विकासन्युज

साना कोठामा विशिष्टिकृत सेवा प्रवाह गरिरहेको भक्तपुर क्यान्सर अस्पताल

काठमाडौं । सानो भवन साधुरो कोठामा खचाखच बिरामीलाई उपचार गराइरहेको दृश्य भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा देख्न सकिन्छ । साँधुरो साना—साना कोठामा बिरामीलाई विशिष्टकृत सेवा प्रवाह गरिरहेको क्यान्सर अस्पतालको भने आफ्नो जग्गा छैन । आफ्नो जग्गा नभएकोले अत्याधुनिक भवनको अभावमा अस्पतालले बिरामीलाई क्यान्सरको गुणस्तरीय सेवा पैदान गर्दै आइरहेको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले भक्तपुर अस्पताल र भक्तपुर नगरपालिकाले उपलब्ध गराएको जग्गामा भवन बनाएर सेवा सञ्चालन गरिरहेको बताउँछन् । ‘भक्तपुर अस्पताल र भक्तपुर नगरपालिकाको जग्गामा हामीले भवन बनाएर सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘सरकारसँग जग्गा माग गरिरहेको छौं । तर पाएका छैनाैं ।’ उनले बिरामीलाई सस्तो र विशिष्टकृत सेवा दिइरहेको हुनाले सानोसानो साधुरो कोठामा भए पनि उपचार कक्ष बनाएर सेवा दिने गरेको बताउँछन् । ‘अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको छ । आएका बिरामीको उपचार त गर्नु नै पर्‍याे । शौचालयसमेत फोडेर पनि उपचार कक्ष बनाएका छाैं,’ डा. चालिसेले भने, ‘हामी सारै नै साँधुरो ठाउँमा अस्पताल सञ्चालन गरेका छौं । सरकारले जग्गा उपलब्ध गराउन सक्ने हो भने अस्पताललाई अझ विशिष्टकृत बनाउन सकिन्छ ।’ उनले सरकारले आफूलाई जग्गा उपलब्ध गराए सेवा विस्तार गरेर क्यान्सर रोगका जस्तोसुकै बिरामीको पनि उपचार स्वदेशमा गराउन सकिने बताए । नेपाल अर्बुद रोग निवारण संस्थाले दुई शय्याबाट सुरु भएको अस्पताल अहिले सरकारी स्वामित्वमा एक सय ३० शय्यामा सञ्चालनमा रहेको छ । संस्थाबाट अस्पताल २०७७ सालमा सरकारले विकास समिति गठन आदेश गरेर सरकारको नाममा ल्याएको हो । क्यान्सरका सरकारका तीन वटा अस्पतालमध्ये काठमाडौं उपत्यकामा रहेको भक्तपुर अस्पतालमा क्यान्सरका बिरामीको चाप धेरै नै हुने गरेको छ । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पनि सरकारी अस्पताल रहेका छन् । तर तीमध्ये काठमाडौं उपत्यकामा रहेको भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको पहिलो रोजाइ बनेको छ । काठमाडौं आइसकेपछि उपचारका अन्य विकल्प पनि हुने भएकोले बिरामी चितवन र बाँकको सट्टा भक्तपुर नै आउने गरेका छन् । बिरामीको उपचारलाई ध्यानमा दिएर अस्पतालले हालै मात्र नयाँ अत्याधुनिक सिटी स्क्यान मेसिन, रेडियोथेरापी मेसिन, मोडुलेटर शल्यक्रिया कक्ष थपेको छ । नयाँ २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनले क्यान्सर कहाँ देखिएको छ भनेर सानासाना ठाउँ पनि पत्ता लगाउने गर्दछ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. चालिसेले नयाँ सिटी स्क्यान मेसिन सञ्चालनमा आएसँगै बिरामीलाई सिटी स्क्यान गर्न अयन्त्र जानु नपरेको बताउँछन् । अस्पतालसँग पहिले १६ स्लाइसको सिटी स्क्यान मेसिन रहेको थियो । ‘पहिलो एउटा सानो सिटी स्क्यान बिरामीलाई पर्याप्त सेवा दिन सकेका थिएनौं,’ उनले भने, ‘अहिले नयाँ सिटी स्क्यान आइसकेपछि बिरामीलाई दैनिक ३० देखि ३५ जनाको सिटी स्क्यान गर्नसक्ने भएका छौं ।’ टिकट लिँदा नै चिकित्सक भेट्ने समय निश्चित अस्पतालले बिरामीको समयलाई मध्यनजर गर्दै बहिरङ्ग सेवामा चिकित्सकको जाँच गराउनेका लागि निश्चित समय निर्धारण गरिएको छ । टिकटमा नै कति बजे चिकित्सकलाई भेट्ने भनेर समय तोकिएको हुन्छ । ‘अहिले पनि बहिरङ्ग सेवा लिन आएका बिरामी टिकटमा नै आधा घण्टाभित्र चिकित्सकलाई देखाउन पाउँछन्,’ उनले भने । अब निश्चित समय तोकेर बिरामीलाई बढीमा १० मिनेट मात्र कुर्ने गरी समय व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ । अस्पतालले अनलाइन टिकट र परीक्षणको भुक्तानी क्यूआरमार्फत तिर्ने व्यवस्था गरेको छ । रेडियोथेरापी र शल्यक्रियाका लागि पालो कुर्नुपर्दैन अस्पतालले नयाँ रेडियोथेरापी उपकरण जडान गरेसँगै बिरामी क्यान्सरको उपचार गर्नका लागि पालो कुर्नुपर्ने समस्या पनि हटेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. चालिसेले रेडियोथेरापीका लागि क्यान्सरका बिरामीले लामो समयसम्म पालो पर्खनु नपर्ने बताउँछन् । ‘पहिले एउटा रेडियोथेरापी मेसिनले बिरामीले दुई महिनासम्म पालो कुर्नु पर्दथ्यो,’ उनले भने, ‘तर अहिले नयाँ रेडियोथेरापी मेसिन आएपछि दैनिक बिरामीको रेडियोथेरापी गर्न सक्ने भएका छौं ।’ रेडियोथेरापीले क्यान्सरका कणलाई मार्ने गर्दछ । यस्तै, अस्पतालले अध्याधुुनिक शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएको छ । अस्पतालका निर्देशक डा. चालिसेले थप दुईवटा मोडुलेटर शल्यक्रिया कक्ष निर्माण गरिएको बताए। ‘शल्यक्रिया कक्ष नहुँदा बिरामीको समयमा नै क्यान्सरको शल्यक्रिया गरेर उपचार गर्न सकिएको थिएन,’ उनले भने, ‘अब पाँचवटा मोडुलेटर शल्यक्रिया कक्ष भएपछि बिरामीले शल्यक्रियाका लागि पालो कुर्नुपदैन ।’ उनका अनुसार पहिले एक डेढ महिना शल्यक्रियाका लागि पालो कुर्नुपर्ने अवस्था रहेको थियो । उनले अब ढिलामा एक हप्ताभित्र बिरामीको शल्यक्रिया गरिन्छ । शल्यक्रिया गर्दा नै क्यान्सर पत्ता लगाउने विधि अस्पतालमा शल्यक्रिया गर्दा नै क्यान्सरको आशङ्का गरिएमा तुरुन्तै परीक्षण गर्ने विधिसमेत रहेको छ । कार्यकारी निर्देशक डा चालिसले शल्यक्रिया गर्दा क्यान्सरको आशङ्का गरिएको ठाउँको क्यान्सर परीक्षण गर्नका लागि फ्रोजोन सेक्सन उपकरणबाट गरिने बताए । ‘सिटी स्क्यानले सबै क्यान्सर पत्ता लगाउन सक्दैन । सिटी स्क्यानमा देखिएको मासु क्यान्सर हो कि होइन भन्ने कुरा थाहा हुँदैन,’ उनले भने, ‘शल्यक्रिया गर्दागर्दै क्यान्सर कहाँसम्म फैलिएको छ भन्ने कुराको जानकारी फ्रोजोन सेक्सनले दिन्छ । फ्रोजोन सेक्सनले परीक्षण परीक्षणबाट क्यान्सर कहाँसम्म फैलिएको भन्ने थाहा हुन्छ र सोही अनुसार क्यान्सरको उपचार गरिन्छ ।’ यो प्रविधि भक्तपुर क्यान्सर अस्पतालमा मात्र रहेको छ । निजी अस्पतालभन्दा भक्तपुर क्यान्सर अस्पतालमा करिब चार गुणा सस्तो बिरामीको उपचार हुने गरेको अस्पताललको दाबी छ । अस्पतालका कार्यकारी निर्देशक डा. चासिलेका अनुसार स्तन क्यान्सरको उपचार बाहिर निजी अस्पतालमा गर्दा करिब पाँच लाख लाग्ने गरेकामा भक्तपुर क्यान्सर अस्पतालमा गर्दा एक लाख रुपियाँसम्म लाग्ने गर्दछ । यस्तै, रेडियोथेपारी बाहिर निजी अस्पताल गराउँदा पाँच लाख रुपियाँसम्म लाग्ने गरेकामा अस्पतालमा भने एकदेखि एक लाख ५० हजारमा गरिन्छ । अस्पतालका लागि एमआरआई, रगत क्यान्सर रोगको उपचारका लागि बोन म्यारो प्रत्यारोपण जस्ता सेवा थप्न सके बिरामीलाई अझ उपचार दिन सकिने उनको भनाइ रहेको छ । कर्मचारीको वृत्ति विकास बढ्ने सरकारले हालै अस्पताल विकास समिति विकास समिति गठन आदेश २०७७ मा गरेको संशोधन गरेपछि त्यहाँ रहेका कर्मचारीको वृत्ति विकास बढ्ने भएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफै सञ्चालन गरेको अस्पतालका तीन सय बढी कर्मचारी संशोधन अभावमा नियमावली बन्न नसक्दा वृत्ति विकासबाट वञ्चित हुँदै आएका थिए । सरकारले अस्पतालको स्वामित्व ग्रहण गर्नुअघि स्थायी कर्मचारीलाई २०७७ को गठन आदेशले करारमा राख्ने व्यवस्था गरेको थियो । पहिले स्थायी रहेर पनि करारमा परिणत भएका कर्मचारी अब स्थायी हुनेछन् । साथै, अब नयाँ नियमावलीअनुसार नयाँ करार कर्मचारीलाई लोक सेवामार्फत स्थायी हुने बाटोसमेत खुलेको छ । अस्पतालमा दैनिक पाँच सय जना उपचारमा आउने गर्दछन् । गत आर्थिक वर्षमा ९५ हजार पाँच सय चार जनाको उपचार गरिएको थियो । तीमध्ये दुई हजार ५०५ जनाको शल्यक्रिया गरेर क्यान्सरको उपचार र एक हजार ४० जनाको रेडियोथेरापी विधिबाट क्यान्सरको उपचार गरिएको थियो । कार्यकारी निर्देशक डा. चालिसेले जग्गा, विशेषज्ञ चिकित्सक र शय्याको अभावले कारणले अस्पतालको क्षमता बढाउन नसकिएको बताउनुभयो । सरकारले अस्पताललाई जग्गा उपलब्ध गराए तीन सय शय्याको