विकासन्युज

सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्छ: अर्थमन्त्री शर्मा

कैलाली । अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो आँैल्याएका छन् । बिमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आज धनगढीमा शुभारम्भ गर्दै उनले यहाँको बिमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताए । उनले भने, ‘अहिले नेपालभर समग्रमा बिमाको पहुँच ४१।२ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशमा १९।१७ प्रतिशत मात्रै छ । यसलाई वृद्धि गरिनुपर्छ ।’ उनका अनुसार देशभरि विभिन्न बिमा कम्पनीका तीन हजार तीन सय ६६ शाखा सञ्चालन छन् भने सुदूरपश्चिममा तीन सय २७ मात्रै छन् । ‘अहिले बिमा संस्थानले दिएको प्रत्यक्ष बिमा सन्दर्भका रोजगारी १२ हजार ३१ को सङ्ख्यामा रहेको तर सुदूरपश्चिम प्रदेशमा छ सय ८७ मात्रै रहेको छ’, मन्त्री शर्माले भने, ‘यसबाट के देखाउँछ भने सुदूरपश्चिम प्रदेश बिमाको पहुँचबाट अलि टाढाजस्तो छ ।’ अर्थमन्त्री शर्माले लगानीको जोखिम न्यूनीकरण गर्ने मुख्य काम बिमाका रहेको स्पष्ट पार्दै बिमाद्वारा ठूला विपत्तिको जोखिम पनि न्यूनीकरण गर्न सकिने छ भने । लगानीकर्तालाई, प्रयोगकर्तालाई र उत्पादनकर्तालाई ढुक्क भएर आफ्नो क्षेत्रमा काम गर्ने वातावरण बनाउने बिमाको मुख्य उद्देश्य रहेको उनले बताए । कार्यक्रममा प्रदेश सरकार आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले विभिन्न जोखिमको व्यवस्थापनमा बिमाले ठूलो सहयोग गरेको बताए । उनले भने, ‘सबै क्षेत्रमा यो बिमा जानु पनि जरुरी छ ।’ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जोखिम अन्त्य गर्नको लागि बिमालाई व्यापकरुपमा लग्न प्रदेश सरकार तयार रहेको बताए । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिम न्यूनीकरण गर्ने संयन्त्रको रुपमा बिमालाई लिनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘यो काम प्रदेश सरकारबाट सुरु गर्नुपर्दछ ।’ रासस

इसेवा मनी टान्सफरमार्फत नेपालमा पैसा पठाउने १ जनाले काठमाडौंमा घर जित्ने

काठमाडाैं । इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै ‘मेरो डिजिटल देश’ अभियान ल्याएको छ । कम्पनीले शुक्रबार उक्त अभियान सार्वजनिक गरेकाे हाे । यो अभियान असोज ७ गतेबाट सुरु भएर फागुन ६ गतेसम्म जारि रहने कम्पनीले जनाएको छ। परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ यो अभियान सुरु गरिएको कम्पनीले बताएकाे छ । ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत संसारका जनै पनि मलकमा रहन भएका नेपालीहरुले, नेपालमा इच्छाएका व्यक्तिको बैंक खाता अथवा ६० लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् साथै, विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गरेर यस योजनामा जोकोहीले पनि सहभागिता जनाउन सक्नेछन् । यस अभियानमा मासिक रुपमा १ जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा सुविधा सम्पन्न घर प्राप्त गर्ने कम्पनीले जानकारी दिएकाे छ ।  

नेप्सेमा एभरेष्ट बैंकको २० लाख कित्ता ऋणपत्र सूचीकृत

काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नमक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । वार्षिक १०.५० प्रतिशत ब्याजदर र ६ वर्ष अवधि भएको बैंकको २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको नेप्सले जनाएको छ । बैंकले साउन १८ गतेदेखि भदौ १ गतेसम्म ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ निष्काशन तथा बिक्री खुला गरेको थियो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।

अर्घा मन्दिरमा एसियाकै ठूलो भगवतीको मूर्ति

अर्घाखाँची । अर्घाखाँचीकोे ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल अर्घा भगवती मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवती मन्दिरको मूर्ति प्रतिस्थापन गरिएको छ । सन्धिखर्क नगरपालिकाले बाइसे, चौबिसे राज्यअन्तर्गत पर्ने सन्धिखर्क नगरपालिका–९ स्थित अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा, २१ फिटको मूर्ति राखिएको नगरपालिकाका इन्जिनियर हरि बोहोराले बताए । लुम्बिनीमा आएका पर्यटक तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीयस्थल सुपा देउरालीमा आएका पर्यटकलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति स्थापना गरिएको हो । जिल्लाको सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकामा आर्थिक कारोबार तथा व्यावसायिक कारोबारमा मन्दी आउन थालेपछि नगरपालिकाले धार्मिक पर्यटकलाई भित्र्याउनका लागि एसियाकै सबैभन्दा ठूलो मूर्ति स्थापना गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै गुल्मीको रेसुङ्गा र प्युठानको स्वर्गद्वारी आएका पर्यटकलाई अर्घा दरबारमा लैजाने उद्देश्यले मूर्ति स्थापना गरिएको सन्धिखर्क नगरपालिकाका प्राविधिक नारायण पोख्रेलले बताए । सँगै मन्दिरमा जानका लागि नगरपालिकाको पहलमा सडकसमेत पिच हुन थालेको छ । रासस

भिभोकाे वाई२२एस र वाई१६ स्मार्टफोन सार्वजनिक

काठमाडौं । भिभोले लोकप्रिय वाई सिरिजअन्तर्गत दुई नयाँ मोडलहरू – वाई२२एस र वाई१६ नेपालमा सार्वजनिक गरेको छ । भिभो वाई सिरिज नेपालमा बजेटमैत्री र युवा उन्मुखी स्मार्टफोनहरू भनेर परिचित छन् । भिभो नेपालका सीईओ माइकलले नेपालमा वाई सिरिजले धेरै माया पाएको बताए । उनले डिजाइन, कार्यसम्पादन र दक्षता अभिवृद्धि गर्ने मूल विचारका साथ बजारमा वाई२२एस र वाई१६ सार्वजनिक गरेका बताए । ‘स्टाइलिश डिजाइन, विशाल ब्याट्री, व्यापक स्टोरेज र शक्तिशाली प्रदर्शनका साथ, वाई१६ र वाई२२एस ग्राहकहरुको व्यस्त समयतालिकालाई व्यवस्थापन गर्नका लागि उपयुक्त साथी हुनेछ । हरेक पक्षमा उत्कृष्ट स्मार्टफोन खोज्न ग्राहकहरुका लागि हामीले वाई सिरिज एक गो–टु शोलुसनको रुपमा विकास गरेका छौं,’ उनले भने । वाई२२एस मा स्न्यापड्रेगन ६८० प्रोसेसर, ६जीवी र्याम र १२८ जीवी रोम रहेको छ जसले प्रयोगकर्ताहरूलाई बिना कुनै ढिलाइ एकै साथ धेरै एपहरू चलाउन अनुमति दिन्छ । विस्तारित र्याम सुविधाले निष्क्रिय रोमको स्पेस प्रयोग गर्छ र रोमलाई पनि १ टेराबाईट सम्म मेमोरी कार्डको साहेताले एक्सटेन्ड गर्न मिल्छ । वाई२२एस एआई पावर–सेभिङ टेक्नोलोजीको साथ आउँछ । यसमा ५०००एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज रहेको छ जसले दिनभर टिक्ने चार्ज प्रदान गर्दछ । यो ५०एमपी रियर क्यामेरामा ठूलो सेन्सरको साथ आउँछ र ८एमपी एचडी फ्रन्ट क्यामेरामा भिडियो फेस ब्यूटी छ जसले प्रयोगकर्ताहरूलाई सिनेमेटिक तस्वीरहरू लगातार क्लिक गर्न मद्दत गर्दछ । पछाडि र अगाडिका क्यामेराहरूलाई क्रमशः सुपर नाइट मोड र सुपर नाइट सेल्फी मोडसँग अप्टिमाइज गरिएको छ, जसले प्रयोगकर्तालाई कम उज्यालोमा पनि उत्कृष्ट तस्वीरहरु लिन अनुमति दिन्छ । यसबाहेक, मल्टी–स्टाइल पोट्र्रेटमा फेस ब्यूटी, बोकेह, र अन्य शैलीहरू वाई२२एस मा समावेश छन् जसमार्फत प्रयोगकर्ताहरूले व्यक्तिगत पोट्र्रेट बनाउन सक्छन् । रातको समयमा पनि विस्तृत र जीवन्त तस्वीरहरु खिच्दै वाई२२एस ले स्मार्टफोन फोटोग्राफीलाई अझ स्मार्ट बनाएको छ । अर्कोतर्फ, वाई१६ ले केही प्रभावशाली स्पेसिफिकेशनहरू, २.५डी कर्भेचर र फ्ल्याट फ्रेम ट्रेंडी डिजाइन प्रदान गर्दछ । वाई१६ को एपिअरेन्स आकर्षक रहेको छ । यो स्मार्टफोन ४जीवी र्याम र ६४जीवी रोम भेरियन्टमा आउँछ । यसमा भएको मिडियाटेक हेलियो पी३५ अक्टा–कोर प्रोसेसरले सहज मल्टी–टास्किङ र अधिकतम कार्यक्षमता प्रदान गर्दछ । वाई१६ मा क्यामेरा सेटअपले अझ बढि आकर्षण थपेको छ र प्रयोगकर्ताहरूलाई १३एमपी एआई डुअल क्यामेराको साथ आकर्षक शटहरू क्लिक गर्न सक्षम बनाउँछ । वाई२२एस स्टारलिट ब्लू र समर सायन कलरमा २७ हजार ९९९ रुपैयाँमा मिनिमालिस्टिक आउटलुकको साथ उपलब्ध छ । त्यस्तै, वाई१६ प्राकृतिक लुक– स्टेलर ब्ल्याक र ड्रिजलिंग गोल्ड कलर भेरियन्टमा १९ हजार ९९९ रुपैयाँमा उपलब्ध छ ।

