माछापुच्छ्रे बैंकका २० ठूला सेयरधनी, कसको स्वामित्व कति ?
काठमाडौं । माछापुच्छ्रे बैंकमा २० जना सेयरधनीकाे सबैभन्दा बढी सेयर स्वामित्व देखिएकाे छ । बैंकको वार्षिक प्रतिवेदनका अनुसार २० जना सेयरधनीहरुको बैंकमा ५३.३३ प्रतिशत सेयर स्वामित्व छ । ०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका २० सेयरधनीहरुको बैंकमा ५३.३३ प्रतिशत अर्थात् ५ अर्ब ४६ करोड ९८ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व छ । बैंकमा सबैभन्दा धेरै सेयर सुरेन्द्र महतोको रहेको छ । महतोको सेयर स्वामित्व १०.९५ प्रतिशत अर्थात् १ अर्ब १२ करोड ३२ लाख ४९ हजार रुपैयाँको सेयर स्वामित्व रहेको छ । त्यसैगरी, दोस्रोमा उपेन्द्र महतोको ९.१४ प्रतिशत अर्थात् ९३ करोड ७१ लाख ८८ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ । त्यस्तै, प्रेम कुमारी के.सीको ८.६८ प्रतिशत अर्थात् ८९ करोड १ लाख ५ हजार रुपैयाँ, पिकेआर इन्भेष्टमेन्ट कम्पनीको ६.३५ प्रतिशत अर्थात् ६५ करोड १३ लाख ६० हजार रुपैयाँ, राम आशिष साहू सुदीको ४.२४ प्रतिशत अर्थात् ४३ करोड ४४ लाख २ हजार रुपैयाँ, कृष्ण गोपाल श्रेष्ठको २.०६ प्रतिशत अर्थात् २१ करोड १६ लाख ६९ हजार रुपैयाँ र डा. धर्म राज श्रेष्ठको १.५६ प्रतिशत अर्थात् १५ करोड ९५ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व रहेको छ । यस्तै, किरण केसीको १.४६ प्रतिशत अर्थात् १४ करोड ९३ लाख १८ हजार रुपैयाँ, प्रकाश केसीको १.२९ प्रतिशत अर्थात् १३ करोड २६ लाख ४२ हजार रुपैयाँ, रोशन केसीको १.१४ प्रतिशत अर्थात् ११ करोड ६६ लाख ३ हजार रुपैयाँ, करण मोटर कम्पनी प्रा.लि.को १.१२ प्रतिशत अर्थात् ११ करोड ५२ लाख ५७ हजार रुपैयाँ, राम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सम्लायर्स प्रा.लि.को ०.९९ प्रतिशत अर्थात् १० करोड १८ लाख ६२ हजार रुपैयाँ र एशोसियटेड अटोमोबाइल्स प्रा.लि.को ०.८३ प्रतिशत अर्थात् ८ करोड ४६ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व बैंकमा रहेको छ । त्यस्तै, गणेश बहादुर श्रेष्ठको ०.७३ प्रतिशत अर्थात् ७ करोड ५० लाख ७ जार रुपैयाँ, श्री हिमालयन इन्टरप्राइजेज प्रा.लि.को ०.६१ प्रतिशत अर्थात् ६ करोड २९ लाख २४ हजार रुपैयाँ, बिरेन्द्रप्रसाद महतोको ०.६० प्रतिशत अर्थात् ६ करोड १७ लाख २४ हजार रुपैयाँ, प्रनेश्वर पोखरेलको ०.५५ प्रतिशत अर्थात् ५ करोड ६७ लाख ६९ हजार रुपैयाँ, राजन लाल श्रेष्ठको ०.५१ प्रतिशत अर्थात् ५ करोड ३३ लाख ४४ हजार रुपैयाँ, दिनेश लाल श्रेष्ठको ०.५१ प्रतिशत अर्थात् ५ करोड २१ लख ७० हजार रुपैयाँ बराबरको सेयर स्वामित्व रहेको छ ।
यी हुन् सिटिजन्स बैंकका ठूला लगानीकर्ता, सीआईटी सबैभन्दा ठूलो मालिक
