मिर्मिरे र बुद्द ज्योति लघुवित्तको एकीकृत कारोबार सुरु, एफपीओ जारी गर्ने
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्द ज्योति लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । बुधबार संस्थाले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट बुद्द ज्योति लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको हो । बनेपामा केन्द्रिय कार्यलय रहेको मिर्मिरे लघुवित्त र रुपन्दर्शीको लुम्बिनीमा रहेको बुद्द ज्योति लघुवित्त भदौ १२ गते राष्ट्र बैंकबाट इजाजत पाएका थिए । प्राप्ति गर्दाको स्वाप रेशियो १ : ०.७६ निर्धारण गर्दा वित्तीय संस्थाको कुल चुक्तापुजी ५३ करोड १२ लाख ५ हजार ३ सय ८८ रुपैयाँ भएको छ । एकीकृत कारोबार पश्चात मिर्मिरेको चुक्तापुँजी ५३ करोड १२ लाख ५ हजार ३ सय ८८, अधिकृत पुँजी ६० करोड, शाखा संख्या १५१ हुनेछ भने लगानीमा रहिरहेको कर्जा रकम ८ अर्ब ७२ करोड, ऋणी सदस्य संख्या ५९ हजार ७ सय जना कुल सदस्य संख्या १ लाख ३२ हजार १९३ जना र निक्षेप संकलन २ अर्ब ६८ करोड तिन लाख ९ हजार ३ सय अठ्ठाईस भएको छ । योसँगै, लघुवित्तले एफपीओ पनि जारी गर्ने सम्बन्धमा बुधबार नै धितोपत्र बोर्डलाई पत्राचार गरेको जानकारी पनि दिएको छ । लघुवित्तले नेपाल राष्ट्र बैंकबाट साउन ३० गते संस्थापक समूह र सर्वसाधारण समुहको सेयर स्वामित्व प्रतिशत ७०:३० कायम गर्ने प्रयोजनको लागी एफपीओ जारि गर्ने स्वीकृति पाएकोले प्रक्रिया अघि बढाएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले बताए । यस्तै, मिर्मिरे लघुवित्त वित्तीय संस्थाले शान्ता केसी कार्कीलाई संचालकमा नियुक्त गरेको छ । संस्थाको संचालक समितिको बैठकले कार्कीलाई संचालकमा नियुक्त गरेको हो । यस अघि बुद्द्ज्योती लघुवित्तको संचालक रहेकी कार्की रुपन्देही जिल्लाकी स्थानीय व्यक्तित्व हुन् । वित्तीय संस्थाका अध्यक्ष टेक बहादुर बोहरा समक्ष आजै संचालक कार्कीले गोपनियताको सपथ लिनुका साथै पदभार ग्रहण गरेको पनि लघसवित्तले जानकारी दिएको छ ।
भाडा बस्न घर खोज्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स, यी १९ ठाउँमा आवश्यक
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले देशभरिका विभिन्न स्थानमा घरबहालमा लिने भएको छ । कम्पनीले बुधबार एक सूचना प्रकाशन गरि उपत्यका र उपत्यकाबाहिर गरि १९ वटा ठाउँमा घरबहालमा लिने बताएको हो । कम्पनीले काठमाडौं उपत्यकाभित्र चाबहिल चोकदेखि चुचेपाटीसम्म, सूर्यबिनायक/जगते/कमलबिनायक, कालिमाटीदेखि कुलेश्वर वा सोल्टिमोडसम्म र सामाखुसी चोकदेखि गोगंबुसम्म रहेका घर बहालमा लिने भएको छ । यस्तै, उपत्यका बाहिर झापाको काकडभिट्टा, मोरङ्गको पथरी, सुनसरीको दुहबी, बाराको कलैया र निजगढ, परासीको परासी बजार, दाङको तुलसिपुर, बाँकेको कोहलपुर, सुर्खेतको छिन्चुर, कैलालीको लम्की, अत्तरीया, कास्कीको लेखनाथ, चितवनको पर्सा, धनुषाको महेन्द्रनगर र बाँकेको नेपालगंजमा घरबहालमा लिने जनाएको छ । कम्पनीले माथि उल्लेखित स्थानमा कार्यालय सञ्चालनको लागि ५ सयदेखि १ हजार वर्ग फिट सम्मको क्षेत्रफल भएको कार्य स्थल र भवन बहालमा आवश्यक परेको सूचनामा उल्लेख गरेको छ । घरबहालमा दिन इच्ुछुकले १५ दिन भित्र कम्पनीको कार्यालयमा शिलबन्दी प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।
म्युचुअल फण्डको लाभांश घटेर एकल अंकमा, एनएमबि हाइब्रिडको मात्रै बढ्यो