सञ्चालन गर्ने तयारी रहेको छ । समयमा नै उपचार गरे निको हुन्छ क्यान्सर रोग विशेषज्ञसमेत रहेका डा. चालिसेले समयमा नै क्यान्सर पहिचान गर्नसके निको हुने बताउँछन् । उहाँका अनुसार क्यान्सरका चार चरण (स्टेज) मध्ये शून्यदेखि तीन स्टेजसम्मको क्यान्सर केही हदसम्म निको पार्न सकिने बताए । अस्पतालमा आएका धेरै बिरामी निको भएर घर फर्किएको अस्पतालको दाबी रहेको छ । पहिलो चरणमा बिरामीले क्यान्सर भएको थाहा पाएमा ९० प्रतिशत निको हुने, दोस्रो चरणमा ७० प्रतिशत र तेस्रो चरणमा प्रवेश गरेको क्यान्सरको उपचार गर्दा ५० प्रतिशत निको हुने सम्भावना रहने भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा चालिसेले जानकारी दिए । उनी जति छिटो रोग पत्ता लगाउन सक्यो त्यति नै चाँडो उपचार गरेर निको हुने बताउँछन् । नेपालमा बर्सेनी २५ हजार क्यान्सरका नयाँ बिरामीको पहिचान हुने भन्दै करिब १५ हजारको यस रोगबाट मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ । सबैभन्दा बढी फोक्सो र दोस्रोमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रहेको छ । त्यसपछि क्रमशः स्तन क्यान्सर, पेटको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर र रगतको क्यान्सर हुने गर्दछ । नेपालमा फोक्सोको क्यान्सरबाट सबैभन्दा धेरैले ज्यान गुमाउने गरेका छन् । अत्यधिक धूमपान तथा मद्यपान र सूर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकीरणको प्रभाव, जीवाणुको तथा, वंशाणुका कारण पनि धेरै क्यान्सरका रोगी बनेका छन् ।

गरिब देशका मानिसले खान्छन् सबैभन्दा बढी मदिरा, एक व्यक्तिले पिउँछ १५ लिटर

काठमाडौं । मोल्डोभालाई युरोपको सबैभन्दा गरिब देश मानिन्छ । यस देशमा प्रतिव्यक्ति आय लगभग ४ हजार ५ सय डलर छ । तर, प्रतिव्यक्ति मदिरा खपतका हिसाबले यो देश विश्वमा पहिलो स्थानमा छ । पूर्वी युरोपको यो देश कुनै समय सोभियत संघको हिस्सा थियो । यसको क्षेत्रफल ३३ हजार ८ सय ४६ वर्गकिलोमिटर छ र जनसंख्या लगभग २५ लाख छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकले यस देशमा वार्षिक प्रतिव्यक्ति मदिरा खपत १५.२ लिटर रहेको उल्लेख गरेको छ, जुन विश्वमा सबैभन्दा बढी हो । प्रतिव्यक्ति मदिरा खपतमा लिथुआनिया दोस्रो स्थानमा छ । यो देशमा हरेक वयस्क मानिसले एक वर्षमा १५ लिटर रक्सी पिउने गरेका छन् । चेक गणतन्त्रमा वार्षिक प्रतिव्यक्ति मदिरा खपत १४.४ लिटर, सेशेल्समा १३.८ लिटर, जर्मनीमा १३.४ लिटर, नाइजेरियामा १३.४ लिटर, लाटभियामा १२.९ लिटर, बुल्गेरियामा १२.७ लिटर, फ्रान्समा १२.६ लिटर र पोर्टमा १२ लिटर रहेको छ । त्यसपछि बेल्जियम, रुस, अस्ट्रिया, इस्टोनिया, पोल्याण्ड, स्विजरल्याण्ड, बेलायत, उरुग्वे, फिनल्याण्ड, अष्ट्रेलिया, डेनमार्क, ग्रीस, दक्षिण कोरिया र स्पेन छन् । यी देशहरूमा मदिराको प्रतिव्यक्ति वार्षिक खपत १० लिटरभन्दा बढी छ । अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, चिली, दक्षिण अफ्रिका, स्वीडेन, आइसल्याण्ड, क्यानडा, नेदरल्याण्ड, युक्रेन, थाइल्याण्ड, जापान, ब्राजिल, काजाकिस्तान, इटाली, नर्वे, चीन, कम्बोडिया, फिलिपिन्स, मेक्सिको र कोलम्बियामा प्रत्येक वयस्क व्यक्तिले औसतभन्दा ५ लिटर बढी मदिरा खपत गर्छन्। भारतमा यो ५.७ लिटर छ । इस्लामिक देशहरू यो सूचीको पुछारमा छन् । कुवेतमा रक्सीको खपत शून्य छ । साउदी अरबमा प्रतिव्यक्ति रक्सीको वार्षिक खपत ०.२ लिटर छ भने पाकिस्तानमा ०.३ लिटर छ । यस्तै, इजिप्टमा ०.४ लिटर, नाइजरमा ०.५ लिटर, इन्डोनेसियामा ०.८ लिटर, इरानमा १ लिटर, टर्कीमा दुई लिटर, सिङ्गापुरमा २.५ लिटर, युएईमा ३.८ लिटर, उत्तर कोरियामा ३.९ लिटर र भेनेजुएलामा ५.६ लिटर छ । एजेन्सी

टप कम्पनीबाट दर्जनौं कर्मचारी ‘हन्टिङ’ गर्दै सन नेपाल, फुयाँल डीसीईओ बन्दै

