विकासन्युज

२ वर्ष लाभांश रोक्दा सेयर मूल्य ६७%ले बढ्यो, १७ औं स्थानबाट प्रथम

अर्थतन्त्रमा सम्पत्तिको बजार मूल्य करिब (क्रयास) जस्तै भएको, लगानीकर्ताहरुमा आत्मविश्वासको कमी भई समग्र वाणिज्य बैंकहरुको कर्जा असुलीमा गम्भीर प्रभाव परेको अहिलेको यस्तो चुनौतिपूर्ण अवस्थाको बाबजुद पनि मैले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेको एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९/८० मा उत्साहजनक उपलब्धी हासिल गर्न सफल भएको छ । बैंकले आफ्नो व्यवसायमा गुणात्मक वृद्धि हासिल गरी मुनाफामा वृद्धि गर्नको लागि तय गरेको पञ्चवर्षीय व्यवसायिक योजना अठोट २२-२७ अन्तर्गतको पहिलो आर्थिक वर्ष २०७९/८० मा बैंकले हरेक वित्तीय सूचकहरुमा उत्साहजनक नतिजा ल्याउन सफल भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा कुल कर्जा रकम रु. २७१.६ अर्ब, कुल निक्षेप रकम रु. ३१४.३१ अर्ब, लगानी रु. ३५.५३ अर्ब र कुल सम्पत्तिको आकार रु. ३६४.०९ अर्ब पुर्‍याउन बैंक सफल भएको छ । त्यसैगरी, गत आर्थिक वर्षमा बैंकले कुल संचालन आम्दानी रु. १५.०३ अर्ब, संचालन मुनाफा रु. ६.५४ अर्ब र खुद मुनाफा रु. ४.४४ अर्ब आर्जन गर्न सफल भएको छ । समग्रमा, गत वर्ष हामी बैंकिङ्ग क्षेत्रमा देशकै सर्वोत्कृष्ट बैंकहरुको सूचिमा कायम रहन सफल भएका छौं । समग्रतामा बैंकले विगत ५ आर्थिक वर्षहरुमा धेरै उपलब्धि हासिल गरेको छ । बैंकको कुल निक्षेप आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. १५१ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९/०८० सम्म आईपुग्दा रु. ३१४ अर्ब पुगेको छ । बैंकको कुल कर्जा आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. १२१ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९/०८० सम्म आईपुग्दा रु. २७२ अर्ब पुगेको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको कुल कर्जा २.२५ गुणा पुगेको छ । बैंकको बचत निक्षेप तर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. ४८ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९/०८० सम्म आईपुग्दा रु. ८७ अर्ब पुगेको छ । बैंकको ब्याज नपर्ने निक्षेपतर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. १२ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९/०८० सम्म आईपुग्दा रु. ३६ अर्ब पुगेको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको ब्याज नपर्ने निक्षेप ३.१३ गुणा पुगेको छ । बैंकको खुद मुनाफा तर्फ आर्थिक वर्ष ०७४/०७५ मा रु. १.३३ अर्ब आर्जन गरेको मुनाफा आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा रु. ४.४४ अर्ब पुगी बैंक साविक १७ औं स्थानबाट चौंथो स्थानमा पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको खुद मुनाफा ३.३३ गुणा बढेको छ । बैंकको प्रति शेयर आम्दानी आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. १६.६२ बाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा रु. ३८.४४ पुगी बैंक साविक १७ औं स्थानबाट पहिलो स्थानमा पुग्न सफल भएको छ । बैंकको स्वपूँजीमा प्रतिफलतर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको १२.०९ प्रतिशतबाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा १६.३९ प्रतिशत पुगी बैंक साविक १५औं स्थानबाट दोस्रो स्थानमा पुग्न सफल भएको छ । बैंकको ग्राहक संख्या तर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको करिब १३.३३ लाखबाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा ३८.५५ लाख पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको ग्राहक संख्या २.८९ गुणा पुगेको छ । बैंकको डेबिट कार्ड प्रयोगकर्ताको संख्यातर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको करिब ३.४१ लाखबाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा १८.७८ लाख पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको डेबिट कार्ड प्रयोगकर्ताको संख्या ५.५१ गुणा पुगेको छ । बैंकको बजार पूँजीकरण आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा करिब रु २५.३७ अर्बबाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा करिब रु. ९१.७९ अर्ब पूँजी बजार मुल्य प्रतिशेयरको हिसाबले बैंक पहिलो स्थानमा पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको बजार पूँजीकरण ३.६१ गुणा पुगेको छ । प्राविधिक कारणले विगत दुई वर्षदेखि हामीले शेयरधनी महानुभावहरुलाई लाभांश प्रदान गर्न नसकेको भएतापनि शेयरधनीहरुको बजार पूँजीकरण आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा आइपुग्दा ७०.८२ प्रतिशतले सेयर होल्डरको सम्पत्ति बढेको छ । जुन समग्र वाणिज्य बैंकहरुको सोही अवधिमा भएको ९.७२ प्रतिशत भन्दा मात्र थियो । २०७७/०७८ को श्रावण महिनामा रु. १ लाख रुपैया बराबर यस बैंकको साधारण शेयरमा लगानी गरेको भए गत आर्थिक वर्षको आषाढ मसान्त सम्ममा आइपुग्दा उक्त लगानी ६७ प्रतिशतले वृद्धि भई रु. १ लाख ६७ हजार पुगेको छ, जुन समग्र वाणिज्य बैंकहरुमा सोही अवधिमा सोही रकमको लगानीबाट प्राप्त भएको प्रतिफलको हिसावले सबैभन्दा बढी रहेको छ । प्रतिसेयर बजार मूल्य, प्रतिसेयर आम्दानी, प्रतिसेयर बुक भ्यालुको हिसावले बैंक पहिलो स्थानमा रहेको यस बैंकले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ३०.५२६३ प्रतिशत लाभांश (२९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद लाभांश) वितरण गर्न सफल भएको छ । (एनआईसी एशिया बैंकमा प्रमुख कार्यकार अधिकृत न्यौपानेले २६ औं वार्षिक साधारणसभामा व्यक्त विचारको सारांश)

