अछाममा पहिरोमा परी नौ जनाको मृत्यु, सात बेपत्ता
अछाम । अछामको विभिन्न भागमा पहिरो जाँदा नौ जनाको मृत्यु र सात जना बेपत्ता भएका छन् । लगातारको वर्षा र पहिरोमा परी जनधनको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार गए रातिदेखिको वर्षासँगै पहिरो जाँदा तुर्माखाँद गाउँपालिकामा दुई घर पुरिएर नौ जना बेपत्ता भएकामा दुई जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए। बर्षातका कारण उक्त क्षेत्रको सञ्चार सेवासमेत अवरुद्ध भएको छ । त्यसैगरी यहाँको कमलबजार नगरपालिकामा पहिरो गएर घर पुरिँदा सात जनाको मृत्यु भएको छ । वडानं स्थित ठाँटीखाँदका सातै जना घरको माथिबाट खसेको पहिरोमा पुरिएकामा सबैको शव फेला पारिएको छ । पहिरोमा परी अन्य आठ जना घाइते भएका भएकामा चार जनाको अवस्था जटिल छ । त्यसैगरी पहिरोकै कारण ढकारी गाउँपालिकामा एक घर पुरिँदा तीन जना घाइते भएका छन् । अछामका विभिन्न स्थानमा पहिरोका कारण क्षति भएपछि स्थानीय प्रशासन, प्रहरी टोली बिहानैदेखि उद्धारमा खटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाङीले यहाँका अन्य ठाउँमा पनि पहिरोले घर पुरिएर क्षति भएको खबर आएकाले प्रहरीको टोली परिचालन गरिएको जानकारी दिए।
नेक्स्ट स्मार्ट सपिङको पहिलो शाखा कपनमा
काठमाडौं । नेक्स्ट स्मार्ट सपिङ कम्पनीको पहिलो नयाँ शाखा कपनमा खुलेको छ । नेपालकै पहिलो स्मार्ट सपिङका रुपमा रहेको उक्त आउटलेट बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ कपन सुन्दर बस्तीमा खुल्लेर सञ्चालनमा आएको छ । कम्पनीले शनिबार उद्घाटन गर्दै उक्त नयाँ शाखा सञ्चालनमा ल्याएको हो । चार जानले साझेदारी गरेर उक्त सपिङ खोलेको नेक्स्ट स्मार्ट सपिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज भाइ श्रेष्ठले जानकारी दिए । नेक्स्ट स्मार्ट सपिङ नयाँ अवधारणासहित खोलिएको छ । सीईओ श्रेष्ठका अनुसार संरचना सहित ५ करोड रूपैयाँको लगानिमा ऊक्त शाखा सञ्चालनमा आएको छ । अस्ट्रेलियाको कोल्स र जापानको ताकाशिमाया सपिङ सेन्टरको अवधारणलाई मिसाउँदै नेपालमा पहिलो पटक नेक्स्ट स्मार्ट सपिङ शुरु गरेको पनि श्रेष्ठले बताए । सो सपिङ्ग सेटरमा किनमेल गर्दा विदेशका सपिङ सेन्टरको जस्तो अनुभूति ग्राहकले पाउने छन् । सञ्चालित उक्त स्मार्ट सपिङ ६ रोपनी क्षेत्रफल फैलिएको छ । सो स्मार्ट सपिङ प्राङ्गडमा ४० वटा गाडी र ४० वटा मोटरसाइकल पनि पार्किङ गर्न मिल्छ । काठमाडौं महानगरपालिका वडा नं. ४ का वडा अध्यक्षको जग्गामा सो स्मार्ट सपिङ निर्माण भएको हो । उक्त सपिङ सेन्टरमा बिद्युतीय गाडी चार्जिङ स्टेसन पनि जडान हुनेछ । तर, जडान भने भएको छैन । केही समय पछि चार्जिङ स्टेसको पनि जडान हुने कम्पनीको दाबी छ के-के छन् सुविधा ? घरको लागि चाहिने खाद्य र अन्य सम्पूर्ण (ग्रोसरी) सामान नेक्सट् स्मार्ट सपिङमा उपलब्ध छन् । स्मार्ट सपिङमा पाइने ग्रोसरीका सामानहरू स्वस्थ्यकर हुनुको साथै गुणस्तर हुने पनि श्रेष्ठको दाबी छ । यस्तै, स्मार्ट सपिङमा इलेकट्रोनिक्स