काठमाडौं । सरकारले ढुंगा गिट्टी तथा बालुवा निर्यातको सम्भावनाको खोजी गर्ने घोषणा गरेको छ।
संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन् ।
‘सरकारले वातावरण प्रतिकुल नहुनेगरी ढुंगा गिट्टी तथा बालुको संकलन, उत्खनन् र वितरणका लागि कानूनी व्यवस्था गर्नेछ, स्वदेशमै उपयोग तथा विदेशमा निर्यातको सम्भावनाको पनि खोजी गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ ।