ईक्यानले ५० जना विद्यार्थीलाई छात्रवृत्ति दिने
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । छात्रवृत्तिका लागि इक्यानले सफ्टएड ग्रुप र सनवे कलेज काठमाडौंसँग मंगलबार एक समारोहबीच सम्झौता गरेको हो । क्यानको ‘स्टडी इन नेपाल’ अभियान अन्तर्गत सामाजिक उत्तरदायित्व विभागको संयोजनमा सफ्टएड ग्रुप अन्तर्गत सनवे कलेजसँग ५० जना नेपाली विद्यार्थीहरुका छात्रवृत्ति सम्झौता भएको हो । सम्झौतामा क्यानका अध्यक्ष शेषराज भट्टाई र सफ्टएड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले हस्ताक्षर गरेका थिए । छात्रवृत्ति सूचना प्रविधि विषयमा स्नातक तहको अध्ययनका लागि २०२३ नोभेम्बर सेसन र २०२४ को मार्च सेसनका लागि उपलब्ध हुने जनाइएको छ । सम्झौताअनुसार कलेजले स्नातक स्तरको विद्यार्थीहरुलाई बिएस्सी अनर्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सको लागि छात्रवृत्ति प्रदान गर्नेछ । जसमा डाटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ, साइबर सेक्युरिटी, क्लाउड कम्प्युटिङ, प्रोग्रामिङ, सफ्टवेयर इन्जिनियरिङ, इनोभेसन र एकवर्षे डेडिकेट प्रोफेसनल प्लेसमेन्ट पनि रहेको जनाइएको छ । छात्रवृत्ति लिएर ती विषय अध्ययन गर्न चाहने विद्यार्थीमध्ये २ जनाले पूर्ण र ४८ जनालाई आंशिक छात्रवृत्ति प्राप्त गर्नसक्ने सम्झौतामा उल्लेख गरिएको छ । जसमा, आंशिक छात्रवृत्ति पाउने १० जनाले ५० प्रतिशत र ३८ जनाले ३० प्रतिशत छात्रवृत्ति पाउने छन् । पुर्ण छात्रवृत्ति पाउनका लागि कक्षा ११/१२ मा मा ३.६० जिपिए ल्याएको हुनुपर्ने छ भने ५० प्रतिशत छात्रवृत्ति पाउनका लागि ३.५० जिपिए ल्याएको हुनु पर्नेछ भने ३० प्रतिशत छात्रवृत्ति पाउन ३ जिपिए ल्याउनु पर्ने एवम आइएलटिएसमा कम्तिमा ५.५ स्कोर ल्याएको हुनुपर्ने छ । छात्रवृत्ति प्राप्त गर्न चाहने विद्यार्थीहरुले आफ्नो आवेदन [email protected] मा गई भर्न सक्नेछन् भने सो आवेदन भर्ने अन्तिम मिति नोभेम्बर सेसनका लागि नोभेम्बर ३, २०२३ र मार्च सेसनका निमित्त फेब्रुअरी १८ सम्म भर्न सक्ने इक्यानका अध्यक्ष शेषराज भट्टराइले बताए । सम्झौता समारोहमा बोल्दै इक्यानका अध्यक्ष भट्टराइले स्टडी इन जस्तो अभियान ढिलो वा चाँडो शुरु गर्ने अवस्था नजिकिएको बताएका थिए । उनले नेपालमा हाइड्रो र आइटीको राम्रो सम्भावना भएको बताउँदै आफूहरुले कर्पोरेट रेस्पोन्सबिलिटी अन्तर्गत सो काम गर्न चाहेको बताएका थिए । त्यस्तै, सम्झौता समारोहमा बोल्दै सफटएड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले इक्यानले शुरुवात गरेको स्टडी इन नेपाल कार्यक्रम राम्रो भएको भन्दै नेपाल वातावरणको हिसाबले पनि एजुकेसन हब बन्न सक्ने बताएका थिए । इक्यानले २७ वर्षदेखि उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । सोही अन्तर्गत इक्यानले यो वर्षबाट ‘स्टडी इन नेपाल’ अभियान शुरु गरेर विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागेको हो । इक्यानका अध्यक्ष शेषराज भट्टराइले छात्रवृत्तिमा उत्कृष्ट, महिला, पिछडिएको छेत्रका र सिमान्तकृत समुदायका विद्यार्थीलाई प्राथमिकता दिएर प्रदान गरिने समेत बताए ।
नीति निर्देशनमा दबाब नदिन अन्तर्राष्ट्रिय मुद्रा कोषलाई सुझाव
