नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने चयन, डेपुटी गभर्नर ढुंगानासमक्ष लिए शपथ
काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स (नेप्स) को सञ्चालक समितिको अध्यक्षमा विश्वम्भर न्यौपाने चयन भएका छन् । भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । निवर्तमान अध्यक्षलाई प्रतिस्थापन गर्दै नयाँ सञ्चालक मनोनित भएपछि केहि समयदेखि अध्यक्ष पद रिक्त रहेको थियो । उक्त रिक्त पदमा न्यौपाने नियुक्त भएका हुन् । नवनियुक्त अध्यक्ष न्यौपाने लामो समयदेखि नेपाली बैंकिङ्ग क्षेत्रमा विभिन्न भूमिकाहरुमा आवद्ध भई योगदान पुर्याएको र हाल माछापुच्छ्रे बैंकमा नायब प्रमुख कार्यकारी सञ्चालक पदमा कार्यरत छन् । अध्यक्ष न्यौपानेले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनले भुक्तानी प्रणाली विनियमावली (पहिलो संशोधन, २०८०), २०७७ को विनियम १२ बमोजिम ईजाजत प्राप्त संस्थाको सञ्चालक समितिको अध्यक्षले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर वा विभागको कार्यकारी निर्देशक समक्ष सपथ ग्रहण गर्नुपर्ने प्रावधान अनुसार सपथ लिएका हुन् । नेप्स १२ वटा बैंक तथा वित्तीय संस्थाहरुद्वारा संस्थापित एवं संचालित नेप्स नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली संचालकका साथै पीसीआई एसएससीको बोर्ड अफ एडभाइजरी र पीसीआई डीएसएस भर्जन ३.२ र पीसीआई पीन प्रमाणित संस्था पनि हो । नेप्सले बैंक तथा वित्तीय संस्थाहरुको लागि कार्ड मार्फत विद्युतीय भुक्तानी सम्बन्धि कार्य गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै अन्य सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ । हाल ११ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न कार्ड संजाल मार्फत कारोबारका लागि होस्टिंग र स्विचिंग सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
भारतमा थप आठ सय मेगावाट बिजुली निर्यात गर्न सकिने
काठमाडौं । नेपाल र भारतबीचका प्रसारण संरचना र पूर्वाधारलाई अधिकतम क्षमतामा उपयोग गरेर थप आठ सय मेगावाट बराबरको बिजुली निर्यात गर्न सकिने भएको छ । सो विषयमा दुई देशका उच्च अधिकारीबीच प्रारम्भिक समझदारी भएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणबीचमा भएको द्विपक्षीय छलफलका क्रममा हाल सञ्चालनमा रहेका प्रसारण पूर्वाधार र निर्माण सम्पन्न हुने चरणमा रहेका पूर्वाधार प्रयोग गरेर विहार, उत्तर प्रदेशलगायत भारतीय राज्यमा बिजुली निर्यातका लागि थप सहज हुने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय २२ मेगावाट र एनभिभिएनलाई एक सय १० मेगावाट गरी कूल छ सय ३२ मेगावाट विद्युत् हाल निर्यात भइरहेको छ । त्यसमध्ये पाँच सय ६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर, चार सय केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन र ७० मेगावाट महेन्द्रनगर–टनकपुरस्थित १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय निर्देशक समितिको गत फागुनमा सम्पन्न संयुक्त निर्देशक समितिको १० औँ बैठकमै बिहारसँग जोडिएका एक सय ३२ केभी क्षमताका प्रसारण लाइन