काठमाडौं । सन नेपाल लाइफ इन्स्यारेन्सले बीमा क्षेत्रमा उत्कृष्ट काम गरिरहेका कर्मचारीलाई राम्रो तलब सुविधासहित भित्र्याउने रणनीति बनाएको छ । कम्पनीले विभिन्न बीमा कम्पनीमा काम गर्ने कर्मचारीलाई आकर्षक तलब सुविधा तथा अफरहरू सुनाएर आफ्नो कम्पनीमा आकर्षित गरिरहेको हो । अहिले पनि धेरै कम्पनीबाट सन नेपालमा प्रवेश गरिसकेका छन् । अहिले धेरैजसो आईएमई लाइफ इन्स्योरेन्सका कर्मचारी सन नेपालमा प्रवेश गरेका छन् । सिटिजन लाइफ इन्स्योरेन्सका पनि आधा दर्जन बढी कर्मचारी सनमा भित्रिएको बुझिएको छ । आइएमई लाइफका माइक्रो इन्स्योरेन्स विभाग र वैदेशिक रोजगार म्यादी जीवन बीमा विभाग प्रमुख बनेका जनक फुँयालले कम्पनी छोडेका छन् । उनी आइएमई लाइफ छोडेर सन नेपाल लाइफ गएको स्रोतले जानकारी दिएको छ । यसैगरी, आइएमईको वैदेशिक रोजगार म्यादी जीवन बीमा विभागको ताहाचल शाखा प्रमुख ज्ञानेन्द्र गौतम, भक्तपुरको एरियल म्यानेजर सनत सत्याल र कम्पनीको बजार प्रमुखको रूपमा रहेका गणेश चौलागाईं पनि सन नेपालमा गरिसकेका छन् । सन नेपालले आइएमईको भन्दा राम्रो सेवा सुविधा दिने सर्तमा उनीहरूलाई बोलाएको हो । उनीहरूबाहेक आइएमईका अन्य कर्मचारीलाई सन नेपालले विभिन्न अफर गरिरहेको बुझिएको छ। स्रोतका अनुसार हालसम्म एक दर्जन कम्पनीले आईएमई छोडेर सनमा गइसकेका छन् भने थप अन्य कर्मचारी पनि सनमा जाने तयारी गरेका छन् । डीसीईओ बन्दै फुयाँल केही साताअघि आइएमईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका कवि फुँयाल कम्पनीबाट बाहिरिए । उनी आइएमईबाट बारिरिएसँगै कुन कम्पनीमा जालान् भन्ने निकै चासोको विषय थियो । अन्ततः उनी सन नेपालमा जाने पक्कापक्की भइसकेको बुझिएको छ । तर, कुलिङ पिरियडका कारण उनी रोकिएका छन् । फुँयाल वरिष्ठ नायब प्रमुख कार्यकारी (डीसीओ)को रूपमा सन नेपाल लाइफमा प्रवेश गर्ने तयारी भइरहेको स्रोतको दाबी छ । यद्यपि सन नेपालले उनलाई डीसीईओलाई ल्याउने विषय हल्ला मात्रै भएको औपचारिक जवाफ दिएको छ । सिटिजनका कर्मचारी पनि सनमा जाँदै सिटिजन लाइफको काठमाडौं एरियल म्यानेजरको रूपमा रहेकी लोकमाया अधिकारी पनि सनमा प्रवेश गरेकी छन् । उनी सनको बागमती प्रदेश प्रमुखको रूपमा सनमा भित्रिएकी हुन् । उनीसँगै अन्य कर्मचारीहरू पनि सनमा भित्रिसकेका छन् । हाल सन नेपाल लाइफको व्यवस्थापकीय नेतृत्व राजकुमार अर्यालले गरिरहेका छन् भने बोर्डको नेतृत्व अनुज केयालले गरिरहेका छन् । राम्रा कर्मचारीलाई भित्र्याएर आक्रामक ढंगले अगाडि बढ्ने रणनीति सन नेपालले बनाएको बुझिएको छ ।

डिलर नेटवर्क बिस्तार गर्दै जीडब्ल्यूएम

काठमाडौं । जीडब्ल्यूएम नेपालले आफ्नो डिलर नेटवर्कलाई तीव्र गतिमा बिस्तार गरिरहेकाे छ । जीडब्लुएम नेपालले विराटनगर, भरतपुर (नारायणघाट) र बुटवल जस्ता सहरहरूमा आधिकारिक डिलरशिप स्थापना गरिसकेको छ । आफ्नो डिलर नेटवर्क विस्तारको क्रममा चितवनमा पनि आधिकारिक डिलरशिप स्थापना गरिसकेको छ । यसका साथै यो आर्थिक वर्षको अन्त्यसम्म पोखरा, नेपालगञ्ज, जनकपुर र बिर्तामोडमा पनि डिलरशिप बिस्तार गर्ने योजना बनाएको छ । ब्रान्डको लोकप्रिय गाडीहरू हवाल एच ६ एसयूभी, हवाल जाेलिसन एसयूभी, पीओइआर डबल क्याब पिकअप, विङ्गल ५ पिकअप, र रेट्रो-आधुनिक ओरा ०३ इलेक्ट्रिक क्रसओभर डिलरहरूमा उपलब्ध हुनेछन् । यसैगरी, जीडब्ल्यूएमले पोखरामा पनि नयाँ डिलरशिप खोल्ने योजना बनाएको छ । यो वर्षको अन्त्यसम्म अन्य प्रमुख सहरहरूमा थप दुईवटा डिलरशिपहरू थपिने कम्पनीले जनाएकाे छ । कम्पनीले भविष्यमा नेपालमा ट्याङ्क ब्रान्डअन्तर्गत लक्जरी अफ-रोड मोडलहरू प्रस्तुत गर्ने योजना पनि बनाएको छ । जीडब्ल्यूएमले लगातार ६ वर्षसम्म वार्षिक रूपमा १ मिलियनभन्दा बढी गाडीहरू बिक्री गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंह र सचिव गेलालबीच कार्य सम्पादन सम्झौता, सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालबीच कार्य सम्पादन सम्झौता भएको छ । मंगलबार सिंहदरबारमा एक कार्यक्रमका बीच कार्यबहाक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच चालु आर्थिक वर्षमा मन्त्रालयले सम्पादन