जर्मनीमा नवीकरणीय ऊर्जाबाट ६० प्रतिशत बिजुली उत्पादन हुने
काठमाडाैं । जर्मनीको बिजुली उत्पादनको ५९.४ प्रतिशत हिस्सा वायु ऊर्जा, सौर्य ऊर्जा, बायोग्यास र जलविद्युत जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूले ओगटेको सङ्घीय तथ्याङ्क कार्यालय (डेस्टाटिस) ले बुधबार जनाएको छ । डेस्टाटिसको अनुसार, नवीकरणीय विद्युत उत्पादन २५६.४ बिलियन किलोवाट-घन्टा (पध्ज) को सबै समयको उच्चमा पुगेको छ, जुन वार्षिक रूपमा २.३ प्रतिशतले बढेको प्रतिनिधित्व गर्दछ । उत्पादनमा अलिकति गिरावट आए पनि वायु उर्जा जर्मनीको सबैभन्दा ठूलो बिजुलीको स्रोत बनेको छ । वायु उर्जाबाट उत्पादन सन् २०२३ मा १.४ प्रतिशतले घट्ने अपेक्षा गरिएको थियो । तर, कुल विद्युत उत्पादनमा यसको अंश सन् २०२३ मा ३०.८ प्रतिशतबाट बढेर सन् २०२४ मा ३१.५ प्रतिशत पुगेको छ । फोटोभोल्टिकबाट विद्युत उत्पादन १०.४ प्रतिशतले ५९.५ बिलियन पध्ज सम्म बढेर सौर्य ऊर्जाको उल्लेखनीय वृद्धि देख्यो । यसले जर्मनीको कुल बिजुली आपूर्तिमा सौर्य ऊर्जाको हिस्सा १३.८ प्रतिशतमा पुर्यायो, जुन सन् २०१८ मा डाटा सङ्कलन सुरु भएदेखिकै उच्च स्तर हो । सन् २०२४ मा जम्मा ४३१.५ अर्ब किलोवाट प्रतिघण्टा बिजुली उत्पादन गरी जर्मन ग्रिडमा जोडिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३.६ प्रतिशतले कमी हो । डेस्टाटिसले यो गिरावटको कारण औद्योगिक बिजुलीको मागमा आएको कमी, कम उत्पादन र विदेशबाट बिजुली आयातमा भएको वृद्धिलाई बताएको छ । रासस
मुख्य व्यापारिक साझेदारमाथि आक्रामक बने ट्रम्प, स्टील र एल्युमिनियम आयातमा २५ प्रतिशत कर
काठमाडौं । संयुक्त राज्य अमेरिकाले ह्वाइट हाउसले प्रतिबद्धता गरेअनुसार स्टिल र एल्युमिनियमको आयातमा लगाइएको व्यापक करलाई ‘कुनै अपवाद वा छुट बिना’ लागू गर्दै बुधबार आफ्नो करको दायरालाई व्यापक बनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै धातुमा लगाएको २५ प्रतिशत करले घरेलु उपकरण, सवारी साधन र पेय पदार्थमा प्रयोग हुने क्यानसम्मका विभिन्न वस्तुको उत्पादन लागतमा वृद्धि हुने सम्भावना छ । करवृद्धिसँगै मूल्यमा प्रभाव पारेमा यो अचम्मको बिषय हुने छैन,’ उनले भनेका छन् । उनले अमेरिका कार निर्माता र आवासीय र व्यावसायिक दुवै भवन निर्माण गर्ने देशमा इस्पातको विश्वका सबैभन्दा ठूला प्रयोगकर्तामध्ये एक भएको बताएका छन् । युरोपेली आयोगले संयुक्त राज्य अमेरिकाबाट ‘अनुचित व्यापार प्रतिबन्ध’ को प्रतिक्रियामा अप्रिल १ देखि ‘प्रतिकारको शृङ्खला’ लागू गर्ने बताएको अन्तर्राष्ट्रिय माध्यममा उल्लेख छ । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले एक विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘अमेरिकाले २८ अर्ब अमेरिकी डलर बराबरको कर लगाइरहेकोले हामी त्यसको प्रतिकारका लागि त्यति नै रकम बराबरको करवृद्धिका साथ जवाफ दिइरहेका छौँ ।’ ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार क्यानडा, मेक्सिको र चीनमाथि भारी कर लगाएका छन् । अप्रिल २ देखि नयाँ कर लगाउने वाचा गर्दै आफ्नो छिमेकी मुलुक (मेक्सिको र क्यानडा) का लागि आंशिक रुपमा मात्र कर फिर्ता लिने घोषणा गरेका छन् । ईवाईका प्रमुख अर्थशास्त्री ग्रेगरी डाकोको हालैको प्रषेपण अनुसार पछिल्लो शुल्कले क्यानडालाई निकै ठूलो असर पार्नेछ, क्यानडाले अमेरिकी एल्युमिनियम आयातको लगभग आधा र यसको इस्पात आयातको २० प्रतिशत आपूर्ति गर्नेछ । क्यानाडाबाहेक, ब्राजिल र मेक्सिको पनि स्टीलको प्रमुख अमेरिकी आपूर्तिकर्ताहरू हुन् । त्यसैगरी, संयुक्त अरब इमिरेट्स (युएई) र दक्षिण कोरिया एल्युमिनियमको प्रमुख प्रदायकहरू मध्ये एक हुन्। बुधबारको कर पहिलेको भन्दा माथि छ । यसको मतलब केही क्यानाडा र मेक्सिको स्टील र एल्युमिनियम उत्पादनहरूले यूएस–मेक्सिको–क्यानाडा सम्झौता (यूएसएमसीए) को अनुपालन नगरेसम्म ५० प्रतिशत कर दरको सामना गर्न सक्दछन् । ट्रम्पको व्यापार योजनामा अनिश्चितता र यसले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई मन्दीमा धकेल्न सक्ने चिन्ताले वित्तीय बजारलाई तहसनहस पारेको छ, ‘वाल स्ट्रिट इन्डेक्स’ मङ्गलबार लगातार दोस्रो दिन ओरालो लागेको छ । तर ट्रम्पले वाल स्ट्रिटमा मङ्गलबार भएको नोक्सानीलाई नकार्दै अर्थतन्त्रलाई सम्हाल्ने विषयमा आफूले कुनै मन्दी नदेखेको बताएका छन् । ‘बम्पी’ सङ्क्रमण ट्रम्पका व्यापार निर्णयहरू अस्थिरताका साथ आएका छन्, राष्ट्रपतिले क्यानाडाको इस्पात र एल्युमिनियममा कर दरलाई दोब्बर गरेर ५० प्रतिशतमा झार्ने चेतावनी दिएका छन् । क्यानडाको ओन्टारियो प्रान्तले यसअघि अमेरिकी करको बदलामा तीन वटा अमेरिकी राज्यमा विद्युत महशुल लगाउने निर्णय गरेको थियो । वासिङ्टन र ओटावाले व्यापार तनाव बढेसँगै दिनभर व्यापक करका चेतावनी आदानप्रदान गरे र ट्रम्पले आफ्नो देशको उत्तरी छिमेकीलाई गाभ्ने उत्तेजक योजनाहरूबारे भनाइहरूलाई दोब्बर गरे । तर, वासिङ्टनसँगको वार्तापछि ओन्टारियोले करवृद्धिलाई रोकेको थियो । ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले ट्रम्पले अमेरिकी जनतालाई जिताउनका लागि ‘अमेरिकी अर्थतन्त्रको लाभ’ प्रयोग गरेको बताएका छन् । ओन्टारियोका सरकार प्रमुख डग फोर्ड, अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिक र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरबीच बिहीबार वासिङ्टनमा भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसका वरिष्ठ सल्लाहाकार पिटर नाभारोले ट्रम्पले कर वृद्धिबारे गरेको प्रश्नको जवाफमा यो प्रक्रिया ‘वार्ता’ भएको बताए । ‘यो सङ्क्रमण हो’ उनले भने, ‘यो कहिलेकाहीं हुन्छ । शायद यो एक सानो राजनीतिक उथलपुथल हो ।’ व्यापक अनिश्चितता पछिल्लो कर लागू हुनुअघि नै, निर्माताहरूले लागत प्रभावी घरेलु आपूर्तिकर्ताहरू फेला पार्न सङ्घर्ष गरिरहेका छन् । काटो इन्स्टिच्युटको प्याकार्डका अनुसार संरक्षणवादको धम्कीले अमेरिकी स्टिल र एल्युमिनियम कम्पनीहरूलाई आफ्नो मूल्य बढाउन अनुमति दिएको छ। ‘यसले ठूलो मात्रामा अनिश्चितता सिर्जना गरिरहेको छ,’ उनले भनेका छन् । अमेरिकी स्टिल प्रयोग गर्ने केही अमेरिकी उत्पादकहरूले करवृद्धिलाई सकारात्मक विकास मान्छन् किनकि यसले उनीहरूको व्यवसायलाई बढावा