काठमाडौं । सिटिजन्स बैंकमा २६ व्यक्ति तथा कम्पनीको ०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व रहेको छ । बैंकको वार्षिक प्रतिवेदनका अनुसार २६ लगानीकर्ताको २७.२३ प्रतिशत अर्थात् ३ अर्ब ८६ करोड ६३ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व छ । बैंकमा सबैभन्दा धेरै नागरिक लगानी कोषको ३.३५ प्रतिशत अर्थात् ४७ करोड ५९ लाख १२ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व छ । उर्मिला पाण्डेको ३.३० प्रतिशत अर्थात् ४६ करोड ९२ लाख ६८ हजार रुपैयाँ, तारा विष्टको १.६५ प्रतिशत अर्थात् २३ करोड ४३ लाख ५१ हजार रुपैयाँ, बिजेन्द्र जोशीको १.५९ प्रतिशत अर्थात् २२ करोड ५३ लाख ६५ हजार रुपैयाँ, मनोहर दास मूलको १.३७ प्रतिशत अर्थात् १९ करोड ४६ लाख ७७ हजार रुपैयाँ र दिग्विजय बिष्टको १.३० प्रतिशत अर्थात् १८ करोड ४६ लाख ८६ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, पवित्र कुमार कार्कीको १.२८ प्रतिशत अर्थात् १८ करोड १९ लाख ५४ हजार रुपैयाँ, रविन्द्र मान सिंह प्रधानको १.२८ प्रतिशत अर्थात् १८ करोड १३ लाख ७६ हजार रुपैयाँ, सावित्री शर्माको १.१८ प्रतिशत अर्थात् १६ करोड ८१ लाख २१ हजार रुपैयाँ, रमेश शर्माको १.०१ प्रतिशत अर्थात् १४ करोड ३९ लाख ८८ हजार रुपैयाँ, सोनी जोशीको ०.९४ प्रतिशत अर्थात् १३ करोड ३२ लाख २९ हजार रुपैयाँ, अर्जुन प्रसाद शर्माको ०.८४ प्रतिशत अर्थात् ११ करोड ९९ लाख २९ हजार रुपैयाँ, जगन्नाथ ज्ञवाली ०.७३ प्रतिशत अर्थात १० करोड ३९ करोड २४ हजार रुपैयाँ र डा.शंकर प्रसाद शर्माको ०.७३ प्रतिशत अर्थात् १० करोड २९ लाख ७८ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, सुलोचन राजभण्डारीको ०.६८ प्रतिशत अर्थात् ९ करोड ६७ लाख ३४ हजार रुपैयाँ, नरेन्द्र कुमार देव भट्टको ०.५९ प्रतिशत अर्थात् ८ करोड ३४ लाख ९४ हजार रुपैयाँ, प्रमिला नेपालको ०.५६ प्रतिशत अर्थात् ७ करोड ८८ लाख ६३ हजार रुपैयाँ, रमिता भट्टराईको ०.५४ प्रतिशत अर्थात् ७ करोड ६८ लाख ७९ हजार रुपैयाँ र मनिता भट्टराईको ०.५४ प्रतिशत अर्थात् ७ करोड ६७ लाख ३७ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ । प्रताप जंग पाण्डेको ०.५२ प्रतिशत अर्थात् ७ करोड ४३ लाख ३१ हजार रुपैयाँ, राजेश खड्काको ०.५१ प्रतिशत अर्थात् ७ करोड २५ लाख ५१ हजार रुपैयाँ, राम प्रसाद श्रेष्ठको ०.५० प्रतिशत अर्थात् ७ करोड २३ लाख २७ हजार रुपैयाँ, प्रेम बहादुर श्रेष्ठको ०.५० प्रतिशत अर्थात् ७ करोड १८ लाख २५ हजार रुपैयाँ, एस्.आर. हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रा.लि.को ०.५० प्रतिशत अर्थात् ७ करोड १५ लाख ८३ हजार रुपैयाँ र अनिल कुमार ढुङ्गेलको ०.५० प्रतिशत अर्थात् ७ करोड १० लाख ७७ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ ।
प्रभु बैंकको क्यूआर कोडमा स्मार्ट अडियो अलर्ट डिभाइस जडान
काठमाडौं । प्रभु बैंकले डिजिटल बैंकिङ सेवा अन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ । प्रभु बैंकको क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेण्टहरूसँग रहेको क्यूआर कोड मार्फत सेवाग्राहीले भुक्तानी गर्दा एसएमएस वा इमेल अलर्ट आउने गरेकोमा अब त्यसको अतिरिक्त स्मार्ट अडियो अलर्ट डिभाइसबाट कारोबार सफल हुने वित्तिकै सम्बन्धित ग्राहकले भुक्तानी गरेको रकम आवाजबाट