सेन्ट्रल फाइनान्सले विद्यार्थीलाई वितरण गर्यो युनिफर्म तथा शैक्षिक सामग्री

काठमाडौं । सेन्ट्रल फाईनान्सको चाबहिल शाखाले काठमाडौंको रामहिटीस्थित बालकुमारी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई युनिफर्म तथा शैक्षिक सामग्री वितरण कार्यक्रम गरेको छ । चावहिल शाखा प्रमुख सरिता श्रेष्ठले युनिफर्म तथा शैक्षिक सामग्रीहरु विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर राईलाई हस्तान्तरण गरी शाखा प्रमुख श्रेष्ठ र प्रधानाध्यापक राईले संयुक्त रुपमा विद्यार्थीहरुलाई सहयोग सामग्री वितरण गरेका थिए । विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई सहयोग गर्ने हेतुले संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ११ जना विद्यार्थीलाई युनिफर्म तथा ७ जना विद्यार्थीलाई ट्रयाक सुट र शैक्षिक सामग्री वितरण गरिएको शाखा प्रमुख श्रेष्ठले बताए । कार्यक्रममा संस्थाका कर्मचारीहरु लगायत विद्यालयका शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुको सहभागिता थियो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त यस संस्थाले विगत २६ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिँदै आएको छ । संस्थाले कुपण्डोलस्थित केन्द्रीय कार्यालय सहित १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एउटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप, एटीम डेबिट कार्ड, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, आरटीजीएस, मर्चेन्ट क्यूआर पेमेन्ट, क्यूआर टेलर, रेमिट्यान्स सेवा, सी-आस्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी थप डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै लैजाने लक्ष्य लिएको छ । ग्राहकहरुको बैंक खाता, वालेट, क्यूआर जस्ता विद्युतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज पहुँचको व्यवस्था पनि मिलाएको संस्थाको विभिन्न शाखा कार्यालयहरुमा एटीएम सेवा पनि सञ्चालनमा रहेको छ ।

डिशहोम फाइबरनेटको दशैं अफर : एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा

काठमाडौं । डिशहोम फाइबरनेटले ‘एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा’ अफर ल्याएको छ । कम्पनीले घटस्थापनाको दिनदेखि लागू हुने गरी १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ वर्षसम्म ईन्टरनेटको सेवा दिने उक्त अफर सार्वजनिक गरेको हो । यस अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसदेखि ३०० एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्ने छन् । जसमा ग्राहकले ५० एमबीपीएसदेखि २५० एमबीपीएससम्म फाईभ-जी राउटर पाउनेछन् भने ३०० एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई-६ राउटर पाउने छन् । कम्पनीका अनुसार यो अफर असोज २८ गते घटस्थापनादेखि कार्तिक ११ गते पूर्णिमासम्म मात्र लागू हुने छ । यसअघि एशियाकपमा नेपाल र भारतको खेलको खुशीयालीमा डिशहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो ।

