साउन २६ देखि एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ बिक्री खुल्दै, यस्तो छ ३ फण्डको प्रतिफल
काठमाडौं । एनएमबि क्यापिटलले साउन २६ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले एनएमबि म्युचुअल फण्ड फण्ड अन्र्तगतको ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२’ साउन २६ गतेदेखि निष्काशन गर्ने भएको हो । १० वर्ष अवधि रहेको एनएमबि सुभल इन्भेष्टमेन्ट फण्ड–२ बन्दमुखि योजना हो । क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई निष्काशन गर्न लागेको हो । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रबद्र्धक एनएमबि बैंकलाई, १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई र बाँकी १० करोड २० लाख इकाई सर्वसाधाण लगानीकर्तालाई छुट्याइएको छ । क्यापिटलको उक्त फण्डमा छिटोमा साउन ३१ गतेसम्म र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने छ । म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । फण्डमा लगानीकर्ताले मेरो सेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । ३ वटा फण्डको प्रतिफल क्यापिटलले यसअघि ३ वटा म्युचुअल फण्ड एनएमबि हाइब्रीड फण्ड एल–१, एनएमबि ५०, एनएमबि सरल बचत–इ र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ संचालन गरिसकेको छ । पहिलो म्यूचूअल फण्ड रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ ले ५ बर्षको अवधिमा इकाईधनीहरुलाई ७७.१० प्रतिशत नगद लाभांस वितरण गरेको छ । यस्तै, एनएमबि हाइब्रीड फण्ड एल–१ का इकाईधनीहरुलाई ५९.०५ प्रतिशत नगद लाभांश र एनएमबि ५० ले ५६.०५ प्रतिशत नगद लाभांश वितरण गरेका छन् ।
भायानेटको नयाँ शाखा अब परवानीपुर र सिमरामा, अल्ट्राफाई प्याकेजमा ल्यायो अफर
काठमाडौं । भायानेट कम्युनिकेसनले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको परवानीपुर र सिमरामा नयाँ शाखा विस्तार गरेको छ । भायानेट सिमराको सर्भिस सेन्टर सिमरा बिजनेस सेन्टरको पहिलो तल्लामा खोलिएको छ त्यस्तै परवानीपुर सर्भिस सेन्टर भने परवानीपुर राजमार्ग छेउको निराधान माईक्रोफाइनान्स नजिक खोलिएको छ । कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिनासम्मको फ्रि ओपेनिङ अफर उपलब्ध गराउने भएको छ । साथै, यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप–बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् । पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा–फाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन् । भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो ।
नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अङ्कले ओरालो लागेर दुई हजार १०६.१५ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ३.४४ अङ्कले ओरालो लागेर ४०६.११ मा सीमित भएको छ । कूल २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता सेयर दुई अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ मूल्यमा कारोबार भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । उत्पादन ५.६४ र सामूहिक लगानी कोष ०.०४ अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ ५.८४, व्यापार ११.३८, होटल तथा पर्यटन ४६.१६, विकास बैंक ५२.०३, जलविद्युत् २६.८१, वित्त २४.८४, निर्जीवन बीमा ३६.४८, अन्य ३८.६५, लघुवित्त १७.४८, जीवन बीमा १०१.९२ र लगानी ०.९८ अङ्कले ओरालो लागेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको २० करोड ७१ लाख ६९ हजार ९३५ बराबरको कारोबार भयो । त्यस्तै, नबिल बैक रु १० करोड ८५ लाख ४३ हजार १५१, नागरिक लगानी कोष आठ करोड २१ लाख २८ हजार ९६९, नेशनल हाइड्रोपावर रु सात करोड ६५ लाख ९१ हजार ५४५ र हिमालयन डिस्टिलरी रु सात करोड १८ लाख ४४ हजार ३४२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै, युनिलिभर नेपाल ५.५९, आरबीबी म्युचुअल फण्ड ५.१९, समता घरेलु लघुवित्तका लगानीकर्ताले ४.०६ प्रतिशतले कमाए । त्यस्तै, जानकी फाइनान्स ४.३१, एनआइसी एशिया सेलेक्ट फण्ड ३.८४, सिनर्जी पावर ३.५५, एशियन लाइफ इन्स्योरेन्स ३.४२ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.३१ प्रतिशतले गुमाए ।
बालेनले नर्भिकलाई भने : सरकारी जग्गामा बनाएको संरचना २४ घण्टाभित्र हटाउनु, नहटाए कारवाही गर्छु
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले नर्भिक अस्पतालले सरकारी जग्गमा बनाएको संरचना २४ घण्टाभित्र हटाउन निर्देश्न दिएका छन् । सोमबार महानगरले नर्भिकलाई पत्र लेख्दै लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा तत्काल हटाउन निर्देशन दिएका हुन् । नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन मेयर साहले निर्देशन दिएका हुन् । पत्रमा लेखिएको छ, ‘प्रस्तुत विषयमा नेपाल सरकारको नाममा दर्ता कायम रहेको कि.नं. २०८५ क्षे.फ. १–८–१–१ जग्गा हस्पिटलले लिजमा लिई उक्त जग्गाको पश्चिम तर्फ निर्मित संरचनाहरु (क्यान्टिन भवन लगायत) नेपाल सरकारसंग भएको सम्झौता विपरीत र नक्शापास स्वीकृत नगरी निर्माण भएको पाइएकोले श्रीमान् प्रमुखज्यूको आदेशानुसार उक्त संरचना २४ घण्टा भित्र हटाउनु हुन जानकारी गराइन्छ । अन्यथा नियमानुसार कार्वाही गरिने व्यहोरा समेत सूचित गरिन्छ।’
काठमाडौंका मुख्य व्यवसायिक क्षेत्रको जग्गाको मूल्य प्रतिआना ६६ लाख !