प्रयोग गरेर भारतका अन्य राज्यमा समेत बिजुली निर्यातका लागि सहजीकरण गरिदिन प्राधिकरणले अनुरोध गरेको थियो । उक्त विषयमा सो बैठकमै सैद्धान्तिक सहमति भएको थियो । त्यसको प्रारुप तयार पार्न भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अन्य भारतीय निकायसँगको परामर्शमा तय गर्ने निर्णय गरेको थियो । सोही सहमतिअनुसार यही असोज २ गते भारतको राजधानी नयाँ दिल्लीमा भारतको केन्द्रीय विद्युत् प्राधिकरण र नेपाल विद्युत् प्राधिकरणका उच्च अधिकारीबीच थप बिजुली निर्यातका लागि प्रसारण पूर्वाधार प्रयोग गर्ने विषयमा सहमति भएको प्राधिकरणका निर्देशक प्रबल अधिकारीले जानकारी दिए । छलफलमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्राधिकरणका निर्देशक प्रबल अधिकारी तथा भारतको केन्द्रीय विद्युत् प्राधिकरणका चिफ इञ्जिनियर राकेश गोयललगायतको सहभागिता थियो । पछिल्लो छलफलपछि नेपालसँग सीमा जोडिएका बिहार र उत्तर प्रदेशलगायत प्रदेशमा थप आठ सय मेगावाट बिजुली निर्यातका लागि छलफल भएको हो । छलफलका आधारमा आगामी संयुक्त निर्देशक समितिको बैठकमा प्रस्ताव पेश गरिनेछ । नेपाल र भारतको बिहारबीच एक सय ३२ केभी क्षमताका छ वटा प्रसारण पूर्वाधार जोडिएको छ । यस्तै नेपाल र भारतको उत्तर प्रदेशबीचमा निकट भविष्यमै सम्पन्न हुने चरणमा न्यू नौतवना मैनिहिया, कोहलपुर नानपाराबीच एक सय ३२ केभी प्रसारण लाइन जोडिनेछ । भारत सरकारले जारी गरेको विद्युत् व्यापार निर्देशिकाबमोजिम ती राज्यमा र त्यसभन्दा बाहिर अन्य राज्यमा समेत विद्युत् व्यापारका लागि नेपाल विद्युत् प्राधिकरणले थप सुविधा पाउनेछ । भारतको बिहार र उत्तर प्रदेशका समेत प्रसारण लाइनमार्फत अन्य राज्यमा बिजुली पठाउँदा प्रसारण शुल्क भने नियामक निकायले तोकेबमोजिमको तिर्नुपर्नेछ । यस्तै प्राविधिक कारणले गर्दा ३३ केभी र ११ केभी क्षमताका प्रसारण लाइनमार्फत भने अब बिजुली निर्यात नगर्ने र आयातका लागि मात्रै खुला गरिने भएको छ । त्यस्तै भारतीय राज्यसँग जोडिएका एक सय ३२ केभी क्षमताका प्रसारण लाइन र चार सय केभी क्षमताका अन्तरदेशीय प्रसारणको प्रयोगका सन्दर्भमा पनि दुई पक्षबीच छलफल भएको छ । त्यस्तै सूचना आदानप्रदानका लागि एक सय ३२ केभी क्षमताका प्रसारण लाइन ‘डेटा र भ्वाइस कम्युनिकेशन’ का लागि ‘स्काडा सिस्टम’ मार्फत भारतीय केन्द्रीय भारप्रेषण केन्द्र र नेपालको भार प्रेषण केन्द्रबीच जोड्ने प्रस्ताव गरिएको छ । त्यस्तै भारतको राजधानी नयाँदिल्लीमा मङ्गलबार र बुधबार बसेको नेपाल–भारत संयुक्त प्राविधिक टोली ९जेटिटी० को बैठकले एक सय ३२ केभी क्षमताको प्रसारण लाइनमार्फत अन्य राज्यस्तरमा समेत विद्युत् खरिद बिक्री गर्नसक्ने निर्णय गरेको छ । नेपाल–भारत संयुक्त प्राविधिक टोलीको १४ औँ बैठकमा नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देवले नेतृत्व गरेका थिए । सोही बैठकले भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको चार सय केभी क्षमताको ढल्केबर–सीतामढी प्रसारण लाइनसमेत प्रयोग गर्ने सहमति भएको छ । सो प्रसारण लाइनको क्षमता उपयोग गर्ने विषयमा सहमति भएको सहसचिव देवले जानकारी दिए । यसैगरी हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता पनि आठ सय मेगावाट बराबर पुर्याइएको छ । हाल निर्माणाधीन हेटौँडा– ढल्केबर चार सय केभी क्षमताको प्रसारण लाइन पूरा भएपछि नेपालले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनको क्षमताअनुसार नै बिजुली आयात निर्यात गर्न पाउनेछ ।