दिएको छ। अन्यले भने करले आयातको लागत बढाउने र अमेरिकी निर्मित सामानहरू पनि त्यत्तिकै महँगो हुने चेतावनी दिएका छन् । ईवाईका डाकोले पनि नयाँ स्टिल र एल्युमिनियमको कर ट्रम्पले सन् २०१८ मा लागू गरेको कदमभन्दा बढी भएको उल्लेख गरेका छन् । यस पटक एल्युमिनियम आयातमा पनि उच्च दर छ र विद्यमान प्रतिबन्धहरूमा तहगत शुल्कको साथ यसले ‘धेरै उद्योगहरूमा विदेशी स्रोतहरूलाई अधिक महँगो बनाउने सम्भावना छ । अस्ट्रेलिया र जापानजस्ता अमेरिकी साझेदारहरूले हालैका दिनमा बहिष्करणका लागि दबाब दिन वासिङ्टनको भ्रमण गरे तापनि बुधबार लागू करमा उनीहरूलाई पनि छुट मिलेको छैन । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कर ‘पूर्णतया अनुचित’ भएको तर आफ्नो देशले त्यसको प्रतिकार नगर्ने बताएका छन् । ट्रम्पले आफ्नो पहिलो प्रशासनमा जस्तै अन्ततः केही देशलाई राहत दिने र अन्य देशसँगको सम्झौता कटौती गर्ने वा नगर्ने भन्ने स्पष्ट छैन । ट्रम्पले वासिङ्टनले अनुचित ठानेको व्यापार अभ्यासलाई सुधार गर्न अप्रिल २ सम्ममा छुट्टै पारस्परिक कर लगाउने वाचा गरेका छन्, जसले थप उत्पादन र व्यापारिक साझेदारहरूलाई विशेष रूपमा लक्षित गर्ने सम्भावना बढाएको छ । एजेन्सीकाे सहयाेगमा ।
टाटा एस ईभी १०० युनिटभन्दा बढी बिक्री
काठमाडौं । नेपालमा टाटा एस ईभी १०० युनिटभन्दा धेरै बिक्री भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कमर्ससियल ईभी १०० युनिटभन्दा धेरै बिक्री भएको जानकारी दिएको हो । यसै अवसरमा सिप्रद्रीले विशेष समारोहको समेत आयोजना गरेको थियो । सिप्रदीका अनुसार गत असोजको पहिलो साता नेपालमा सार्वजनिक भएको टाटा एस ईभी विभिन्न सहरका व्यवसायीले निकै रुचाएका छन् ।
यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड एनएसएल सिजन ३ को काठमाडौं रेजर्सको टाइटल स्पोन्सर
काठमाडौं । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले नेपाल सुपर लिग (एनएसएल) सिजन ३ का लागि टिम काठमाडौं रेजर्सको टाइटल स्पोन्सरको रूपमा साझेदारी गरेको छ । यामाहा खेलकुद र युवा सहभागितालाई प्रोत्साहित गर्ने ब्रान्डको रूपमा परिचित छ । एनएसएलको पहिलो सिजनको उपाधि जितेर इतिहास रचेको काठमाडौं रेजर्स लिगको एक सशक्त टोलीका रूपमा स्थापित छ । बलियो टोली र साहसी खेल शैलीका साथ टोली सिजन ३ मा पुनः आफ्नो प्रभाव जमाउन दृढ छ । यस रोमाञ्चक यात्रामा यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले टोलीलाई समर्थन गरेको छ । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड विशेष गरी स्टाइल, शक्ति र इन्धन–कुशलता खोज्ने राइडरहरूका लागि डिजाइन गरिएको हो । नेपाल सुपर लिग नेपालकै पहिलो फ्रेन्चाइजी-आधारित फुटबल प्रतियोगिता हो, जसमा देशका उत्कृष्ट खेलाडीहरू उच्च स्तरमा प्रतिस्पर्धा गर्छन् । यो लिगले नेपाली फुटबलको स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको छ । यामाहाले नेपाली खेलकुदप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता देखाउँदै एनएसएलको पहिलो सिजनदेखि नै काठमाडौं रेजर्सको स्पोन्सर रहँदै आएको छ । एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल नेपालकै अग्रणी दुई-पाङ्ग्रे ब्रान्ड हो। अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र ग्राहक सन्तुष्टिमा केन्द्रित भएर यामाहाले बजारमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ ।
