विकासन्युज

भ्रष्टाचार मुद्दा दायर भएसँगै मोहन बस्नेतको सांसद पद स्वत: निलम्बन

काठमाडौं । मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन हुने भएको छ । प्रतिनिधिसभा सदस्य बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा बिहीबार विशेष अदालतमा मुद्दा दायर भएसँगै उनको पद स्वत: निलम्बन हुने भएको हो । निलम्बनको सूचना सभामुखले संसदमा सुनाएपछि मात्र औपचारिक मानिने प्रावधान रहेको छ ।  भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भनिएको छ, ‘थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री एवं कांग्रेस सांसद बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार पारी सर्वोच्चको आदेअनुसारको कानूनी व्यवस्थासमेत नगरी राज्यको सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको हो । कांग्रेसका सांसद बस्नेतसहित १६ जनाविरुद्द भ्रष्टाचारको मुद्दा दायर, सवा ३ अर्बको बिगो दाबी टेरामक्स भ्रष्टाचार प्रकरणमा गोकुल र ज्ञानेन्द्रलाई उन्मुक्ति, दुवै एमाले र कांग्रेसका प्रभावशाली नेता  

सरकारलाई सांसद ढकालकाे सुझाव : गभर्नर दुई बनाउ, नोटमा चुनाव चिन्ह राख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरी ढकालले सरकारले अहिलेसम्म गभर्नर नियुक्त गर्न नसक्नुलज्जाको विषय भएको धारणा राखेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै उनले लामो समय बितिसक्दा पनि सरकारले गभर्नर नियुक्त गर्न नसक्नुअन्तर्राष्ट्रिय रुपमै लज्जास्पद भएको धारणा राखेका हुन् ।  उनले व्यङ्गय गर्दै सरकारलाई भने, ‘दुई गभर्नर बनाउनुहोस्, एउटा बिचौलिया र र्ओ नोटमा हस्ताक्षर गर्ने । यो ३१ महिनामा नोटमा चुनाव चिन्ह राखे पनि हुन्छ । तर, ३१ महिनापछि आम नागरिकले यो सहन्नन् । यो देशको दलीयकरणविरुद् नागरिकक जागरुक भइसकेका छन् ।’ उनले गभर्नर सिफारिस समितिमा मान्छे पाइएन भनेर समय लम्ब्याउने र फेरि तीन महिनापछि आफ्नै मान्छे राखेर बेइज्जत गरेको सुनाए । ‘अब त लाजलाई पनि धेरै नै लाज लागि सकेको छ, नैतिकताको कुरा हराइसक्यो । ऐनको उपेक्षा गरियो । दलले आफ्नो स्वार्थका लागि विभिन्न संरचना प्रयोग गरेको देखियो, यो देख्दा सबै चकित छन्,’ उनले भने ।  गभर्नर नियुक्तिमा नेतृत्वको लागि लज्जास्पद र ऐतिहासिक भूल भएको सुनाए । यसले राष्ट्र बैंकको गरिमा क्षयिकरण हुने उनको भनाइ छ । ‘यसअघि पनि राष्ट्र बैंकमा अर्थमन्त्रीको हस्तक्षेप भएको थियो । त्यसले निजी क्षेत्रमा कस्तो प्रभाव पर्यो ? अर्थतन्त्रमा कस्तो प्रभाव पर्यो ? यो विषयमा हामी सबै जानकार छौं, फेरि हाकाहाकी चुनाव लडेर पराजित भएको मान्छेलाई गभर्नर बनाउने लागेको सुनिएको छ, यसमा हाम्रो आपत्ति छ,’ उनले भने ।

