नबिल बैंकले डिजिटलसँगै भौतिक विस्तारमा पनि जोड दिएको छ : डीसीईओ शाक्य
काठमाडौं । नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुजित शाक्यले बैंकको डिजिटल विस्तारसँगै भौतिक उपस्थिती पनि आवश्यक रहेको बताएका छन् । बिहीबार ३८ वटा नयाँ शाखा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले बैंकको डिजिटलसँगै भौतिक विस्तारमा जोड दिएको बताएका हुन् । नबिल बैंकले बिहीबारदेखि ३८ बसन्त पार गरेको अवसरमा ३८ वटा शाखा विस्तार गरेको हो । थप ३८ वटा शाखासहित बैंकको कूल २५५ वटा शाखा कार्यालय पुगेको उनले जानकारी दिए । ‘नेपाल बङ्गलादेश बैंक (एनबि)लाई प्राप्ति गरेपछि दोहोरिएको शाखामध्ये कतिपय गाभेको रक तिपय नयाँ बजार खोजेर ३८ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो, बैंकले डिजिटलसँगै भौतिक शाखा विस्तारमा जोड दिएको छ, बैंकको पहुँच नपुगेको क्षेत्रमा विस्तार गर्न जरुरी थियो, पूर्वमा खोटाङको दिक्तेलदेखि डडेल्धुराको अमरगढीसम्म शाखा विस्तार गरेको छ,’ उनले भने । साथै, बैंकले थप १० वटा शाखा कार्यालय सञ्चालनका लागि द्रूत गतिमा काम अघि बढाएको उनले बताए । उनका अनुसार यो वर्षको अन्तसम्म २६५ वटा शाखा पुर्याउने लक्ष्य रहेको छ । दूरदराजको नाम्चे बजारमा पनि शाखा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । बैंकका अनुसार वि.सं.२०७६ असारसम्म ७९ वटा शाखा कार्यालय थिए । यस्तै, वि.सं.२०७७ असारसम्म ११८ वटा, वि.सं.२०७८ असारमा १३५ वटा, वि.सं.२०७९ असारमा २३१ वटा र आजको दिनमा २५५ वटा शाखा कार्यालय रहेका छन् । सरकारको प्राथमिक प्राप्त क्षेत्रहरुमा पनि पहुँच विस्तार गरी व्यवसाय बढावा दिने उनले बताए । वरिष्ठ डीसीईओ शाक्यका अनुसार वि.सं.२०७६ सालमा ६ लाख ग्राहक रहेकोमा १९ लाख पुगेका छन् । ‘पहिला शाखा कार्यालयको क्षेत्रफल २५ सय वर्गमिटर क्षेत्रफल हुनु पथ्र्याे भने आजको दिनमा १२/१४ सय वर्गमिटर र ४/५ जना कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न सकिन्छ,’ उनले भने ।
स्थानीय स्रोतसाधनको प्रयोग गर्दै विद्यालयमा ‘टेलिस्कोप’ बनाउने तालिम सम्पन्न
काठमाडौं । स्थानीय स्रोतसाधनको प्रयोग गर्दै ‘टेलिस्कोप’ बनाउने तीन दिने कार्यशाला छाउनीस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । इन्टरनेशनल एष्ट्रोनोमिकल युनियनअन्तर्गत अफिस अफ एष्ट्रोनोमी फर नेपाल, इन्टर–युनिभर्सिटी सेन्टर फर एष्ट्रोनोमी एन्ड एष्ट्रोफिजिक्स, भारत तथा पञ्चकन्या माध्यमिक विद्यालयको समन्वयमा कार्यशाला सम्पन्न भएको हो । इन्टरनेशनल एष्ट्रोनोमिकल युनियनका नेपाल र भारतका राष्ट्रिय जनसम्पर्कीय संयोजकको सक्रियता एवं नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) को आयोजनामा स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको प्रयोग गरेर सो अवसरमा टेलिस्कोप बनाइएको हो । कार्यशालाका सहभागीले बनाएको पाँच इन्चको रिफ्लेक्टर टेलिस्कोप नेपालमा पहिलो पटक बनेको आयोजक नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । उपत्यकाभित्र एवं