बुढानीलकण्ठमा चौथो रोजगार तथा वृति मेला सुरु, सयौं पदमा आवेदन दिन सकिने
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा भएको चौथो रोजगार तथा वृति मेला सुरु भएको छ । मेलाको पहिलो दिन शुक्रबार विभिन्न रोजगार दाताहरूको स्टलमा आएर सयौं नगरवासीले रोजगारका लागि आवेदन दिएका छन् । नगरपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न व्यावसायीक संस्था तथा रोजगारदाताहरूले राखेको स्टलमा र अनलाइन मार्फत आवेदन दिएका बेरोजगार नगरवासीहरूलाई रोजगार दिने तयारी गरिएको छ । शनिवार पनि इच्छुक बेरोजगार नगरवासीले ९ बजेपछि नगर कार्यालय परिसरमा आएर आवेदन दिन सक्ने नगरपालिकाले जानकारी दिएको छ । विगतका मेलाहरूमा परामर्श र रोजगार प्रवर्धनलाई जोड दिएको नगरपालिकाले यस पटक भने रोजगारदाताको प्रत्यक्ष सहभागितामा नगरपालिका परिसरमा रहेका रोजगारदाताहरूको स्टलमै आवेदन दिन सकिने व्यवस्था गरेको छ । शिक्षा, सीप र उद्यमशीलता: रोजगारी हाम्रो प्राथमिकता भन्ने नारा सहित चौथो रोजगारी तथा वृत्ति मेला आयोजना गर्न गइरहेको यस नगरपालिकाले यसपालिको मेलामा युवा रोजगारीलाई विशेष प्राथमिकतामा राखेको छ । पहिलोदेखि तेस्रो वृत्ति मेलामा समेत रोजगारी एवंं युवा तथा विद्यार्थी वृत्ति परामर्शलाई प्राथमिकतामा राखिएको थियो । यस अवधिका तीनवटै रोजगारी तथा वृत्ति मेलामा बेरोजगार युवाहरुको तथ्याङ्क सङकलन गरिएको थियो । तथ्याङ्क सङकलनका क्रममा बेरोजगार युवाहरूले लिन चाहेको रोजगारमूलक तालिमको माग सङ्कलनसमेत गरिएको थियो । माग बमोजिम रोजगारी तथा वृत्ति कार्यक्रम अन्तर्गत २० जनालाई सिनियर १० महिने प्लम्बरिङ, ६० जनालाई कुकिङ र ४० जनालाई १० महिने कम्प्युटर हार्डवेयर तालिम प्रदान गरिएको छ। यसैगरी १२ वटै सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थी वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिएको छ । रोजगारदाता र बेरोजगार युवाबीच सम्पर्क स्थापित गर्न अनलाइन प्लेट फर्म सञ्चालनमा ल्याइएको छ। शिक्षक आपूर्तिलाई सहज बनाउन शिक्षक बैंक निर्माण गरी सञ्चालनमा ल्याइएको छ । सयौंको सङ्ख्यामा रोजगारदाता र बेरोजगार युवाहरूबीच रोजगारीका लागि सम्पर्क स्थापित भएको छ । यसअघि सम्पन्न तीनवटै वृत्ति तथा रोजगार मेलामा विद्यार्थी, युवा र गृहणी महिलाहरुको आकर्षणको केन्द्र बनेको आम अनुभूति रहन गएको छ। मेलामा बढीभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेका उद्यमीहरूलाई नगर परिसरमा स्टल राख्न दिने व्यवस्था मिलाइएको छ । मेलामा कुल ४२ स्टल रहेका छन् । यस चौथो रोजगार तथा वृत्ति मेलामा २५ हजारभन्दा बढी गृहणी महिला, युवा तथा विद्यार्थी लगायतले अवलोकन गर्ने र मेला अवधिमा दर्जनौं बेरोजगार युवाहरूले रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि
फाइल फोटो । काठमाडौं । नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुको ग्रोसरी डेलिभरी सेवा फुडमाण्डु वानमार्टले अब ललितपुरमा पनि आफ्नो सेवा विस्तार गरेको छ । अब उक्त क्षेत्रका ग्राहकहरूको दैनिक आवश्यक सामानहरूको किनमेल अझ सहज हुने भएको छ । सुरुवातमा वानमार्टको सेवा गैरिधाराको ३ किलोमिटर क्षेत्रभित्र सीमित रहेको थियो । अब ललितपुर क्षेत्रमा यो सेवा फैलिएको छ जसमा जावलाखेल, लगनखेल, सातदोबाटो, इमाडोल, सानेपा, धोबीघाट, भैंसेपाटी, नक्खु र बालकुमारी क्षेत्र समावेश रहेका छन् । यी क्षेत्रका ग्राहकहरूले अब ७०० भन्दा बढी गुणस्तरीय सामानहरू सजिलै अर्डर गरी तुरुन्त र भरपर्दो डेलिभरी प्राप्त गर्न सक्नेछन् । फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, ‘हामी सधैं आफ्ना ग्राहकहरूको जीवनलाई अझ सहज बनाउने उपायको खोजीमा छौं । ललितपुरमा फुडमाण्डु वानमार्टको सेवा विस्तार गर्नु हाम्रो लागि थप अर्को एक सिढी हो जसले अब त्यस क्षेत्रका ग्राहकवर्गको दैनिक किनमेललाई पनि खाना अर्डर गरे जस्तै सजिलो बनाउनेछ ।’ यस विस्तारसँगै फुडमाण्डु वानमार्टले गुणस्तरीय सामानको तुरुन्त डेलिभरीका साथ साथै झन्झटमुक्त किनमेलको अनुभव प्रदान गर्दै ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने लक्ष्य राखेको छ । कम्पनीले आगामी दिनहरूमा अन्य धेरै क्षेत्रहरूमा सेवा विस्तार गर्दै अनलाइन ग्रोसरी किनमेलको बढ्दो मागलाई पूरा गर्ने योजना बनाएको छ ।
बीवाईडीले गर्यो डिपाइलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम सार्वजनिक
काठमाडौं । विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी निर्माता बीवाईडीले आफ्नो मुख्यालय सेनझेनमा डिपाइलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम (डिपाईलट सिस्टम) सार्वजनिक गरेको छ । डिपाइलट ६००, डिपाइलट ३०० र डिपाइलट १०० सहितको यो सिस्टमले सबै ग्राहकहरूका लागि उच्चस्तरीय स्मार्ट ड्राइभिङ प्रविधिलाई सहज बनाउने विश्वास बीवाईडीको छ । बीवाईडीले भने यो सुविधा आफ्ना सबै मोडलमा बिना कुनै अतिरिक्त शुल्क दिने जनाएको छ । सबैभन्दा कम मूल्यको मोडल सिगलमा समेत यो सुविधा उपलब्ध हुनेछ, जसको मूल्य ९ हजार ५५५ डलर मात्र रहेको छ । कम्पनीले नयाँ प्रविधिसँगै ग्राहकहरूलाई सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । अहिलेसम्म सेन्सर र क्यामेराजस्ता उच्च प्रविधि भएका सेल्फ ड्राइभिङ सिस्टमहरू महँगा गाडीहरूमा मात्र उपलब्ध हुने गथ्र्यो । तर, बीवाईडीले अब यो परिवर्तन गर्दै यस्ता प्रविधि केवल महँगा गाडीहरूमा सीमित नराखी सबैलाई सहज रूपमा उपलब्ध गराउन लागेको हो । डिपाइलट सिस्टम तीन भिन्न संस्करणहरूमा उपलब्ध छ । डिपाइलट ६०० मा तीनवटा लिडार छन्, जसलाई मुख्यतः याङवाङ मोडेलहरुमा प्रयोग गरिनेछ । डिपाइलट ३०० मा एउटा लिडार छ, जुन मुख्य रूपमा डेन्जा र केही बीवाईडी मोडेलहरूमा प्रयोग गरिनेछ । त्यस्तै, डिपाइलट १०० मा तीनवटा क्यामेरा छन्, जुन बीवाईडीका विभिन्न मोडेलहरूमा प्रयोग गरिनेछ । विशेष गरी डिपाईलट १०० मा फ्रन्ट–फेसिङ तीन क्यामेरा फाइभ आर १२ भी सेन्सिङ हार्डवेयर र