ओटावाका कन्डो किङ : यस्तो छ बिल मल्होत्राको सफलताको कथा

काठमाडौं । बिल मल्होत्रा क्यानडाका सबैभन्दा धनी भारतीय हुन् । भारतदेखि ओटावासम्मको उनको यात्रा प्रेरणादायी छ । उनले कडा मेहनत र दूरदृष्टिका साथ सफलता हासिल गरेका हुन् । उनी क्लेरिज होम्सका संस्थापक र सीईओ हुन् । उनले १९८६ मा यस कम्पनीको स्थापना गरेका थिए । बिल मल्होत्राले ओटावाको रियल स्टेट बजारलाई नै परिवर्तन गरिदिएका छन् । बिडला इन्स्टिट्युट अफ टेक्नोलोजी एन्ड साइन्सबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका मल्होत्रा २० वर्षको उमेरमा क्यानडा गएका थिए । सुरुमा उनले एक इन्जिनियरिङ कम्पनीमा काम गरे र पछि सिटी गभर्नमेन्टमा योगदान दिए । उनले त्यहाँबाट एक स्थायी विरासतको जग बसाले । उनको नेतृत्वमा क्लेरिज होम्सले १४ हजारभन्दा बढी घर निर्माण गरेको छ, जसमा घर, कन्डो र रिटायरमेन्ट होमहरू समावेश छन् । उनलाई ‘कन्डो किङ’ भनेर पनि चिनिन्छ । उनको नेटवर्थ २.३ अर्ब अमेरिकी डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ । उनी क्यानडाका सर्वाधिक धनी व्यक्तिहरू मध्ये एक हुन्। प्रारम्भिक जीवन र शिक्षा बिल मल्होत्राको जन्म भारतको राजधानी दिल्लीमा भएको थियो । उनले आफ्नो प्रारम्भिक शिक्षा भारतमै पूरा गरे । त्यसपछि राजस्थानको बिट्स पिलानीबाट सिभिल इन्जिनियरिङको डिग्री लिए । राम्रो अवसरको खोजीमा उनी क्यानडा गए । त्यहाँ उनले इन्जिनियरिङ फर्ममा काम सुरु गरे र पछि सहरको सरकारी निकायमा पनि काम गरे । क्लेरिज होम्सको स्थापना १९८६ मा उनले क्लेरिज होम्स स्थापना गरे, जसले ओटावाको रियल स्टेट बजारमा ठूलो क्रान्ति ल्यायो । कम्पनीले सहरभर १४ हजार भन्दा बढी घर निर्माण गरिसकेको छ, जसमा अपार्टमेन्ट र वृद्धहरूको लागि विशेष घरहरू पनि छन् । क्लेरिज आइकन, कम्पनीको एक प्रसिद्ध प्रोजेक्ट, ओटावाको सबैभन्दा अग्लो भवनहरूमध्ये एक हो ( ४६९ फिट अग्लो यो भवन सहरको एक चिनारी बनिसकेको छ । बिल मल्होत्राले ओटावामा कन्डो निर्माणमा उल्लेखनीय भूमिका खेलेका छन् । कन्डो भन्नाले त्यस्ता अपार्टमेन्टहरूलाई जनाइन्छ, जुन व्यक्तिगत स्वामित्वमा हुन्छन् तर साझा संरचनाको हिस्सा हुन्छन् । समाजसेवी पनि बिल मल्होत्रा एक सफल व्यवसायी मात्र होइनन्, उनी समाजसेवी पनि हुन् । उनी ओटावा सीनाटर्स नामक आइस(हक्की टिमका मालिक समेत हुन् । सहरको विकासमा उनी सक्रिय रूपमा संलग्न छन् । प्रेरणादायी उदाहरण क्लेरिज नाम मल्होत्राको मनमा विशेष स्थान राख्छ- यो नाम नयाँ दिल्लीको एक होटेलबाट प्रेरित गरिएको हो, जहाँ उनले बाल्यकालमा आफ्ना पितासँग रमाइला क्षणहरू बिताएका थिए । बिल मल्होत्राको जीवन कथा एक प्रेरणादायी उदाहरण हो- जसले देखाउँछ कि कडा मेहनत, स्पष्ट दृष्टिकोण र लगनले असाधारण सफलता हासिल गर्न सकिन्छ । उनले ओटावा सहरमा गहिरो छाप छोडेका छन्  ।