बाहिरका सात विद्यालयका विज्ञान शिक्षक एवं विद्यार्थी गरी जम्मा २१ सहभागी कार्यशालामा इन्टर–युनिभर्सिटी सेन्टर फर एष्ट्रोनोमी एण्ड एष्ट्रोफिजिक्स, भारतका कार्यक्रम अधिकृत समिर धुर्देले प्रशिक्षण दिएका थिए । कार्यशालामा सहभागीले परावर्ती टेलिस्कोप (रिफ्लेक्टिङ टेलिस्कोप) र आवर्ती टेलिस्कोप (रिफ्राक्टिङ टेलिस्कोप) बनाउन प्रशिक्षण लिएका थिए । कार्यशालामा शिक्षकले टेलिस्कोपका बारेमा सैद्धान्तिक अवधारणालाई अभ्यासमा उतार्दै वास्तविक टेलिस्कोप बनाउन सिकेका छन् । सहभागीले पिभिसी पाइप, किल्ला, प्लाई तथा अन्य स्थानीय सामग्रीका साथै भारतबाट ल्याइएको लेन्स तथा ऐना प्रयोग गरी पाँच आवर्ती टेलिस्कोप र तीन रावर्ती टेलिस्कोप बनाएका छन् । ’यस प्रकारको कार्यशाला शिक्षकका लागि उति नै अपरिहार्य छ, जति विद्यार्थीका लागि आवश्यक छ, कक्षामा सिकाउने शिक्षकलाई पनि प्रयोगात्मक ज्ञानको कमी छ, तीन दिनभित्र उनीहरुले निकै मेहनत र परिश्रम गरेर टेलिस्कोप बनाउन सिक्नुभएको छ’, इन्टरनेशनल एष्ट्रोनोमिकल युनियनको नेपालका लागि अर्का जनसम्पर्क संयोजक तथा नासोका परियोजना संयोजक मनिषाद्वाले भनिन् । कार्यशालामा कक्षा–४ देखि कक्षा–१२ सम्म पढाउने शिक्षकको सहभागिता थियो । पाठ्यक्रममा भएको सैद्धान्तिक कुरालाई अभ्यास गरी नेपालकै लागि पहिलो रिफ्लेक्टिङ टेलिस्कोप बनाउन पाउँदा निकै हर्षित भएका छन् । यस प्रकारका कार्यशाला हरेक विद्यालयमा हुनुपर्ने र त्यसका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने सेलिब्रेसन कोएड विद्यालयका विज्ञान शिक्षक मनिराम राईले बताए । रासस
प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सुरु
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो । सुरुमा प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यसलगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन आयोजना गर्नेछन् । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गर्नेछन् ।
हृदय : १५ हजारलाई जीवन दिने ‘भगवान्’ को कथा
काठमाडौं । डा भगवान् कोइरालाले जीवनमा आर्थिक अभाव, राजनीतिक दबाब र मानसिक तनाव धेरै भोगे । यसलाई उहाँ त्यति महत्व दिनुहुन्न जति उहाँ आफ्नो मेडिकल करिअरमा करिब १५ हजारलाई जीवन दिन पाएकामा गौरव गर्नुहुन्छ । नेपालमा पहिलो पटक ओपन हार्ट सर्जरी प्रोगाम सुरु गर्ने शल्यचिकित्सक नै डा कोइराला हुनुहुन्छ । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मा २०५३ फागुन १६ गते नेपालीबाट नै भएको पहिलो ओपन हार्ट सर्जरी थियो । ओपन हार्ट सर्जरीमा शल्यचिकित्सकले छातीमा ठूलो चिरा पारेर भित्रको पिंजडारूपी करङ खोली मुटुको शल्यक्रिया गर्छन् । यसमा बिरामी मुटुको भल्भ मर्मत वा फेर्ने, डोनोर (ता) मुटु राख्ने, जन्मजात बिग्रेको मुटुलाई मिलाउने तथा लाइफ सेभिङ मेडिकल डिभाइस राख्ने काम हुन्छ । नेपालीहरू मात्रले गरेको त्यो पहिलो ओपनहार्ट सर्जरी थियो । त्यसपछि वीर अस्पताल, गङ्गालाल हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक सेन्टरमा पनि