बेकोको दशैं तिहार योजना सार्वजनिक
काठमाडौं । युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरुको दशैं तिहार २०७९ लाई लक्षित गर्दै ‘बेकोको सौगात, सम्बन्ध प्रगाढ’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ । यो योजना भदौ २७ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ । उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको एरिअल म्याटिक वाशिङ पाउडर उपहार पाईन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाइने कम्पनीले जनाएको छ । साथै सिङगल डोर रेफ्रिजीरेटरमा चोप्पर , डबल डोर रेफ्रिजीरेटरमा ईलेक्त्रिक किटली र मल्टी डोर रेफ्रिजीरेटरमा ईलेक्त्रिक प्रेसर कूकर उपहार पाईन्छ भने कूकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा प्रेसर कूकर र एअर कन्डिसनर को खरिदमा फ्री इन्स्ट्लेसन पाईन्छ। साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको जनाएको छ । त्यसै गरि शुन्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले ‘सिजि लोयल्टी क्लब’को रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुर स्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । यी सुबिधाका लागि ग्राहकहरुले वेबसाइटमा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन् । नेपाल अधिराज्यभर बेको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, गत्थाघर, टेकु ,नयाँ बजार र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्। साथै चौधरी ग्रुपद्वारा बजारमा वितरित सम्पूर्ण बेकोको सामानहरुमा शत प्रतिशत पार्ट्स उपलब्धता र सर्भिस ग्यारेन्टी रहेको छ।
एनआईसी एशियाले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । एनआईसी एशिया बैंकले आगामी असोज २८ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । असोज ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सो दिन २६औं वार्षिक साधारण सभा आव्हान गरेको हो । उक्त सभा सो दिन बिहान ९ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्दै छ । त्यस्तै, सभामा जाने प्रयोजनको लागि बैंकले असोज १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंकले गत भदौ २९ गते नै गत आवको लाभांश घोषणा गरेको थियो । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसलाई सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिने छ ।
निउरो बेचेर घर खर्च