टेरामक्स भ्रष्टाचार प्रकरणमा गोकुल र ज्ञानेन्द्रलाई उन्मुक्ति, दुवै एमाले र कांग्रेसका प्रभावशाली नेता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा एमालेका नेता गोकुल बाँस्कोटा र कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीलाई उन्मुक्ति दिएको छ ।  यसअघि भ्रष्टाचारमा मुछिएका भनिएका सांसद समेत रहेका बाँस्कोटा र कार्कीलाई आयोगले मुद्दा लगाउन आवश्य नभएको बताएको छ । यसअघि बाँस्कोटाले ७० अर्बको घुसका लागि सेटिङ गरेको अडियो क्लिप पनि सार्वजनिक भएको थियो ।  बाँस्कोटा नेकपा एमालेका प्रभावशाली नेता हुन् भने उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट पनि छन् । यस्तै कांग्रेसका नेता कार्की पनि कांग्रेस सभापति शेरबहादुर देउवा निकट छन् ।  आयोगले पूर्व मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध पनि मुद्दा दर्ता गरेको छैन । तर, यस प्रकरणमा कांग्रेस सांसद मोहन बस्नेतसहित १६जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।  कांग्रेसका सांसद बस्नेतसहित १६ जनाविरुद्द भ्रष्टाचारको मुद्दा दायर, सवा ३ अर्बको बिगो दाबी  

अण्डरपास तथा फ्लाईओभर संरचना निर्माण हुन नसक्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा कठिनाइ

काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन लामो समयदेखि अस्तव्यस्त बन्दै आएको छ ।  दैनिक लाखौं सर्वसाधारणले ट्राफिक व्यवस्थापनको अभावले हैरानी खेप्नु परिरहेको छ ।  अत्यधिक सवारी चाप, साँघुरा सडक र जनसंख्याको तीव्र वृद्धिले गर्दा उपत्यकामा ट्राफिक समस्या झन् जटिल बनेको हो ।  बुधबार महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उपत्यकाको ट्राफिक हुने मुख्य ठाउँहरुमा अण्डरपास तथा फ्लाईओभर जस्ता संरचना निर्माण हुन नसक्दा उपत्यकाको ट्राफिक व्यवस्थापन हुन सकेको छैन ।  ट्राफिक बत्तीको नियमित मर्मत सम्भार नगरिनु, जडान गरिएका स्मार्ट बत्ती थप व्यवस्थित नहुनु, सवारीसाधनहरूको आयु निर्माण नहुनु, वातावरणीय मापदण्ड र ट्राफिक व्यवस्थापनमा समयानुकूल सुधार गर्न नसकिनु, सडक अनुशासन तथा ट्राफिक नियम सम्बन्धी सचेतना अभिवृद्धि गर्ने कार्यक्रम प्रभावकारी हुन नसक्दा उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्न पुगेको हो ।  यसैगरी, महालेपरीक्षकको कार्यालयले ट्राफिक नियमका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन नगरिनु, सञ्चालनमा रहेका करिडोरहरूको अवरोध हटाई निर्वाध रूपमा आवागमन नगरिनु, विद्युतीय तार अन्डरग्राण्ड हुन नसकेको खानेपानी ढल व्यवस्थापनलगायतका निकायबिच समवन्य कायम हुन नसक्नुलगायत पार्किङस्थलको व्यवस्था नगरिँदा उपत्यकाको ट्राफिकलाई व्यवस्थापन गर्न नसकिएको जनाएको छ ।  यस्तै, सडक र अन्य सडक निर्माणको ढिलासुस्ती, सडक छेउमा मापदण्डविपरीत रहेका ग्यारेज, पेट्रोलपम्प, वर्कशप, उचित पार्किङस्थलको अभाव, सचेतनाको अभाव, प्रविधिको प्रयोग हुन नसक्नुलगायत कारणले पनि समस्या बल्झिन पुगेको छ ।  उपत्यकाको ट्राफिक जाम दैनिक जीवनको एक हिस्सा जस्तो बनेको छ । खासगरी तीनकुने, नयाँ बानेश्वर, माइतीघर, चाबहिल, कोटेश्वर, कलंकी, थापाथली र नयाँ बसपार्कजस्ता चोकहरू सधैंजसो अस्तव्यस्त अवस्थामा देखिन्छन् ।  ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी महाशाखाले प्रयास गरिरहेको भए पनि समस्या समाधानमा अपेक्षित सफलता प्राप्त गर्न सकेको छैन ।

