टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला हुँदै

काठमाडौं । नेपालमा टिभीएसको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्न लागेको छ । यो मेला जेठ ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार यस विशेष मेलामा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी सजिलै घर लैजान सक्नेछन् । साथै, मेलामा विभिन्न आकर्षक अफर र रमाइलो मनोरञ्जनका कार्यक्रमहरू पनि आयोजना गरिने छन् । मेलाको सुरुमै, जेठ ६ गतेसम्म नयाँ टिभीएस सवारी प्रि-बुकिङ गर्ने ग्राहकहरूले ५ हजाररुपैयाँ बराबरको उपहार प्राप्त गर्नेछन् । पुरानो सवारीको न्यूनतम मूल्याङ्कन ३० हजार रुपैयाँसम्म सुनिश्चित गरिएको छ भने ५० भन्दा बढी रीकन्डिसन हाउसहरूको सहभागिताले ग्राहकलाई सबैभन्दा उच्च मूल्याङ्कनको भरोसा दिने कम्पनीले जनाएको छ । त्यसैगरी, ग्राहकहरूले ८ हजार रुपैयाँसम्म नगद छुट र १० हजार रुपैयाँसम्म थप मूल्याङ्कन पाउने मौका पाउनेछन् । साथै, शून्य प्रतिशत ब्याजदरमा पनि सवारी किन्न सकिने सुविधा उपलब्ध हुनेछ (नियम तथा सर्तहरू लागू हुने) छ । नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकलाई हेल्मेट, झोला, बाइक कभर र रेनकोट निःशुल्क उपहार स्वरूप प्रदान गरिने छ । मेलामा विभिन्न मनोरञ्जन कार्यक्रमहरू समेत हुनेछन् । लाइभ ब्यान्ड प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, खेलकुद, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्र समेत तयार गरिनेछ। मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो र उत्सवको माहोल प्रदान गर्नेछ ।