एन्ड–टु–एन्ड कन्ट्रोल एल्गोरिदम समावेश छ, जसले प्रविधि, सेन्सर, एल्गोरिदम र डेटा क्षेत्रमा ठूलो प्रगति देखाउँछ । यसले ग्राहकहरूलाई सबैभन्दा आवश्यक पर्ने सुविधाहरू प्रदान गर्छ । मेमोरी नेभिगेसन अन अटोपाईलट (एमएनओए) प्रणाली दैनिक यात्रा वा अफिस आउने–जाने जस्ता उच्च–प्रयोग मार्गहरूका लागि उपयुक्त छ । यसले ट्राफिक बत्तीमा आफै रोक्ने र अघि बढ्ने, जटिल मोडहरू पार गर्ने, स्वचालित ओभरटेक गर्ने, कुनै पनि परिस्थितिमा अवरोध छलेर अघि बढ्ने र लेन परिवर्तन गर्न सम्झौतासहित निर्णय गर्ने जस्ता सुविधाहरू प्रदान गर्छ । डिपाइलट सिस्टमले ग्राहकहरूको सुरक्षा निकै बढाउन सक्ने विश्वास लिइएको छ । एचएनओएअन्तर्गत डिपाइलट १०० ले १ हजार किलोमिटरसम्म बिना कुनै म्यानुअल हस्तक्षेप स्वचालित रूपमा यात्रा गर्न सक्छ । यसको अटोमेटिक एमरजेन्सी बे्रकिङ्ग (एईबी) प्रणालीले १०० किमि प्रति घण्टासम्म गाडीलाई भरपर्दो रूपमा रोक्न सक्छ र भविष्यमा १२० किमि प्रति घण्टा र १४० किमि प्रति घण्टासम्मको गति सम्हाल्ने योजना छ । एभीपी प्रणालीको सफलता दर ९९ प्रतिशत रहेको छ, जसले आपतकालीन अवस्थाहरूमा छिटो निर्णय गरेर दुर्घटना हुनबाट बचाउन मद्दत गर्छ । ५ हजारभन्दा बढी इन्जिनियरहरू यो क्षेत्रमा काम गरिरहेका छन् भने ४४ लाखभन्दा बढी गाडीहरूमा एल टु स्तरको एडीएएस प्रविधि जडान गरिएको छ । यस विशाल भेहिकल–क्लाउड डाटाबेसको सहयोगले बीवाईडी स्मार्ट ड्राइभिङ प्रविधिको विकास र व्यापक प्रयोगमा नेतृत्व गर्न सक्षम रहेको छ ।
साइबरट्रक दुर्घटनाले तनावमा टेस्ला, सेल्फ-ड्राइभिङ सफ्टवेयरबारे चिन्ता बढ्यो
काठमाडौं । टेस्ला हाल साइबरट्रकको सेल्फ–ड्राइभिङ मोडमा भएको दुर्घटनालाई लिएर तनावमा छ । टेस्ला कम्पनीमा सफ्टवेयरको भरपर्दोपनलाई लिएर चिन्ता बढेको हो । यो घटना प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले यस वर्ष भुक्तानीयोग्य रोबोट्याक्सी सेवा सुरु गर्ने घोषणा गरेको केही दिनपछि भएको हो । टेस्लाको नयाँ पिकअप ट्रक ’फुल सेल्फ–ड्राइभिङ’ (एफएसडी) फिचरमा रहेको बेला दुर्घटनामा परेको थियो । यसमा अझै चालकको नियन्त्रण आवश्यक पर्ने जनाइएको छ । ‘मैले गरेको गल्ती नगर्नुहोस् । ध्यान दिनुहोस् । अहिले आत्मसन्तुष्ट हुन सजिलो छ – नहोस्,’ ड्राइभर जोनाथन च्यालेन्जरले सोशल मिडिया प्लेटफर्म एक्समा एलन मस्कलाई ट्याग गर्दै भने, ‘मेरो सन्देश फैलाउनुहोस् र अन्यलाई समान वा अझ बढी खराब भाग्यबाट बचाउन मद्दत गर्नुहोस् ।’ पुलिस रिपोर्टअनुसार चालकले अज्ञात मेकानिकल समस्याका कारण गाडीले लेन छोडेर पोलमा ठोक्किएको बताए । टेस्लाको सुरक्षा विवाद फेरि सतहमा टेस्ला विगतका वर्षहरूदेखि सेल्फ–ड्राइभिङ सफ्टवेयरको सुरक्षासम्बन्धी विवादहरूमा परिरहेको छ । यसको एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) प्रयोग गरिएका विभिन्न दुर्घटनाहरू (घातकसमेत) को अनुसन्धान हुँदै आएको छ । तर एलन मस्कले केही साताअघि भनेका थिए कि नयाँ भर्सन थर्टीन