मधेसमा पहिलो फोहर प्रशोधन केन्द्र सञ्चालन, आम्दानीको १२% पालिकालाई दिने
काठमाडौं । मधेस प्रदेशमा फोहरमैला प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । महोत्तरीको बर्दिबास नगरपालिका र हिट्टा हेवी मेसिनरी ऐण्ड रिसाइक्लिन सेन्टर काठमाडौंको सहकार्यमा बर्दिबास-८ मा निर्मित फोहरमैला प्रशोधन केन्द्र शुक्रबार सञ्चालन भएको हो । प्रारम्भिक लागत १ करोड २० लाख रुपैयाँको खर्चमा निर्मित केन्द्र मधेसकै पहिलो भएको केन्द्रका प्रबन्ध निर्देशक सुरेन्द्र साहको भनाइ छ । बर्दिबास नगरपालिका र हिट्टा हेवी मेसिनरी ऐण्ड रिसाइक्लिन सेन्टर काठमाडौंबीच भएको सहमतिबाट यो केन्द्र सञ्चालनमा आएको हो । साझेदार कम्पनी हिट्टा हेवी मेसिनरी ऐण्ड रिसाइक्लिन सेन्टर काठमाडौंले २० वर्षको अवधि प्रशोधन केन्द्र सञ्चालनको सहमति नगरपालिकाबाट पाएको छ । यस अवधिमा फोहर सङ्कलन, व्यवस्थापन, प्रशोधनबाट हुने आम्दानीबाट १२ प्रतिशत नगरपालिकाले प्राप्त गर्ने सम्झौता रहेको दुवै पक्षले पुष्टि गरेका छन् । सञ्चालनमा आएको केन्द्रले शुक्रबारदेखि नै नगरक्षेत्रबाट सङ्कलित फोहर प्रशोधन गर्न थालेको छ । अहिले फोहर प्रशोधन गरेर खरानी बनाइने इन्सिनिटर मेसिनमात्र जडान छ । अब केही महिनाभित्रै थप मेसिन जडान गरेर मल बनाउन थालिने केन्द्रका प्रबन्ध निर्देशक साहले स्पष्ट पारे । ‘हामीले नगरक्षेत्रबाट सङ्कलित फोहर इन्सिनिटर मेसिनमा पेल्न थाल्यौँ, यसबाट जम्मा हुने खरानीबाट अब केही महिनाभित्रै उर्बर मल बनाउने कार्य सुरू हुन्छ,’ प्रबन्ध निर्देशक साहले भने, ‘यो फोहरमैला व्यवस्थापनमा मधेस प्रदेशकै पहिलो प्रयत्न हो ।’ यो केन्द्रले अब अहिलेसम्म बर्दिबास नगरक्षेत्रका घरघरबाट र चोक बजार क्षेत्रबाट सङ्कलन हुने फोहर नियमित पेलेर खरानी बनाउने छ । केन्द्रमा जडित इन्सिनेटर मेसिन दैनिक छ टन फोहर पेल्ने क्षमताको रहेको प्रबन्ध निर्देशक साहको भनाइ छ । अहिले बर्दिबास नगरक्षेत्रमा चार टन फोहर दैनिक सङ्कलन हुँदै आएको छ । प्रशोधन केन्द्र सञ्चालनले नगर क्षेत्रको फोहर व्यवस्थापन हुनसँगै यसबाट आम्दानी हुन थाल्ने बर्दिबास नगरप्रमुख प्रह्लादकुमार क्षत्री बताउनुहुन्छ । केन्द्र सञ्चालनका लागि नगरपालिकाले तीन बिघा पर्ति जग्गा उपलब्ध गराएको छ । मल बेचेर प्राप्त हुने रकम र फोहर व्यवस्थापनका लागि घरघरै स्थानीय बासिन्दाबाट प्राप्त हुने शुल्क केन्द्रको आम्दानीको आधार हो । हाल नगरका तीन वटा वडा बस्तीबाट फोहर व्यवस्थापनबापत घरघरबाट गरी तीन लाख मासिक आम्दानी भइरहेको केन्द्रले जनाएको छ । अब नगरका १४ वटै वडा बस्तीमा फोहर सङ्कलन कार्य बढाइने साहले बताए । केन्द्र सञ्चालनमा आएपछि अब फोहर कहाँ लाने रु कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता नरहने नगरप्रमुख क्षत्री बताउँछन् । यता केन्द्रले मल बनाउने मेसिनहरू खरिद भइसकेको जनाएको छ । ‘मल बनाउने मेसिन खरिद भइसकेको छ, अब ती मेसिन जडान गर्न र सञ्चालन गर्न बढीमा छ महिना लाग्नसक्छ,’ प्रबन्ध निर्देशक साह भन्छन् । धेस प्रदेशमै पहिलो सञ्चालन भएको यो केन्द्रमा अहिले फोहर पेलेको हेर्न सर्वसाधारणको धुइरो लागेको छ । यो केन्द्रको सञ्चालनले मधेसमा फोहर व्यवस्थापनमा देखिँदै व्यहोरिँदै आइएको समस्या समाधानमा नयाँ उपलब्धि हासिल भएको यहाँका बुद्धिजीवी बताउँछन् । यो फोहरबाट मोहर बनाउने कार्यको मधेसका अन्य नगरले अनुसरण गर्नसके फोहर व्यवस्थापनमा व्यहोरिँदै आइएको समस्या समाधान हुने बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तेजबहादुर खड्का बताउँछन् ।