सामानहरू पनि उपलब्ध छन् । कम्पनीले उद्घाटनको अवसर पारेर सामान किन्दा निश्चित छुट वा अफर पनि दिएको छ । गुणस्तरीय सेवालाई मध्यनजर गरेर स्मार्ट सपिङ खोलेको श्रेष्ठले बताए । नेक्स्ट सपिङ सेन्टरमा घरयासि देखि दैनिक उपभोग्य सामग्री उपलब्ध छन् । नेक्स्ट स्मार्ट सपिङ पहिलो चरणमा काठमाडौंका ५ वटा ठाउँमा खुल्ने कम्पनीले जनाएको छ । कपन पश्चात् अर्को शाखा त्यसको शाखा बौद्धमा खुल्ने पनि श्रेष्ठले बताए । बौद्धमा सो सपिङ ५ रोपनीको क्षेत्रफलमा हुनेछ । बौद्धमा स्मार्ट सपिङ निर्माण भइसकेपछि पेप्सीकोलामा खुल्नेछ । हाल उक्त ठाउँमा नेक्स्ट स्मार्ट सपिङ खोल्नको लागि संरचना तयारीको काम भइरहेको कम्पनीले जनाएको छ ।
‘वल्र्ड कंग्रेश इनोभेसन एण्ड टेक्नोलोजी २०२२’ मा खल्तीले पायो डिजिटल अपर्चुनिटी एण्ड इनक्लुजन अवार्ड
काठमाडौं । डिजिटल अपर्चुनिटी एण्ड इन्क्लुजन अवार्ड ‘खल्ती’ले जितेको छ । नेपालको डिजिटल भुक्तानी प्रणालीमा काम गर्दै आएको ‘वल्र्ड कंग्रेश इनोभेसन एण्ड टेक्नोलोजी २०२२’ कार्यक्रममा विट्साले अवार्ड दिएको हो । विगत २२ वर्षदेखि प्रदान गर्दै आएको ल्लोबल आइसिटि एक्सिलेन्स अवार्डका निम्ति विट्साले आफ्नो प्रतिनिधित्व रहेको ८० देशमा रहेका सदस्य संस्थाहरुमार्फत् प्रतिस्पर्धाको निमित्त आह्वान गरेको थियो । सोही अन्तर्गत गत मार्च २३ मा विट्साले गरेको अवार्ड आह्वानमा ‘खल्ती’ले पनि निवेदन दिएको थियो । विभिन्न संस्थाबाट आवेदन पुगेकोमा नतिजाका लागि प्रविधि, सूचना तथा सञ्चार विज्ञलाई निर्णायकका रूपमा राखेर विट्साले नतिजाको तयारी गरि ‘खल्ती’लाई दिएको जनाएको छ । डिजिटल अपर्चुनिटीइन्क्लुजन अवार्डमा ८० भन्दा बढि देशका प्रतिनिधिहरू सहभागी भएका थिए । कायक्रर्म मलेसियामा सेप्टेम्बर १३ देखि १५ सम्म आयोजना भएको थियो ।
कामना सेवा गेट वे पेमेन्ट सर्भिस सँग सम्झौता गर्ने पहिलो विकास बैंक बन्यो
काठमाडौं । कामना सेवा विकास बैंक, आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा युनीफाईड पेमेन्ट इन्टर्फेस् नेपालसँग आबद्ध रहेको गेट वे पेमेन्ट सर्भिस प्रा. लि. सँग सम्झौता गर्ने नेपालकै पहिलो विकास बैंक बनेको छ । भदौ ३१ गते शुक्रबार बैंकको केन्द्रीय कार्यलय ज्ञानेश्वर सम्झौता सम्पन्न भएको हो । सेवा शुरु भए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले युपीआइमार्फत कामना सेवाविकास बैंकमा रहेकै बैंकखातामा सोझै रकमान्तर गर्न एवं भारतीयपर्यटकले कामना सेवाविकास बैंकका मर्चेन्टहरुमा भारतीय बैंककै एपमार्फत क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने पनि बैंकले जनाएको छ । यस सेवाले भारतबाट प्राप्तहुने विप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास बैंकले लिएको छ ।
चौतारा–मेलम्ची सडकका झोलुंगे पुल जिर्ण बन्दै