बैंकहरुको फोकस नगद लाभांशमा, सेयरधनीले चाडपर्वमा पैसा नपाउने

काठमाडौं । बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव सुरु गरेका छन् । गत वर्षको भन्दा केही समय ढिलो भएपनि बैंकहरुले लाभांश प्रस्ताव थालेका हुन् । बैंकहरुले अघिल्ला वर्षहरुको तुलनामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई बोनस सेयरभन्दा पनि नगद लाभांशमा जोड दिने देखिएको छ । हालसम्म २ वटा बैंकले लाभांश वितरणका लागि प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गरेका दुवै बैंकले बोनस सेयरभन्दा पनि नगद लाभांशलाई बढी जोड दिएका हुन् । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । बैंकले यसअघि २ आर्थिक वर्षपछि नगद बढाएका हुन् । यसअघिका वर्षहरुमा बोनस सेयरलाई जोड दिएको बैंकले यसपटक भने नगद लाभांशलाई मात्रै जोड दिएका छन् । चालु आर्थिक वर्षको ३ महिनापछि मात्रै बैंकहरुले लाभांश वितरण गर्ने प्रस्ताव सुरु गरेका हुन् । यसपटक राष्ट्र बैंकले नगद लाभांश वितरण गर्न खुकुलो नीति बनाएसँगै बोनस सेयरभन्दा पनि नगद लाभांशमा केन्द्रित भएको बैंकरहरु बताउँछन् । यसअघि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई नगद लाभांशभन्दा पनि बोनस सेयर वितरण गर्न जोड दिएको थियो । तर, बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशनमा नगद वा बोनस सेयर लाभांश वितरण गर्न स्वतन्त्र छोडेपछि नगद लाभांशमा केन्द्रित हुन थालेका हुन् । यसअघि राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७÷०७८ को खुद वितरणयोग्य नाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरेको थियो । यस्तै, खुद वितरणयोग्य नाफा तथा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न नपाउने व्यवस्था गरेको थियो । नगद लाभांमा लगाइएको सीमा हटाएपछि बैंक संचालक समितिले अब लाभांश वितरण गर्दा लाभांशको मादपण्ड पुरा गरी बोनस सेयर र नगद लाभांशमध्ये कुन लाभांश कति दिने भनेर स्वतन्त्र रुपमा निर्णय लिन सक्नेछन् । सोही कारण यसपटक लामो सयमदेखि नगद लाभांश नपाएका सेयरधनीलाई बैंकहरुले नगद लाभांश वितरण गर्ने भएका हुन् । राष्ट्र बैंकले नगद लाभांमा कडाइ गर्दा धेरै नगद बाँड्न नपाएका बैंकले अब भने बोनस भन्दा पनि नगदमा जोड दिने बैंकर्सहरु बताउँछन् । अघिल्लो वर्षको तुलनामा नगद लाभांश वृद्धि गर्ने भएका हुन् भने बोनस सेयर घटाउने भएका हुन् । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडा बैंकहरुले यसअघि बोनस सेयर वितरणमा जोड दिएको हुँदा नगद लाभांश वितरण गर्न नपाएको बताउँछन् । उनले राष्ट्र बैंकले नगद लाभांश वितरणमा लगाएको सीमा हटाएको हुँदा नगदमा जोड दिएको बताए । बैंकको नीति अनुसार बोनस सेयर र नगद लाभांश वितरण गर्ने निर्णय गर्ने उनको भनाइ छ । ‘बैंकहरुले गत वर्षसम्म बोनस सेयरलाई नै जोड दिएका थिए, राष्ट्र बैंकले २ वर्षसम्म बोनस सेयरलाई नै जोड दियो, यस वर्ष मात्रै नगद लाभांश वितरण गर्न खुला गरेको हो,’ उनले भने, ‘बोनस सेयर वितरण गर्ने की नगद लाभांश वितरण गर्ने भनेर बैंकको आफ्नै रणनीति हुन्छ, २ वर्षदेखि नगद लाभांश वितरण गर्न रोक लगाएको हुँदा सेयरधनीहरुको अपेक्षा पुरा गर्न नगदमा जोड दिएका हुन सक्छन् ।’ बैंकहरुले सेयरधनीहरुलाई कहिले बोनस र कहिले नगद लाभांश वितरण गर्ने उनको भनाइ छ । बैंकहरुले गत वर्षसम्म नगद लाभांश भन्दा बोनस सेयरलाई प्रोत्साहन गरेको थियो । तर, राष्ट्र बैंकले यस वर्षदेखि लाभांश वितरण गर्न स्वतन्त्र छोडेको उनको भनाइ छ । हाल बैंकहरुको पूँजी बढाउन आवश्यक नदेखेर नै नगद लाभांशमा जोड दिएको हुन सक्ने उले बताए । सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे बैंकको आ–आफ्नो रणनीति अनुसार लाभांश वितरण गर्न सक्ने बताउँछन् । बोनस सेयर वितरण गर्ने वा नगद लाभांश वितरण गर्ने भनेर बैंकको क्षमतामा निर्भर पर्ने उनको धारणा छ । ‘सबै बैंकको आ–आफ्नो रणनीति हुन्छ, बैंकको क्यापिटल विजनेशस कारात्मक छ भने नगद लाभांश वितरण गर्छन्, यदि बैंकको क्यापिटल टाइट र बैंकलाई ब्यापार गर्न गाह्रो छ भने बोनस सेयर वितरण गर्न सक्छन्,’ उनले भने, ‘कुनै बैंकको क्यापिटल एडुकेसीका कारण नगदमा जोड दिएका हुन्छन्, अन्य विजनेशको लागि क्यापिटल छ भने आफ्नो आन्तरिकबाट भएपनि नगद लाभांश वितरण गर्छन्, यदि क्यापिटल कम र बैंकको ब्यापार गर्न पूँजी पुग्दैन भने बोनस सेयर वितरण गर्ने हो ।’ बैंकको आफ्नो छुट्टै व्यवस्थापन टिम हुने भएकाले नगद वितरण गर्ने की बोनस दिने भनेर आआफ्नो रणनीति हुने उनको भनाइ छ । बैंकको पूँजी बढी भयो भने सेयरधनीहरुलाई नै वितरण गर्नुपर्ने उनको भनाइ छ । यदि सेयरधनीलाई नगद लाभांश वितरण नगरेमा बैंकको ब्यापारमा लगाउनु पर्ने उनले बताए । ‘पूँजी बढी भएपनि कम भएपनि सेयर होल्डरहरुको सम्पत्ति हो, बैंकलाई पूँजी नपुग्ने भएपछि नगद लाभांश वितरण गर्दैनन्,बैंकहरुलाई पूँजी बढाउन आवश्यक नभएपछि मात्रै नगद लाभांश वितरण गर्ने हो,’ उनले भने । तर, बैंकका सेयरधनीले दशैं तिहारमा भने लाभांश नपाउने देखिएको छ । सम्बन्धित सामग्री : दशैंमा बैंकका सेयरधनीले लाभांश नपाउने, पैसाको अभाव हुने देखिएपछि लगानीकर्ता निराश