गर्नुपर्ने मुख्य काम र त्यसमा उपलब्धि हासिल गर्ने प्रतिवद्धतासहितको कार्य सम्पादन सम्झौतामा हस्ताक्षरसहित आदान प्रदान गरिएको हो । त्यस अवसरमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रालयले गरेको सम्झौताहरू समयमा नै कार्यान्वयन गर्नका लागि आफूले सचिव गेलालसँग पनि कार्य सम्पादन सम्झौता गरेको बताए । कार्यवाहक प्रधानमन्त्री सिंहले सो सम्झौतामा उल्लेख गरिएको प्रतिवद्धताहरुसहितको कार्य सम्पादन सम्झौताको पालना सचिव गेलालबाट अक्षरशः हुने विश्वाससमेत व्यक्त गरे । त्यस अवसरमा सचिव गेलालले पनि कार्यवाहक प्रधानमन्त्री सिंहसँग मन्त्रालयको कार्य सम्पादनका लागि गरिएको सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सम्झौतामा मन्त्रालयको सञ्चालित आयोजना एवं कार्यक्रम तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयावधिमा सम्पन्न गर्दै सार्वजनिक सेवा प्रवाह, विकास निर्माण र सुशासनमा दूरगामी प्रभाव पार्ने र जनताले प्रत्यक्ष अनुभुति गर्नेगरी उपलब्धि हासिल गर्नेतर्फ विशेष ध्यान दिई स्वच्छ र सफा वातावरणसहितको योजनावद्ध सहरीकरणद्वारा राष्ट्रको विकास गर्ने प्रतिवद्धता जनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत भाद्र २७ गते उपप्रधानमन्त्री र मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता गरी चालु आर्थिक वर्षको काम कारबाहीलाई प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएका थिए ।

विपन्न तथा ज्येष्ठ नागरिकलाई कोल्टी अस्पतालमा २० प्रतिशत छुट

बाजुरा । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट दिने भएको छ । सोमबार बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिले आजदेखि लागू हुनेगरी नगरपालिकाभित्रका विपन्न, हलिया, खलिया, दलित, जनजाति, फरक क्षमता भएका व्यक्ति, एकल महिला, ज्येष्ठ नागरिक, आर्थिक रूपले विपन्न बिरामी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सेवाबाहेक अन्य सेवाबाट लिइने शुल्कको २० प्रतिशत छुट दिने निर्णय भएको अस्पतालले जनाएको छ । नगरपालिकाभित्र रहेको विपन्न र आर्थिक अभावमा रहेका बिरामीलाई उपचारमा सहुलियत हुनेगरी एक्सरे, भिडियो एक्सरे र ल्याब परीक्षणमा २० प्रतिशत छुट गरिएको अस्पतालका सूचना अधिकारी प्रेम नेपालीले जानकारी दिए । नगरपालिकाबाहेक सो अस्पतालमा अन्य पालिका र छिमेकी जिल्ला मुगु तथा हुम्लाबाट पनि बिरामी आउने गरेका छन् । उक्त क्षेत्रबाट आधारभूत अस्पताललाई सहयोग नहुने भएकाले नगरका नागरिकका लागि मात्र उक्त सेवामा छुट गरिएको सूचना अधिकारी नेपालीले बताए । नगर क्षेत्रभित्र रहेका कतिपय नागरिकको उपचार गराउन आउँदा आर्थिक अभाव हुने हुँदा उपचारमा लाग्ने २० प्रतिशत नगरपालिकाले बेहोर्ने गरी छुट गरिएको नगर प्रमुख जनककुमार बोहराले बताए ।

सूर्यदर्शन सहकारीकाे छानिबन गर्न सीआईबी पोखरा जाने

काठमाडौं । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पोखरा उपमहानगरपालिका–५ मा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीबारे थप अनुसन्धान गर्न पोखरा जाने भएकाे छ। सूर्यदर्शन बचत तथा ऋण सहकारी पोखरा उपमहानगरपालिका–५ मा रहेको छ । उक्त सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पक्राउ परिसकेका छन् । जिल्ला अदालत कास्कीले जाेशीमाथि सहकारी ठगीका विषयमा थप अनुसन्धान गर्न ५ दिनको समय दिएको छ । यसभन्दा अगाडि पनि सूर्यदर्शन बचत तथा ऋण सहकारीमाथि सीआईबीले अनुसन्धान गरेकाे थियाे । तर, अनुसन्धान राम्राेसँग अगाडि बढ्न पाएकाे थिएन । अहिले दाेस्राे चरणकाे अनुसन्धान हुन थालेकाे हाे । सहकारी रकम अपचलनसम्बन्धि छानबिन गर्न बनेको संसदीय छानबिन समितिले रवि लामिछाने, छवि जाेशी र जीबी राईलाई कानूनी कारबाहीमा ल्याउनुपर्ने सुझाव सरकारलाई दिएको थियो । तीनै जनाले विभिन्न सहकारीबाट गाेर्खा मिडियामा पैसा ल्याएकाे बताइएकाे छ । सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने तयारी गरिसकेको छ ।

