विकासन्युज

वैदेशिक रोजगारीमा रहेका नेपालीले मतदान गर्न पाउने

काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने घोषणा गरेको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन । ‘विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिनेछ’, नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपतिले भने ।

‘युवासँग सरकार, हुने छैनन् बेरोजगार’ कार्यक्रम घोषणा, ५ लाखलाई रोजगारी दिइने

काठमाडौं । सरकारले ५ लाखलाई रोजगारी दिने गरी कार्यक्रम घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘युवासँग सरकार, हुने छैनन् बेरोजगार’ कार्यक्रम घोषणा गरेका हुन् । यस अभियान अन्तर्गत आगामी २ वर्षभित्र ५ लाखलाई आन्तरिक रोजगार श्रृजना गर्ने गरी निजी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिने उनले बताए । साथै, उत्पादनसँग प्रत्यक्ष जोडिने रोजगार र उद्यमशीलतासँग सम्बन्धीत संस्थाको कोष तथा कार्यक्रमहरुलाई एकीकृत गरिने उनको भनाइ छ ।

कीर्तिपुर र मुलपानी क्रिकेट रंगशाला २ वर्षभित्र स्तारोन्नती गरिने

काठमाडौं । सरकारले कीर्तिपुर र मुलपानीमा रहेका दुई वटा क्रिकेट रंगशालाको स्तरोन्नती गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन । उनले सरकारले आगमी २ वर्षभित्र उक्त रंगशालामा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्न मिल्न गरी स्तारोन्नती गरिने बताए । चितवनको भरतपुर, कैलालीको फ्पला, बैतडीको दशरथचन्द र मोरनको विराटनगर क्रिकेट रंगशालाको पूर्वाधार निर्माण पक्रिया अगाडी बढाइने पनि उनले बताए ।

श्रमिकको न्यूनतम ज्याला बढ्ने, स्वचालित प्रणाली लागू गर्दै सरकार

काठमाडौं । सरकारले श्रमिकहरुको न्यूनतम ज्याला बढाउने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यकम सार्वजनिक गर्दै सो बताएका हुन् । ‘श्रम र श्रमिकको कभर हुने गरि न्यूनतम पारिश्रमिक निर्धारण एवम् कार्यान्वयममा देखिएका समस्या समाधान गर्न श्रमिकहरुको न्यूनतम ज्याला जीवन धान्न पुग्ने तहमा स्वतः बढ्ने गरी स्वचालित ज्याला प्रणाली लागू गरिने,’ उनले भने ।

सामाजिक सुरक्षा कोषमा सबै नागरिकलाई समेटिने

काठमाडौं । सरकारले सबै नागरिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै नागरिकलाई जोड्ने कार्यक्रम अगाडि सार्ने बताएका हुन् ।

एक पालिका एक स्मार्ट विद्यालय बनाउने सरकारको घोषणा

काठमाडौं । प्रत्येक पालिकाका एक विद्यालयलाई स्मार्ट बनाइने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रत्येक पालिकाका एक विद्यालयलाई स्मार्ट विद्यालय बनाई प्रविधिको माध्यमबाट पढ्न पाठन हुने व्यवस्था मिलाइने बताएका हुन् । पौडेलले सामुदायिक विद्यालयहरूलाई शैक्षिक नतिजाको आधारमा अनुदान दिने पनि बताए ।

खेर जाने बिजुली सस्तोमा उद्योगलाई दिइने, ५० युनिटसम्म निःशुल्क

काठमाडौं । सरकारले खेरजाने बिजुली सस्तो दरमा उद्योगहरुलाई दिने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले खरे जाने बिजुली उद्योगलाई सस्तो दरमा दिइने घोषणा गरेका हुन् । ‘आन्तरिक खपत र निर्यातबाट बचेको बिजुली सहुलियत दरमा उद्योगहरूलाई उपलब्ध गराइनेछ,’ यस्तो बिजुलीले उद्योगहरूलाई प्रतिस्पर्धी क्षमतामा उत्पादन गर्न मद्दत पुग्नेछ,’ उनले भने । यस्तै, उनले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध घोषणा गरे ।

वर्षायाममा मासिक ५० र हिउँदमा ३० युनिट बिजुली निःशुल्क

काठमाडौं । सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा विद्युत खपत बढाउने योजनासहित यस्तो घोषणा गरेका हुन् ।