निश्चित हुने सुविधा थप भएको छ । डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको सुरुवात गरेको बैंकले जनाएको छ । यस नवीनतम् प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोडमार्फत भुक्तानी गर्नासाथ मर्चेण्ट तथा ग्राहकहरूले रकम भुक्तानी सफलता पूर्वक भएको सूचना आवाज मार्फत तत्काल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । प्रभु बैंकले फोनपे पेमेन्ट सर्भिसेस लिमिटेडसँगको सहकार्यमा ल्याएको यस डिभाइसमा फोनपे नेटवर्कमा आवद्ध क्यूआर कोडमा भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ । फोनपे नेटवर्कमा पहिलो पटक उपलब्ध यस सुविधा नेपाल क्लियरिङ हाउस लिमिटेडको नेपाल पे नेटवर्कमा आवद्ध क्यूआरमा भने यस अघिदेखि नै व्यवस्था मिलाइ सकिएको बैंकले जनाएको छ । क्यूआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो सेवा थप विश्वसनीय सावित हुने बैंकले विश्वास लिएको छ ।
एनसेलले ल्यायो ‘अलवेज अन डेटा’, सोसल मिडिया प्याकमा अब इन्स्टाग्राम पनि
काठमाडौं । एनसेल आजियाटाले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डटा’ ल्याएको छ । यो प्याक सञ्चालनमा आएसँगै अब एनसेलका ग्राहकले कर सहित मात्र १०० रूपैयाँमा आफु जहाँ भएपनि लामो समयासीमा सहित मोबाइल डेटाको फाइदा लिन सक्ने कम्पनीले बताएको छ । यो डेटा प्याकमा ग्राहकले १ जीबी डेटा पाउँछन् र यसको प्रमुख विषेशता भनेको यो डेटा भोल्युम २८ दिनसम्म मान्य रहन्छ । ग्राहकहरूले एष्ट्रिक्स१७१२३ह्यास डायल गरि प्राप्त जानकारी अनुसार यो प्याक सुचारु गर्न सकिने कम्पनीले बताएको छ। यसैगरी एनसेलले आफ्नो विद्यमान सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम थपेको छ । ग्राहकले अब कर सहित मात्र रु १९१ मा ७ दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामको पनि पहुँचको फाइदा लिन सक्छन् । ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स५एष्ट्रिक्स६ह्यास डायल गरेर यो प्याक लिन सक्छन् । त्यस्तै, कर सहित ४५९ रूपैयाँमा ग्राहकले फेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिन सम्म १.५ जीबी डेटा लिन सक्छन् । यस बाहेक यो प्याकमा ग्राहकले ८ जीबी अल टाइम प्याक पनि पाउँछन् । २८ दिनको समयसीमा रहेको यो प्याक एष्ट्रिक्स१७१२३एष्ट्रिक्स५एष्ट्रिक्स७ह्यास डायल गरेर लिन सकिन्छ । अलवेज अन डेटाले ग्राहकहरूलाई सुलभ मूल्यमा सधैं सम्पर्कमा रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ। यसैगरी सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम पनि थपिएकोले यो सुविधाले ग्राहकलाई सामाजिक सञ्जालमार्फत अनलाइन रहि सधैैं सम्पर्कमा बसि रहन ठूलो भूमिका खेल्ने एनसेलले बताएको छ।
मिटर ब्याजसम्बन्धी तीन सय ८८ उजुरी फछ्र्यौट, दुई मुद्दा दर्ता
वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी परेको उजुरीमध्ये हालसम्म तीन सय ८८ उजुरी फछ्र्यौट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१ उजुरीमध्ये छलफल विधिबाट तीन सय ८८ उजुरी पीडितको पक्षमा फछ्र्यौट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए। यस्तै सहमति नभएपछि दुई मुद्दा दर्ता भएको जनाएको छ । दर्ता भएका उजुरीमध्ये तीन सय ९० उजुरीको छानबिन गर्दा तीन सय ८८ वटामा दुवै पक्षबीच सहमति भएर फछ्र्यौट भएको उनले बताए । उनका अनुसार छानविनपश्चात ७८ कित्ताको १५ बिघा पाँच कठ्ठा ११ धुर जग्गा र दुवै पक्षको सहमतिमा सात करोड नौ लाख ३० हजार चार सय ७४ फिर्ता गराइएको छ । मिटर ब्याजीविरुद्ध हाल अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिनसम्बन्धी मिटर ब्याज पीडितको उजुरी बढी छ । कसै–कसैले थोरै रकम दिएर त्यसवापत बढीको कपाली तमसुक गरेको, दोब्बर तेब्बरसम्म बढीको बैंक चेक धितोवापत राख्ने प्रवृत्ति रहेको पाइएको उनले बताए। परेको उजुरीको छानविनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई समेत कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । छानविनका क्रममा लेनदेन गर्नेहरूको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहे÷नरहेको समेत अनुसन्धान गर्ने गरिएको उनको भनाइ छ । ‘उजुरीको छानविन गर्दा सकेसम्म सहमतिमै समस्या समाधान होस् भन्ने नै हाम्रो चाहना रहन्छ’, प्रजिअ रेग्मीले भने, ‘त्यहीअनुसार हामीले उजुरीकर्ता र आरोपित दुवै पक्षलाई सहमतिका लागि छलफल गराउँछौँ ।’ अहिलेसम्म धेरैजसोमा सहमतिबाटै उजुरीको पछ्र्यौट भइरहेको छ, यो राम्रो पक्ष हो उनले भने । रासस
दुई बैंकका सीईओले कमाए साढे २ करोड, कुनको तलब कति ?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले गत वर्ष साढे २ करोड रुपैयाँ बराबरको पारिश्रमिक तथा भत्ता बुझेका छन् । सिटिजन्स बैंकका सीईओ गणेश पोखरेल र माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला गरी दुई जना सीईओले गत एक वर्षमा आफू कार्यरत बैकबाट २ करोड ६९ लाख रुपैयाँ बराबर तलब भत्ता बुझेका हुन् । सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सिटिजन्स बैंकका सीईओ गणेश पोखरेलले गत आर्थिक वर्ष २०७९/८० मा १ करोड ९७ लाख ५८ हजार रुपैयाँ तलब भत्ता बुझेका छन् । सो रकमबाट सीईओ पोखरेलले ८२ लाख ६६ हजार रुपैयाँ आयकर तिरेको प्रतिवेदनमा उल्लेख छ । उनको गत वर्ष खुद पारिश्रमिक तथा भत्ता रकम १ करोड १४ लाख ९२ हजार रुपैयाँ रहेको बैंकले जनाएको छ । बैंकका अन्य कार्यकारी पदाधिकारीहरुले भने गत वर्ष २ करोड ६२ लाख ६५ हजार रुपैयाँ खुद पारिश्रमिक तथा भत्तावापत बुझेका छन् । त्यस्तै, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बैंकबाट गत एक वर्षमा १ करोड ५४ लाख ८१ हजार रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधावापत बुझेका छन् । बैंकले सार्वजकि गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका अनुसार उनले सो रकम बुझेका हुन् । साथै, बैंकले गत वर्ष नायव कार्यकारी अधिकृत, महाप्रबन्धक तथा प्रबन्धकहरुलाई १९ करोड ७९ लाख ६३ हजार रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधावापत प्रदान गरेको हो ।