सुरेन्द्रको बयान : सहकारीको पैसा निजी कम्पनीमा लगाएँ, प्रतिफल नपाउँदा डुबेँ

काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका सचिव सुरेन्द्र भण्डारीले सहकारीको पैसा निजी कम्पनीमा लगानी गरेको स्वीकार गरेका छन् । सहकारी रकम अपचलन सम्बन्धि छानबिन गर्न बनेको संसदीय छानबिन समितिसँग बयान दिँदै उनले सो स्वीकार गरेका हुन् । उनले लगानी गरेका कम्पनीबाट प्रतिफल प्राप्त नहुँदा आफू समस्या परेको पनि धारणा राखेका छन् । ‘बहुउद्देश्यीय प्रकृतिको सहकारी भएको कारण हाम्रो सहकारीले विभिन्न संस्थामा सेयर तथा कर्जा लगानी गरेका थियौं । तर, त्यसको प्रतिफल सोचे अनुरूप आएन,’ उनले बयानका क्रममा भनेका छन् । यस्तो छ उनको बयान : आफ्नो नामसहित तीन पुस्ता र परिवारका सदस्यहरूको विवरण खुलाउनुहोस्। परिवारका सदस्य हाल को कहाँ हुनुहुन्छ ? खुलाइदिनुहोस् । मेरो बाजेको नाम मन बहादुर भण्डारी, बुबाको नाम जित बहादुर भण्डारी, आमा कलावती भण्डारी, मेरो नाम सुरेन्द्र भण्डारी हो । स्थायी घर गोरखा हो । श्रीमती प्रमिला बस्नेत र छोरीहरू वर्ष १४ को प्रिंसा भण्डारी र वर्ष १२ को साईसा भण्डारीसहित हामी सपरिवार ललितपुर भैंसेपाटीमा बस्छौं । तपाईंको शारीरिक अवस्था कस्तो छ ? सोधिएका प्रश्नको उत्तर दिन सक्नुहुन्छ म सुगर र प्रेसरको बिरामी छु । तर, सोधिएका प्रश्नको उत्तर दिन सक्छु । तपाईं आबद्ध रहेका र सञ्चालकको भूमिकामा रहेका सहकारी संस्थाहरूको नाम, ठेगाना र अन्य कुनै विवरण भए सो समेत खुलाउनुहोस् । सम्बद्ध कुनै कागजात भए पेस गर्नुहोस् । म आवद्ध संस्था भनेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि. पुल्चोक ललितपुर हो । उक्त सहकारी समस्याग्रस्त घोषणा भई सिलबन्दी भएकोले कागजात र आवश्यक प्रमाणहरू पेस गर्न सकिनँ, केही निवेदन र कार्ययोजना नै उपलब्ध गराउन सक्छु । सहकारी ऐन र प्रचलित कानुन बमोजिम सहकारी सञ्चालन गर्नु भएको छ/थियो ? सहकारी ऐन, २०७४ पश्चातका सम्पूर्ण कार्यहरू नियमअनुसार गरेका छौं । तर, त्यसपूर्वका कुनै कार्यहरू नियमसँग बाझिने हुन सक्छ । सहकारी संस्था सञ्चालनबाहेक अन्य कुनै पेशा वा व्यवसाय पनि छ थियो ? सहकारी संस्था सञ्चालनबाहेक मेरो अन्य कुनै पेशा छैन । संस्थाले सञ्चालन गरेको श्री लालीगुराँस डेरी फर्म एण्ड रिसर्च सेन्टर, कुमरोज, चितवन र श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, गोदावरी, ललितपुरमा रहेका छन् । सहकारी समस्याग्रस्त घोषणा भएपश्चात् दुवै व्यवसायको सञ्चालनमा समस्या आएको छ । तपाईं सचिव रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिमा को-को हुनुहुन्छ/हुनुहुन्थ्यो ? हालको अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष हजुरी विष्ट, सचिव म, कोषाध्याक्ष अमृत कुमार अर्याल, सदस्य अदम बाबा जोशी, सदस्य भोला कुमार श्रेष्ठ रहेका छन्। साथै सदस्य आर्या सिंह भण्डारीले २ वर्ष पूर्व राजिनामा दिई स्वीकृती भईसकेको छ । यस संस्था २०५६ सालमा २८ जना व्यक्तिहरू सदस्य भएर म व्यवस्थापकको रूपमा रही स्थापना गरिएको थियौं । अध्यक्षमा क्रमशः विश्वनाथ आचार्य, दिलबहादुर भण्डारी, तिर्थराज भट्ट र हिराकाजी महर्जन रहेका थिए । यस सहकारीको कार्यक्षेत्र साविक बागमती, नारायणी, लुम्बिनी र गण्डकी अञ्चलका हाल २६ जिल्ला रहेको छ । हाल उक्त संस्था सञ्चालनमा छ/छैन ? उक्त संस्था समस्यामा पर्नुको कारण के हो ? सहकारी विभागवाट २०८०/११/१५ गते सिफारिस भई २०८०/११/२९ गते समस्याग्रस्त घोषणा भई सिलबन्दी भएकोले हाल उक्त संस्था सञ्चालनमा छैन । यो सहकारी नेपालका ठूला १० सहकारी मध्येमा पर्छ । उक्त संस्था समस्यामा पर्नुको कारण नेपालमा देखिएका आर्थिक समस्यासँगै सबै बचतकर्ताले एक साथ रकम फिर्ता माग गर्न आउँदा रकम फिर्ता दिन सकिएन । सहकारी विभागबाट २०८० भाद्र महिनामा भएको निरीक्षणको प्रतिवेदन संस्थालाई उपलब्ध गराइएन । केही सदस्यहरू उजुरीमा गएको खबर आएपछि