जोमसोममा देशकै अग्लो ईभी चार्जिङ स्टेसन स्थापना, एमएडब्लूको नयाँ कीर्तिमान
काठमाडौं । एमएडब्लू वृद्धि स्पीड चार्जर्सले नेपालको ईभी (विद्युतीय सवारी साधन) पूर्वाधार विकासमा नयाँ कीर्तिमान राख्दै जोमसोममा देशकै सबैभन्दा उच्च स्थानमा रहेको सीसीएस२ चार्जिङ स्टेशन स्थापना गरेको छ । कम्पनीले उक्त चार्जिङ स्टेसनको औपचारिक उद्घाटन गर्दै यो उपलब्धि केवल इन्जिनियरिङ सफलता मात्र नभई, दिगो परिवहन प्रणालीको दिशामा लिएको ऐतिहासिक कदम भएको जनाएको छ । जोमसोमजस्तो दुर्गम भौगोलिक क्षेत्रसम्म ईभी चार्जिङ सुविधा पुगेपछि अब विद्युतीय सवारी प्रयोगकर्ताहरूले सुरक्षित र भरपर्दो यात्राको अनुभव गर्न सक्नेछन् । एमएडब्लू वृद्धिले हालसम्म नेपालभर ११६ स्थानमा रणनीतिक रूपमा सीसीएस२ चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ । यो विस्तारले न केवल शहरी क्षेत्रलाई समेटेको छ, तर जोमसोमजस्ता कठिन र पर्यटकीय क्षेत्रमा पनि पहुँच पुर्याएको छ । कम्पनीका अनुसार जोमसोम चार्जिङ स्टेशनले केवल ईभी पूर्वाधार सुदृढीकरणमा मात्र नभई, वातावरणमैत्री र दिगो पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान दिनेछ । पर्यावरणप्रेमी यात्रुहरूका लागि यो स्टेशन नयाँ आशा र सहजताको प्रतीक बन्ने विश्वास लिइएको छ । 'हामी जहाँसुकै, जोकोहीका लागि सफा, सुरक्षित र भरपर्दो यातायात सम्भव बनाउने दिशामा काम गरिरहेका छौँ,' कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यो उपलब्धिले नवप्रवर्तन र प्रतिबद्धताको उत्कृष्ट मिसाल प्रस्तुत गर्दै सरकार, उपभोक्ता र निजी क्षेत्रबीचको विश्वासलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
अलिशा राईको नयाँ रोजाइ : ओमोडा ई-फाइभ
काठमाडौं । चर्चित अभिनेत्री तथा उद्यमी अलिशा राईले ‘ओमोडा ई–फाइभ लक्जरी भेरियन्ट’ आफ्नो नयाँ गाडीको रूपमा रोजेकी छिन् । विद्युतीय सवारीको यात्रामा पहिलो पाइला चालेकी राईले स्टाइलिस र जीवनशैलीसँग मेल खाने यो मोडेल छनोट गरेकी हुन् । ‘लुट २’ मार्फत चर्चामा आएकी र 'राई भाषाको फिल्म बिनायो' मा मन जितेकी अलिशाको यो छनोट नेपाली सेलिब्रेटीहरूमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दो क्रममा देखिएको प्रमाण हो । ओमोडा ई-फाइभ लक्जरी र डिलक्स गरी दुई संस्करणमा उपलब्ध छ । एक पटक चार्ज गर्दा ४३० किलोमिटरसम्म यात्रा गर्न सक्ने यस गाडीले ० देखि १०० किमि प्रतिघण्टा ७.६ सेकेन्डमा पुग्न सक्छ भने अधिकतम गति १७२ किमि प्रतिघण्टा रहेको छ । यसमा समावेश प्रविधि, सुरक्षाका अत्याधुनिक फिचरहरू र आकर्षक डिजाइनका कारण ओमोडा ई-फाइभ अहिलेका स्मार्ट र सचेत ग्राहकहरूका लागि उपयुक्त विकल्प बन्दै गएको कम्पनीले जनाएको छ । नेपालमा ओमोडा जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले इच्छुक ग्राहकहरूलाई नजिकको शोरूममा आएर परीक्षण ड्राइभ लिन आमन्त्रण गरेको छ ।
रुपनी रोडमा बजाजको बम्पर एक्सचेन्ज अफर, नेपाली नागरिकतामै बाइक फाइनान्स
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं विक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले राजविराजको रुपनीमा ‘बजाज ग्राण्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ । जेठ ११ गतेदेखि सुरू हुने यो योजना जेठ १६ गतेसम्म चल्नेछ। मेलामा जुनसुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटा–साट गर्न सकिने जनाइएको छ । मेलामा ग्राहकहरुले मात्र नेपाली नागरिकताको आधारमा बजाजका बाइकहरू फाइनान्स गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैयाँ अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आकर्षक छुटसहितको योजना ल्याइएको हो । झन्डै ७० भन्दा देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइलको यो साटासाट कार्यक्रमअन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यो योजनाअन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरुलाई निःशुल्क बजाज मोटरसाइलका सामग्रीहरु तत्काल उपलब्ध गराउने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।