काठमाडौं । नेपाल उद्योग परिसंघले नीति निर्देशनमा दबाब नदिन अन्तर्राष्ट्रिय मुद्रा कोषलाई सुझाव दिएको छ । नेपाल उद्योग परिसंघ र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बीच मुलुकको अर्थतन्त्रका विषयमा छलफल भएको छ । अर्थतन्त्र सुधारका लागि हुनुपर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको भूमिका, उद्योगी व्यवसायीहरुले भोगेको समस्या र अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमलगायतका विषयमा परिसंघ सचिवालयमा छलफल भएको हो । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नीति, निर्देशनमा अनावश्यक दबाब नदिन अन्तर्राष्ट्रिय मुद्रा कोषलाई आग्रह गरे । उनले नेपालको अर्थतन्त्रको आफ्नै विशेषता रहेकाले अन्य मुलुक वा सिद्धान्तका उपाय नेपालको अर्थतन्त्रमा हुबहु लागू नहुने र अनावश्यक दबाब समेत दिन नहुनेमा कोषको ध्यानाकर्षण गराए । उनले पेट्रोलियम पदार्थ र वस्तुहरु आयात हुँदाको असर मूल्यबृद्धिमा पर्ने हुँदा मुल्यबृद्धि नियन्त्रण गर्न ब्याज बढाउनु मात्रै उपयुक्त कदम नहुन सक्ने बताए । अर्थतन्त्रमा वस्तुको माग सामान्य अवस्थामा हुँदा ब्याजले खासै असर नगर्ने तर उद्योग क्षमताको ३० प्रतिशतमा संचालन हुँदा धेरै असर गर्ने उनले बताए । उनले मुद्रास्फिती नियन्त्रण गर्न समग्र माग घटाउन ब्याज बढाउने नीति अबलम्बन गर्दाको असर अर्थतन्त्रमा परेको बताए । कोभिड १९ पछि उचित सुपरिवेक्षणको अभावमा केही मात्रामा कर्जाको दुरुपयोग भएको देखिएको भएपनि कोभिडपछि नियामकीय निकायले विस्तारै लिनुपर्ने नीतिहरु छिटो समयमै परिवर्तन गर्दा समस्या उत्पन्न भएको उनले बताए । अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकको नीति, निर्देशन बैंकहरुलाई संरक्षण गर्ने खालको मात्रै भएको बताए । राष्ट्र बैंक र कोषबीचको सम्झौतामा तरलता समस्या समाधानको लागि कर्जाको पुनर्संरचना गर्न दिने भनिएको तर राष्ट्र बैंकको पछिल्लो नीति यसको विपरित रहेको उनको भनाईमा मुद्रा कोषमा प्रतिनिधिहरुले समेत सहमती जनाए । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि समग्र माग बढाउने नीति लिनुपर्ने र यसका लागि ब्याज घटाइनुपर्नेमा जोड दिए । आइएमएफका इसीएफ मिसन प्रमुख टिडियन किन्डा, नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजलगायतका टोलीले चालुपूँजी कर्जा मार्गदर्शन लागू गरेपछि उद्योगी व्यवसायीहरुलाई परेको असर, सुधारका लागि परिसंघको धारणालगायतका विषयमा छलफल गरेका थिए । छलफलमा परिसंघ बैंक तथा वित्तीय समिति सभापति अनलराज भट्टराई, परिसंघका महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।
चालु आर्थिक वर्षमा एक खर्ब ६८ अर्ब राजश्व संकलन
काठमाडौं । चालु आर्थिक वर्षको असोज १५ गतेसम्म सरकारले १ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा अर्थ मन्त्रालयले वर्तमान अर्थतन्त्रको अवस्थाको विषयमा जानकारी दिदै यस्तो बताएको हो । समिति बैठकमा बोल्दै अर्थमन्त्रालयका सह–सचिव बाबुराम सुवेदीले वार्षिक लक्ष्य १४ खर्ब २२ अर्ब ५४ करोडको तुलनामा ११.८७ प्रतिशत राजश्व संकलन भएको बताए । उनले सरकारको चालु आर्थिक वर्षको चालु खर्च १ खर्ब ४२ अर्ब ६३ करोड, पुँजीगत खर्च १० अर्ब ८३ करोड र वित्तिय व्यवस्था ३७ अर्ब ४२ करोड रहेको जानकारी दिए । उनले चालु खर्च र पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ ४७.