सहकारीलाई समस्याग्रस्त घोषणा किन नगर्ने भनी हामीले पत्र प्राप्त गरेका थियौ हामीले उजुरी दिएका सदस्यहरूसँग विभागमै भेट्न र छलफल गर्न खोजेका थियौ तर विभागले मौका दिइएन । हामीले रकम बचत कर्तालाई बचत फर्ता दिइराखेकै समयमा संस्थालाई समस्याग्रस्त घोषणा गरियो । हाम्रो माग विभागले सम्बोधन नगरेकोले समस्या पर्न गएको हो । सञ्चालक समितिका सदस्यमध्ये तपाईंको आफ्नो परिवार वा नातागोताका व्यक्ति को को हुनुहुन्छ/हुनुहुन्थ्यो ? सञ्चालक समितिका सदस्यमध्ये हाम्रो आफ्नो परिवार वा नातागोताका व्यक्ति कोही पनि हुनुहुन्न । अन्य कुनै सहकारीमा सञ्चालक समितिको सदस्य रहेको व्यक्ति तपाईं आवद्ध सहकारीको सञ्चालक समितिमा पनि छन् वा छैनन्/ थिए वा थिएनन् ? यदि थिए भने उक्त कुरा कानुनसम्मत् हो, होइन ? खुलाइदिनुहोस् । अन्य कुनै सहकारीमा सञ्चालक समितिको सदस्य रहेको व्यक्ति म आवद्ध सहकारीको सञ्चालक समितिमा छैनन् । सञ्चालकहरू कर्मचारी पनि रहेका छन् वा छैनन् ? व्यवस्थापक वा कर्मचारी छनौट गर्दा के-कस्तो विधि र पद्धति अपनाउने गर्नु भएको छ/थियो ? सञ्चालकहरू कर्मचारी बस्न नमिल्ने सहकारी ऐन, २०७४ ले व्यवस्था गरेको छ। सहकारी विभागको रजिष्ट्रारको मौखिक सहमतीमा म उक्त संस्था समस्याग्रत घोषणा भएको बखतसम्म सचिव र कार्यकारी प्रमुख समेत रहेको थिएँ । सहकारी संस्थाका सदस्य बाहेक व्यक्तिको बचत जम्मा गर्ने वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्ने गरिएको छ वा छैन/थियो वा थिएन ? सहकारी संस्थाका सदस्य बाहेक व्यक्तिको बचत जम्मा गर्ने वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्ने गरिएको थिएन/छैन । सेयर सदस्य बनाउँदा तोकिएको कार्यक्षेत्रमा बसोवास भएका व्यक्तिलाई मात्र सदस्य बनाउनु भयो वा अन्य जोसुकैलाई पनि बनाउनु भएको छ/थियो ? कार्यक्षेत्रमा बसोबास भएका व्यक्तिलाई मात्र सदस्य बनाएका थियो । सहकारी संस्थाको सम्पत्ति कहाँ–कहाँ के कुन स्वरूपमा छ ? छ भने आवश्यक कागज प्रमाण समेत पेस गर्नुहोस् । हामीसँग दुई प्रकारको सम्पत्ति हुन्छन् । चितवन, गोदावरी, पुल्चोकमा आफ्नै भवन आफ्नै सम्पत्ति हो । अरु लिलामीबाट प्राप्त सम्पतिहरू धेरै छन् । सो विवरण समितिलाई पेस उपलब्ध गराउने छु । साथै संस्थाका विभिन्न लगानी भएका कम्पनीहरूको समेत विवरण पछि पेस गर्नेछु । अन्तरसहकारी कारोबार गर्नु भएको छ ? छ भने कुन-कुन संस्थासँग ? खुलाउनुहोस् । अन्तरसहकारी कारोबार हाम्रो सहकारीले विभिन्न २५ भन्दा बढी सहकारीसँग गरेका छौं । उक्त विवरण समेत पछि पेस गर्नेछु । २०६६ साल पौषमा भएको स्थलगत निरीक्षण प्रतिवेदन अनुसार तपाईंको सहकारीबाट लालीगुराँस हस्पिटल, क्रिमशन इन्टरनेशनल कलेज, जय लालीगुराँस इनभेष्टमेन्ट एण्ड ट्रेडिंग, ग्रिनसिटी डेभेलपमेण्ट जस्ता कम्पनीमा गरेको लगानी कानुन विपरीत भएको भनी टिप्पणी भएको देखिन्छ । तर, तर्पांहरूले कुनै सुधार गर्नुभएन किन ? बहुउद्देश्यीय प्रकृतिको सहकारी भएको कारण हाम्रो सहकारीले विभिन्न संस्थामा सेयर तथा कर्जा लगानी गरेका थियौं । तर, त्यसको प्रतिफल सोचे अनुरुप आएन । आजभन्दा सोह्र वर्ष अगाडि २०६५/०६६ को साधारण सभाका लागि २३ लाख बजेट छुट्याउने तर बचतकर्ताको रकम फिर्ता नगर्ने किन गर्नुभयो सहकारी मूल्य मान्यताले यसो गर्न मिल्छ ? संस्थाको वार्षिक बजेटमा व्यवस्था भएअनुसार भत्ता समेतको रकम उल्लेख गरिएकोले उक्त रकम देखिएको हो । लालीगुराँस सहकारी संस्थाको उल्लिखित मौज्दात रकमलाई कसरी प्रमाणित गर्नु हुन्छ ? यस विषयमा मलाई भर्खरै जानकारी भयो र यसको जानकारी फाईनान्स म्यानेजरलाई जानकारी हुन्छ । लालीगुराँस सहकारीको नेपाल बहुउद्देश्यीय सहकारी र नमस्ते नेपाल बहुउद्देश्यीय सहकारी संस्था समेतमा झण्डै १२ करोड नगद मौज्दात रकम जम्मा भएको अवस्थामा के कारणले सहकारी समस्याग्रस्त हुन पुग्यो ? उक्त सहकारीहरू समेतले रकम उपलब्ध गराउन सकेनन् । सहकारीले लगानीका निम्ति विभिन्न संस्थामा उच्च पुँजी रकम दाखिला के का लागि र कुन नियतले गरेको ? हाम्रो सहकारी बहुउद्देश्यीय सहकारी भएकोले गलत नियत नराखी नियमानुसार नै पुँजी लगानी गरेको हो । भैरवकुण्ड नामक जलविद्युत कम्पनीलाई लालीगुराँस सहकारीले ऋण रकम रु. १,०९,०७,०७,४४१.