नयाँ रेकर्ड बनाइरहेको अमेरिकी डलर पाँचौ दिनमा घट्यो, ओरालो लाग्दै यूरो र पाउण्ड
काठमाडौं । लगातार चौंथोसम्म बढेको अमेरिकी डलरको मूल्य पाँचौ दिनमा भने घटेको छ । गत पुस २ गतेदेखि नयाँ रेकर्ड कायम राख्दै आएको डलरको मूल्यले आज पुस ६ गते घटेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.७३ रुपैयाँ र बिक्रीदर १३६.३३ रुपैयाँ तोकेको छ । यसअघि हिजो डलरको मूल्य खरिदर १३५.८२ रुपैयाँ र बिक्रीदर १३६.४२ रुपैयाँ तोकेको थियो । आज युरोपियन यूरोको एकको खरिदर १४१.०० रुपैयाँ र बिक्रीदर १४१.६२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९.७२ रुपैयाँ र बिक्रीदर १७०.४७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.७० रुपैयाँ र बिक्रीदर १५२.३७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८४.५० रुपैयाँ र बिक्रीदर ८४.८७ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.३२ रुपैयाँ र बिक्रीदर ९४.७४ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर ९९.९० रुपैयाँ र बिक्रीदर १००.३४ रुपैयाँ, जापानी येन १० को खरिददर ८.६६ रुपैयाँ र बिक्रीदर ८.६९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६० रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.१२ रुपैयाँ र बिक्रीदर ३६.२८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.२३ रुपैयाँ र बिक्रीदर ३७.४० रुपैयाँ, थाई भाट एकको खरिददर ३.९४ रुपैयाँ र बिक्रीदर ३.९६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.९५ रुपैयाँ र बिक्रीदर ३७.१२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.११ रुपैयाँ र बिक्रीदर ३०.२४ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.३७ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२९ रुपैयाँ र बिक्रीदर १२.३५ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९० रुपैयाँ र बिक्रीदर १८.९९ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४६ रुपैयाँ र बिक्रीदर १७.५४ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.४२ रुपैयाँ र बिक्रीदर ४४२.३६ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५९.७४ रुपैयाँ र बिक्रीदर ३६१.३३ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५२.५३ रुपैयाँ र बिक्रीदर ३५४.०९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
लुम्बिनी प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
काठमाडौं । लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आवश्यक भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यहाँ मुख्यमन्त्री कार्यालयसहित अन्य नौ वटा मन्त्रालयका कार्यालय भवन निर्माण भइरहेका छन् । प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन एकाइ कार्यालय दाङका सूचना अधिकारी इञ्जिनियर प्रदीप भट्टराईले भौतिक संरचना निर्माण गरी रङ्गरोगनसहित पहिलो चरणका काम सम्पन्न भएका बताए । ‘पहिलो चरणमा भौतिक संरचना निर्माण तथा रङ्गरोगनका काम सकिएका छन् । अब अन्तिम चरणका काम बाँकी छन्,’ उनले भने, ‘त्यसबाहेक भवन आसपासमा सडक विस्तार, ढल निकास, नाली, फुटपाथ, सडकबत्ती जडानका काम भइरहेका छन् ।’ यहाँ विसं २०७९ फागुन ३ गते भवन निर्माणका लागि सिलान्यास गरिएको थियो । आगामी वर्षको पुसमा निर्माण सक्ने सम्झौता भए पनि त्यसअघि नै सक्ने गरी काम भइरहेको भट्टराईले बताए । उनका अनुसार भ्याटबाहेक ३ अर्ब ९ करोड १ लाख २९ हजार रुपैयाँमा शर्मा सगुन जेभी काठमाडौंले निर्माणको काम गरिरहेको छ । विसं २०७७ असोज २० गते बुटवलमा बसेको प्रदेशसभा बैठकले यहाँ स्थायी राजधानी तोकेको थियो । दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३ तथा अर्घाखाँचीको सितगङ्गा नगरपालिका वडा नं ८ र ९ लाई केन्द्र मानेर स्थायी राजधानी तोकिएको थियो । तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलको पालामा स्थायी राजधानी यहाँ तोकिए पनि लामो समयसम्म बुटवलबाटै कामकाज भयो । मुख्यमन्त्रीमा कुलप्रसाद केसी आएपछि भने विसं २०७९ मङ्सिर १९ मा राप्ती गाउँपालिका–३ लालमटियामा रहेको राप्ती प्राविधिक शिक्षालयको भवनमा मुख्यमन्त्री कार्यालय सारेर कार्यसञ्चालन गरिएको थियो । त्यसपछि यहाँ प्रदेशसभा भवन निर्माण कार्यले तीव्रता पायो भने मन्त्रालयका संरचनाका काम अघि बढे । ‘सुरुआतमा हामीले केही मन्त्रालय भाडाका भवनमा र केही वडा कार्यालयबाट सञ्चालन ग¥यौँ । त्यसपछि लगतै मन्त्रालय निर्माणको काम अघि बढायौँ,’ पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले भने । राप्ती गाउँपालिका–३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थान्तरण गरिएपछि मात्रै यहाँ नयाँ संरचना निर्माणको काम अघि बढेको हो । हाल शिक्षालयका भवनलाई व्यवस्थापन गरी मुख्यमन्त्री कार्यालयसहित मन्त्रालयको व्यवस्थापन गरिएको छ । ११ मध्ये केही मन्त्रालय कार्यालय परिसरभन्दा बाहिर छन् । उद्योग, पर्यटन तथा यातायात मन्त्रालय राप्ती गाउँपालिकाको कार्यालय भवनमा छ भने कृषि, भूमि तथा सहकारी मन्त्रालय राप्ती गाउँपालिका–१ को कार्यालय भालुवाङमा छ । यस्तै स्वास्थ्य मन्त्रालय सिसहनियास्थित वडा कार्यालय भवनबाट सञ्चालन भइरहेको छ ।
मादी-मर्स्याङ्दी करिडोर निर्माण कार्य ६ महिनापछि पुनः सुरू
काठमाडौं । मादी–मर्स्याङ्दी करिडोरअन्तर्गत सिस्नेरी, बिर्ता, टुहुरेपसल, रम्घा हुँदै मान्टेहटिया जोड्ने सडक निर्माण कार्य रोकिएको ६ महिनापछि पुनः सुरू गरिएको छ । सडक डिभिजन कार्यालय दमौलीका अनुसार निर्माण कार्य अलपत्र बनाई सम्पर्कविहीन रहेका ‘कन्ट्याक्टर’ लाई सम्पर्कमा ल्याई निर्माण कार्य अघि बढाएको हो । बिर्तादेखि मान्टेहटियासम्म साढे सात किलोमिटर सडक कालोपत्रेका लागि केएस बेवीरमण तेज जेभीले २४ करोड ५५ लाख ९ हजार ५४८ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । उक्त निर्माण कम्पनीले २०८१ असार ३० मा सम्पन्न गर्नेगरी २०७९ असार १६ मा सम्झौता गरेको सडक डिभिजन दमौलीका इन्जिनियर एवं सूचना अधिकारी राजेन्द्र कार्कीले जानकारी दिए । उक्त करिडोरमा हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ । सम्पर्कमा आई तुरून्त काम गर्नु नत्र ठेक्का तोड्नेसम्मको पत्राचार गरेपछि ‘कन्ट्याक्टर’ले बिर्ता सडकखण्डबाट कालोपत्रे कार्य अघि बढाइएको छ । ‘टायल सेक्सन’ गर्दा नबसेपछि कलेस्ती-गजौड सडकखण्डमा अहिले कालोपत्रे कार्य रोकिएको छ,’ कार्कीले भने, ‘अहिले टुहुरेपसल क्षेत्रमा संरचनाको कार्य भइरहेको छ ।’ मौसमले साथ नदिएकाले चैत महिना लागेपछि मात्रै कलेस्ती-गजौड सडकखण्डमा कालोपत्रे कार्य अघि बढाइने सडक डिभिजन दमौलीले जनाएको छ । उक्त करिडोरअन्तर्गत व्यास नगरपालिकाको बैरेनी, कलेस्ती गजौडे बिर्ता हुँदै भानु नगरपालिकाको १०, ११, १२ र १३ लगायतका वडा जोडिने छ । निर्माण कम्पनीको लापर्वाहीका कारण अहिले निर्माण सम्पन्न गर्नुपर्ने समयमा अधुरै रहँदा आमनागरिकले समस्या भोग्नुपरेको भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । सुगुरेभञ्ज्याङ क्षेत्रमा बनको समस्याका कारण रोकिएको छ भने सुगुरे भञ्ज्याङदेखि यता थानीमाई मन्दिर जाने मार्ग जोड्ने र मान्केहटियासम्मको बीच भागमा पुल निर्माण गरेपनि निर्माण सम्पन्न नहुँदा सास्ती खेप्नुपरेको उनले बताए । मादी-मस्र्याङ्दी करिडोरअन्तर्गत पाँचसयफाँट-टुहुरेपसल खण्डका विभिन्न खोलामा निर्माणाधीन कल्र्भटमा प्रयोग गरिएको फलमका रडमा खिया लागेर नोक्सान भएकोप्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।
पोखरिया अस्पताल ५० श्ययाको प्रादेशिकमा स्तरोन्नति हुँदै
काठमाडौं । सङ्घीय मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले पर्साको पोखरिया अस्पताललाई ५० मा स्तरोन्नति गरेर प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । सङ्घीय मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले १५ श्ययाको सो अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्रबारको मन्त्रिपरिषद्को बैठकले १५ श्ययाको पोखरिया जिल्ला अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय गरेको जानकारी दिए । ‘पर्साको पोखरीयावासी नागरिकको चाहना सम्बोधन गर्दै पोखरिया अस्पताललाई ५० श्ययामा प्रदेश अस्पतालको रूपमा सञ्चालन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ,’ मन्त्री पौडेलले भने, ‘पर्सावासीको निरन्तर चासो र मागको रूपमा रहेको यस अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सबैबाट सहयोग मिल्ने आशा व्यक्त गर्दै यस कार्यमा सघाउने सबैप्रति आभार प्रकट गर्दछु ।’
राहदानी बनाउन माल्टाबाट ६५० को आवेदन, १ करोड बढी राजस्व सङ्कलन
काठमाडौं । विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउनका लागि माल्टाबाट ६ सय बढी नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले माल्टामा सञ्चालन गरेको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो । शिविरबाट राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र माल्टामा जन्मेका नेपाली बालबालिकाको नयाँ राहदानी गरी कूल ६५० जनाको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको स्पेनका लागि कार्यवाहक राजदूत यज्ञराज पौड्यालले जानकारी दिए । ५ दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट झण्डै सात सय नेपालीले सेवा लिएको कार्यवाहक राजदूत पौड्यालले बताए । शिविरबाट करिब ७८ हजार युरो अर्थात् १ करोड १० लाख रुपैयाँ राजस्व सङ्कलन भएको पौड्यालले बताए । ‘राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा दिन विशेष प्राथमिकता दिएर माल्टामा घुम्ती शिविर सञ्चालन गरेका हौँ,’ पौड्यालले भने, ‘शिविर अवधिभर हामीले सक्दो सेवा दिने प्रयास गर्यौं, माल्टाबाटै सेवा पाउँदा सहज भएको भन्दै सेवाग्राहीले खुसी व्यक्त गर्नुभयो ।’ शिविरबाट राहदानी नवीकरण, राहदानी वितरण र कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा प्रवाह गरिएको दूतावासले जनाएको छ । घुम्ती सेवामा दूतावासका सहचारी विपिन चन्द, राहदानी विभागका नायब सुब्बा विदुर खतिवडा र दूतावासका स्थानीय कर्मचारी खटिएका थिए । टोलीले डिसेम्बर १४ तारिखदेखि गैरआवासीय नेपाली सङ्घ माल्टाको कार्यालयबाट कन्सुलर सेवा प्रदान गरेको थियो । घुम्ती सेवालाई गैरआवासीय नेपाली सङ्घ माल्टासहित त्यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाले समन्वय र सहजीकरण गरेका थिए । माल्टामा नेपाली दूतावास नभएका कारण राहदानी विभाग र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले त्यहाँ घुम्ती शिविर सञ्चालन गरेको हो । यसअघि दूतावासले गत महिना स्पेनको बार्सिलोनामा घुम्ती सेवा सञ्चालन गरेको थियोे ।
उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर
काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् । दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । शतप्रतिशत दिन्छौँ दीपेन्द्रसिंह ऐरी, कप्तान सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी मैदानमा शतप्रतिशत योगदान दिने बताए । कप्तान ऐरीले फाइनल खेलका लागि कुनै विशेष योजना नभएको उल्लेख गरे । ‘त्यस्तो कुनै विशेष योजना छैन् । दुई टिममध्ये एउटाले जित्ने हो । हामी मैदानमा शतप्रतिशत दिन्छौँ,’ उनले भने । कप्तान ऐरीले अघिल्ला खेलहरु राम्रो भइरहेको बताउँदै फाइनल खेलमा पनि राम्रो गर्ने धारणा राखे । ‘सबै राम्रो भइरहेको छ । पहिले खेलेका खेलहरू पनि राम्रै भएका छन् । पहिले हरायो भनेर सजिलो रूपले लिनुभएन । प्रतिस्पर्धा एकदम रोमाञ्चक र उत्कृष्ट हुनेछ,’ उनले भने, ‘हामीले योजना बनाएर खेलिरहेका छौँ । फाइनल खेल पनि लिगहरूका खेलमा खेले जस्तै खेल्नेछौँ । फाइनल शतप्रतिशत दिनेछौँ ।’ राम्रो प्रदर्शन गर्छौंः आशिफ शेख, कप्तान, जनकपुर बोल्ट्स जनकपुर बोल्ट्सका कप्तान आशिफ शेख फाइनल खेलमा राम्रो प्रदर्शन गर्ने बताए । ‘आफूसँग जे जति छ, त्यो मैदानमा दिने छौँ । फाइनल खेलको नतिजाका बारेमा अहिले नै सोचेका छैनौँ तर उत्कृष्ट प्रदर्शन गर्नेछौँ,’ उनले भने । कप्तान शेखले भने, ‘भोलि एउटा क्वालिटी क्रिकेट खेल्छौँ । हामीसँग जे जति छ, त्यो भोलि मैदानमा दिन्छौँ । रिजल्टका बारेमा त्यस्तो केही सोचेका छैनौँ । मैदानमाबाट निस्कने बेलामा यति मात्र महसुस हुनुपर्यो कि, आफूसँग जे जति थियो सबैलाई दियौँ ।’
कोशी प्रदेशमा वर्षा र हिमपात हुने, यस्तो छ देशभरको मौसम
काठमाडौं । कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । सो प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक/दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । यद्यपी बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै केही स्थानमा कुहिरोको समेत सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।