काठमाडौं । चौतारा–मेलम्ची सडकको निर्माण पूरा भएपछि झ्याडी खोलामा रहेको झोलुङ्गे पुलमा मान्छे हिँँड्न छाडेका छन् । मान्छे नहिँड्ने र त्यसको संरक्षण पनि नभएकाले अहिले सो पुलको भग्नावशेष मात्र बाँकी छ । सडकको विकाससँगै खोला र नदीमा पक्की पुल बन्न थालेपछि झ्याडीखोलाको जस्तै जिल्लाका एक दर्जन झोलुङ्गे पुल ओझेलमा परेका छन् । पक्की पुल बनेपछि मान्छे झोलुङ्गे पुलमा हिँड्न छाड्ने र त्यसको संरक्षण पनि नगर्ने भएकाले पुलको भग्नावशेष मात्र बाँकी रहेको कुञ्चोकका जीवन गिरी बताउँछन् । एक गाउँबाट अर्को गाउँमा जाँदा खोला र नदी तर्नका लागि सहज बनाउन निर्माण गरिएका त्यस्ता पुल कुनै समय मानिसका लागि यातायात र सञ्चार क्षेत्रमा वरदान सावित भएका थिए। अहिले यातायात र सञ्चारको आधुनिकीकरणसँगै झोलुङ्गे पुलको महत्व घटेको छ । पहिला–पहिला जिल्लाको पश्चिमी क्षेत्रका अधिकांश जनता हिँड्डुल गर्ने सिन्धुखोलाको झोलुङ्गे पुलको भग्नावशेष मात्र बाँकी छ । मेलम्चीमा मोटरबाटो निर्माण हुँदा पक्की पुल बनेपछि यसबाट मान्छे हिँँड्न छाडेको र त्यसको संरक्षण पनि नगरिएकाले सो पुल काम नलाग्ने अवस्थामा पुगेको स्थानीयवासी पुरुषोत्तम घोरासैनी बताउँछन् । तालामाराङ, खाल्डेखोला, शिखरपुरको सहरेखोलालगायत यस क्षेत्रका एक दर्जन जति पुल सडकको विस्तरसँगै उपयोगविहिन बनेका हुन् ।
नेरुडे लघुवित्तको वित्तीय साक्षरता र पङ्खा वितरण कार्यक्रम सम्पन्न
काठमाडौं । नेरुडे लघुवित्तले वित्तीय साक्षरता तथा पङ्खा वितरण कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले सुनसरीको देवानगंज गाउँपालिका ५ साहेवगंजमा रहेको अमरसिंह माध्यमिक विद्यालयका विद्यार्थी तथा सरोकारवालाहरुसँग वित्तीय साक्षरता तथा पङ्खा वितरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नेरुडेका संचालक समिति सदस्य मणिकुमार अज्र्यालले विद्यालय प्रधानाध्यापक इन्द्रदेव गुप्ता मार्फत विद्यालयलाई १० थान सिलिङ्ग पङ्खा हस्तान्तरण गरेका थिए । विगतका दिनहरुमा नेरुडेले सोही क्षेत्रका नागरिकहरुसँग घर–घरमा गएर सचेतना मूलक कार्यक्रम तथा लघुवित्तीय कार्यक्रम सूरु गरेको अज्र्यालले बताए । नेरुडेका नायव महाप्रबन्धक भागनारायण साहूले संस्थागत परिचयका साथै सामाजिक कार्यमा नेरुडेले खेलेको भूमिका तथा भावि कार्य योजनाका विषयमा चर्चा गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि देवानगंज गाउँपलिका ५ का वडा अध्यक्ष मनोज कुमार मण्डल रहेका थिए । कार्यक्रममा नेरुडेका सुमन थापाले वित्तीय साक्षरता सम्बन्धी कर्जा, बचत, रेमिट्यान्स, लघुउद्यम, बीमा र पारिवारिक बजेट सम्बन्धमा सहजिकरण गरेका थिए । वडा अध्यक्ष मण्डलले नेरुडेले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै प्रगतिको कामना गरेका थिए । यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्राप्त भएको र आउँदा दिनहरुमा नेरुडेसँग सहकार्य गरी कार्य गर्ने प्राध्यानाध्यापक इनद्रदेव गुप्ताले बताए । कार्यक्रममा नेरुडे र अमरसिंह माविबीच वित्तीय साक्षरता, उद्यम विकास, वातावरण संरक्षण लगायतका कार्यहरु सम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने ७ बुँदे समझदारी समेत भएको छ ।
एनआईसी एशिया बैंकको ‘दशैं-तिहार महोत्सव’ : विभिन्न सामग्री खरिद गर्दा २० प्रतिशत क्यासब्याक
काठमाडौं । एनआईसी एशिया बैंकले दशैं, तिहार, छठ पर्वको अवसरमा ग्राहकहरुलाई ‘दशैं–तिहार महोत्सव’ योजना सार्वजनिक गरेको छ । बैंकको उक्त योजनामा ग्राहकहरुले भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट लगायत दर्जनौ मर्चेन्टमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त गर्न सक्ने भएका छन् । असोज १ गतेदेखि कात्र्तिक १५ गतेसम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पीओएस भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत तथा ५ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस्तै, सोही अवधिभर सेल्सबेरी, बिगमार्ट एवं साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी पीओएस तथा मोबाइल बैंकिङ्ग मार्फत् भुक्तानी गर्दा १० प्रतिशत तथा ३ सय रुपैयाँसम्म छुट तथा क्यासब्याक पाउन सकिन्छ । यस्तै, बैंकमा खाता नभएकाले नेपालभर रहेका भाटभटेनी सुपरमार्केटहरू तथा सेल्सबेरी, बिगमार्ट र साथीमार्टका सीमित स्टोरहरूमा रहने स्टलमार्फत खाता खोली डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा सुचारु गर्न सक्नेछन् ।
पूर्वका उद्योगी भन्छन् : बैंकले ९ अर्ब कमाउँदा पनि ब्याजदर बढाउने
काठमाडौं । मोरङ व्यापार संघले बैंकको बढ्दो ब्याजदरले उद्योगी तथा व्यवसायी मारमा परेको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले बढ्दो बैंक व्याजदर, महंगी र नजिकिँदो चाडपर्वमा समेत सुस्त रहेको स्थानीय बजारले आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । संघले चर्किंदै गएको बैंक व्याजदर, तरलता अभाव तथा आयातमा गरिएका कडाईले औद्योगिकरव्यवसायिक आर्थिक चक्र नराम्ररी प्रभावित भएको बताएका छन् । लगानी योग्य पूँजीको अभावमा उद्योग र व्यवसायहरु आ–आफ्ना क्षमता अनुरुप कार्य गर्न नसकेको उनीहरुको भनाइ छ । ‘विगत ६ महिना मै एकल अंकको बैंक व्याजदर दोब्बर हुन गएको छ भने छोटो अवधि मै भद्र सहमति भंग गर्दै बैंकहरुले आफूखुशी ४ प्रतिशतसम्म स्पे्रड दर कायम गरेका छन् । यसबाट कोभिड पश्चात् विस्तारै लयमा फर्कदै गरेको अर्थतन्त्रलाई पुनः उच्च बैंक व्याजदरको धक्का लागेको छ,’ विज्ञप्तिमा उल्लेख छ । साउनमा मात्रै ९ अर्ब रुपैयाँ कमाएको बैंकले उद्योग÷व्यवसाय र उपभोक्ताहरुको नाजुक अवस्था प्रति चाँसो नदिएको उनीहरुको भनाइ छ । संघले नेपाल राष्ट्र बैंकले हाल जारी गरेको चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ का केही प्रावधानहरु समेत तत्कालै सुधार गर्नुपर्ने बताएको छ । यस्तै, खुल्ला सीमाबाट चोरी निकासी पैठारी समेत हुने गरेकाले स्वदेशी उद्योग/व्यवसाय थप पिडित भएको र स्वदेशी बजारको सुरक्षा एवं सु–व्यवस्थापनका लागि समेत सरकारको कुनै ठोस नीति नहुनु बिडम्बनाको विषय भएको संघले बताएकाे छ । संघले बैंक तथा सरकारलाई व्यवसायीहरुको अवस्था प्रति गम्भिर जिम्मेवारीपूर्वक तत्काल कदमहरु चाल्न माग गरेको छ ।