मन्त्री अधिकारी भन्छन् : १० वटा सहकारीको रकम फिर्ता गराउन सफल भयौं
काठमाडौं । प्रतिनिधिसभामा ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सो विधेयक प्रस्तुत गरेका हुन् । सो विधेयकमाथि सांसद प्रभु साह, राजेन्द्र प्रसाद पाण्डे, प्रेम सुवाल, मिना तामाङ, रूपा सोशी ९चौधरी०, चित्रबहादुर केसी, रामकुमार राई, लेखनाय दाहाल, पूर्णबहादुर घर्ति मगर र सुमना श्रेष्ठले विरोधको सूचना हाले । विरोधको सूचना राख्ने सांसदहरूको राख्नुको भएको जिज्ञासाको जवाफ दिँदै सहकारीमन्त्री अधिकारीले सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गरेको र २२ वटा समस्याग्रस्त सहकारी घोषणा गरेर ३ वटा सरकारीको समस्या समाधान गरेको बताए । उनले १० वटा सहकारीको रमक फिर्ता गराउन सरकार सफल भएको बताए ।
नेपाल एसबिआई बैंक र द रुबस होटेल, धनगढीबीच सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक र द रुबस होटेल, धनगढी, कैलालीबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाद्य तथा पेय पदार्थ र आवास सुविधामा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । उक्त सम्झौतापत्र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख, सन्तोषकुमार भण्डारी र द रुबस होटेलका प्रबन्ध निर्देशक प्रकाश भट्टले आदानप्रदान गरेका थिए । सो कार्यक्रममा बैंक तथा होटेलका अन्य पदाधिकारी समेतको उपस्थिति रहेको थियो । नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
ग्लोबल आइएमई बैंकको अफर : वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको योजना अनुसार नेपाली विद्यार्थीहरूले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूको शैक्षिक शुल्क, बीमा शुल्कलगायत आईएलटीएस, टफेललगायतका विभिन्न भाषा परीक्षाको शुल्क अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ । यो योजना अगस्ट ३१, २०२५ सम्म लागू हुनेछ । अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवामा सेवाग्राहीहरुले भुक्तानीको लागि आवश्यक पर्ने सम्पूर्ण कागजजात पुरा गरेपश्चात् बैंकले रकम भुक्तानीको लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चैत ७ मा हुने
काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम अगामि चैत ७ गते हुने भएको छ । प्रतिनिधि सभाको बुधवारको सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम चैत ७ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी गराएका हुन् । सभामुख घिमिरेले यस पटकको प्रश्नोत्तरमा समूह ९ मा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने बताए । उनले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न चैत ३ आइतबार दिउँसो २ बजेभित्रमा प्रतिनिधि सभाका सचिवसमक्ष लिखित रूपमा दिन पनि आग्रह गरे ।