सुरु भई हालसम्म चलिरहेको छ । अमेरिका र क्यानडाका केही उत्कृष्ट अस्पताल र विश्वविद्यालयको तालिमपछि डा कोइराला नेपालमा ओपन हार्ट सर्जरी गर्न सकिने आत्मविश्वास लिएर आउनुभएको थियो । यसले विदेशमा घुम्न, खान मात्र होइन त्यहाँ सिकेको ज्ञान नेपालमा लागु गर्न अन्य नेपालीलाई पनि प्रेरणा दिन्छ । युक्रेनको खार्किभ नेसनल मेडिकल इन्स्टिच्युटबाट स्नातक र बङ्गलादेशको ढाका युनिभर्सिटीको नेसनल इन्स्टिच्युट अफ कार्डियोभास्कुलर डिजिजबाट स्नातकोत्तर डा भगवान् कोइरालाले बेस्टेट मेडिकल सेन्टर, म्यासाचुसेट्स, अमेरिका र टोरन्टो युनिभर्सिटी हस्पिटल फर सिक चिल्ड्रेनमा कार्डियाक सर्जरीसम्बन्धी फेलोसिप तथा बङ्गलादेशबाट एमएस इन कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरी गर्नुभएका उहाँ निरन्तर ओपन हार्ट सर्जरी सुरु गर्ने प्रक्रियामा लागिरहनुभयो । नेपालको पहिलो मुटु अस्पताल सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र त्रिवि शिक्षण अस्पताल महाराजगन्जको नेतृत्व गर्दै हाल मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको कार्यकारी निर्देशक, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष र इन्स्टिच्युट अफ मेडिसिन, कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरी विभाग प्रमुख डा कोइराला र टोलीले गरेको प्रयत्नले नेपालले मुटु रोगको उपचारमा एउटा हैसियत प्राप्त गरेको छ । डा कोइराला र उहाँका सहयोगी, सहकर्मी र हाकिमहरूको अहोरात्र योगदानले नै नेपालमा मुटुको स्तरीय सेवा सुरु भएको हो र विदेशबाट समेत सोको उपचारमा आउनु नेपालका लागि अति नै गौरवको विषय हो । ‘भारतको एस्कर्टस तथा अन्य अस्पतालमा नेपाली बिरामीहरु उपचार गराउन जाँदा त्यहीँका डाक्टरले ‘यस्तो समस्याका लागि तपाईँहरु किन आएको रु गङ्गालाल (हृदय केन्द्र) मै उपचार हुन्छ त’ भनेर सम्झाउने गरेको पनि पाइयो । कतिपयले त भारतमा परीक्षण गराउँदा अपरेसन गर्नुपर्छ भन्ने जानकारी पाएपछि फर्किएर गङ्गालालमै अपरेसन गर्न आएको पनि हामीले पाएका थियौँ’, कृतिमा लेखक नेपालको मुटु स्वास्थ्योपचारमा पाइएको विदेशीको समेत यस्तो प्रशंसा र समाजलाई केही न केही योगदान दिन पाएमा आत्मसन्तुष्टि व्यक्त गर्नुहुन्छ । जीवनमा केही गणना गर्न सकिने हिसाबले नै विभिन्न कुटाइ र र अन्य सङ्कट पार गर्नुभएका डा कोइराला पढ्दा पढ्दै न्युरोको गम्भीर बिरामी हुनाका साथै भेइकलसम्बन्धी एक्सिडेन्टहरू पनि मजाले भोग्नुभयो । ब्याडमिन्टन र गल्फ खेलाडी उहाँ केशकर्तन गर्न पनि सिपालु हुनुहुन्छ । हेल्थ एसिस्टेन्टमा ब्याच टप भएर क्राइटेरिया पुगेर पनि बङ्गलादेशमा एमबिबिएस अध्ययन गर्न नपाउनुभएका उहाँले सोभियत सङ्घमा पढ्न पाइएको अर्को अन्तर्वार्तामा भने ठाडठाडो जवाफ दिएर नाम निकालिछाड्नुभयो जहाँ उहाँ सुरासुन्दरीविहीन भई पढाइमै हेलिनुभयो । पाल्पाको मध्यमवर्गीय परिवारबाटै उठ्नुभएका उहाँ कलेजका नियमित विद्यार्थी हुनुहुन्थ्यो र सकभर कुनै पनि क्लासको लेक्चर छुटाउनुुहुन्नथ्यो । चालिस वर्षअघि नै ब्याच टप गरेर हेल्थ असिस्टेन्ट उत्तीर्ण गरी काठमाडौँस्थित इन्द्रायणी हेल्थ पोस्टमा इन्चार्ज र तीस वर्षअघिदेखि त्रिवि शिक्षण अस्पतालमा हाउस अफिसरबाट जीवनवृत्ति सुरु गरी व्यवस्थापनको जिम्मेवारी लिनुभएका व्यस्त चिकित्सक डा कोइराला आफूले जानेको विषयमा कनिष्ठहरूलाई हस्तान्तरण गर्न अति नै इच्छुक हुुनुहुन्छ । कुनै राजनीतिक वाद र दलमा नलागी सबै राजनीतिक व्यक्तिहरूसँग उहाँको राम्रो सम्बन्ध छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र स्थापना र सञ्चालन, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर स्थापना र सञ्चालन, नागरिक अस्पताल र अर्गान ट्रान्सप्लान्ट सेन्टर सञ्चालनमा सहयोग, ग्रामीण एवं दुर्गम क्षेत्रमा स्थानीय सङ्घसंस्थाका सहकार्यमा दर्जनौँ स्वास्थ्य शिविरमा उहाँले दसौँ हजार बिरामीलाई मुटुको विशेषज्ञ सेवा दिइसक्नुभएको छ । नसर्ने रोग र सुर्तीजन्य वस्तुको नियन्त्रणबारे राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्न, स्वास्थ्य सेवामा विकेन्द्रीकरण गर्न, राष्ट्रिय स्वास्थ्य नीति निर्माणमा सहयोग, गरिबहरुलाई मुटुको भल्भ निःशुल्क उपलब्ध गराउन तथा १५ वर्षभन्दा कम र ७५ वर्षभन्दा बढी उमेरकालाई मुटुसम्बन्धी शल्यक्रियालगायतमा सम्पूर्ण उपचार निःशुल्क गराउन उहाँले योगदान दिनुभएको छ । गङ्गालाल अस्पतालको व्यवस्थापन राम्रो गरेका आधारमा जनप्रशासन सङ्घ नेपालले ‘हेमबहादुर मल्ल सम्मान’ र व्यवस्थापन सङ्घ नेपालले म्यानेजर अफ द इयर’ उपाधि पनि उहाँलाई दिए । अवकाशपछिको जीवन पनि ‘देउता जस्तो’ भगवानले सोचिसक्नुभएको छ – बालरोग विशेषगरी मुटुको उपचारका क्षेत्रमा काठमाडौंमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ र प्रदेशमा एक एक सामान्य बाल अस्पताल स्थापना गर्ने र त्यसैमा समर्पित हुने । सो पवित्र कार्यमा अहिले डा मीनेन्द्र रिजाल जस्ता नेताहरूले पनि सघाउन थाल्नुभएको छ । अस्पतालमा कर्मचारीले चिकित्सकलाई हेप्ने, मन्त्री–सल्लाहकार–नेता र तिनका मान्छेले निःशुल्क उपचार खोज्ने–मादक पदार्थ सेवन गर्ने, मन्त्रीले अस्पतालमा आफ्ना मान्छे नियुक्त गर्न दबाब दिने, अस्पतालको गोदामबाट औषधि हराउने जस्ता दबाब र तनाबका कुरा त उहाँको व्यवस्थापकीय–चिकित्सीय जिम्मेवारीका बेला कति भए कति भए । विदेशमा बसाइँसराइ गर्न जाने कर्मचारीले पनि राजीनामा नदिई बिदामा बसेर पद अड्काउन खोजेको तथा मन्त्री तथा उच्चस्तरका व्यक्तिलाई आफ्नै पैसाले उपचार गराएको थुप्रै उदाहरण पनि लेखकले निर्धक्क भई दिनुभएको छ । दरबार हत्याकाण्डका बेला पनि सैनिक अस्पताल छाउनीमा राजपरिवारका सदस्यलाई राम्रो उपचार गरेर उहाँले आफ्नो पदीय जिम्मेवारी राम्रोसँग निर्वाह गर्नुभएको छ, जुन अध्याय रोचक पनि छ । मुटु तथा फोक्सोसम्बन्धी सेवालाई सबै विकास क्षेत्रमा विकेन्द्रित गर्न हार्टलङ एकेडेमी स्थापनासम्बन्धी अवधारणा भने बिचैमा तुहिएकामा भने उहाँलाई अति नै दुःख लाग्छ । अहिले भने बालचिकित्सा क्षेत्रमा क्रियाशील हुँदाहुँदै आफ्नो जीवनको उतारचढाव र स्वास्थ्य क्षेत्रमा आफूले गरेको योगदानलाई