भाटभटेनीमा नेपालपे क्युआरबाट भुक्तानी गर्न सकिने

काठमाडाैं । भाटभटेनी सुपरमार्केटमा पनि अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने सेवाको थालनी भएको छ । नेपालपे क्युआरलाई ग्राहकले ‘नेपालपे’को सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ्ग, वालेट अथवा कनेक्टआइपिएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिन्छ । भाटभटेनीमा उक्त सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेटबाट नेपालपे चल्ने यकिन गर्न उक्त एपको क्युआर स्कयान स्क्रिनमाको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ । हाल उक्त सुविधा एभरेस्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेलपे, मोरु गरी १२ वटा मोबाइल बैंकिङ्ग, २ वटा वालेट र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ ।    

‘आइएमई पे’ मार्फत फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने मौका

काठमाडौं । आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा १ लाख जित्न सकिने भएका छन् । आइएमई पे र फोन पेबीच यसबारे सम्झाैता भएको हाे । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराई फोनपेका तर्फबाट बिज्नेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार क्युआर स्क्यानमा १ लाखसम्म जित्न सकिने छ भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरु पनि रहेकाे छ । याे अफर दशैँमा १० दिन र तिहारमा ५ दिन लागु हुने कम्पनीले जानकारी दिएकाे छ । यसको साथै असोज १४ गते पर्ने आइएमई पेको ‘क्युआर डे’ मा प्रयोगकर्ताहरुले आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट (अधिक्तममा रु. १००) पनि प्राप्त गर्न सक्नेछन् ।