अपडेटपछि टेस्लाको टेक्नोलोजीमा ’अत्यधिक सुधार’ भएको छ । तर, यो पछिल्लो साइबरट्रक दुर्घटना सामाजिक सञ्जालमा भाइरल भएपछि विज्ञहरूले यो प्रविधि अझै पूर्ण रूपमा तयार नभएको चेतावनी दिएका छन् । प्रोफेसर साबेर फल्लाह (सेफ एआई र अटोनोमी, यूनिभर्सिटी अफ सरे) भन्छन्– ‘टेस्लाले यस्तो प्रविधिको दौड सुरु गरिरहेको छ, जुन अझै तैनाथ गर्न तयार छैन । लेन अन्त्य हुने, लेन मर्ज गर्ने वा अकस्मात सडकको लेआउट परिवर्तन हुने अवस्थाहरूमा एआई प्रणालीहरू अझै विश्वसनीय छैनन् ।’ टेस्लाले हालसम्म यस घटनाबारे औपचारिक प्रतिक्रिया दिएको छैन । टेस्लाको रोबोट्याक्सी योजना र आगामी चुनौतीहरू एलन मस्कले जुन २०२५ देखि टेक्सासको अष्टिन सहरमा रोबोट्याक्सी परीक्षण गर्ने योजना सुनाएका छन् । यसपछि क्यालिफोर्निया र अन्य अमेरिकी क्षेत्रमा सेवा विस्तार गरिने बताइएको छ । एलन मस्कले जुन २०२५ देखि टेक्सासको अष्टिन सहरमा रोबोट्याक्सी परीक्षण गर्ने योजना सुनाएका छन्। यसपछि क्यालिफोर्निया र अन्य अमेरिकी क्षेत्रमा सेवा विस्तार गरिने बताइएको छ। टेस्लाका लागि रोबोट्याक्सीको सफल सञ्चालन अति आवश्यक छ । किनभने टेस्लाका पुराना ईभी मोडेलहरूको माग घट्दै गएको छ र लगानीकर्ताहरू अब मस्कको रोबोटिक्स र एआई योजनामा बढी आश्रित छन् । अन्य वाहन निर्माताहरूले सुरक्षाको लागि बहुप्रविधि प्रयोग गर्ने भएतापनि टेस्लाको दृष्टिकोण केवल क्यामेरामा निर्भर छ । घाटामा भियतनामी ईभी भिनफास्ट, डेलिभरी तीव्र बनाए पनि विदेशमा बिक्री गर्न संघर्ष ईभी ब्याट्री रिसाइक्लिङमा नयाँ उपलब्धी हासिल, युरोपलाई चीनविरुद्ध प्रतिस्पर्धा गर्न सजिलो निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ? मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै
हुलाकी राजमार्ग : रतुवा खोलामा बन्यो पक्की पुल
झापा । झापा र मोरङको दक्षिणी क्षेत्रलाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको रतुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका सूचना अधिकारी उपेन्द्र दासका अनुसार निर्माण सुरु भएको १७ वर्षपछि पुल बनेको हो । उनले पुल निर्माण सम्पन्न भएसँगै पहुँच मार्ग विस्तारको काम भइरहेको बताए । विसं २०८१ असार १७ गते सम्पन्न हुनेगरी देव एण्ड सायररसमतारआशिषदीप जेभीसँग विसं २०७९ पुस १७ गते रु २२ करोड ३७ लाखमा ठेक्का सम्झौता भएको थियो । उक्त कम्पनीले अघिल्लो निर्माण कम्पनीले अलपत्र अवस्थामा छाडेको पुल निर्माण सम्पन्न गरेको उनले बताए । सूचना अधिकारी पन्तका अनुसार पहिलोपटक आर्थिक वर्ष २०६४/६५ मा कालिका–ओसिए जेभीले रु १० करोड ३२ लाखमा पुल निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको थियो । तीन सय ४८ मिटर लम्बाइ रहेको सो पुल दुई सय चार दशमलव आठ मिटर मात्रै निर्माण गरेर ठेकेदार कम्पनीले अलपत्र छाडेको थियो । ‘पुल निर्माणपछि सवारीसहित आवतजावत सुरु भएको छ’, उनले भने, ‘सम्भवतः यही महिनाभित्र पहुँच मार्ग निर्माणपछि पुल सञ्चालन सहज रूपमा हुन्छ ।’ पुलको सुरक्षाका लागि खोलामा तटबन्ध निर्माण पनि भइरहेको छ । उनले कनकाइ खोला पुल निर्माणसँगै पूर्वको मेची पुलदेखि विराटनगरसम्म हुलाकी राजमार्ग सहज रूपमा सञ्चालनमा आउने बताए । ठेकेदारको लापरवाहीले सो पुल निर्माणमासमेत ढिलाइ भइरहेको छ ।