चितवन । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत जङ्गली तरकारी बिक्री गर्दै आएकी उनी तीन वर्षदेखि यही पेसा गर्दै आएकी छन् । विकसँगै अन्य आठ–दसजना राजमार्गको छेउमा लस्करै बसेर दैनिक निउरो, सालको पात, बेतलौरीका टुसा बिक्रीका लागि ग्राहक कुरिरहेका देख्न सकिन्छ । विसं २०६१ मा गोरखाबाट चितवन झरेकी विकले सुरुआती समयमा घर तथा अन्य निर्माण कार्यमा ज्यामीको काम गर्दै आएकी थिइन् । सो काममा समयमा पैसा नपाउने र स्वास्थ्यमा पनि समस्या आएपछि उनले निउरो बिक्री गर्न थालेकी हुन् । ‘दैनिकी चलाउनकै लागि भए पनि निउरो बेच्नु परेको छ’, उनले भनिन् । दैनिक १५ देखि ३० मुट्ठासम्म निउरो बिक्री हुने बताउँदै विकले यही कमाईले घर र छोरालाई पढाउने खर्च पुगेको बताइन् । ‘घामपानी नभनी जङ्गलमा गएर निउरो टिपेर ल्याउनु पर्छ, दुःख छ’, उनले भनिन्, ‘दुःखै गरेर भए पनि आफ्नो दैनिकी सजह रुपमा चलेको छ ।’ ५० वर्ष पुगेकी विकले जङ्गलमा निउरो टिप्न जाँदा कहिलेकाहीँ जङ्गली जनावरसँगको जम्काभेटमा अब घर फकिइन्न कि जस्तो अनुभूति हुने गरेको बताइन् । ‘अगाडि नै गैँडा भेटिँदा त मुटुले ठाम छोड्छ, आजसम्म त बाँचिरहेकै छु’, उनले भनिन् । मासिक तीन सयको टिकट काटेर सामुदायिक वनमा निउरो टिप्न जानुपर्ने विकले सुनाइन् । उनले भनिन्, ‘ज्यानको बाजी थापेर निउरो टिपेर बेच्न बस्यो तर किन्नेहरुले मूल्य घटाउँछन् ।’ एक सयको निउरो किन्दा १० सम्म भए पनि घटाएर लैजाने गरेको उनको गुनासो छ । रत्ननगरकी लक्ष्मी पुलामी मगर अहिले ६० वर्ष पुगिसकेकी छन् । उनको दैनिकी पनि अहिले जङ्गली तरकारी बिक्रीमै जाने गरेको छ । पहिला–पहिला हाटबजारमा तरकारी तथा फलफूल बेच्दै आएकी मगर कोरोनासँगै हाटबजारमा तरकारी बिक्री गर्न नपाएपछि सडक छेउमा बसेर व्यापार गर्छन् । ‘अहिले उमेर ढल्किँदै गयो । अरु काम गर्न सकिदैन् । दिनभरि सडक छेउमा निउरो, सालको पात र टुसा बेच्छु’, उनले भनिन्, ‘सके आफैँ जङ्गलमा टिप्न जान्छु, अरूले टिपेर ल्याएको पनि बिक्री गर्ने गरेको छु ।’ आफैँले टिपेर ल्याउन सके फाइदा हुने भन्दै अरूसँग किनेर बेच्दा खासै बचत नहुने उनको भनाइ थियो । उनले गुनासो पोखिन्, ‘चिल्ला गाडीमा गुडेर आउने ग्राहकले महँगा होटेलमा खाँदा पैसा थपेर दिन्छन भन्ने सुन्छु । हामी ताजा तरकारी बेच्नेसँग १० मा चित्त नबुझे फालेर हिँड्छन् ।’ सरदरमा दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म कमाउँदै आकी मगरले साँझ ७ः३० बजेसम्म सडक पेटीमा नै बसेर निउरो बेच्ने गरेको सुनाइन् । भरतपुर महानगरपालिका–८ का ताराबहादुर तामाङ पनि टिकौली सडक छेउमा निउरो बिक्री गर्दै आएका छन्। विगत छ महिनाअघि देखि यो पेसामा लागेका तामाङ आफैँ निउरो, टुसा र सालको पात टिपेर बिक्रीका लागि ल्याउछन् । घरपरिवार चलाउनकै लागि यो व्यवसायमा लाग्नु परेको उनले बताए। उनले भने्, ‘काम भनेको सानो ठूलो केही हुँदैन । पेट पाल्न काम त गर्नै पर्यो ।’ पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गल चितवन राष्ट्रिय निकुञ्ज बरण्डाभार क्षेत्रमा पर्दछ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने सडकमा बसेर निउरो बिक्री गर्न नपाइने बताए । उनले जङ्गल कटेपछिको सडकमा बिक्री वितरण गर्दा निकुञ्जले कुनै अवरोध नगरेको बताए । अहिले निकुञ्जमा नभई सामुदायिक वनमा मात्रै निउरो टिप्नका लागि अनुमति दिइने गरेको उनको भनाइ थियो । रासस
ब्याज बढाउन सरकारी अधिकृतकै प्रश्रय, खातामा साढे २ खर्ब हुँदा पनि किन लिइँदैछ ऋण ?