४ प्रतिशतले खर्च वृद्धि भएको बताए । उनले सरकारले कुल खर्च १ खर्ब ९० अर्ब ८८ करोड रहेको बताए । उनले आर्थिक वर्षमा आन्तरिक ऋणतर्फ ७७ अर्बं १३ करोड र वाह्य ऋणतर्फ ४ अर्ब ९७ गरी जम्मा ६९ अर्ब १८ करोड सार्वजनिक ऋण परिचालन भएको जानकारी दिए । चालु आर्थिक वर्ष २०८०/०८१ को भाद्र महिनासम्म १० अर्ब ६३ करोड बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको बताए । आर्थिक वर्षको भाद्रसम्म उद्योगबाट १४ अर्ब ६५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको पनि बताए । २०८० भाद्र मसान्तसम्म उद्योग विभागबाट ४ खर्ब ६४ अर्ब ६२ करोड बराबरको वैदेशिक लगानी स्वीकृत भएको उल्लेख गरे । उनले लगानी बोर्डबाट ४२ परियोजनाको लागि १२ खर्ब ५० अर्ब बराबरको लगानी स्वीकृत भएको पनि सांसदहरुलाई जानकारी दिए । उनले चालु आर्थिक वर्षको साउन महिनामा २ अर्ब ६५ करोड बराबरको वैदेशिक लगानी भित्रिएको उल्लेख गरे । गत आर्थिक वर्षको साउन महिनामा यस्तो लगानी ४१ करोड मात्रै रहेको बताए । उनले सन् २०२३ को अगष्टसम्म आठ महिनाको अवधिमा नेपाल भित्रिने पर्यटकको संख्या सन् २०२२ को साही अवधिको तुलनामा ८४ प्रतिशतले वृद्धि भई ६ लाख १ हजार ३ सय ६० पुगेको बताए । पुँजीबजार र बैंकको ब्याजदरलाई प्रतिस्पर्धामा नै छाड्ने अर्थमन्त्रालयको नीति रहेको बताए । अर्थमन्त्रालय लिएको नीतिबाट बाहिर जाने काम नगरेको जानकारी दिए । व्यापार चक्र अनुसार यी विषयहरु तलमाथि हुने भन्दै व्यापार चक्रलाई मूल्यवृद्धिले असर गर्ने बताए । सरकारको दायित्व वित्तीय प्रणाली असन्तुलित भएर घरासायी हुनबाट जोगाउनुपर्ने भएकाले सन्तुलित नीतिको रुपमा लिएकोमा जोड दिए । पुँजीबजारमा बाहिर भनेको जस्तो ठूलो समस्या नभएको जानकारी दिए । ‘आर्थिक वर्ष २०८०/८१को असोज १५ सम्म राजश्व संकलन १ खर्ब ६८ अर्ब ९१ करोड छ । वार्षिक लक्ष्य १४ खर्ब २२ अर्ब ५४ करोडको तुलनामा ११.८७ प्रतिशत राजश्व संकलन भएको छ । कुल खर्च १ खर्ब ९० अर्ब ८८ करोड छ । आर्थिक वर्षमा आन्तरिक ऋणतर्फ ७७ अर्बं १३ करोड र वाह्य ऋणतर्फ ४ अर्ब ९७ गरी जम्मा ६९ अर्ब १८ करोड सार्वजनिक ऋण परिचालन भएको छ । शुरुदेखि २०८० भाद्र मसान्तसम्म उद्योग विभागबाट ४ खर्ब ६४ अर्ब ६२ करोड बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । सन् २०२३ को अगष्टसम्म आठ महिनाको अवधिमा नेपाल भित्रिने पर्यटकको संख्या सन् २०२२ को साही अवधिको तुलनामा ८४ प्रतिशतले वृद्धिभई ६ लाख १ हजार ३ सय ६० पुगेको छ’, उनले भने । त्यस्तै समिति बैठकमा बोल्दै अर्थमन्त्रालयका राजश्व सचिव डा.रामप्रसाद घिमिरेले सरकारको राजश्व संकलन उत्साहजनक रुपमा नभएको बताए । उनले सरकारले यो वर्ष जसरी नीतिगत सुधार गर्न खोजेको नीतिहरु कार्यान्वयन भएर परिणाम आउन समय लाग्ने जानकारी दिए । अहिले भइरहेको राजश्व नीति अनुसार राजश्व संकलन भए सरकार अफ्ठ्यारोमा पर्ने बताए । समयमा नै सोच्नुपर्ने भएकाले सरकारले बजेट मार्फ ल्याएका आर्थिक ऐनमा सुधारका कुराहरु ल्याएको जानकारी दिए । सरकारको राजश्वको संकलनको मुख्य स्रोत पेट्रोलिय पदार्थबाट चल्ने सवारी साधन र दुरसञ्चार शुल्क क्रमश घट्दै गएकाले बढाउन सक्ने अवस्था नभएको बताए । सरकार राजश्व उठाउने भन्दा पनि सहुलियत दिने कुरामा लागेको बताए । ‘मुलुकको अर्थतन्त्रका समस्या पहिचान नगरी समस्या समाधान नहुने भन्दै सरकारले समस्याको पहिचान गर्न खोजि रहेको, अर्थतन्त्र मन्दिकै अवस्थामा नपुगेको’, उनले भने ।
बझाङमा भूकम्प : ठूलो भौतिक क्षति, चोट-पटक लागेका तस्वीर सार्वजनिक (फोटोफिचर)