‘ग्यास व्यवसायी खाडी पस्दैछन्, सरकारले नाफा नबढाइदिनुको विकल्प छैन’
काठमाडौं । ग्यास बिक्रेता महासंघ नेपालका निवर्तमान अध्यक्ष चन्द्र थापाले ग्यास उत्पादक तथा बिक्रेताहरू अहिले ठूलो समस्यामा रहेको बताएका छन् । विकासन्युजसँग कुराकानी गर्दै उनले ग्यास उद्योगी तथा व्यवसायी ठूलो समस्यामा रहेर पलायन हुने स्थिति सिर्जना भइरहेको बताएका हुन् । ‘हामीले नेपालमा उद्योग चलाएर धेरैलाई रोजगारी दिएका छौं, स्वरोजगार बनेका छौं । तर, विगत ५/६ वर्षदेखि ग्यास व्यवसायी समस्यामा छौं, लगानी बढेको छ, सञ्चालन खर्च बढेको छ, व्यवसाय नोक्सानमा छ, व्यवसायी खाडी मुलुक पस्दैछन्,’ थापाले भने । यस्तै, उनले व्यवसायी समस्यामा पर्दा उद्योगहरू मर्जर गरिरहेको पनि जानकारी दिए । उनका अनुसार सरकारले नाफा नै तोकिदिँदा समस्या सिर्जना भएको हो । ‘उद्योगी र बिक्रेताको समस्या समान छ, ग्यास बिक्रेताहरू आत्मनिर्भर हुन नसकेर खाडी मुलुक रोजिरहेका छन्, नेपालमै व्यवसाय गर्न र स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण सिर्जना गर्न भनेर सरकारसँग विभिन्न माग राखेका छौं,’ थापाले भने, ‘नेपाल आयल निगमले उद्योगी र बिक्रेताको मागमा ध्यान नदिएको अवस्था छ,’ आन्दोलन गर्ने रहर होइन, बाध्यता हो ।’ आन्दोलन तथा बन्द हड्ताल गरेर अगाडि बढ्न आफूहरूलाई पनि अप्ठ्यारो भएको उनको भनाइ छ । उनले उपभोक्ता र बिक्रेतालाई पनि मार नपर्ने गरी काम गर्नु पर्ने धारणा राखे । ‘हामीले ग्यासको मूल्य बढाउनु भनेको होइन, अन्य पद्धतिबाट निगमले हेरिदिनुपर्छ । व्यवसायी पनि टिक्न सक्ने र उपभोक्तालाई पनि मार नपर्ने गरी अगाडि बढ्न सकिन्छ, निगमलाई पेट्रोलियम पदार्थमा नाफा छ, व्यवसायी घाटामा चलिरहेका छन्, यो बीचबाट विकल्प खोज्नुपर्छ,’ उनले भने । पूरा भिडियो :
जापानले मूल्य वृद्धिका कारण आपत्कालीन चामल भण्डार जारी गर्ने
काठमाडौं । जापान सरकारले शुक्रबार बढ्दो मूल्यको प्रतिक्रियामा आपत्कालीन प्रयोगका लागि सुरक्षित राखिएको चामलको भण्डार जारी गर्ने बताएको छ । चामल राष्ट्रको प्रिय मुख्य खाद्यान्न हो । सरकारले विगतमा ठूला भूकम्प जस्ता आपत्कालीन अवस्थामा आफ्नो चामल भण्डार प्रयोग गरेको थियो तर वितरणमा अवरोधका कारण यसो गर्ने यो पहिलो पटक हुनेछ । सन् २०२३ मा अत्यधिक गर्मी मौसमले निम्त्याएको अभावले मागलाई अत्यधिक बढाएपछि गत गर्मीमा चामलको मूल्य बढेको थियो र त्यसपछि निरन्तर बढ्दै गएको छ । जलवायु परिवर्तनले निम्त्याएको अत्यधिक गर्मी लहरले विश्वका धेरै भागलाई घेरेको बेला जापानले सन् २०२४ मा रेकर्ड गरिएको सबैभन्दा तातो वर्षको सामना गर्दै निरन्तर उच्च तापक्रमको सामना गरिरहेको छ । कृषिमन्त्री टाकु इटोले पत्रकारहरूलाई सरकारले आफ्नो १० लाख टन भण्डारबाट दुई लाख १० हजार टन चामल जारी गर्ने बताए । ‘हामी जसरी पनि वितरणको स्थिर अवस्थालाई सुधार गर्न चाहन्छौँ’, उनले भने । सरकारले शरद ऋतुमा नयाँ फसलको चामल बजारमा आएपछि मूल्य स्थिर हुने आशा गरेको थियो तर वृद्धि जारी रह्यो । सरकारी सर्वेक्षणअनुसार फेब्रुअरीमा पाँच किलोग्रामको थैलाको पछिल्लो औसत खुद्रा मूल्य तीन हजार छ सय ८८ येन (२४ डलर) थियो । यो गत वर्षको दुई हजार २३ येनबाट बढेको हो । एक अभूतपूर्व कदममा कृषि मन्त्रालयले गत महिना नयाँ नियमअन्तर्गत सरकारको चामल भण्डारको बिक्रीलाई अनुमति दिने निर्णय गरेको थियो । पहिले भण्डार गरिएको चामल गम्भीर बाली असफल भएमा वा विपत्तिको अवस्थामा मात्र जारी गर्न सकिन्थ्यो तर नियमहरूमा परिवर्तनले चामल वितरण स्थिर मानिएको बेला जारी गर्न अनुमति दिन्छ । मन्त्रालयले एक वर्षभित्र वितरकहरूबाट त्यही परिमाणको चामल फिर्ता खरिद गर्नुपर्छ । दुई वर्षअघि चामलको ठूलो बाली असफल भएपछि किनमेलकर्ताहरू यो मुख्य खाद्यान्न किन्न हतारिएपछि सरकारले सन् १९९५ मा चामल भण्डारण गर्न कानून लागू गरेको थियो ।
कामनपा प्रहरीको चेतावनी- कवाड हटाउन अझै अटेर गरे फेरि डोजर चल्छ
काठमाडौं । काठमाडौं महानगरपालिकाले आवासीय क्षेत्रमा जोखिम बढेको र स्थानीयको गुनासोका आधारमा कवाड संकलन र भण्डारणमा रोक लगाएको जनाएको छ । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै महानगर प्रहरीले जनगुनासोको आधारमा आवासीय क्षेत्र बाहेकका स्थानमा मात्रै कवाडी राख्ने र आवासीय क्षेत्रमा पूर्ण रूपमा हटाउने नगरसभाको निर्णय कार्यान्वयन गरिएको स्पष्ट पारेको हो । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मापदण्ड विपरीतका टहरा निर्माण गरी कवाडी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुले सम्झाउँदा समेत नमानेको कारणले जबरजस्ती गर्नुपरेको बताए । उनले कवाड व्यवसायमा रोक लगाउन नगर पहरीले सम्झाउँदा समेत अटेर गर्ने र प्रहरीमाथि आक्रमण गरेका घटनाहरूलाई बंग्याउने काम भएको भन्दै आपत्ति जनाए । उनले स्थानीयको गुनासो र आवासीय क्षेत्रमा बढेको जोखिम कम गर्न मात्रै कवाड संकलनमा रोक लगाएकोमा सत्य कुरालाई बंग्याएर विभिन्न टिकाटिप्पणी भइरहेको भन्दै दुःख व्यक्त गरे । कवाड व्यवसायमा सञ्चालनमा रोक लगाउन सम्झाउन गएको प्रहरीमाथि आक्रमण हुँदा नगर प्रहरी घाइते भएको उनले बताए । नगर प्रहरी प्रमुख पाण्डेले अझैपनि धेरै ठाउँमा महानगरको आदेशलाई अटेर गरेर कवाड व्यवसाय सञ्चालन हुँदै आएको बताए । महानगर प्रहरी स्थानीय तहको प्रहरी भएको कारण स्थानीय तहको आदेश र निर्णय मात्र कार्यान्वयन गरेको उनको भनाइ छ । उनले चैत÷वैशाखमा आउने हुरिले टहराहरू उडाएर थप जोखिम निम्त्याउने भन्दै समयमै टहराहरु हटाउन स्थानीयलाई आग्रह गरे । कवाड हटाउन अझै अटेर गरेको अवस्थामा महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुने उनको भनाइ छ ।