म्याद सकिएको मदिरा बेच्ने स्टोरलाई २ लाख जरिवाना
काठमाडौं । काठमाडौँ महानगरपालिकाले वडा नं २६ स्थित देवदास मानन्धर सञ्चालक रहेको न्यू भिम स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । सोमबार बजार अनुगमनका क्रममा उक्त स्टोरले म्याद सकिएको मदिरा बिक्री गरेको पाइएपछि जरिवाना गरिएको महानगरको कृषि तथा पशुपन्क्षी विभागका प्रमुख डा अवधेश झाले जानकारी दिए । अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद सकिएको मदिरा बिक्री गरेको फेला परेपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ९ अनुसार कारबाही गरिएको प्रमुख झाको भनाइ छ । महानगरले बजारलाई थप व्यवस्थित पार्न गत साउनमा अनुगमनका सूचक तयार गरी भदौ १ गतेदेखि नियमित अनुगमन गर्दै आएको छ । विगतका वर्षमा चाडबाडको समयमा मात्रै बजार अनुगमन गर्ने महानगरले यसवर्षदेखि केही समय अघिदेखि नै अनुगमन सुरु गरेको हो ।
३ सय बचतकर्ताको फिर्ता भएन बचत
काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब ३ सय सेयर सदस्यले बचत गरेको ४ करोड ६१ लाख रुपैयाँ रकम फिर्ता नगरेको पाइएको छ । ती सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले बचत गरेको रकम पाउनका लागि उजुरी दिएपछि सो खुलासा भएको हो । बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सो सहकारी ७ महिनादेखि बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा पीडितहरूबाट उजुरी सङ्कलन गरेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत शिवशिखर सहकारीविरुद्ध जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता भइसकेको प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए । “सहकारी विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको परिपत्रका साथै बेनीका केही बचतकर्ताको उजुरीका आधारमा २०८० असार १७ गतेदेखि अनुसन्धान थालिएको थियो”, उनले भने, “मुुद्दा दर्ता भएको ९० दिनभित्र अनुसन्धानको सबै प्रक्रिया पूरा गरेर सरकारी वकिलमार्फत जिल्ला अदालत म्याग्दीमा मुद्दा अघि बढेको छ ।” भक्तपुरको मध्यपुुरथिमि नगरपालिका–३ कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीले बेनीका बचतकर्ताले बचत गरेको साँवा र ब्याज फिर्ता नगरेको गुुनासो गरेका छन् । सहकारीले २०७९ बैशाखमा बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो । सुरुआतमा बचतकर्तालाई आकर्षक ब्याजदरको लोभमा करोडौँ बचत सङ्कलन गरेको सहकारीले ६ महिनाअघि आर्थिक सङ्कटमा रहेको सूचना प्रकाशित गरेर कारोबार बन्द गरेको थियो । बेनीको न्यूरोडमा करिब ६ करोड रुपैयाँमा ७ आना क्षेत्रफलमा रहेको जग्गा र घर खरिद गरेर सहकारीले शाखा सञ्चालन गर्दै आएको थियो । सो सहकारीको बेनी शाखामा १ हजार ४८४ जनाको ६ करोड १० लाख रुपैयाँ बचत रहेकामा २८२ जनाले मात्र उजुरी गरेका हुन् । निक्षेप फिर्ता नगरेको जनाउँदै बेनी नगरपालिकाको न्यायिक समितिमा समेत सहकारी संस्थाविरुद्ध उजुरी पर्ने क्रम बढेको छ ।रासस