काठमाडौं । अघिल्लो वर्षको तुलनामा गत वर्ष म्युचुअल फण्डको प्रतिफल घटेको छ । सेयर बजार बढेपछि राम्रो आम्दानी गरेका म्युचुअल फण्डले इकाईधनीहरुलाई मनग्य प्रतिफल वितरण गरेका थिए । तर गत वर्ष बजारमा गिरावट आएसँगै म्युचुअल फण्डको नाफा घट्दा प्रतिफल पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीका २७ म्युचुअल फण्ड सूचीकृत छन् । अघिल्लो वर्ष सेयर बजारले रेकर्ड राख्दै नयाँ उचाइ चुम्न सफल भएपछि म्युचुअल फण्डको राम्रो आम्दानी भएको थियो । आम्दानी बढेसँगै फण्डले इकाईधनीहरुलाई मनग्य प्रतिफिल दिएका थिए । तर गत वर्ष भने म्युचुअल फण्डको लाभांश घटेको हो । हालसम्म ८ वटा म्युचुअल फण्डले गत आर्थिक वर्ष २०७८/२०७९ को लाभांश वितरण गर्ने घोषणा गरेका छन् । जसमा अधिकांश फण्डको लाभांश घटेको छ । तर २ वटा फण्डको भने लाभांश बढेको छ । लक्ष्मी क्यापिटलका दुई वटा म्युचुअल फण्डको प्रतिफल दोहोरो अंकबाट एकल अंकमा झरेको छ । यस्तै, एनआईविएल प्रगति फण्ड र सिद्धार्थ इक्विटी फण्डको प्रतिफल पनि सिंगल डिजिटमा झरेको छ । यस्तै, एनएमबि फिफ्टी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सनराइज फर्स्ट म्युचुअल फण्डको पनि लाभांश घटेको छ । यता एनएमबि हाइब्रिड फण्ड एल–१ को भने लाभांश वृद्धि भएको छ । हालसम्म लाभांश घोषणा गरेका म्युचुअल फण्डहरुमा एनएमबि हाइब्रिड फण्ड एल–१ ले अघिल्लो वर्षको तुलनामा बढी घोषणा गरेको हो ।
कुमारी बैंकको खुर्कोट शाखा संचालन
काठमाडौं । कुमारी बैंकले सिन्धुली जिल्लास्थिते खुर्कोट शाखा संचालनमा ल्याएकोे छ । बैंकले भदौ १५ गते बुधबारबाट खुर्कोट शाखा संचालनमा ल्याएको हो । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको जनाएको छ । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको छ । कुमारी बैंकले देशभर रहेका १९८ शाखा संजाल, १९४ एटिएम, २४ एक्सटेन्सन काउन्टर तथा ४९ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
भिजिट भिसामार्फत मानव बेचविखन
काठमाडाैं । भ्रमण भिसाको दुरुपयोग गरी मानव बेचविखनका घटना सार्वजनिक हुन थालेपछि प्रहरीले कडा निगरानी थालेको छ । यही भदौ ८ देखि ११ गतेसम्ममा प्रहरीले भ्रमण भिसामा जान लागेका झण्डै दुई सय व्यक्तिको कागजात शङ्कास्पद देखिएपछि उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको थियो । उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा ३९ जनालाई नक्कली कागजात बनाएर भ्रमण भिसा दिई कुवेतमा बेचविखन गर्न लागेको खुलेको प्रहरीको मानव बेचविखन तथा अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । त्यसमा केही व्यक्ति संलग्न रहेका पाइएकाले उनीहरुको खोजीकार्य सुरु भएको उनले बताए । नेपाल सरकारले घरेलु कामदार पठाउन रोक लगाएको कुवेतमा पठाउने क्रममा यही भदौ ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पीडितलाई फिर्ता गराएको थियो । पीडितलाई फ्रि–भिसा फ्रि–टिकटमा कुवेतमा घरायसी काममा लगाइदिने र आकर्षक तलब मिल्ने प्रलोभन दिइएको पाइएको छ । ती गिरोहले पीडितको आवश्यक पासपोर्टलगायतका कागजातसमेत आफैँ बनाई महिला र पुरुषलाई काठमाडौँमा ल्याएर राख्ने गरेको खुल्न आएको छ । उनीहरुका कागजात जाँच गर्दा नक्कली रहेको फेला परेको छ । गैरकानूनीरूपमा कुवेत लैजान लागेको पुष्टि भएपछि पीडितले आवश्यक कानूनी कारवाहीका लागि ब्युरोमा जाहेरी दिएको मल्लले बताए । आरोपीमाथि मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको र खोजीकार्य जारी रहेको ब्युरोले जनाएको छ । उनीहरुको नाम भने ब्युरोले खुलाएको छैन ।
लेन मिचेर भागेकालाई सिसी क्यामेरा हेर्दै, कारबाही गर्दै ट्राफिक