काठमाडौं । सरकारले सरकारी खाता नोक्सानीमा गएको भन्दै चालू आर्थिक वर्षको सुरुवातदेखि नै आन्तरिक ऋण उठाउन थाले पनि अहिले भने प्रयाप्त मौज्दान देखिएको छ । रकम अभाव देखाउँदै निर्माण सम्पन्न भएका आयोजनाको रकम समेत भुक्तानी नगरेको सरकारको खातामा साढे २ खर्ब रुपैयाँ मौज्दात देखिएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार केन्द्र, प्रदेश र स्थानीय तहको खातामा २ खर्ब ५२ अर्ब रकम मौज्दात छ । राष्ट्र बैंकका सूचना अधिकारी डा। डिल्लीराम पोखरेलका अनुसार संघको खातामा ५० अर्ब, प्रदेश सरकारको खातामा ८७ अर्ब र स्थानीय सरकारको खातामा १ खर्ब १५ अर्ब रुपैयाँ नगद मौज्दात छ । उनले साउन मसान्तमा सरकारी खातामा २ खर्ब ८ अर्ब ९३ करोड रुपैयाँ मौज्दात रहे पनि हाल केही बढेर साढे २ खर्ब पुगेको बताए । यस्तै, असार मसान्तमा ७१ अर्ब ९८ करोड रुपैयाँ सरकारी खातामा मौज्दात थियो । निर्माण सम्पन्न भएका आयोजनाको रकम भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीहरुले काठमाडौंमा विरोध स्वरुप आन्दोलन समेत गरेका थिए । सरकारले खातामा नगद मौज्दात राखेर काम सम्पन्न भएका आयोजनालाई पनि लामो समयदेखि भुक्तानी गरेको छैन भने रकमको अभाव देखाउँदै धमाधम ऋणपत्र पनि जारी गरिरहेको छ । पूर्वअर्थ सचिव रामेश्वर खनाल सरकारसँग नगद मौज्दात हुँदाहुँदै ऋणपत्र जारी गर्नु नै गलत भएको बताउँछन् । ‘चालू आर्थिक वर्षमा साढे २ खर्ब रुपैयाँ सञ्चित हुँदा आन्तरिक ऋण उठाउनु गलत हो, सामान्यतया सरकारसँग नगद मौज्दात भएको अवस्थामा आन्तरिक ऋण नलिने भन्ने समझदारी नै थियो’, उनले भने, ‘तर अर्थशास्त्रीय दृष्टिकोणमा बजारमा तरलता बढी भयो, बजारमा उपलब्ध भएको तरलताको सही प्रयोग हुन सकेन अथवा बजारमा ब्याजदर ज्यादै कम भएको अवस्थामा सरकारले आफूलाई पैसा आवश्यक नपरेपनि आन्तरिक ऋण लिन सक्थ्यो ।’ उनले ब्याजदर बढ्यो भनेर अर्थमन्त्री स्वयमले भाषण गरेपनि व्यवहारमा भने लागू नगरेको धारणा राखे । उनले धमाधम ऋणपत्र जारी गरेर अर्थमन्त्री र सरकारी अधिकारीहरु ब्याजदर बढाउन प्रशय दिइरहेको धारणा राखे । ‘अहिले उहाँले बजारमा ब्याजदर बढिरहेको छ, अर्थमन्त्रीले ब्याज घटाउनु पर्यो भनिराख्नुभएको छ, अनि उहाँले नै नगद हुँदाहुँदै किन ऋणपत्र जारी गर्नुभयो, सरकारले ऋणपत्र जारी नगरेको भए बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउने थिए होला’, उनले भने । उनले ब्याजदर बढेको बेलामा ऋणपत्र जारी गर्न नहुने धारणा राखे । ‘ब्याजदर बढेको समयमा बजारमा पैसा अभाव भएको भन्ने बुझिन्छ, पैसा अभाव भएर सरकार आफैले ऋण लियो भने स्वभाविक रुपमा ब्याजदर बढ्छ,’ उनले भने । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारसँग हालसम्म १ खर्ब ६१ अर्ब ९१ करोड रुपैयाँ मौज्दात देखिन्छ । सरकारले लक्ष्यको ११ प्रतिशत राजश्व असुल गरेको छ । धमाधम ऋणपत्र जारी सरकारले चालू आर्थिक वर्षमा २ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको ऋण उठाउने लक्ष्य राखेको छ । सरकारी लक्ष्य अनुसार नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउनका लागि कार्यतालिका नै