन् । ‘हामी भारतमा ग्राहक र साझेदारहरू खोज्न बजार अनुसन्धान गरिरहेका छौं,’ ओगुराले भने, ‘१ हजार ४ सय किलो तौलको यो एयर हेलिकोप्टरको टेक अफ तौल परम्परागत हेलिकप्टरको झन्डै आधा हुनेछ । घरको छानाबाट टेक अफ र ल्यान्डिङ गर्न सकिने छ, यो हेलिकप्टरभन्दा सस्तो हुनुपर्छ ।’ एजेन्सी

साइमेक्स इंकले ‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल-चीन फ्रेन्डसिप फुटबल खेलको प्रयोजन गर्ने

काठमाडौं । साइमेक्स इंकले ‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल–चीन फ्रेन्डसिप फुटबल खेलको प्रयोजन गर्ने भएको छ । बीवाईडी अटो इन्डष्ट्री कम्पनी लि. को नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल–चाइना फ्रेन्डसिप फुटबल खेलको प्रयोजन गर्ने भएको हो । चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजना गरिने सो महत्त्वपूर्ण खेल आगामी फेब्रुअरी १० मा दशरथ रंगशालामा हुनेछ । बीवाईडी चाइनिज न्यु इयर कपमा चीनको किन्घाई युथ फुटबल टिम र नेपालको यु–२१ फुटबल टिमबिच प्रतिस्पर्धा हुनेछ । खेलले चीन र नेपालबिचको मित्रता र सांस्कृतिक सम्बन्ध तथा संस्कृति र समुदायबिचको सम्बन्धलाई अझै मजबुत बनाउने कम्पनीले बताएको छ । इभेन्टको मुख्य प्रायोजकको नाताले साइमेक्स इंक प्रालिले दुई देशबिचको गहिरो सम्बन्धलाई अझै बलियो बनाउन भूमिका खेल्ने विश्वास लिएको छ । क्लिन इनर्जी र सस्टेनेबल मोबिलिटी सोलुसनका लागि विश्वमै नेतृत्व गरिरहेको बीवाईडी उत्कृष्टता, नवीनता र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको छ । ‘बीवाईडी चाइनिज न्यु इयर कप’ जस्तो पहलबाट आपसी समझदारी र सहयोग प्रवद्र्धन हुने र दुवै देशका जनताको जीवनस्तर उकास्न सहयोग पुग्ने बताइएको छ ।

नेपाली बजारमा उलिङ्गको ११ सिटर इभी भ्यान सार्वजनिक हुँदै 

काठमाडौं । नेपाली बजारमा उलिङ्गको ११ सिटर इभी भ्यानहरु सार्वजनिक हुँदै । ११ सिटर सो भ्यानलाई शशिला मोटर्सले बिक्री गर्न लागेको हो । शशिला मोटर्स र उलिङ मोटर्स होल्डिङ्ग लिमिटेडबीच भ्यान बिक्री गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा शशिला मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष खतिवडा र उलिङ्ग मोटर्स होल्डिङ्गका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गरेका छन् । भ्यानमा ४१.८७ किलोवाट आवरको ब्याट्री प्याक जडान भएर आउने उक्त भ्यानले सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । कम्पनीले यसमा ८ वर्ष अर्थात ४ लाख किलोमिटर वारेन्टि दिने बताएको छ । उक्त मिनि भ्यान वातावरण मैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने कम्पनीले जनाएको छ । साथै इभि भ्यानहरु मध्ये ग्राहकको पहिलो रोजाईमा स्थान बनाउन सफल हुने विश्वास कम्पनीको छ । नेपालको यातायात क्षेत्र विद्युतिकरणमा रुपान्तरण हुँदै गइरहेको वर्तमान परिस्थितीमा आरामदायी उलिङ्ग इभी कोशेढुङ्गा साबित हुने कम्पनीको दाबी छ । यसका साथै कार्वन उत्सर्जनमा कमी गर्न यसले महत्वपूर्ण योगदान पु‍र्याउने जनाइएको छ । कम्पनीका अनुसार उलिङ मोटर्स होल्डिङ्गसँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा १०० वर्ष बढीको अनुभव रहेको छ । यही अप्रिल २०२४ बाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुनेछन् ।