काठमाडौं । चक्रपथभित्र खाली जग्गा पाउन मुस्किल छ । बढ्दो सहरीकरणका कारण खाली जग्गासमेत क्रमशः भरिँदै गएको छ । मुख्य सहरको रुपमा चित्रित नयाँ सडक, दरबारमार्ग, बानेश्वरलगायतका स्थानमा जग्गा भेटिनै मुस्किल छ । उता मालपोत कार्यालयहरुले भने ती स्थानको पनि जग्गाको न्यूनतम मूल्याङ्कन गर्ने गरेका छन् । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले चालु आवका लागि मुख्य सहरी क्षेत्र भित्रका जग्गाको न्यूनतम मूल्याङ्कनको विवरण सार्वजनिक गरेको छ । डिल्लीबजार मालपोत कार्यालयकै क्षेत्रभित्र पर्ने दरबारमार्ग, नयाँ सडक बानेश्वरलगायतका क्षेत्रको जग्गाको सरकारी मूल्याङ्कन के कति होला भन्ने आम मानिसमा चासो रहन सक्छ । त्यसमाथि काठमाडौं उपत्यकाभित्रको सबैभन्दा महँगो मानिएको क्षेत्र कहाँ होला भन्ने जिज्ञासा पनि स्वभाविक रुपमा नै रहन सक्छ । काठमाडौं उपत्यकाभित्र नौ वटा मालपोत कार्यालय छन् । तीमध्ये छ वटा मालपोत कार्यालय त काठमाडौं जिल्लामा नै छन् । तीमध्ये सहरी क्षेत्र भित्र कार्यक्षेत्र रहेको मालपोतमा डिल्लीबजार मालपोत कायालय पर्छ । नयाँ आर्थिक वर्ष सुरु हुने वित्तिकै हरेक मालपोत कार्यालयले आआफ्नो कार्यक्षेत्रभित्रका जग्गाको न्यूनतम मूल्याङ्कनसम्बन्धी विवरण सार्वजनिक गर्छन् । मालपोत ऐन, २०३४ अनुसार डिल्लीबजारको कार्यक्षेत्रमा रजिष्ट्रेशन हुने लिखतमा थैली अङ्क कायम गर्ने प्रयोजनका लागि जग्गाको न्यूनतम मूल्याङ्कन समितिले न्यूनतम मूल्याङ्कन गरेको हो । सरकारी निकायबाट भएको मूल्याङ्कनभन्दा बजारमा कारोबार भने दशौँ गुणा बढीमा हुने गरेको छ । सहरी क्षेत्रभित्र सबैभन्दा महँगो जग्गा भने नयाँ सडक, ठमेल, दरबारमार्ग, रत्नपार्क, पुरानो बसपार्क, जमललगायतका क्षेत्रको जग्गा रहेको छ । मालपोत कार्यालयले तय गरेको मूल्याङ्कनअनुसार हनुमानढोका पूर्व नयाँ सडक, पुरानो नगरपालिका भवनको दक्षिणचोकबाट जुद्धशम्सेर सालिक हुँदै इन्द्रचोकसम्म नयाँ सडक पिपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पीश्चम पुरानो नगरपालिका भवन चोकसम्म, नयाँ सडक खिचापोखरी, धरहरासम्मको मूल सडकमा जोडिएका जग्गाको प्रतिआना मूल्याङ्कन मात्रै ६६ लाख बराबर तोकिएको छ । यस्तै केशरमहल प्रवेशद्धारदेखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गा, हनुमानढोका जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल, राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्वविश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मूलबाटो जोडिएका महेन्द्र सालिकदेखि काठमाडौं प्लाजासम्म मूल सडकको दायाँबायाँ क्षेत्रका जग्गाको सरकारी मूल्यांकन पनि प्रतिआना ६६ लाख बराबर नै तोकिएको छ । माइतीघर–सिंहदरबार पीश्चम गेट–पुतलीसडक कृष्ण पाउरोटी हात्तिसार, जयनेपाल कान्तिपथ, जमल दरबारमार्ग र घण्टाभरदेखि कमलादीमोड सम्मका मूलसडकसँग जोडिएका जग्गाको दायाँबायाँको पनि प्रतिआना ६६ लाख रहने गरी प्रस्तावित गरिएको छ । जमल रानीपोखरी, वीर अस्पताल, नेपाल वायु सेवा निगम गोश्वारा हुलाक त्रिपुरेश्वरसम्मको मूल सडकसँग जोडिएका जग्गाको दायाँबायाँको पनि प्रतिआना ६६ लाख नै न्यूनतम मूल्याङ्कन तोकिएको छ । रत्नपार्क पुरानो बसपार्क सहिदगेट हुँदै सुनधारा चोकसम्म, सिंहदरबार पीश्चमगेट हुँदै भद्रकालीसम्मका मूलबाटोमा जोडिएका जग्गाको दायाँबायाँ पनि प्रतिआना ६६ लाख नै न्यूनतम मूल्याङ्कन हुने गरी निर्धारण गरिएको छ । चःमती जग्गा एकीकरण आयोजनाको मूल सडकसँग जोडिएका जग्गाको नयूनतम मूल्याङ्कन प्रतिआना २८ लाख ६० हजार, नयाँ बजार नगरविकास आयोजनाका जग्गाको प्रतिआना २६ लाख ४० हजार बराबर तोकिएको छ । रासस