महिलाको साहस र संघर्षलाई इनड्राइभको सम्मान, वृत्तचित्रमार्फत विश्वसामु प्रस्तुत

काठमाडौं । अन्यायलाई चुनौती दिने र समुदायलाई सशक्त बनाउने उद्देश्यका साथ अघि बढिरहेको ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले, महिला सशक्तिकरण, सामाजिक न्याय, र समुदायमा आधारित परिवर्तनलाई केन्द्रमा राख्दै निर्माण गरिएको एक सशक्त नेपाली वृत्तचित्रको समर्थन गर्न पाएकोमा गर्व गर्दछ । यो सहकार्यले इनड्राइभको कोर भ्यालू –निष्पक्षता, समानता, र समाजमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउँछ । कम्पनीका अनुसार समाजमा निहित असमानतासँग लड्न र प्रत्येक व्यक्तिलाई अवसरमा पहुँच दिलाउन इनड्राइभले प्रारम्भदेखि नै निष्पक्षता, सशक्तिकरण, र वास्तविक कथाहरूको प्रवर्द्धन गर्दै आएको छ । यही सिद्धान्तअनुरूप, यस वृत्तचित्रको समर्थनले स्थानीय समुदायका प्रेरणादायी कथाहरूलाई विश्वमाझ पुर्याउँदै, समतामूलक समाज निर्माणको दिशामा योगदान पुर्याउने विश्वास इनड्राइभले लिएको छ । समतामूलक पहुँच र न्यायको जगमा निर्माण गरिएको इनड्राइभको यात्रामा, यस्ता सशक्त स्थानीय कथाहरूले अझ प्रेरणा दिनेछन् र समुदायमा वास्तविक परिवर्तन ल्याउनका लागि मार्गदर्शन गर्नेछन् । चलचित्र मार्फत आवाजहरूलाई सशक्त बनाउने अभियान कथा–वाचन (स्टोरीटेलिङ) एक शक्तिशाली माध्यम हो, जसले समुदायहरूबिच जागरूकता फैलाउने मात्र होइन, परिवर्तनको वकालत गर्ने प्लेटफर्मसमेत प्रदान गर्छ । विशेषगरी, नेपालसहितका विभिन्न देशहरुमा, महिलाहरूले विभिन्न सामाजिक र सुरक्षा सम्बन्धी चुनौतीहरूको सामना गरिरहेका छन्, र वास्तविक जीवनका कथाहरूले साहस, संघर्ष, र सफलताको प्रेरणादायी यात्रा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्छ । स्थानीय आवाजलाई बुलन्द पार्ने र न्यायको पक्षमा दृढतापूर्वक उभिने उद्देश्यका साथ, इनड्राइभले नेपालमा महिलाहरूले भोगेका सुरक्षा चुनौतीहरू र उनीहरूले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरूलाई उजागर गर्ने वृत्तचित्रहरूलाई समर्थन गर्दै आएको छ । यस पहलले नारी सशक्तिकरणलाई अगाडि बढाउँदै त्यसका साथमा हुने संघर्ष र जितहरूलाई विश्वसामु प्रस्तुत गर्न सहयोग पुर्याउँछ । इनड्राइभको यो अभियान समुदायमा सकारात्मक परिवर्तनको लागि आवाज उठाउने, समानताको पक्षमा दृढतापूर्वक उभिने, र स्थानीयस्तरमा भएका क्रियाकलापहरूलाई थप प्रेरणा प्रदान गर्ने दीर्घकालीन प्रतिबद्धताको एक हिस्सा हो । कम्पनीले महिला सुरक्षाको क्षेत्रमा मात्र नभई, समुदायको हकहित र अधिकार सुनिश्चित गर्नका लागि पनि सामाजिक अभियानहरूलाई निरन्तरता दिँदै आएको छ । वृत्तचित्रमार्फत प्रस्तुत गरिने यी कथाहरूले नारीहरूको आत्मविश्वास, संघर्ष र सफलतालाई सम्मानपूर्वक प्रस्तुत गर्दै, अन्यलाई पनि परिवर्तनको पक्षमा उभिन र सशक्त बन्न प्रेरित गर्नेछ । नवीनता र प्राविधिक उत्कृष्टताको दिगो समर्थन इनड्राइभले वृत्तचित्रहरूमा मात्र सीमित नभई रचनात्मकता र प्राविधिक नवीनतालाई प्रोत्साहन गर्ने विभिन्न प्लेटफर्महरूलाई निरन्तर समर्थन गर्दै आएको छ । इनड्राइभद्वारा आयोजित ‘अल्टरनेटिभा फिल्म अवार्ड‘ यसको उदाहरण हो, जहाँ परम्परागत धारणालाई चुनौती दिने र नदेखाईएका कथाहरू उजागर गर्ने स्वतन्त्र फिल्महरूलाई विशेष अवसर प्रदान गरिन्छ । यस पहलले कलात्मक अभिव्यक्तिलाई सामाजिक परिवर्तनको शक्तिशाली माध्यमको रूपमा प्रयोग गर्दै, फरक दृष्टिकोण र कथाहरूलाई विश्वव्यापी मञ्चमा पुर्याउँछ । हालै सम्पन्न भएको इन्डोनेसियाको योगाकार्तामा आयोजित अल्टरनेटिभा फिल्म अवार्डमा नेपालबाट समेत उत्कृष्ट वृतचित्र तथा फिल्महरु सर्टलिस्टमा समावेश हुनु इनड्राइभको यो अभियानको महत्वपूर्ण उपलब्धि हो । इनड्राइभले सिर्जनात्मकता मात्र नभई प्राविधिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु‍र्याउँदै आएको छ । यसैको प्रमाणस्वरूप, इनड्राइभले ‘अरोरा टेक अवार्ड‘ मार्फत प्रविधिमा सक्रिय रहेका महिला इनोभेटरहरूलाई सम्मान गर्दै आएको छ । यो अवार्डले नारी सशक्तीकरण र लैङ्गिक समानतालाई प्रोत्साहित गर्दै, प्रविधिमा महिलाहरूको पहिचान र योगदानलाई उच्च सम्मान प्रदान गर्दछ। इनड्राइभको यो अभियानले डिजिटल वल्र्डमा महिलाहरूको पहुँचलाई विस्तार गर्दै सामाजिक प्रगतिमा थप प्रेरणा दिन्छ । इनड्राइभका यी पहलहरू मार्फत सिर्जनात्मकता, प्राविधिक उत्कृष्टता र सामुदायिक विकासलाई एकैसाथ अघि बढाउन र  समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यलाई पनि मजबुत बनाएको छ ।  इनड्राइभ एशिया प्यासिफिक (एपीएसी) क्षेत्रका पब्लिक पोलिसी एण्ड रिजनल अफेयर्सका हेड एन्टोन एम्ब्रोसले भने, ‘इनड्राइभ, असमानतालाई चुनौती दिने सिद्धान्तहरूमा आधारित प्लेटफर्म हो, नेपाली महिलाहरूको जीवनसंघर्ष र शक्तिलाई यथार्थपरकरूपमा प्रस्तुत गर्ने यस प्रेरणादायी वृत्तचित्रलाई समर्थन गर्न पाउँदा हामी अत्यन्त गर्व महसुस गर्दछौं । महिलाहरूले देखाएको सौहार्दता, साहस र सम्मानको लागि गरेको संघर्ष इनड्राइभको निष्पक्षता र समानताको मिशनसँग गहिरोरुपमा जोडिन्छ । हामी विश्वास गर्छौं कि यस्ता कथाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन पहल गर्दछ । इनड्राइभले नेपाली फिल्म निर्माताहरूलाई अन्तर्राष्ट्रिय स्तरको ‘अल्टरनेटिभा फिल्म अवार्ड‘ मा भाग लिन प्रोत्साहन गर्दै आएको छ, जसले उनीहरूको सिर्जनशीलता र कथनशैलीलाई विश्वसामु प्रस्तुत गर्ने अवसर प्रदान गर्छ। साथै, नेपाली महिला उद्यमीहरूलाई ‘अरोरा टेक अवार्ड‘ मा सहभागी भई आफ्नो नवीन सोच र क्षमतालाई प्रवद्र्धन गर्न पनि प्रेरित गर्दै आएको छ ।‘ कम्पनीका अनुसार यस वृत्तचित्रले केवल चलचित्रको रूपमा सीमित नरही, स्थानीय कथा वाचनको महत्त्व र समुदायिक नेतृत्वमा आधारित पहलहरूको एक शक्तिशाली प्रमाण प्रस्तुत गर्दछ । यसले समाजमा भइरहेको परिवर्तनशील गतिविधिहरूलाई उजागर गर्दै, सामुदायिक समस्याहरूको समाधानका लागि स्थानीय नेतृत्वलाई प्रोत्साहन गर्दछ । इनड्राइभले नेपाल लगायत अन्य विभिन्न देशहरूमा पनि यस्ता प्रेरणादायी अभियानहरूलाई समर्थन गर्दै, जनचेतना अभिवृद्धि, निरन्तर संवाद र सकारात्मक कार्यहरूको लागि प्रेरित गर्ने लक्ष्य लिएको छ । यो पहलले स्थानीय स्तरमा मात्र नभई अन्तर्रााष्ट्रिय मञ्चमा समेत सशक्त समुदाय निर्माणको संदेश प्रवाह गर्ने अपेक्षा राखिएको छ । इनड्राइभले समुदायमा आधारित यस्ता अभियानहरू मार्फत सामाजिक न्याय, महिला सशक्तिकरण र सामुदायिक नेतृत्वलाई ससक्तरुपमा अगाडि बढाउँदै आएको छ । यस किसिमका गतिविधिहरूले सामाजिक सचेतना अभिवृद्धि गर्दै दीर्घकालीनरुपमा सकारात्मक परिवर्तनको बाटो तयार पार्ने विश्वास लिएको छ ।  

