कोका-कोला संसारकै ठूलो ब्रान्डेड प्लास्टिक प्रदूषण उत्पादक
क्यानबेरा । विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ कम्पनीबाट आएको अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ । बिहीबार प्रकाशित एक अध्ययनमा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी राष्ट्रमण्डल वैज्ञानिक र औद्योगिक अनुसन्धान संगठन (सीएसआइआरओ) लगायत १२ अन्तर्राष्ट्रिय संस्थाहरूले प्लास्टिक प्रदूषणका लागि जिम्मेवारीको पहिलो मापन प्रदान गरेका छन् । ८४ देशमा फैलिएको पाँच वर्षको प्लास्टिक फोहोर अवलोकन कार्यक्रमको तथ्यांकमा आधारित अनुसन्धानमा सबै ब्रान्डेड प्लास्टिक प्रदूषणको आधाभन्दा बढीका लागि ५६ कम्पनी र १३ कम्पनी प्रत्येक एक प्रतिशतभन्दा बढीका लागि जिम्मेवार रहेको पाइएको छ । कोका-कोला कम्पनी ब्रान्डेड प्लास्टिक प्रदूषणको सबैभन्दा ठूलो उत्पादक रहेको छ । यसले विश्वव्यापी कूल प्रदूषणमा ११ प्रतिशत योगदान गर्दछ । त्यसपछि पेप्सिको पाँच प्रतिशत, नेस्ले र फ्रान्सेली खाद्य कम्पनी डेनोन प्रत्येकको तीन प्रतिशत रहेको थियो । सबै १३ कम्पनी कम्तीमा एक प्रतिशत खाना, पेय पदार्थ वा सुर्तीजन्य उत्पादनका लागि जिम्मेवार थिए । ‘यी खोजले वातावरणमा प्लास्टिक उत्पादन समाप्त हुन्छन् भन्नेबारे नयाँ अन्तरदृष्टि प्रदान गर्दछ र एकल-उपयोग प्लास्टिकलाई सम्बोधन गर्ने समाधानहरूको महत्त्वलाई प्रकाश पार्दछ,’ सिएसआइआरओका अनुसन्धानकर्ता क्याथी विलिसले भने, ‘यसले नयाँ उत्पादनहरूका लागि विश्वव्यापी माग घटाउने र पुनः प्रयोग गर्ने र मर्मत गर्ने क्षमतालाई बढाउने सुरक्षित र दिगो उत्पादन डिजाइनहरू समावेश गर्दछ ।’ समग्रमा अनुसन्धानले वातावरणमा ब्रान्डेड र गैर–ब्रान्डेड प्लास्टिक प्रदूषणको मात्रा ५०/५० मा विभाजित भएको फेला पारेको छ । विलिसले प्लास्टिक प्रदूषण पत्ता लगाउने क्षमता र जवाबदेहिता बढाउन प्याकेजिङको ब्रान्डिङमा सुधार ल्याउन अन्तर्राष्ट्रिय मापदण्डका लागि आग्रह गरे ।
सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई सम्मानित
काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकले आफ्नो ६९ औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९/८० मा रेमिटेन्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी २७.५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा आइएमई लाई सम्मानित गरेको हो । राष्ट्र बैंकमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई प्रशंसा पत्र प्रदान गरे । विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व,सामाजिक आर्थिक सुधार लगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्याएकोले प्रशंसा पत्र प्रदान गरिएको राष्ट्र बैकले उल्लेख गरेको छ । प्रशंसा पत्र ग्रहण गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले यो सम्मानबाट आफ्ना ग्राहकहरूलाई भरपर्दो, सुरक्षित तथा अत्याधुनिक फिनटेक प्रविधि सहितको रेमिटेन्स सेवा प्रदान गर्न आइएमई थप उत्साहित भएको बताए । नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सर्वाधिक रेमिटेन्स भित्र्याउने बैंक तथा रेमिटेन्स कम्पनीहरूलाई सम्मानित गर्दै आएको छ ।