सार्वजनिक गरिसकेको छ । पहिलो चौमासिकमा विकास ऋणपत्र र ट्रेजरी बिल मार्फत ५५ अर्ब रुपैयाँ बराबरको ऋण उठाउने लक्ष्य राखिएकोमा असोज ४ गतेसम्म सरकारले ४५ अर्ब रुपैयाँ ऋण उठाइसकेको छ । राष्ट्र बैंककोे तथ्यांक अनुसार सरकारले विकास ऋणपत्र मात्र साउन १८, साउन २८, भदौ १० गते र भदौ २४ गते १०÷१० अर्ब गरी चार पटक ४० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाइसकेको छ । यस्तै, असोज १४ गते बाँकी १० अर्ब ऋण उठाउने कार्यतालिमा छ । सरकारले साउन २२ र असोज १ गते ट्रेजरी माफर्त ५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाइसकेको छ । केन्द्रिय बैंकले जारी गरेको तालिका अनुसार पहिलो त्रैमासमा ५५ अर्ब, दोस्रो त्रैमासमा पनि ५५ अर्ब, तेस्रो त्रैमासमा ५३ अर्ब र चौथो त्रैमासमा ७७ अर्ब आन्तरिक ऋण उठाइनेछ । पहिलो र दोस्रो त्रैमासमा ट्रेजरी बिल र विकास ऋणपत्र मात्र निष्काशन गर्ने राष्ट्र बैंकको तयारी छ । तेस्रो र चौथो त्रैमासमा भने नागरिक बचतपत्र र वैदेशिक रोजगार नागरिक बचतपत्र निष्काशन हुने उल्लेख छ । अर्थमन्त्रीको गल्तिले निर्माण व्यवसायीले पाएनन् भुक्तानी अर्थविदहरुले अर्थमन्त्रीको कमजोरीका कारण निर्माण व्यवसायीहरुले निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी नपाएका बताएका छन् । एक अर्थविद्ले अर्थमन्त्रीले पर्याप्त तरलता हुँदाहुँदै पनि समयमा नै रकमान्तर नगर्दा निर्माण व्यवसायीहरुले ८० अर्ब रुपैयाँ भुक्तानी नपाएको धारणा राखे । ‘सरकारसँग नगद हुनु र भुक्तानी गर्ने क्षमता राख्नु दुइटा फरकरफरक विषयहरु हुन्, सरकारसँग नगद हुँदाहुँदै पनि बजेट छैन भने त्यो भुक्तानी गर्न पाइँदैन’, उनले भने, ‘चालू आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिसकेपछि ९जेठ १५ गतेपछि० अर्थमन्त्रीले काम नै नभएका शिर्षकबाट रकमान्तर गरेर असारसमान्तसम्म भुक्तानी गरिदिएको भए हुनथ्यो, उहाँले त्यो निर्णय गर्न सक्नुभएन ।’ ती अर्थविद्ले सरकारसँग रकमान्तर गर्नसक्ने पर्याप्त सामथ्र्य हुँदाहुँदैपनि अर्थमन्त्रीले सही निर्णय गर्न नसक्दा निर्माण व्यवसायीले निर्माण सम्पन्न भएका आयोजनाको समेत रकम नपाएको बताए ।
भेस्पा र अप्रिलियाको स्कुटर किन्दा ४० हजार छुट पाइने
काठमाडौं । भेस्पा र अप्रिलियाको स्कुटर किन्दा ४० हजार रुपैयाँ नगद छुट पाइने छ । दुगड़ ब्रदर्स एण्ड सन्स प्रा.लि.ले चाडबाड अफर अन्तर्गत उक्त रकम छुट दिने योजना ल्याएको हो । कम्पनीका अनुसार यो अफरमा कुनै पनि किसिमको शर्तहरु लागु हुँदैन । साथै, यो अफर सीमित अवधिका लागि मात्र कायम रहने छ ।
विद्यालय शिक्षा विधेयकविरुद्ध उत्रिएका १६ जना पक्राउ
काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएका १६ जना पक्राउ परेका छन् । शुक्रबार सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १६ जना पक्राउ परेका हुन् । शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विरोधमा उत्रिएका अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १६ जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुलाई सिंहदरबार वृत्तमा लगेको बताइएको छ ।