लिपिबद्ध गरी ‘हृदय’ पस्केर उहाँले स्वास्थ्य क्षेत्रको आफ्नो समयको इतिहासको ज्ञान सबैलाई बाँड्नुभएको छ । कृतिमा पुनरुक्ति र सामान्य वर्णविन्यासका दोष छन् नै । चिकित्सा पेसामा रहेकाले उहाँले सोसम्बन्धी प्राविधिक शब्द र सङ्क्षिप्त शब्द अङ्ग्रेजीमा राख्नुभएको छ जसलाई बुझ्ने भाषामा पनि कतै दिइएको भए हुन्थ्यो । निःस्वार्थ र निर्भय डा कोइरालाले आफ्नो नाम सार्थक बनाई व्यक्तिगत जीवन र स्वास्थ्योपचारका साथै तत्कालीन नेपालको राजनीतिक वातावरण र वैदेशिक स्थितिबारे पनि पुस्तकमा उल्लेख गरेर पाठकहरूलाई गुन नै लगाउनुभएको छ । रासस
प्रधानमन्त्री दाहाल राजघाटमा, महात्मा गान्धीप्रति सम्मान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् । भारतमा मात्र नभई विश्वमै शान्ति र अहिंसाका प्रवर्तकका रुपमा परिचित गान्धीप्रति विशेष सम्मान प्रकट गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका हुन् । महात्मा गान्धीलाई नेपालमा पनि उत्तिकै सम्मान गरिने भएकाले भारत भ्रमणमा पुग्ने नेपालका प्रधानमन्त्री गान्धीप्रति सम्मान प्रकट गर्न राजघाट पुग्ने गर्छन् । भारत सरकारले राजघाटलाई पर्यटकीय क्षेत्रका रुपमा पनि विकास गरेको छ । राजघाटमा राखिएको पुस्तिकामा प्रधानमन्त्री दाहालले महात्मागान्धीलाई अहिंसाका प्रवर्तक एवं शान्ति र सत्याग्रहमार्फत स्वतन्त्र भारत निर्माण गरेका व्यक्तित्व भनी टिप्पणी गरेका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली आइपुगेका हुन् । आजै उनले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
मेटलाइफ नेपालद्वारा सिकल सेल एनिमिया सचेतना र स्क्रिनिङ परियोजनाका केन्द्रलाई सहयोग
काठमाडौं । मेटलाइफ नेपाल र ग्रामीण महिला उत्थान केन्द्र संयुक्त रूपमा मध्यपश्चिम नेपालको दाङ जिल्लाका प्रभावित क्षेत्रहरुमा सिकलसेल एनिमियाको फैलावट न्यूनीकरण गर्न सहमत भएका छन् । यस सम्झौता अन्तर्गत, मेटलाइफ नेपालले प्रभावित क्षेत्रका नेता, स्वयंसेवक र सम्बन्धित सरोकारवालाहरूसँग विशेष गरी सचेतना कार्यक्रम सञ्चालन गर्न केन्द्रलाई सहयोग गर्नेछ । यी कार्यक्रमले रोग, यसको प्रभाव र लक्षणहरूबारे जनचेतना जगाउने उद्देश्य राखेका मेटलाइफले जनाएकाे छ । कार्यक्रकले सम्भावित वाहकहरू पहिचान गर्न र सही उपचार सुरु गर्न मद्दतको लागि समुदायका मानिसहरूलाई रगत परीक्षण गर्न पनि प्रोत्साहन गरिने बताइएकाे छ । मेटलाइफ नेपालले प्रभावित क्षेत्रका मानिसहरूलाई सकारात्मक रूपमा बाँच्न मद्दत गर्न, थप जोखिमहरू न्यूनीकरण गर्न र रोगसँग सम्बन्धित सामाजिक अन्धविश्वास र भेदभाव उन्मूलन गर्न केन्द्रलाई रोगको स्क्रीनिंग, उपचार र प्रभावकारी परामर्शमा पनि सहयोग गर्ने जनाएकाे छ । दाङ र आसपासका क्षेत्रमा व्याप्त रोग मध्येको एक सिकलसेल एनिमियाले सम्पूर्ण मानव शरीरमा अक्सिजन पुर्याउने रातो रक्त कोशिकाको आकार नै परिवर्तन गर्छ । तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायमा यो रोगको उच्च प्रकोप देखिएको छ, शरीर दुख्ने, विभिन्न संक्रमणहरु हुने, कडा थकानको महसुस र रक्तअल्पता हुने लक्षण देखिएको छ । यस रोगबाट संक्रमित व्यक्तिहरूले आफ्नो दैनिक जीवनमा कुनै पनि प्रकारको शारीरिक काम गर्न कठिनाइ महसुस गर्छन् र समुदायमा सामाजिक र आर्थिक विपत्तिको शिकार हुन्छन् ।
