लुटपाटमा भाटभटेनीको क्षति ८० लाख, पत्रकारको प्रश्नमा गुरुङको टङस्लिप
काठमाडौ । राजधानीको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडाफोडमा करिव ८० लाख ३३ हजार रुपैयाँ बराबर क्षति भएको भाटभटेनी सुपरमार्केट्सले जनाएको छ । चैत १५ गते राजाबादी अराजक समूहले भाटभटेनी सुपरमार्केट्समा लुटपाट र तोडफोड गरेका थिए । भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ । राजावादी समूहले गरेको आन्दोलनमा उनीहरुका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए । त्यसैगरी भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन् । भवनमा क्षति पुगेको छ । त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ । त्यसैगरी दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको छ । काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको पाइएको छ । भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जनालाई नेपाल प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको छ । केही सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ दिने क्रममा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरूङज्यूले ७५/८० लाख बराबरको क्षति भएको अनुमान गरिएको भन्नुपर्नेमा टङस्लिप भइ भुलवश ७५/८० करोड बोल्न पुगेको पनि सीओओ पौडेलले बताए । ‘कोटेश्वर भाटभटेनीमा भएको लुटपाट र तोडफोड सबैको जानकारीमा छ । कहिलेकँही बोल्दा जिब्रो चिप्लिन्छ । यसैलाई ठूलो विषय कसैले पनि बनाउनु भएन’ उनले भने । तनावका बीच बोल्दा कहिलेकही यस्तो हुनुलाई सामान्य रुपमा लिनु पर्ने उनले बताए । तोडफोड भएको उक्त सुपरमार्केट्समा चैत १६ गते विहान देखिनै नियमित सञ्चालनमा आएको छ । ‘सरसफाइको काम रातभरी गर्यौ र बजार खुला गरेको छौं । तोडफोडको मर्मतको काम शुरु भएको छ’ उनले भने ।
आईपीओ निष्काशन गर्दै पियोर इनर्जी, चैत २८ गतेदेखि आवेदन खुला
काठमाडौं । पियोर इनर्जी कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणलाई साधारण सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख ९५ हजार २०० कित्ता सेयर जारी गर्नेछ । यसबाट कम्पनीले ११ करोड ९५ लाख २० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । यसअघि, कम्पनीले स्थानीय बासिन्दाका लागि १ लाख ६० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४४ हजार कित्ता सेयर निष्कासन गरिसकेको छ । आईपीओका लागि सर्वसाधारणले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख ११ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकहरूले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयर पोर्टलमार्फत आवेदन दिन सक्नेछन् ।
रेसुङ्गा विमानस्थलबाट ३ महिनापछि पुनः उडान सुरु, हप्तामा दुई पटक उडान गर्ने
काठमाडौं । तीन महिनाको अवरोधपछि रेसुङ्गा विमानस्थलमा पुनः हवाई सेवा सञ्चालन भएको छ। नेपाल एयरलाइन्सको नियमित उडान अवरुद्ध भएपछि गत पुस ४ गतेदेखि विमानस्थल प्रयोगविहीन बनेको थियो । सोमबारदेखि पुनः उडान सुरु भएको स्टेशन प्रमुख सुमन थापाले जानकारी दिएका छन् । सोमबार काठमाडौंबाट रेसुङ्गाका लागि १४ जना यात्रु तथा रेसुङ्गाबाट काठमाडौं जाने ४ जना यात्रुले सेवा लिएका थिए । नेपाल एयरलाइन्सको विमान मर्मतका कारण नियमित उडान रोकिएको थियो । यसअघि साताको एक दिन (शुक्रबार) मात्रै उडान हुँदै आएकोमा यात्रुहरूको चाप बढेसँगै साप्ताहिक तीन दिन उडानको अनुमति प्राप्त भएको थियो । वर्षायामका कारण पछिल्लो समय पुनः साप्ताहिक एक दिन मात्र उडान भैरहेको थियो । हाल पुनः यात्रुहरूको चापलाई ध्यानमा राख्दै हप्ताको दुई दिन सोमबार र बुधबार उडान गर्ने कार्यतालिका निर्धारण गरिएको छ। गुल्मीबाट काठमाडौं जाने यात्रुहरूले ७ हजार ३०० रुपैयाँ भाडा तिर्नुपर्नेछ भने काठमाडौंबाट गुल्मी आउने यात्रुहरूले ७ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ । काठमाडौंबाट रेसुङ्गाका लागि बिहान ६:३० बजे उडान हुनेछ भने रेसुङ्गाबाट काठमाडौंका लागि बिहान ७:४५ बजे उडान हुनेछ । रेसुङ्गा विमानस्थल पुनः सञ्चालनमा आएसँगै जिल्लाको पर्यटन क्षेत्रले नयाँ गति लिने अपेक्षा गरिएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटकहरू गुल्मीका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरू रेसुङ्गा, धुर्कोटको बिचित्र गुफा, चन्द्रकोटको टिमुरे ताल, र रुरुक्षेत्र घुम्न आउन थालेका छन् । यस सेवाले विशेष गरी वृद्ध, बिरामी, सुत्केरी तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई सहज हवाई यात्रा उपलब्ध गराउने विश्वास गरिएको छ।
