चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर
काठमाडौं । इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता सेरेस ग्रुपले हङकङमा सेयर सूचीकृत गर्दै १४.३ अर्ब हंगकंग डलर (करिब १.८ अर्ब अमेरिकी डलर) जुटाएको छ । कम्पनीले सेयर मूल्य निर्धारण गर्दा आफूले तय गरेको अधिकतम मूल्यमा सूचीकरण गरेको र डिलको आकार बढाउने विकल्प पनि प्रयोग गरेको हो । आइतबार जारी गरिएको स्टेटमेन्ट अनुसार चोंगकिंगमा अवस्थित र हुवाए टेक्नोलोजिज कम्पनी लिमिटेडको ईभी साझेदार कम्पनी सेरेसले करिब १०८.६ लाख कित्ता सेयर प्रति सेयर १३१.५० हंगकंग डलरमा बिक्री गरेको बताएको छ । यसमा अतिरिक्त ८.४ लाख सेयर पनि समावेश छन्, जसले प्रस्तावित सेयर संख्यामा करिब ८.४५ ले वृद्धि गर्यो । लिस्टिंग मूल्य शाङ्घाई स्टक एक्सचेन्जमा शुक्रबारको बन्द मूल्य १५५.१९ युआनभन्दा २२५ कम रहेको छ, जहाँ सेरेसका शेयर पहिले नै कारोबार भइरहेका छन् । सेरेसका हङकङमा सूचीकृत भएका शेयरहरूको ट्रेड बुधबारबाट सुरु हुनेछन् । यो वर्ष हङकङमा सूचीकृत भएका १ अर्ब डलरभन्दा बढी रकम उठाउने यो आठौँ कम्पनी हो । हङकङमा भएको कुल लगानी संकलन २०२५ का लागि ब्लूमबर्ग इन्टेलिजेन्सले अनुमान गरेको २६ अर्ब डलरभन्दा बढी भइसकेको छ । सेरेसको स्थापना सन् १९८६ मा भएको हो । सुरूमा यसले स्प्रिङ र शक अब्जर्भर उत्पादन गर्थ्यो, पछि मोटरसाइकल र अन्ततः यसले आफूलाई इलेक्ट्रिक सवारी साधनतर्फ विस्तार गर्यो । हुवाएसँगको साझेदारी सेरेसका लागि महत्वपूर्ण मोड साबित हुँदैछ । ब्लूमबर्गका अनुसार विश्लेषकहरूको अनुमानमा, यस वर्ष सेरेसको नाफा ७२५ ले बढेर १०.२ अर्ब युआनको रेकर्डसम्म पुग्ने अपेक्षा छ । सेरेसको सूचीकृत प्रक्रिया चाइना इन्टरनेसनल कर्पोरेसन र चाइना ग्यालेक्सी सेक्युरिटिज कम्पनीले संयुक्त रूपमा सम्हालेका छन् ।
‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ लक्की ड्रको ग्राण्ड रिभिल अब कार्तिक २८ गते हुने
काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालिले सञ्चालन गरेको 'पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला' अभियानअन्तर्गत ग्राहकहरूले कार्तिक २७ गते सम्म टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुनसक्ने भएका छन् । योजनाअनुसार खरिदको समयमा नै अधिकतम एक हजार रुपैयाँसम्मको क्यासब्याक कुपन प्राप्त गर्न सकिनेछ । प्रारम्भिक जानकारीअनुसार कार्तिक २१ गते लक्की ड्र रिभिल गर्ने भनिए पनि, ग्राहकहरूको उत्साह, सहभागीता र सहजतालाई मध्यनजर गर्दै ग्राण्ड लक्की ड्र कार्यक्रमलाई सारेर कार्तिक २८ गते सार्वजनिक गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । लक्की ड्रबाट छनोट भएका विजेताहरूको नाम सिप्रदी अटोपार्ट्सको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ । यस अभियानअन्तर्गत उपहारका रूपमा बम्पर उपहारमा बजाज पल्सर १५० सीसी मोटरसाइकल, दोस्रो मुख्य उपहारमा टीभीएस एनटीओआरक्यु १२५ स्कुटर, तथा अन्य उपहारमा स्मार्ट टिभी र स्मार्टफोनहरू राखिएका छन् । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी गरिएको यस अफरले नेपालभरिका टाटा सवारीसाधन प्रयोगकर्ताबाट उल्लेखनीय उत्साह र सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको कम्पनीको दाबी छ । सिप्रदी अटोपार्ट्सले सबै ग्राहकलाई कार्तिक २७ भित्रै टाटा जेन्युइन पार्ट्स खरिद गरी अफरमा सहभागी हुन आग्रह गरेको छ । कम्पनीका अनुसार टाटा मोटर्सद्वारा निर्मित टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स तथा टाटा ड्युराफिट पार्ट्स उच्च गुणस्तरका, टाटाद्वारा प्रमाणित र सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण कम्पोनेन्टहरूको आयु वृद्धि गर्ने तथा गाडीको प्रदर्शन सुदृढ बनाउने गुणले सम्पन्न छन् । यही कारणले टाटा जेन्युइन पार्ट्स नेपालभरका व्यावसायिक एवं निजी सवारी प्रयोगकर्ताबीच विश्वासिलो ब्रान्डका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ । नेपालमा टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले सदैव सक्कली पार्ट्स र भरपर्दो बिक्रीपछिको सेवामार्फत ग्राहकहरूको विश्वास कायम राख्दै आएको जनाएको छ ।
हुन्डाईको नयाँ पुस्ताको भेन्यु सार्वजनिक, डिजाईनदेखि फिचरसम्म सबैमा परिवर्तन
काठमाडौं । हुन्डाईले भारतीय बजारमा नयाँ पुस्ताको हुन्डाई भेन्यु सार्वजनिक गरेको छ । यसपटकको भेन्युमा बाहिरी देखावटदेखि आन्तरिक क्याबिनसम्म व्यापक परिवर्तन गर्दै आधुनिक प्रविधि र प्रिमियम लुकलाई प्राथमिकता दिइएको छ । नयाँ भेन्युको अगाडि क्रोम इन्सर्टसहितको आयताकार ग्रिल, ठाडो क्वाड–बीम एलईडी हेडलाइट, सी आकारको डीआरएल, पछाडि कनेक्टेड टेललाइट क्लस्टर र थ्री–डी भेन्यु लोगो जडान गरिएको छ । साइड प्रोफाइलमा १६ इन्चको अलोय ह्विल र सी-पिलरमा सिल्भर इन्सर्ट राखिएको छ । रग्ड लुक दिनका लागि अगाडि र पछाडि मोटा फक्स स्किड प्लेट पनि थपिएको छ । यसको क्याबिन पूर्ण रूपमा पुनःडिजाइन गरिएको छ । नयाँ ड्यासबोर्डसहित १२.३ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, भेन्टिलेटेड फ्रन्ट सिट, भ्वाइस–असिस्टेड इलेक्ट्रिक सनरुफ, ४-वे पावर ड्राइभर सिट, वायरलेस चार्जर र एम्बियन्ट लाइटिङ जस्ता उन्नत सुविधा समावेश गरिएको छ । सुरक्षाका लागि अगाडि र पछाडि एयरब्याग, एबीएस, ईबीडी, ईएससी आदि फिचर थपिएका छन् । नयाँ भेन्युमा १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन उपलब्ध छन् । टर्बो पेट्रोल इन्जिनले अधिकतम १२० पीएस शक्ति उत्पादन गर्छ । पहिलोपटक डिजेल भेरियन्टमा ६-स्पिड अटोमेटिक गियरबक्स उपलब्ध गराइएको छ भने यसको डिजेल म्यानुअल भेरियन्टले २०.९९ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ । यो एसयूभीले भारतीय बजारमा महिन्द्रा एक्सयूभी ३००, टाटा नेक्सन, मारुती ब्रेजा, स्कोडा कुसोक तथा किया सोनेटजस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।