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन : गृहमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको बताएका छन् । गृह मन्त्रालयमा शुक्रबार आयोजित ‘वन, डढेलो तथा आगलागी हालको अवस्था, जोखिम र तत्कालका प्राथमिकता’ विषयक छलफल कार्यक्रममा उहाँले राहतमा कुनै ढिलाइ नहोस् भन्ने नै सरकारको प्राथमिकता रहेको बताए । गृहमन्त्री लामिछानेले भने, ‘आपतका बेला सरकार दुई–चार सय नागरिकलाई खुवाउनै नसक्ने अवस्थाको होइन । राहतको कुरा गर्दा स्रोत जुटाउनमा कुनै ढिलाइ गरेका छैनौँ । स्रोत परिचालन गरेका छौँ ।’ विपत्को अनुमान गर्न नसकिए पनि अग्रिम तयारी भने गर्न सकिने उल्लेख गर्दै उनले भने, ‘प्राप्त जानकारीका आधारमा सतर्क रहन सकिन्छ, जसले गर्दा जनधनको क्षति कम हुन्छ । गत वर्षको गल्तीलाई नदोहोर्याउने गरी तयारी गर्न जरुरी छ ।’ साताको एक पटक विद्यालयमा यस विषयमा रहेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा गृहमन्त्री लामिछानेले जोड दिए । उनले भने, ‘स्थानीय सरकारसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्नुपर्छ । जनचेतनाका कुरामा हामी चुक्न पुगेका छौँ । अझै पर्याप्त मात्रामा पुग्न सकेका छैनौँ । जनचेतनाको तरिका फेर्नुपर्छ ।’ दमकलको क्षमता बढाउनुपर्ने गृहमन्त्री लामिछानेको भनाइ थियो । उनले भने, ‘सरकारले २२ तलासम्म भवन बनाउने अनुमति दिएको छ । तर त्यति माथिसम्म दमकलको क्षमताले भ्याउँछ कि भ्याउँदैन ? यसका लागि स्रोत बढाउनुपर्ने देखिन्छ । सुरक्षा निकायका अस्पतालमा जलन वार्ड विस्तार गर्नुपर्छ ।’ गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा ४६ स्थानमा डढेलो, ४३ स्थानमा आगलागी हुनुका साथै जलेर एक जनाको मृत्यु भएको छ । रासस
अब बैंकको कर्जा असुली सहज हुन्छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब बैंकको कर्जा असुली सहज हुने बताएका छन् । राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विश्वको मुद्रास्फीति सुधारोन्मुख भएकाले नेपालको अर्थतन्त्रमा सुधार हुने अनुमान गरेका छन् । ‘चालु आवमा रेमिट्यान्स उच्च रहेको छ । यसले ब्याजदरमा परेको चाप कम भएको छ, आर्थिक गतिविधिमा सिथिलता आउँदा बैंकको रिकभरीमा समस्या देखिएको छ,’ उनले भने । त्यस्तै, मागमा कमी आएका कारण अर्थतन्त्रमै सुस्तता आएको बताउँदै उनले वाह्य क्षेत्रमा आएको सुधारसँगै ब्याजदर घटिरहेको जनाए । साथै, राष्ट्र बैंकको डिजिटल करेन्सीको अध्ययन भइरहेको उनले जानकारी गराए ।
कामना सेवा विकास बैंकका ग्राहकलाई आईएनजीए सपिङ कम्प्लेक्समा छुट हुने
काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई आईएनजीए सपिङ कम्प्लेक्समा छुट हुने भएको छ । कामना सेवा विकास बैंकले रुपन्देहीको तिलोत्तमास्थित आईएनजीए सपिङ कम्प्लेक्ससँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ। यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले सपिङ कम्प्लेक्सको विभिन्न सेवा जस्तैः कपडाहरु, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी-फुड तथा एफएमसीजी-नन-फुडमा १० प्रतिशत छुट सम्म प्राप्त गर्न सक्नेछन् । ग्राहकले बैंक सँगको आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जाल, ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत आफ्नो अत्याधुनिक सेवासुविधा प्रदान गरिरहेको छ ।
नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्सले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसय गरी लक्ष्य पुरा गर्न सफल करिब १४० जना भन्दा बढि बरिष्ठ अभिकर्ताहरुको उत्साहजनक उपस्थितीमा नेपालको पर्यटकिय क्षेत्र घान्द्रुकको भ्रमण गराएको छ । भ्रमण कार्यक्रममा सहभागि भएका बरिष्ठ अभिकर्ताहरुले यस प्रकारको भ्रमण कार्यक्रमबाट देशैभर छरियर रहेका अभिकर्ताहरु बिच चिनजान हुनुका साथै एक आपसको अन्र्तक्रियाबाट धेरै कुराहरु जान्न बुझ्न पाउने अवसर जुराई दिएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए । ३ रात ४ दिन सम्म संचालन गरिएको उक्त भ्रमण कार्यक्रममा सहभागि अभिकर्ताहरुले यथेष्ट मनोरञ्जन लिएका थिए ।
सूर्यज्योतिको अभिकर्ता प्रोडक्ट एम्बेसेडर अभियान प्रभावकारी बन्दै
काठमाडौं । सूर्यज्योतिसँग आवद्ध मापदण्ड पुरा गरेका देशैभरिका अभिकर्ताहरू मध्येबाट एक वर्षका लागि कम्पनीले प्रोडक्ट एम्बास्डर बनाउदै आएको छ । प्रोडक्ट एम्बेसेडर बनाइएका अभिकर्ताको तस्बिरसहित कम्पनीले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत देशव्यापी रुपमा प्रचार–प्रसार गर्नुका साथै शाखा कार्यालयमा उनीहरुको फोटो अंकित ब्यानर, विज्ञापन बोर्ड, पर्चा–पम्पलेटमा समेत कम्पनीको प्रचारप्रसार गर्ने गरिएको छ । कम्पनीले गरेको यो नीतिले अभिकर्ताहरुको मान–सम्मान, समाजमा उनिहरु प्रतिको विश्वसनियता बढ्ने, ब्यवसाय तथा वृत्ति विकासमा टेवा पुग्ने र आम्दानीमा समेत उल्लेखनिय वृद्धि हुने भएकाले कम्पनीमा आवद्ध सबै अभिकर्ताहरु माझ यो अभियान उत्कृष्ट र लोकप्रिय भएको हो । यो किसिमको सम्मानले सम्बन्धित विजेता एवं समस्त अभिकर्ताहरुको व्यवसायिक मनोवलमा बृद्धि भई सकारात्मक प्रतिस्पर्धाको वातावरण श्रृजना भएको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार चालु आर्थिक वर्षमा बुटवल–पाल्पा रोड शाखाका कमलप्रसाद घिमिरे, कोहलपुर शाखाका गौरवकुमार शाही तथा महाराजगन्ज शाखाकी सृजना पन्तले क्रमशः चौरासी पूजा जीवन बीमा योजना, सुरक्षित भविष्य जीवन बीमा योजना र सावधिक जीवन बीमा योजनाका लागि प्रोडक्ट एम्बेसेडरका रुपमा चुनिएका छन् । कमलप्रसाद घिमिरे जीवन बीमालाई विशुद्ध समाज सेवा गर्ने माध्यमका रुपमा लिएर बीमा सचेतना अभिवृद्धि गर्दै धेरैभन्दा धेरैजनालाई बीमा गराउने उद्देश्य बोकेका घिमिरेलाई प्रोडक्ट एम्बेसेडर बनेपछि समाजमा