पालिकाको सहभागितामा एकीकृत रूपमा शहरी विकास कार्यक्रम सञ्चालन गरिने
काठमाडौं । काठमाडौं उपत्यकाभित्रका महानगरपालिका र पालिकाकाे सहभागितामा एकीकृत संयन्त्र निर्माण गरी शहरी विकास सम्बन्धी कार्यक्रम एकीकृत समन्वयमा रूपमा सञ्चालन गरिने भएकाे छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन ।
ढुंगा गिट्टी तथा बालुवा निर्यातको सम्भावनाको खोजी गरिने
काठमाडौं । सरकारले ढुंगा गिट्टी तथा बालुवा निर्यातको सम्भावनाको खोजी गर्ने घोषणा गरेको छ। संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन् । ‘सरकारले वातावरण प्रतिकुल नहुनेगरी ढुंगा गिट्टी तथा बालुको संकलन, उत्खनन् र वितरणका लागि कानूनी व्यवस्था गर्नेछ, स्वदेशमै उपयोग तथा विदेशमा निर्यातको सम्भावनाको पनि खोजी गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ ।
सरकारले सुकुम्बासी बसेको ठाउँ खाली गराउने, अन्तै सार्ने
काठमाडौं । सरकारले सुकुम्बवासीको व्यवस्थापन गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अहिले बसेको ठाउँलाई खाली गराएर सुकुम्वासीलाई अन्तै सार्ने बताएका हुन् । लामो समयदेखि सुकुम्वासीको व्यवस्थापन समस्याका रुपमा देखिएको छ ।
विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत दिइने
काठमाडौं । सरकारले विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यकम सार्वजनिक गर्दै सो बताएका हुन् ।
राइडर कम्पनीहरुलाई कानुनी दायरामा ल्याउने सरकारको घोषणा
काठमाडौं । सरकारले राइडर कम्पनीहरुलाई कानुनी दायरा ल्याउने भएको छ । पछिल्लो समय सार्वजनिक यातायात सेवा प्रदान गरिरहेका राइडर कम्पनीहरुलाई कानुनको दायरामा ल्याउन ऐन नियम बनाइने भएको हो । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले निजी तवरमा सार्वजनिक यातायात सेवा प्रदान गर्दै आएका राइडर सेवा प्रदायक सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गरिने बताए । साथै, निजी तवरमा सार्वजनिक यातायातसँग सम्बन्धीत बोर्ड कम्पनी लगायतका सबै संरचनालाई एकीकृत उनले बताए ।
पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई ईभी बनाउन सहुलियत दिने
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी बनाउन सहुलियत दिइने भएको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले अब सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने बताए ।
वायुसेवा निगमलाई निजीकरण गरिने
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमकाे निजीकरण गर्ने भएकाे छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन । उनले २०८० को दशकलाई नेपाल भ्रमण दशकका रुपमा र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा मनाईने बताएका हुन् । यस्तै, पौडेलले हवाई सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन सुरक्षा सम्बन्धि मापदण्ड कडाईका साथ लागु गरिने बताए । ‘आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल एवम टर्मिनल भवनको स्तारोन्नती गरी नियमित वायुसेवा सञ्चालन गरिनेछ, नपाल वायुसेवा निगमको पुनसंरचना गरिनेछ, नयाँ मुलुकसँग हवाई सेवा सम्झौता गरि नेपाली वायुसेवा कम्पनीहरुको अन्तर्राष्ट्रिय सेवा विस्तार गरीनेछ, निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय तथा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याईनेछ’, सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।
सरकारी कार्यालयमा विद्युतीय गाडी खरिद गरिने
काठमाडौं । सरकारले सरकारी कार्यालयमा विद्युतीय गाडी खरिद गर्ने नीति लिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यकम सार्वजनिक गर्दै सो बताएका हुन् ।