जेसिबीको एक्सक्लुसिभ रिटेलर अब हेटौंडामा

काठमाडौं । एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स नेपालको लागि जेसिबीले हेटौडामा एक्सक्लुसिभ रिटेलर सञ्चालनमा ल्याएको छ । उक्त रिटेलरको उद्घाटन हेटाडा उपमहानगरपालिकाका उप-मेयर राजेश बानिया, हेटाडा च्यामबर एण्ड कमर्सका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, हेटाडा अटोमोबाईल्स संघका अध्यक्ष दामोदर प्रसाद अटल, ऋतु ट्रेडर्सका प्रोप्राइटर सागर सापकोटा र एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका प्रतिनिधिले संयुक्त रूपमा गरे । यसको शुरुवातसँगै अब हेटौंडाका ग्राहकहरुले ऋतु ट्रेडर्स मार्फत सजिलै जेसिबीका सक्कली पार्ट्सहरु खरिद गर्न पाउने छन् । एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो । कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरु आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरु मार्फत देशभर बिक्री वितरण गर्दै आएको छ । ‘जेसिबी मेशिनहरुलाई बिगार्ने, काम चलाउ नक्कली पार्टसको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर ‘जेसीबीलाई जेसीबी मात्र’ भन्ने नाराका साथ एमएडब्लु पार्टस् डिष्ट्रिब्युटर्सको शुरुवात गरेका हौं,’ कम्पनीका प्रतिनिधिले भने ।

डेढ लाख गाडीले दशैं यात्रु बोक्दै

काठमाडौं । दशैंका लागि घर फर्किने मानिसहरुको संख्या बढेसँगै यातायात व्यवसायीहरुले डेढ लाख सवारी साधन तयारी अवस्थामा राखेका छन् । सरकारले शुक्रबारदेखि रुट परमिट खुला गरेपछि उक्त गाडीहरु आवश्यकता अनुसार देशभरका जुनसुकै गन्तव्यमा जान पाउने छन् । चाडपर्वको समयमा धेरै भिडभाड हुने र गन्तव्यमा जान सवारी साधन नपाउने व्यवस्था रहेको भन्दै यातायात व्यवसायीहरुले डेढ लाख गाडीहरु रहेको जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारले रुट परमिट खुला गरेसँगै गाडीहरु तयारी अवस्थामा राखिएको जानकारी दिए । अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको भन्दै उनले यात्रुलाई सहज रुपमा गन्तव्य स्थल जानका लागि महासङ्घले केही बस समेत थप गरेको उनको भनाइ छ । ‘असोज २१ गतेदेखि २७ गतेसम्म ७ दिनको अबधिमा ७ लाख हाराहारिमा मानिसहरु काठमाडौं उपत्यकाबाट बाहिरिसकेका छन्, अझै ८ देखि १० लाखको हाराहारीमा बाहिरिने हाम्रो अनुमान छ’, उनले भने, ‘काठमाडौं उपत्यका लगायत अन्य गन्तब्यबाट बाहिरिने यात्रुको समस्यालाई मध्यनगर गर्दै हामीले डेढ लाख सवारी साधन तयारी अवस्थामा राखेका छाैं ।’ काठमाडौं उपत्यकाका लागि मात्र डेढ लाख नभएर सबै गन्तव्यका लागि उक्त बसहरु व्यवस्थापन गरिएको उनको भनाइ छ । दैनिक २५ हजार बाहिरिँदै नयाँ बसपार्कमा दशैंका लागि गाउँ फर्किनेहरुको भीड लाग्ने गरेको छ । आजदेखि दशैं सुरु भएसँगै गाउँ फर्कनेहरु बढ्न थालेका हुन् । चाडपर्व सुरु भएसँगै पछिल्लो समय काठमाडौंको नयाँ बसपार्कबाट दैनिक २५ हजार यात्रुहरु बाहिरिएका छन् । नयाँ बसपार्कमा दशैंका लागि गाउँ फर्किनेहरुको भीड लाग्ने गरेको छ । आजदेखि दशैं सुरु भएसँगै गाउँ फर्कनेहरु बढ्न थालेका हुन् । नयाँ बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुद्देश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेको बताए । ‘लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्यधिक भीड लागेको छ, हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयकोभन्दा अगाडि सारेका छौं’, उनले भने । दशैंका लागि हालसम्म भने ६० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताए । उनले दशैंमा सहज रुपमा यात्रुलाई गन्तव्य स्थलसम्म पु¥याउने ध्येय लोत्से बहुद्देश्यीय प्रालिले बसको व्यवस्थापन गरिरहेको बताए । खाल्डा खुल्डी नपुर्दा समस्या दशैंका लागि भन्दै काठमाडौं उपत्यकाबाट मात्रै दैनिक २५ हजार हाराहारीमा यात्रुहरु बाहिरिए पनि सडकको अवस्था भने सुधार हुन सकेको छैन । बर्खाको समयमा परेका खाल्डा खुल्डीहरु समयमै पुर्न नसक्दा सडककोे अवस्था झनै बिग्रने व्यवसायीहरुले बताएका छन् । वरिष्ठ उपाध्यक्ष सिटौला नागढुंगा–नौबीसे सडक खण्डमा भएका खाल्डा समेत पुर्ने काम सुरु नभएको बताउँछन् । ‘सरकारसँग हामीले छलफल गर्दा नै समयमै खाल्डा खुल्डी पुर्ने सहमति भएको थियो, तर नागढुंगा–नौबिसे रुटकै खाल्डाहरु नर्पुदा अन्य गन्तव्यको अवस्था झन भयावह छ’, उनले भने । उनले नारायणघाट–बुटबल, मुग्लिङ-पोखरा रुटमा सडकमा धेरै समस्या भएको बताए । ‘दशैंका लागि सधै रुटमा चहल-पहल सुरु भैसकेको छ, सरकारले आफ्नो जिम्मेवारी अनुसार समयमै बिग्रिएका सडकको मर्मत सुरु नगर्ने हो भने धेरै समस्या हुनसक्छ’, उनले भने । ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि उपत्यकाका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्ष समेत सञ्चालन गरेको छ । उक्त सहायता कक्षबाट भाडादर, यात्रुलाई परेको समस्या सम्बोधन हुने प्रहरीले जनाएको छ ।

