४८ घन्टे ह्याकाथन आयाेजना गर्दै एस् इन्स्टिच्युट अफ म्यानेजमेन्ट
काठमाडौं । एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टले नेपालका प्रतिभाशाली युवाहरूको प्रतिभा प्रस्तुत गर्ने उद्धेश्यले ४८ घन्टे ह्याकथन ुएस् इग्नाइटु आयोजना गर्ने भएको छ । कार्तिक २४ गते देखि २६ गते सम्म कलेजकै प्राङ्गणमा हुने यस ह्याकथन यस प्रक्रारको अहिले सम्मकै पहिलो कार्यक्रम भएको कलेजले दावी गरेको छ । उपत्यकाभित्र र बाहिर गरी १०० भन्दा बढी सहभागिहरु हुने यस ह्याकथनलाई जिट हब, डेभफोलियो, टास्केड, माइक्रोसफ्ट स्टुडेन्ट लर्न एम्बस्डर, पोलिगन, वर्ल्डलिन्क, माक्कुसे जस्ता राष्ट्रिय र अन्तरराष्ट्रिय संस्थाहरुको सहयोग रहेको छ। ह्याकाथनबाट प्रतिभाशाली युवाहरूलाई विदेश पलायन हुनबाट रोकी नेपालमै करियर बनाउन सकिन्छ भन्ने विश्वास युवाहरूमा प्रदान गर्न खोजेका कलेजले बताएको छ ।
सुनसरीमा १८ लाखको अवैध चिनीसहितको ट्रक प्रहरीको नियन्त्रणमा
सुनसरी । सशस्त्र प्रहरीले सुनसरी जिल्लाको पूर्व पश्चिम लोकमार्गबाट १८ लाख ३० हजार रुपैयाँ बराबरको अवैध चिनीसहितको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले भोक्राहा नरसिंह गाउँपालिका ३ फुलचोबाट आइतबार अवैध चिनीसहितको ट्रक नियन्त्रणमा लिएको हो । पश्चिमबाट पुर्वतर्फ ल्याउँदै गरेको १ सय १० बोरा चिनीसहितको को .१ ख ३०२० नम्बरको ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले नियन्त्रणमा लिएको हो । बरामद चिनी तथा ट्रक आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाईएको छ ।
बास्कोटा र बैद्य मिलेर बनेको ‘बि एण्ड बि हस्पिटल’ २५ वर्षमा
काठमाडौं । बि एण्ड बि हस्पिटलले यो हप्ता सेवाको २५ औं वर्ष पूरा गरेको छ । ४ दशक अघि देशको सेवा गर्न नेपाल फर्किएका डा. जगदिश लाल बैद्य र डा.अशोक कुमार बास्कोटाले मिलेर खोलेको अस्पतालले २५ पूरा गरेको हो । बि एण्ड बि अस्पतालको नाम दुवैको थरबाट राखिएको थियो । बि अर्थात बास्कोटा र बैद्य । अढाई दशकसँगै काम गरेका उनीहरु आ-आफ्नो क्षेत्रमा विशेषज्ञ थिए । डा। जेएलबिले शल्य चिकित्सामा विशेषज्ञ थिए भने डा। एकेबिले बालबालिकाको उपचारमा । गैर सरकारी चिकित्सा सेवाहरु धेरै हदसम्म पृथक क्लिनिकल कार्यको लागि प्रतिबन्धित भएको अवस्थामा २५ वर्ष अघि उनीहरुले अस्पताल संचालनमा ल्याएका थिए । बि एण्ड बि हस्पिटल अब एक बहु–विशेषताले भरिएको अस्पताल बनेको छ । जहाँ विभिन्न प्रकारका उपचार सेवाहरु उपलब्ध छन् । विभिन्न प्रकारका मेडिकल एवं सर्जिकल विषयहरुमा डाक्टरहरुको स्नातकोत्तर प्रशिक्षणले अस्पतालमा निरन्तरता पाइरहेको छ । बि एण्ड बि हस्पिटलका विशेषज्ञ डाक्टरहरुले बनेपा स्थित एचआरडिसि ९बाल अस्पताल० मा आवश्यकता अनुसारका विभिन्न विशेषज्ञ सेवाहरु प्रदान गर्दै आइरहेका छन् र बि एण्ड बि अस्पतालले एचआरडिसिलाई आवश्यक परेको कुनै पनि अतिरिक्त सहयोगहरु प्रदान गर्ने गरेको छ ।
