ब्याजदर घटबढमा बैंकहरुबीच प्रतिस्पर्धा, १२ बैंकले ब्याज बढाउँदा ४ बैंकले घटाए
काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर प्रकाशन गरेका छन् । भदौ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार अधिकांश केही बैंकले ब्याजदर बढाएका छन् भने केही बैंकले ब्याजदर घटाएका छन् । साथै, केही बैंकहरुले साउन महिनाको ब्याजदरलाई भदौमा यथावत राखेका छन् । साउनदेखि आफूखुशी ब्याजदर निर्धारण गर्दै आएका बैंकहरुले भदौमा पनि सोही परम्परा अपनाएका हुन् । भदौमानेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक र हिमालयन बैंकले ब्याजदर स्थिर राखेका छन् । साउन महिनाको तुलनामा भदौमा एनएमबि बैंक, प्राइम बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका हुन् । सिटिजन्स बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, ग्लोबल आइमएई बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकले साउनको तुलनामा ब्याजदर बढाएका छन् । भदौमा एनआईसी एशिया बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, कृषि विकास बैंक र नेपाल बैंकले संस्थगततर्फ ८.८९६ प्रतिशत र ब्यक्तिगततर्फ १०.८९६ प्रतिशत ब्याजदर तोकेका छन् । यस्तै, प्राइम बैंकको संस्थागततर्फ ८.५ प्रतिशत र ब्यक्तिगततर्फ १०.५ प्रतिशत, नबिल बैंकको संस्थागततर्फ ८.४९ प्रतिशत र ब्यक्तिगततर्फ १०.४९ प्रतिशत, लक्ष्मी सनराइज बैंकको संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ १०.४ प्रतिशत र प्रभु बैंक र एभरेष्ट बैंकलेले समान संस्थागततर्फ ८ प्रतिशत र ब्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर तोकेका छन् । यस्तै, एनएमबि बैंक, नेपाल एसबिआई बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र राष्ट्रिय वाणिज्य बैंकले संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । तर, स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने व्यक्तिगततर्फ ६.९२ प्रतिशत र संस्थागततर्फ ८.९२ प्रतिशत ब्याजदर तोकेको छ ।
नबिल बैंकको ब्याजदर सार्वजनिक
काठमाडौं । नबिल बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर स्थिर राखेको हो । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७.९० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले रेमिटेन्स बचतमा भने ८.९० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा पनि सोही ब्याजदर कायम थियो । यस्तै, बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशतदेखि ८.४९ प्रतिशत र ब्यक्तिगततर्फ ९.४९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंककाअनुसार रेमिट्यान्स खातामा भने १०.४९ प्रतिशतदेखि ११.४९प्रतिशतसम्म ब्याजदर तोकिएको छ । साउनमा पनि सोही ब्याज कायम थियो । बैंकले कर्जाको ब्याजदर भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर निर्धारण गर्नेछ । बैंकको आधार दर ९.५२ प्रतिशत र स्प्रेड दर ४.९९ प्रतिशत छ ।
ग्लोबल आइएमई बैंकको ब्याजदर बढ्यो, कुन खातामा कति ?
काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाएको हो । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले रेमिटेन्स बचतमा भने ९.९६६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ८.८९६ प्रतिशत र ब्यक्तिगततर्फ १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंककाअनुसार रेमिट्यान्स खातामा भने ११.८९६ प्रतिशत ब्याजदर पुर्याएको छ । यसअघि साउनमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो । बैंकले कर्जाको ब्याजदर भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर निर्धारण गर्नेछ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले भदौमा बचत खातामा ब्याजदर बढाएको छ भने मुद्दती खातामा घटाएको छ । बैंकले साधारण बचत खातामा न्यूनतम ४.९७ प्रतिशतदेखि अधिकतम ६.५७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । रेमिटेन्स बचतमा भने ७.५७ प्रतिशत तोकेको छ । यसअघि साउनमा बैंकले न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ६.४५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो । रेमिट्यान्स खातामा भने ७.४५ प्रतिशत ब्याज दिएको थियो । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ न्यूनतम ५.९२ प्रतिशतदेखि अधिकतम ६.९२ प्रतिशतसम्म ब्याजदर तोकेको छ । ब्यक्तिगततर्फ न्यूनतम ७.९२ प्रतिशतदेखि ८.९२ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स बचत खातामा भने ९.९२ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसअघि साउनमा बैंकले संस्थागततर्फ न्यूनतम ५.९५ प्रतिशतदेखि अधिकतम ६.९५ प्रतिशत र ब्यक्तिगततर्फ ७.९५ प्रतिशतदेखि ८.९५ प्रतिशत ब्याजदर तोकेको थियो । रेमिट्यान्स खातामा ९.९५ प्रतिशत ब्याजदर दिएको थियो । बैंकले साउनको तुलनामा भदौमा मुद्दती निक्षेप खातामा ०.०३ प्रतिशत ब्याज घटाएको हो । बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर ९.०२ प्रतिशत छ भने स्प्रेडदर ४ प्रतिशत छ ।
लक्ष्मी सनराइज बैंकको ब्याजदर सार्वजनिक, कर्जामा स्थिर ब्याज कति ?
काठमाडौं । लक्ष्मी सनराइज बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले भदौमा ब्याजदर स्थिर राखेको छ । अर्थात् साउन महिनाकै ब्याजदर भदौमा लागू हुनेछ । बैंकले भदौका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । रेमिटेन्स बचतमा ८.४० प्रतिशत तोकेको छ । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर १०.९३ प्रतिशत रहेको छ । बैंकको स्प्रेडदर ४.४२ प्रतिशत छ । बैंकका अनुसार १५ वर्षसम्मको होम लोन, होम इक्विटी लोन, एजुकेशन लोन, अटो लोन, पर्सनल लोन र टर्म लोनमा १२.९९ प्रतिशतदेखि १४.९९ प्रतिशतसम्म ब्याज तोकिएको छ ।
एनआईसी एशिया बैंकले सार्वजनिक गर्याे ब्याजदर, कति दिन्छ ?
काठमाडौं । एनआईसी एशिया बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले भदौ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ८.८९६ प्रतिशत र ब्यक्तिगततर्फ १०.८९६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर १०.१८ प्रतिशत रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा भदौ महिनाको लागि ब्याजदर बढाएर सार्वजनिक गरेको हो । बैंकले भदौ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.९९ प्रतिशतदेखि अधिकतम ६.६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले साधारण बचत खातामा ब्याज स्थिर राखेपनि मुद्दति निक्षेपमा भने बढाएको छ । बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यसअघि सोही ब्याजदर ६.९९ र ८.९९ प्रतिशत थियो । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ३.७५ प्रतिशत र न्यूनतम १.५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ । बैंकको आधार दर ८.०२ प्रतिशत रहेको छ । हाल बैंकको ब्याजदर अन्तर ३.९८ प्रतिशत छ ।
हिमालयन ८०-२० म्युचुअल फण्डमा आजदेखि आवेदन खुला, १ करोड इकाई खरिद गर्न मिल्ने
काठमाडौं । हिमालयन क्यापिटलले आज साउन ३२ गतेदेखि पहिलो म्युचुअल फण्ड ‘हिमालयन ८०–२०’ निष्काशन तथा बिक्री खुला गरेको छ । पूँजी बजारमा नविनत तथा अनुशासित लगानीको अभ्यास गरिरहेको क्यापिटलले १० वर्ष अवधि रहेको १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड बिक्री गरेको हो । यो फण्ड एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई छुट्याई बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधरण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । क्यापिटलको फण्डमा लगानीकर्ताहरुले न्यूनतम १ सय इकाईदेखि अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सक्ने छन् । फण्डको इकाईमा छिटोमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा पर्याप्त आवेदन नपरेमा भदौ १५ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् । कुल लगानीमध्ये ८० प्रतिशत दीर्घकालीन लगानी मार्फत् कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने र बाँकी २० प्रतिशत पूँजी सक्रिय लगानी व्यवस्थापमा गर्नेछ ।