सञ्चालनमा आयो १० करोड लगानीमा बनेको कोटेश्वरको अरनिको बसपार्क

काठमाडौं । पूर्वअरनिको यातायात प्रा.लि.ले काठमाडौंको जडीबुटीमा निर्माण गरेको बसपार्क सञ्चालनमा आएको छ । कम्पनीले असोज २८ गते आइतबारबाट उक्त बसपार्क सञ्चालनमा ल्याएको हो । पूर्वअरनिको यातायात प्रा.लि.को आफ्नै लगानीमा बनाएको बसपार्क काठमाडौं महानगरले संरचना भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएपछि आजबाट सञ्चालनमा आएको हो । जडिबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्रा.लि. दर्ता गरेर कम्पनीले झन्डै १० करोड रूपैयाँको लगानीमा बसपार्क बनाएको हो ।

एनआईसी एशिया बैंकको ३० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी १५ अर्ब नजिक

काठमाडौं । एनआईसी एशिया बैंकको प्रस्तावित ३०.५२६३ प्रतिशत लाभांश पारित भएको छ । असोज २८ गते सम्पन्न बैंकको २६औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका योग्य सेयरधनीहरुले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद लाभांश पाउने छन् । लाभांश पारितसँगै बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड नाघेको छ । साथै, सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैंकले हाल ३६० शाखा कार्यालयहरू, ६३१ एटीएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जाल सञ्चालनमा ल्याएको छ ।

३० वर्षमा बाली र पशुधनमा ३.८ ट्रिलियन अमेरिकी डलरको क्षति

काठमाडौं । पछिल्ला ३० वर्षमा विपद्का कारण बाली र पशुधनमा ३.८ ट्रिलियन अमेरिकी डलरको क्षति भएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) ले जनाएको छ । शनिबार जारी गरेको नयाँ प्रतिवेदनले यसको पुष्टि गरेको हो । कृषि र खाद्य सुरक्षामा प्रकोपको प्रभाव शीर्षकको नयाँ एफएओ प्रमुख प्रतिवेदनले बाली र पशुधनमा केन्द्रित कृषि उत्पादनमा प्रकोपको प्रभावको पहिलो विश्वव्यापी आँकडा प्रस्तुत गरेको थियो । माछापालन, जलश्रोत तथा वन उपक्षेत्रमा हुने नोक्शानीको व्यवस्थित तथ्यांक उपलब्ध भए यो संख्या अझ बढ्न सक्ने बताइएको छ । प्रतिवेदनले कृषिका सबै उपक्षेत्रहरु बाली, पशुपालन, मत्स्यपालन र जलचरबारे प्रकोपको तथ्यांक र सूचना सुधार गर्न आग्रह गरेको छ । सबै तहमा नीति तथा कार्यक्रममा बहुक्षेत्रीय र बहुजोखिम विपद् जोखिम न्युनिकरण दृष्टिकोणको विकास र मुलप्रवाहीकरण, लचिलोपनामा लगानी बढाउन सुझाव दिएको छ ।