नेशनल लाइफको ‘लिडर्स नाईट वीथ पारस खड्का’ कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले गरेको ुलिडर्स नाईट वीथ पारस खड्काु कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ताको लागि सम्पन्न गरेको गरेको उक्त ३ दिने कार्यक्रममा सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण दिइएको थियो । देशैभरीबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब १०० जना बरिष्ठ अभिकर्ताकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा चर्चित मोटिभेसनल प्रशिक्षक सौरभ लोहनी दिएका हुन् । यस्तै कार्यक्रममा अभिकर्ताहरुको परिश्रम र मेहनतको कदर गर्दै उनीहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं कम्पनीका ब्राण्ड एम्बेसडर पारस खड्काले नेशनल लाईफ इन्स्योरेन्ससँग आवद्ध भई कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताएका थिए ।
कालीकोटमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, सात जना घाइते
मुगु । मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जीप आज दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले नेपालले जानकारी दिए । उनका अनुसार जीपमा १० जना सवार थिए । उनले भने, ‘एक जनाको घटनास्थलमा र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।’ घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
परिचय खुल्ने आधिकारिक कागजातका आधारमा मतदान गर्न पाइने
काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ । आयोगले परिचयपत्रका साथै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको र नासिएको अवस्था भएमा उल्लिखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो ।
प्रचण्डले भने : कर्णालीको विकासलाई प्राथमिकतामा राखिन्छ
जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकास आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । यहाँको विकासबारे सत्ता गठबन्धनका बैठकहरुमा पनि छलफल हुने गरेको भनदै उनले आगामी दिनमा आफूले यहाँको विकासका बारेमा थप जोड दिने प्रतिबद्धता व्यक्त गरे । जुम्लाको खलंगामा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले कर्णालीको जुम्लामा उत्पादन हुने मार्सी चामलको चर्चा अहिले निकै भएको भन्दै मार्सी चामललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक सहयोग गर्ने पनि बताए। उनले भने ‘’त्यो विषय मसँग पनि जोडियो । एक पटक मार्सी चामलको भात के खाएका थियौँ, निकै चर्चामा आयो । त्यसले बजारीकरणमा टेवा पुग्यो । यहाँको स्याउ, गेडागुडी, सिमी, स्याउको पनि उत्तिकै चर्चा छ । यसको उत्पादनमा वृद्धि गर्नाका साथै प्याकेजिङ र बजारीकरणमा विशेष जोड दिइने छ ।’’ यस्तै जुम्लाको सिञ्जा खस सभ्यताको उद्गमस्थल हो । यसको संरक्षण प्रवद्र्धनका लागि प्रतिष्ठान स्थापना गरी जगेर्ना गरिने अध्यक्ष प्रचण्डले बताए । उनले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन जुम्लाका नागरिकसँग आग्रह पनि गरे । उनले आफूहरु निरङ्कुशताका विरुद्ध १२ बुँदे सम्झौताहुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्रतिगमनविरुद्ध एकजुट भएर निर्वाचनमा होमिएको बताए । अध्यक्ष प्रचण्डले संविधानको रक्षा गर्न र विकासको अर्को चरणको सुरुआत गर्न नेपालमा निर्वाचनपछि वर्तमान गठबन्धनकै बहुमतको सरकार सञ्चालन हुने जानकारी दिए । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको विकास र रोजगारी सिर्जना गर्न मङ्सिर ४ पछि सङ्घीय सरकारदेखि कर्णाली प्रदेशमा पनि सत्ता गबठन्धनको सरकार सञ्चालन हुने बताए । जुम्लाका गठबन्धन उम्मेदवारलाई जिताउन जुम्ली जनतासँग उनले आग्रह गरे । कर्णालीको स्वास्थ्य, शिक्षा खानेपानी र यतायात क्षेत्रमा विशेष बजेटको व्यवस्था गरी प्रदेशका १० वटै जिल्लाको विकासका लागि सत्ता गठबन्धनको सरकारको आवश्यक रहेको उपसभापति खड्काले जानकारी दिए । अबको सरकारले कर्णालीको विकास गर्न विशेष बजेटको व्यवस्थापन गर्ने पनि उपसभापति खड्काले जानकारी दिनुभयो । माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काले एकै दिन जुम्ला, कालीकोट र हुम्लामा भएका चुनावी सभलाई सम्बोधन गरेका छन् । जुम्लामा गबन्धनबाट प्रतिनिधिसभा सदस्यमा गोमा गौतम कुँवर, प्रदेश सभा क मा ललितजङ्ग शाही र प्रदेश ख बाट नेकपा एकीकृत समाजवादीका पदमबहादुर रोकाया चुनावी मैदानमा छन् । यसअघि अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार गोमा गौतम कुँवरलार्ई मन्त्री बनाउने प्रतिबद्धता पनि सभामा व्यक्त गरेका थिए । उनले भनेका थिए ‘गोमाजीलाई जिताएर पठाउनोस् मन्त्री बनाउने जिम्मा हाम्रो भयो ।’ रासस
अख्तियारद्वारा १२२ वटा मुद्दाहरुमा पुनरावेदन, घुसकै ११२ वटा
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १२२ वटा मुद्दाहरुमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले मंगलबार पत्रकार–प्रवक्ता भेटघाट कार्यक्रम गर्दै चालू आर्थिक वर्ष २०७९/०८० मा विशेष अदालतले फैसला गरेका १२२ वटा मुद्दाहरुमा चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता भएको जानकारी दिएको हो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले चालू आर्थिक वर्षमा विशेष अदालतबाट १६३ वटा मुद्दाको फैसला प्राप्त गरेकामा २० वटा मुद्दामा मात्रै सफलता प्राप्त भएको बताए । उनले त्यसमध्ये १२२ वटा मुद्दामा आयोगको चित्त नबुझेका कारण पुनरावेदनमा गएको स्पष्ट जानकारी दिए । १८ वटा मुद्दामा भने आयोगसँग पर्याप्त प्रमाण नपुग्ने भएकाले पुनरावेदन नगर्ने निर्णय भएको उनले बताए । ‘आयोगले २४ वटा मुद्दामा पुनरावेदन जानेगरी काम गरिरहेको छ, ती मुद्दाहरुको फैसला प्राप्तिका लागि कुरिरहेका छाैं, अघिल्लो आर्थिक वर्षको दुईवटा मुद्दा पनि पुनरावेदन गरेका छाैं, सो मुद्दाहरु सामाजिक सुरक्षाभत्ता हिनामिना र गैरकानूनी सम्पती आर्जनको रहेको छ,’ उनले भने । पुनरावेदनमा गएका १२२ वटा मुद्दाहरु मध्ये गलत प्रतिवेदनका २ वटा, झुटा बिल भरपाईका २ वटा, घुस/रिसबतका ११२ वटा, नक्कली बैंक ग्यारेन्टीको १ वटा, जग्गाधनी स्रेस्ता सच्याएको १ वटा र राजस्व चुहावटको १ वटा रहेको उनले जानकारी दिए । त्यसैगरी सार्वजनिक पुल निर्माणको १ वटा र गुणस्तरहिन सामान खरिदको १ वटा रहेको उनको भनाई छ । प्रवक्ता भण्डारीले गत आर्थिक वर्षमा विशेष अदालतबाट १४८ वटा मुद्दाको फैसला प्राप्त गरेकोमा ५७ वटामा मात्र सफलता प्राप्त गरेको पनि जानकारी दिए ।