२७ उपलब्ध गराएता पनि लगानीका निम्ति कूल रकम रु. ८,२५,००,००० उपलब्ध किन गराएको र साथै लगानी गरेपश्चात सो कम्पनीको हालको अवस्था के छ र समय समयमा भौतिक प्रमाणीकरण भएको छ या छैन ? भैरवकुण्डमा केही रकम लगानी गरेको हो । के कति भएको थियो पहिले याद भएन, तर त्यति ठूलो रकम ऋण लगानी नगरेको हुनुपर्छ। यस सम्बन्धमा यस समितिलाई तथ्य विवरण बुझी जानकारी गराउने प्रतिबद्धता गर्दछु । लगानी गरेका संस्थाबाट कति प्रतिफल प्राप्त गर्न सक्नु भयो अनुमानित प्रतिफल हासिल गर्न कति सफल हुनु भयो ? औषतमा अनुमानित प्रतिफलको ५ प्रतिशत मात्र हाँसिल गर्न सफल भयौं होला । संस्थाले सोही प्रकृतिको कारोबार गर्ने संस्थाको सेयर खरिद कानुन विपरित किन गरेको ? यस विषयमा २०७४ अगाडिकै निर्णय गरिएको हो । कानुन बमोजिम नै गरेको हो । सहकारीले ऋणीलाई माग गरेको रकम भन्दा बढी रकममा ऋण किन उपलब्ध गराएको ? यस सम्बन्धमा मलाई अहिले याद भएन । संस्थाका सदस्यहरूबाट ठूलो मात्रामा बचत रकम जम्मा गरेको र सोमा ब्याज समेत लेखांकन भएकोले सो बचत रकमको स्रोत खुल्ने कागजात र संस्थाको उक्त दायित्वको औचित्यता कसरी पुष्टि गर्नुहुन्छ ? यसमा उल्लेख गरिएको विषयमा सिस्टममा हेरेपछि मात्र उल्लेख गर्न सक्दछु। आवश्यक विवरण यस समितिलाई उपलब्ध गराउने प्रतिबद्धता जनाउछु । सहकारीले नीजि संस्थालाई ऋण उपलब्ध गराउन कानुन विपरीत भए तापनि किन उपलब्ध गराइयो ? यो कार्य कानुन विपरीत हुन गएको रहेछ । संस्थाका सदस्यहरूबाट ठूलो मात्रामा बचत रकम जम्मा गरेको र सो मा ब्याज समेत लेखांकन भएकोले सो बचत रकमको श्रोत खुल्ने कागजात र संस्थाको उक्त दायित्वको औचित्यता कसरी पुष्टी गर्नुहुन्छ ? राष्ट्र बैंकले तोके बमोजिम केवाईसी फाराम भरी प्रत्येक सदस्यको विवरण राख्ने गरिन्छ । सहकारीले उपलब्ध गराएको सस्पेन्स शीर्षकमा कसलाई र किन ऋण उपलब्ध गराइयो ? यस विषयमा तथ्याङ्क हेरी समितिलाई विवरण उपलब्ध गराउने प्रतिबद्धता गर्दछु। संस्थाको सिस्टममा बचत रकम ५ अर्ब ८५ करोड ७६ करोड ६७ लाख भएता पनि बचतकर्ताको माग ७ अर्ब १५ करोड ९६ लाख रहँदा ३० करोड १९ लाख बढी फरक कसरी हुन गएको हो ? यस विषयमा तथ्याङक हेरी समितिलाई विवरण उपलब्ध गराउने प्रतिबद्धता गर्दछु । विद्यमान अवस्थामा तपाइको सहकारीको समस्या समाधान गर्न सक्नुहुन्छ ? के कुन प्रबन्ध भयो भने समाधान सहज हुन्छ ? यसमा मैले पटक पटक माग समेत गरेबमोजिम १ वर्ष समय दिएमा र उक्त सहकारी सञ्चालन गर्ने वातावरण भएमा सहकारीका बचतकर्ताहरूको रकम विभिन्न ऋण रकम असुली गरी चुक्ता गर्न सकिन्थ्यो । समस्याग्रस्त घोषणा नगरेको भए हामीसँग माग गरेको कार्ययोजना अनुसार हालसम्म १ अर्थ भन्दा वढी रकम ऋणीहरुबाट असुल गरी बचतकर्तालाई फिर्ता गर्ने थियो । सरकारले गर्नुपर्ने आवश्यक सहयोग गरेमा समस्या समाधान गर्न सकिन्छ । तपाईं सचिव रहेको श्री लालिगुराँस बहुद्देशीय सहकारी संस्था लि. सहकारीको समस्या समाधान गर्न तपाईं, तपाईंको परिवार, सरकार, कर्जा लिएको बैढले के-के गर्नु पर्ला ? यसमा मैले कर्जा असुलीलाई प्रभावकारी बनाउनु पर्छ सदस्यलाई विश्वस्त पार्नुपर्‍याे । सरकारले कर्जा असुली न्ययाधीकरण र कर्जा सूचना केन्द्रको गठन गर्नुपर्‍याे । सहकारीसम्बन्धी वा कुनै फौजदारी कसूरमा थुना वा केंद्रमा पर्नु भएको छ वा छैन? परेको भए हाल उक्त मुद्दा के कुन अवस्थामा छ ? बचतकर्ताको उजुरीमा सहकारी ठगी मुद्दामा २०८१ असार १५ मा पक्राउ परी २७ दिन थुनामा रहेर ललितपुर जिल्ला अदालतको आदेशले धरौटीमा छुटेको थिएँ । हाल मुद्दा ललितपुर जिल्ला अदालतमा चलिरहेको छ । तपाईको अरु भन्नु केही छ ? मेरो थप भन्नु केही छैन । सरकारले उचित कार्य गरी सहजीकरण गरिदिनु हुन अनुरोध छ ।