नबिल बैंकले एकैपटक सञ्चालन गर्यो ३८ वटा नयाँ शाखा
काठमाडौं । नबिल बैंकले एकैसाथ ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशैभर ३८ वटा नयाँ शाखाको उद्घाटन गरेको हो । ‘नबिल बैंक अब तपाईसँग अझै नजिक’भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ वटा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ भने कर्णाली प्रदेशमा एउटा शाखा सञ्चालनमा ल्याएको हो । यस्तै, कोशी प्रदेशमा १, मधेश प्रदेशमा ८, गण्डकी प्रदेशमा ३, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा २ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बिहीबार नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले ८ वटा र बैंकका सञ्चालक निर्वाण चौधरीले ८ वटा शाखाहरु उद्घाटन गरेका छन् । त्यस्तै, बैंकका संचालक आशा राणा अधिकारीले थप ८ वटा र बैंक संचालक अनन्त पौड्याल र प्रविन टिबडेवालाले थप ७/७ वटा शाखाको उद्घाटन गरे । ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ । साथै, बैंकले थप १० वटा शाखा कार्यालय सञ्चालनका लागि द्रूत गतिमा काम अघि बढाएको बैंकले जनाएको छ । बैंकका अनुसार यो वर्षको अन्तसम्म २६५ वटा शाखा पुर्याउने लक्ष्य रहेको छ ।
डिशहोम बन्यो आईएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी
काठमाडौं । नेपालमा डीटीएच् सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आईओस् प्रमाणीकरण प्राप्त गरेको छ । अमेरिको क्वालिटी स्ट्यान्डर्ड रजिस्टेचले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मुल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरिक्षण गरी डिश मिडिया नेटवर्क लाई आईओएस् ९००१: २०१५ प्रदान गरेको हो । स्याटेलाइट टेलिभिजन मार्फत नेपालको कुना काप्चामा गुणस्तरिय सेवा प्रदान गरि रहेको कम्पनीले पछिल्लो समय अन्य सेवा प्रदायकको भन्दा सुलभ र उच्च गुणस्तरको इन्टरनेट सेवा संचालन गरिरहेको छ यस्तै हाल सालै आफ्नो सेवालाई विस्तार गर्ने क्रममा डाटा सेन्टर पनि संचालनमा ल्याएको छ । नेपालको पेटिभी इन्डस्ट्रीमा आमुल परिवर्तन ल्याउन सफल रहेको डिशहोमले आफ्नो ग्राहकहरु उच्च गतिको इन्टरनेट सहज र सर्वसुलभ मुल्यमा प्रदान गर्नुका साथै ग्राहक सेवा लाई अझ सहज वनाउन देशै भरि विभिन्न स्थानमा डिलर नेटवर्क, सर्भिस सेन्टर र २४ सै घण्टा ग्राहक सेवा केन्द्र संचालन गरिरहेको छ । उत्कृष्ट ग्राहक सेवा, कुशल नेतृत्व, व्यवस्थित कार्यसम्पादनको कारणले गर्दानै कम्पनीले आईओइस् प्रमाणीकरण प्राप्त गर्न सफल भएको छ । अवको दिनमा कम्पनीले अझै समय अनुसारको प्रविधि प्रयोग गरि कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवा लाई थप गुणस्तरीय र ग्राहक सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने कम्पनीले जनाएको छ ।