काठमाडौं । सुदूरपश्चिममा भूकम्पका कारण भौतिक संरचनासहित मानवीय क्षति पुगेको छ । बझाङको सदरमुकामका केही पक्की घरहरू पनि चर्किएका छन् भने ठाउँठाउँमा पहिरो समेत गएका छन् । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । यस्तै, ३ बजेर ५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । उक्त भूकम्पको धक्का काठमाडौं लगायत विभिन्न जिल्लामा महसुस गरिएको छ । हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन । तस्वीर : सामाजिक सञ्जाल
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानमा तामाङले जिते एक लाख रुपैयाँ
काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गत विजेता घोषणा गरिएको छ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९१२७६१८६४ कास आईडीका ग्राहक रविन तामाङले नगद एक लाख रुपैयाँ जितेका छन् । असोज १५ गते सोमबार भएको लक्की ड्र मार्फत रविन तामाङले नगद एक लाख रुपैयाँ जितेका हुन् । डिशहोमका अनुसार दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउँनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ । सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान आश्विन १ देखि सिमित अवधिको लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।
बझाङ केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौंमा पनि धक्का महसुस
सुर्खेत । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । यस्तै, ३ बजेर ५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । उक्त भूकम्पको धक्का काठमाडौं लगायत विभिन्न जिल्लामा महसुस गरिएको छ । हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।
नेपाल एसबिआई बैंकका ग्राहकले साथी अस्पतालको सेवामा छुट पाउने
काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले साथी अस्पतालको सेवामा छुट पाउने भएको छन् । नेपाल एसबिआई बैंक र साथी अस्पताल एन्ड रिसर्च सेन्टर, कैलालीबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकलाई लक्षित गरी साथी अस्पताल एन्ड रिसर्च सेन्टरमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोगबापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोषकुमार भण्डारी तथा अस्पतालका अध्यक्ष जगदीश्वर पण्डितबीच सम्पन्न भएको हो ।
सेयर बजार राताम्मे, एक अर्बमा खुम्चियो कारोबार
काठमाडौं । मंगलबारको सेयर बजार राताम्मे देखिएको छ । कारोबारमा आएका सबै समूहहरु ओरालो लागेसँगै समग्र सेयर बजार राताम्मे देखिएको हो । सेयर मूल्य मापक नेप्से परिसूचक पनि १७.५६ अंकले घटेर १९५८.७२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८८ प्रतिशतले घटी हो । त्यस्तै, दिनभरको कारोबार रकम पनि एक अर्बमा खुम्चिएको छ । सोमबार एक अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार एक अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी कारोबार गर्नेको अग्रस्थानमा सिटिजन लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सको ५ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य घटेर प्रतिकित्ता ४४७ रुपैयाँमा झरेको छ । सोमबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी अर्थात ७.९१ प्रतिशतले बढेर प्रतिकित्ता ६९६ रुपैयाँ पुगेको छ । यता टप लुजरको अग्रस्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था छ । जसको सेयर मूल्य ७.५४ प्रतिशतले घटेर प्रतिकित्ता ७७९ रुपैयाँमा झरेको छ ।