दोस्रो बजारमार्फत खरिद गरिएको सेयर रकम इसेवा मार्फत भुक्तानी गर्न सकिने
काठमाडौं । सेयर खरिद बिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सक्ने भएका छन् । इसेवाको अनुसार हाल यो सेवा ३५ वटाभन्दा बढि ब्रोकरहरुमा उपलब्ध रहेको र केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुने छ । इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कात्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क नलाग्ने कम्पनीले जनाएको छ । लगानीकर्ताहरुले आफ्नो मोबाईल वा नजिकको इसेवाका जोन पोइन्ट मार्फत समेत रकम भुक्तानी गर्न सक्नेछन् । इसेवाका लगानीकर्ताले इसेवामा रहेको टिएमएसमा क्लिक गरी फण्ड म्यानेजमेन्टमा जानुपर्ने छ । त्यसपछि कोलाटरोल (आफुले तिर्ने रकम) उल्लेख गरी पठाउन चाहेको बैंक छानेर सहजै रकम पठाउन सक्नेछन् । इसेवाका बिजनेस हेड आशिष गौतमले आर्थिक स्वाधिनतातिर लम्किरहेको समाजले सरल र सहज तरिकाले सेयर बजारको दोस्रो बजारमा करोबार गर्न मिल्ने गरी टिएमएसमा इसेवा जोडिएको बताए ।
सिभिल बैंकको लाभांश क्षमता ११.०९ प्रतिशत
काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा सिभिल बैंकको सेयरधनीहरुलाई वितरण गर्ने लाभांश क्षमता ११०.०९ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा बैंकको ५.२८ प्रतिशत लाभांश दिने क्षमता रहेको थियो । तर, गत वर्ष ११०.०९ प्रतिशत बढेर ११.०९ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता पुगेको हो । बैंकले आर्थिक वर्ष २०७७/०७८ मा ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । सोही आधारमा पनि बैंकले गत वर्ष ११ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । गत असार मसान्तसम्ममा बैंकको स्प्रेड दर ६९.०५ प्रतिशत बढेर ४.२६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको २.५२ प्रतिशत स्प्रेड दर रहेको थियो । अघिल्लो वर्ष १०.४६ प्रतिशत बेसरेट रहेको सिभिलको गत वर्ष ३३.५९ प्रतिशत बढेर ७.८३ प्रतिशत कायम रहेको छ । यस्तै, बैंकको कस्ट अफ फण्ड १७.४९ प्रतिशत बढेर ६.४६ प्रतिशत पुगेको छ । बैंकको खराव कर्जा १.०८ प्रतिशत रहेको छ । गत वर्ष बैंकको खुद नाफा १६२.३६ प्रतिशत बढेर १ अर्ब ३८ करोड रुपैयाँ कमाएको छ । नाफासँगै बैंकको वितरण योग्य नाफा १२०.३१ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ४९ करोड ८५ लाख ८५ हजार रुपैयाँ रहेकोमा गत असार मसान्तसम्ममा १ अर्ब ६३ लाख ९ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १४९.८६ प्रतिशत अर्थात् ९.१५ रुपैयाँ बढेर १५.२६ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी ६.११ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १३.९६ प्रतिशत रहेको छ ।
एक वर्षको डिशहोम रिचार्ज गर्ने दुई जनाले पाए १ लाख रुपैयाँ
काठमाडौं । एक वर्षको रिचार्ज गर्ने डिशहोमका ग्राहक तथा माडि लघुजलविद्युतका सचिव र १ लाख रुपैयाँ जितेका छन् । लघुजलविद्युतका सचिव ज्ञान बहादुर खड्का र सदस्या विजय कुमार घर्तीले १ लाख रुपैयाँ जितेका हुन् । कम्पनीले ल्याएको योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले एक वर्षको रिचार्ज गर्दा हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् । डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ । यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपा च्यानल तथा डिशहोम सोकेसमा हुने गर्दछ ।