छुट्टै पहिचान बनेको, बीमा योजनाको ब्रोसर, मोबाइल एप वेबसाइटमा समेत आफ्नो फोटो देखेपछि बीमा गर्ने व्यक्तिले सजिलै विश्वास गर्ने वातावरण बनेको बताए । उनले यस्तो कार्यले बीमा क्षेत्रमा थप सफलता प्राप्त गर्न सहज भएको बताउनुका साथै कम्पनीले आयोजना गर्ने विभिन्न कार्यक्रममा सम्मान प्राप्त हुँदा काम गर्न थप प्रोत्साहन मिलेको प्रतिक्रिया दिए। गौरवकुमार शाही प्रोडक्ट एम्बेसेडर बनेपछि उनको नयाँ परिचय थपिएको छ । सफल अभिकर्ता बन्न सहयोग भएको, विभिन्न शाखामा फोटो हुने, ब्रोसर, प्रचार सामग्रीमा समेत फोटो आउने भएकाले बीमितका बीचमा कम्पनीको आधिकारिक अभिकर्ता हो भन्ने अनुभूति भएको शाही बताउँछन् । साथै, मानिसहरुलाई आफ्नो परिचय दिन सजिलो भएको र फोटो देखेर मानिसहरुले प्रशंसा गर्ने र त्यस्ता व्यक्तिलाई बीमा गराउन झन् सजिलो भएको उनले सुनाए । विगत ३ वर्षदेखि लगातार विभिन्न बीमा योजनाको एम्बेसेडर बन्न सफल भएको र यसको फाइदा आफूले राम्रोसँग अनुभूत गरेकाले आगामी दिनमा अरु बीमा योजनामा समेत आफ्नो दाबेदारी रहने उल्लेख गर्दै उनले यस्ता योजनाले अभिकर्तामा थप ऊर्जा प्राप्त हुनुका साथै सफलता चुम्न सहज हुनेमा आफू ढुक्क रहेको सुनाए । सृजना पन्त यस्तो सम्मान पाउँदा एकदमै गर्व महसुस भएको पन्त सुनाउँछिन् । यो अभियानले गर्दा कम्पनीलाई माया गरेर काम गर्ने एजेन्सीहरुले आफू र आफ्नो कम्पनीप्रति गर्व गर्ने अवसरका रुपमा लिएको उनले बताइन् । प्रोडक्ट एम्बेसेडर बनेपछि आफूलाई आफन्त, साथीभाइ र समाजले हेर्ने दृष्टिकोणमा नै फरक पाएको उनी बताउँछिन् । ‘यो क्षेत्रमा पैसा मात्र होइन, सामाजिक प्रतिष्ठा र सम्मान कमाउन सकिने रहेछ भने प्रस्ट उदाहरण बनेको छ’, सृजना भन्छिन्, ‘कतिले सोध्नुहुन्छ कसरी यति ठूलो कम्पनीको पेजमा तपाइँको फोटो आएको ? कम्पनीले ब्रान्डिङ गरेकोले समाजमा विश्वास बढेको, व्यवसाय गर्न सहज भएको र आत्मविश्वास बढ्नुका साथै अझै बढि जिम्मेवार बनाएको छ ।’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले कम्पनीद्वारा प्रदान गरिएको यो मूल्यवान अवसरमार्फत अभिकर्ताले मेचीदेखि महाकालीसम्म रहेका दूरदराजका हरेक घरसम्म पुगेर आफ्ना क्षमता प्रदर्शन गरी हरेक नेपालीको मनमा विश्वसनीयता स्थापित गरी आफ्नो व्यवसाय वृद्धिमा सहज हुनेमा आफू विश्वस्त रहेको बताए ।
राष्ट्रिय बीमा कम्पनीको सीईओमा डा.शिवहरि श्रेष्ठ नियुक्त
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । बैशाख १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सीईओ पदपूर्ति उपसमितिले सीइओको लागि ४ जनाको नाम सर्टलिस्ट गरेको थियो । जसमा डा. शिवहरी श्रेष्ठ, नारायण कुमार भट्टराई, सुरेन्द्र थापा र सुवास कोईराला थिए । तीमध्ये श्रेष्ठ कम्पनीको सीईओमा छानिएका हुन् । उनलाई कम्पनीको नियमावलीको नियम ३३(५) र नियम ३५ बमोजिम सीईओ पदमा नियुक्त गरिएको कम्पनी सचिव डा. सृजना पन्तले जानकारी दिइन् । डा. श्रेष्ठ तत्कालीन बीमा संस्थानका पूर्व सीईओ हुन् ।