हुन्डाईको इलेक्ट्रिक सवारीमा प्रि-बजेट अफर : बीमा, कर छुट र नगद सहुलियत

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हुन्डाईका तीन मोडेलका इलेक्ट्रिक सवारीहरूमा आकर्षक प्रि-बजेट अफर सार्वजनिक गरेको छ । यो अफर जेठ ५ देखि १४ गतेसम्म सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ । उक्त अफरअन्तर्गत ग्राहकहरूले नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आइओनिक ५ र क्रेटा ईभी खरिद गर्दा निशुल्क बीमा, सडक कर छुट र नगद छुटको लाभ पाउने छन् । कम्पनीले यो अफर नेपाली उपभोक्तामाझ इलेक्ट्रिक सवारीको पहुँच विस्तार गर्ने लक्ष्यसहित ल्याएको हो । तीनवटै मोडेलमा दिइने छुटले यी अत्याधुनिक गाडीहरूलाई अझ किफायती बनाउने कम्पनीको दाबी छ । लक्ष्मी हुन्डाईले देशभर डसी र एसी चार्जरयुक्त ६६ सक्रिय स्टेशनसहितको री-लार्ज चार्जिङ नेटवर्क विस्तार गरिसकेको छ । कम्पनीले सेवा, स्पेयर पार्ट्स र बिक्रीपछिको सहयोग पनि सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले इच्छुक ग्राहकहरूलाई नजिकको हुन्डाई शोरूममा सम्पर्क गरी अफरको फाइदा उठाउन आग्रह गरेको छ।