कुलमानलाई किन हटाइयो ? प्रधानमन्त्रीले दिँदैछन् जवाफ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्अन्तर्गत सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने उक्त बैठकमा प्रधानमन्त्री ओलीले प्रारम्भमै सम्बोधन गर्ने कार्यसूची रहेको छ । बैठकको प्रारम्भमै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रतिपक्ष दलहरुले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै आएका थिए । तर, प्रधानमन्त्री ओलीले इन्कार गर्दै आएका थिए । अन्ततः ओली जवाफ दिन तयार भएका हुन् । प्रधानमन्त्री ओलीको सम्बोधनसँगै प्रमुख प्रतिपक्षी दलद्वारा लगातार जारी राखेको संसद्को अवरोध अन्त्य हुने विश्वास गरिएको छ । आजको बैठकबाट नै महत्वपूर्ण पाँचवटा प्रतिस्थापन विधेयक छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभाको कार्यसूचीमा प्रधानमन्त्री ओलीले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्त गरिएको लगायत विषयमा सम्बोधन गर्ने कार्यसूची छ । बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक– २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्ने सूची छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्ने कार्यसूची छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक– २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नैछन् । यस्तै गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक–२०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सोमबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १७६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८० पैसा र बिक्रीदर ८६ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ३० पैसा र बिक्रीदर ९५ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ११ पैसा र बिक्रीदर नौ रुपैयाँ १५ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८ रुपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६० पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०२ पैसा र बिक्रीदर चार रुपैयाँ ०४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३ रुपैयाँ ७० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १९ रुपैयाँ ८९ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुयैयाँ ४६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ०२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
अमला किलोको ९० रुपैयाँ, यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५०, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३० तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ५० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ९०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु १४०, च्याउ (डल्ले) प्रतिकिलो रु ३०० तथा कुरिलो प्रतिकिलो रु ५०० निर्धारण गरिएको छ । निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेको छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु २५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु १००, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १००, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु ९० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ७०, हरियो धनिया प्रतिकिलो रु १२०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ८०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ ।
आधा दर्जन सांसदको उत्तराखण्डका मुख्यमन्त्रीसँग सुटुक्क भेट
काठमाडौं । नेपाली सांसदले बिनाकुनै जानकारी भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्रीलाई भेटेको विषयले अहिले चर्चा पाएको छ । विशेष गरेर सुदूरपश्चिमको राजनीतिमा यो विषयले निकै चर्चा पाएको छ भने संसद अवरुद्द हुनेसम्मको स्थिति सिर्जना भएको छ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, विधायन तथा प्रदेश मामिला समितिका सभापति एवं कांग्रेस सांसद दिवानसिंह बिष्ट, कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी र सांसद मधु भारती, माओवादी केन्द्रकी सांसद जानकीदेवी कुँवर र एकीकृत समाजवादीका सांसद प्रकाश रावलले बिना जानकारी उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीलाई भेट्न पुगेपछि यो विषयले चर्चा पाएको हो । उनीहरु औपचारिक कार्यक्रममा सहभागी हुन देहरादुन गएका थिए । उनीहरुले कूटनीतिक मर्यादाविपरीत मुख्यमन्त्री धामीको निवासमा औपचारिक भेटघाट तथा छलफल गरेको भन्दै सुदूरपश्चिम प्रदेशसभामा विरोध भइरहेको छ । विगत तीन सातादेखि सुदूरपश्चिम प्रदेशसभा निरन्तर अवरुद्द हुँदै आएको छ । प्रदेशसभामा केही सांसदले प्रदेशसभालाई जानकारी नै नदिई भारतको उत्तराखण्डमा आयोजित औपचारिक कार्यक्रममा सहभागी भएको र उत्तराखण्डका मुख्यमन्त्रीसँग बैठक पनि गरेको प्रति विरोध गर्दै आएका छन् । गत शुक्रबार भारतको उत्तराखण्ड प्रदेशको देहरादुनमा आयोजित इन्डो-नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सवको औपचारिक कार्यक्रममा सुदूरपश्चिमका पाँच सांसद सहभागी भएका थिए । सभामुख भण्डारीका अनुसार उनीहरु कसैले पनि प्रदेशसभा सचिवालयलाई जानकारी गराएका थिएनन् ।
कुमारी बैंकले बिक्रीमा राख्यो १५९ वटा दुईपाङ्ग्रे सवारी साधन
फाइल फोटो काठमाडौं । कुमारी बैंकले दुईपाङ्ग्रे सवारी साधन बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेका विभिन्न कम्पनीका १५९ वटा दुईपाङ्ग्रे मोटरसाइकल लिलाम बिक्रीमा राखेको हो । बैंकले शाखा कार्यालयमा रहेका मोटरसाइकल जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गर्ने जनाएको छ । खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीले १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने बैंकले जनाएको छ । सवारी साधनहरू निरिक्षण गर्न इच्छुकले बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्कर्प गर्नुपर्नेछ । बोलपत्रमा आफुले सकार गरी लिन चाहेको सवारी साधन के कति रकममा सकार गरी लिन चाहेको हो, सोको विवरण र आफुले सवारी साधन लिन कबुल गरेको कम्तीमा १० प्रतिशत रकम अग्रिम बुझाउनुपर्नेछ ।