मेरो मान्छे होइन, योग्य मान्छे गभर्नर बनाउँछु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् ।  पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन । मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो । काम गर्न सक्ने मान्छे भए देशलाई भैहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन । म प्रधानमन्त्री हो तर सरकारका म मात्र छैन । त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु ।' प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको स्पष्ट गरे । एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरु पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको उनको भनाइ थियो ।  उनले पूर्व योजनाकारहरूको संस्थाबाट आफ्ना सोच र अनुभवको आदानप्रदान होस् भन्ने कामना गर्दै व्यक्तित्व टकराव नगरी संस्थाको दिगोपनाको कामना गरे ।  

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जनको तयारी, मन्त्री पौडेलको अगुवाइमा समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जनको तयारी गरेका छन् ।  हाल अस्तित्वमा रहेको स्वास्थ्य सञ्चालन मापदण्ड २०७७ र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई परिमार्जन गर्नका लागि उनले समिति गठन गरेका छन् ।  मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा गठित समितिमा मन्त्रालयका एघारौं तहका सहसचिव डा. अनुप बास्तोला, वीर अस्पतालका प्रमुख नर्सिङ प्रशासक रोशनी लक्ष्मी तुईतुई, स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. समीरकुमार अधिकारी, कानून उप सचिव गोपीकृष्ण रेग्मीलगायत छन् ।  हालको मापदण्डले आँखा अस्पताल, नाक, कान र घाँटी अस्पताल तथा न्युक्लियर मेडिसिन लगायतका स्वास्थ्य संस्थाको मापदण्ड नसमेटेकाले त्यसलाई थप्ने तयारी मन्त्रालयको छ ।  स्वास्थ्य मन्त्री पौडेलले अस्पतालहरूको सेवा सुधारका लागि विभिन्न निर्णय गरेका छन् । मन्त्रालयले स्वास्थ्य संस्थाको सेवा सुधार तथा प्रभावकारिता ल्याउन तयार पारेका सबै विषयलाई समेटेर मापदण्ड परिमार्जन गर्ने गरी तयारी अघि बढेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।  महामारीपछिको परिवर्तित अवस्थामा स्वास्थ्य सेवा प्रभावकारी बनाउन समेत अहिलेको मापदण्ड परिमार्जन जरुरी रहेकाले मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।     

कांग्रेसका सांसद बस्नेतसहित १८ जनाविरुद्द भ्रष्टाचारको मुद्दा दायर, सवा ३ अर्बको बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार पारी सर्वोच्चको आदेशअनुसारको कानूनी व्यवस्थासमेत नगरी राज्यको सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको हो । आयोगले बस्नेतसहित पूर्व कानुन सचिव धनराज ज्ञवाली, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल, प्राधिकरणकै तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विजयकुमार राय, सुरेन्द्रलाल हाडा र दिपेश आचार्य, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हरिण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र र सञ्जीव अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।  परामर्शदाता भ्यानराइज सोलुसन्स् (एसएएल अफसोर) र उक्त कम्पनीका सीईओ जमाल अनौती, स्थानीय एजेन्ट कनेक्सन ट्रेड लिंक प्राइभेट लिमिटेड र सोका अध्यक्ष दिलिपकुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेलविरुद्ध पनि राज्यको सम्पत्तिको दुरुपयोग गरी हानीनोक्सानी पुर्‍याएकोमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। उनीहरूसँग ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो दाबी गरिएको छ ।  उक्त प्रकरणमा मुछिएका सांसदद्वय कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका गोकुल बाँस्कोटा तथा पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायतलाई भने अख्तियारले मुद्दा लगाउन आवश्यक नठानेको बताएको छ ।  आयोगले दूरसञ्चार प्राधिकरणमा विचाराधीन रही बजेट तथा कार्यक्रममा समावेश गर्ने निर्णय नभइसकेको अवस्थामा तत्कालीन मन्त्रीले पदीय अधिकारको दुरुपयोग गरी एकलौटी रूपमा प्राधिकरणले प्रस्ताव नगरेको थप कार्यक्रम समावेश गरी संस्थालाई हानीनोक्सानी पुर्‍याउने पृष्ठभूमि तयार गरेको, टेरामक्स खरिद कार्य पूर्वतयारी नगरेको, लागत अनुमान र खरिद गुरुयोजना तयार नगरेको लगायत आरोप लगाएको छ ।