काठमाडौं । तपाईंले ट्राफिक प्रहरीको आँखा छलेर लेन मिच्दै जथाभावीरुपमा सवारी चलाइरहनुभएको त छैन । यदि त्यस्तो छ भने अब तपाईं प्रहरीको कारवाहीबाट भाग्न सक्नुहुन्न । कुनै न कुनै दिन तपाई कारवाहीको भागिदार हुन सक्नुहुन्छ । किनकी प्रहरीले सिसी क्यामराको श्रव्यदृष्य हेरेर नियम उल्लङ्घन गर्नेलाई खोजेर कारवाही सुरु गरेको छ । विगतमा उक्त अभियान चलाइएपछि केही वर्ष रोकिएकामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त कार्यलाई पुनः सुरुआत गरेको हो । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गरी फरार रहेका सवारीसाधनका चालकलाई सिसी क्यामेराका आधारमा कारवाही तीव्र पारिएसँगै पछिल्लो समयमा मात्रै सिसी क्यामेराको फुटेजका आधारमा पहिचान गरी ६३ सवारी साधनका चालक कारवाहीमा परेका छन् । उक्त फुटेजमा कैद भएको श्रव्यदृष्यमा देखिएअनुसार लेन उल्लङ्घन गर्ने ३१ एकतर्फी सडकमा सोविपरीत सवारीसाधन चलाएका २३ र सवारी मोड्न निषेध गरेको स्थानमा सवारी साधन मोडेका आठ जना चालकलाई कारवाही गरिएको हो । यस्तै यात्रु लिन नमानेको कसुरमा अर्का एक चालकलाई पनि कारवाही गरिएको छ । भदौ १ देखि १४ गतेसम्म काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका चार सय २० चालक छन् । ट्राफिक प्रहरीले खोजी गरी ल्याइएका ९७ चालकमध्ये ६३ जनालाई कारवाही गरिएको छ । अन्य चालक हालसम्म ट्राफिक प्रहरीको सम्पर्कमा नआएकाले खोजी भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ट्राफिक प्रहरीले विगतमा झैँ सिसीटिभी फुटेजका आधारमा खोजी गरी गर्ने कारवाहीलाई थप तीव्रता दिइएकोे प्रवक्ता भट्टले बताए । प्रहरीले विद्यार्थी लक्षित जाँच अभियान पनि सँगसँगै अघि बढाएको छ । उक्त अभियानका क्रममा विद्यार्थीले पनि मापसे गरेर सवारी चलाउने गरेको पाइएपछि उनीहरुसमेत कारवाहीमा परेका छन् ।
अब खल्ती एपबाट क्युएफएक्स सिनेमाको टिकट काट्न सकिने
काठमाडौं । खल्ती एपबाट क्युएफएक्समा चल्ने सिनेमाको टिकट काट्न सकिने भएको छ । बुधबार दुई कम्पनीबीच सम्झौता भएसँगै खल्ती एपबाट क्युएफएक्सको टिकट काट्न सकिने भएको हो । खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विनय खड्काले ५० सकेण्डमा टिकट काट्न सकिने बताए । उनले चलचित्र उद्योगमा यस साझेदारले ठुलो सहयोग पुग्ने विश्वास लिएको पनि बताए । ‘खल्तीले विगत ६ वर्षदेखि देशलाई नै डिजीटलाइजेशन गर्ने लक्ष्य लिएर अगाडि बढी रहेको छ, नेपालमा पनि दिनहुँ भूमि कल्चरको विकास बढ्दो छ, त्यसलाई समर्थन गर्ने हिसाबले र हामी आफै पनि माससम्म पुग्न क्युएफएक्स सिनेमासँग साझेदारी गरेका हौं,’ उनले भने । थ्रिएटरसँग मात्र नभई चलचित्र लेबलसम्म नै साझेदारी गरेर अगाडी बढ्ने योजना रहेको पनि खड्काले बताए । यस्तै, क्युएफएक्समा सिनेमा घर देशका विभिन्न ११ ठाउँमा रहेको क्युएफएक्समा सिनेमाकी महाप्रबन्धक प्रशंसा पाण्डेले बताइन् । सो हाल काठमाडौं उपत्यका भित्र सिभिल मल, लबिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स रहेका छन् । यस्तै, भाटभटेनी विराटनगर, जल्मा नारायणगढ, बागेश्वरी नेपालगन्ज, वान स्टप मल बिर्तामोड, भाटभटेनी बुटवल क्युएफएक्सका सिनेमा हलहरू छन् । ‘आफूलाई मन परेको चलचित्र हेर्नको लागि घण्टौं कुर्नु पर्छ, लाइनमा नै बसर अब टिक काट्नु पर्दैन, अब खल्ती एप बाट सजिलै मनपरको सिट सहित जुन सुकै चलत्रिको पनि टिकट काट्न सकिन्छ,’ उलने भनिन् । १२औं क्युएफएक्स हल वीरगन्जमा खुली सञ्चालनमा आउने पनि पाण्डेले जानकारी दिइन् । खल्तीको करिब ६ वर्षको अवधिमा खल्ती डिजिटल वालेटको ५० हजार भन्दा बढी एजेन्ट नेटवर्कको साथमा देशभर २३ लाखभन्दा बढी प्रयोगकर्ताहरू रहेका छन् ।
बैंक अफ काठमाण्डूका ग्राहकलाई रुपन्देहीकाे मेरो स्टोरमा १० प्रतिशत छुट
काठमाडौं । बैंक अफ काठमाण्डू र मेरो स्टोरबीच सम्झौता भएको छ । बैंक र स्टोरबीच बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । यस सम्झौता पश्चात बैंकका ग्राहकलाई रुपन्देहीमा रहेको मेरो स्टोरमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।