विकासन्युज

रेल तथा जल यातायात विकास गरी ढुवानी लागत घटाइने

काठमाडौं । सरकारले रेल तथा जल यातायात विकास गरी ढुवानी लागत घटाउने घोषणा गरेको छ । सरकारको आगामी आवको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ । अत्यावश्यक वस्तु तथा सेवा आपूर्ति सहज बनाउन भण्डारण क्षमता, मूल्य निर्धारण र गुणस्तर नियन्त्रणमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै अन्तरदेशीय पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता बढाउने घोषणा समेत सरकारले गरेको छ । यस वर्ष ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भिक तयारी गरिने भएको छ ।  पेट्रोलमा बायो इथानोल मिश्रणको नीति समेत कार्यान्वयन गरिने भएको छ ।  

राष्ट्रपतिले सार्वजनिक गरे ५६ पेजको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा  ६० पेजको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।  यस्तो छ नीति तथा कार्यक्रम :  

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम परिमार्जन

काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरि राष्ट्रिय शैक्षिक सुधारको कार्यक्रमका रुपमा विकास गरिने छ । शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको शिक्षा पद्धतिलाई आधुनिक विज्ञान प्रविधिमैत्री र अनुसन्धान अन्वेषण लक्षित बनाइने बताए उनले विद्यालय शिक्षा पुरा गर्नासाथ विद्यार्थीको ग्रेडिङ आधारमा आधुनिक तथा व्यवसायिक शिक्षामा विश्वविद्यालय शिक्षामा प्रवेश गराइने बताएका छन् ।  

‘काईयी एक्सचेन्ज कर्निभल २०८२’ सुरु हुँदै, विद्युतीय गाडीमा छुट

काठमाडौं । विद्युतीय सवारी साधनलाई लोकप्रिय बनाउँदै वातावरणमैत्री यातायाततर्फ जनचासो बढाउने उद्देश्यले काईयी नेपालले ‘काईयी एक्सचेन्ज कर्निभल २०८२’ आयोजना गर्न लागेको छ। वैशाख २६ देखि २८ गतेसम्म थापाथलीस्थित काईयी शोरूम (हुन्डाई शोरूमको अगाडि) मा आयोजना हुने यो कर्निभलमा ग्राहकले पुराना गाडी साटफेर गर्न सक्ने, विद्युतीय गाडीमा आकर्षक छुट पाउने र विभिन्न उपहार जित्ने अवसर पाउनेछन् । कार्यक्रममा काईयी ई–क्युट ०२, ई–क्युट ०४ र एक्स३ प्रो ईभी जस्ता मोडेलमा विशेष नगद छुट, बीमा तथा सडक कर निःशुल्क प्रदान गरिनेछ । साथै, पुराना गाडीको अन–द–स्पट मूल्यांकन गरिनेछ र मूल्यांकन गराउने ग्राहकले सिनेमा हेर्ने दुई टिकट निःशुल्क पाउनेछन् । काईयी कर्निभलमा ग्राहकले नयाँ गाडीको अनुभव लिने, परीक्षण ड्राइभ गर्ने, एक्सचेन्ज अफरमा सहभागी हुने र मनोरञ्जनात्मक गतिविधि समेतमा सहभागी हुने वातावरण तयार गरिएको आयोजकले जनाएको छ । संगीत, खेलकुद र रमाइलो कार्यक्रमहरूले भरिपूर्ण यो कर्निभल सामान्य किनमेलभन्दा बढी एक उत्सव हुने बताइएको छ । काईयी नेपालले यस कर्निभलमार्फत नेपाली उपभोक्तालाई प्रविधिसँगै सुरक्षित, भरपर्दो र किफायती विद्युतीय सवारीतर्फ आकर्षित गराउने विश्वास व्यक्त गरेको छ ।

नेप्सेको पुनः संरचना गरिने, कम्पनी नवीकरण गर्न सामाजिक सुरक्षाको प्रमाणपत्र चाहिने

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनः संरचना गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमलाई शुक्रवार संसदमा प्रस्तुत गर्दै नेप्सेको पुनर्संरचना गरी पुँजीबजारको क्षमता र पारदर्शिता बढाउने बताए ।  नेपाल धितोपत्र बोर्डलाई सुदृढीकरण गर्ने समेत उनले बताए । त्यस्तै, सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अनिवार्य गर्ने भएको छ ।   सरकारले शिक्षक दरबन्दी पुनरावलोकन गर्ने घोषणा गरेको छ भने शिक्षक बैंक स्थापना गर्ने नीति समेत सरकारले लिने पौडेलले बताए । उनका अनुसार विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गरिनेछ ।  उच्च शिक्षालाई अनुसन्धानमा आधारित बनाइने, शैक्षिक गुणस्तर मानक बनाएर स्थानीय तहसम्मै लागू गर्ने, विश्वविद्यालय अनुदान विद्यार्थीका आधारमा वितरण गरिने पौडेलले बताए ।

योगध्यानमार्फत देशलाई आरोग्य बनाउने

काठमाडौं । नेपाललाई आरोग्य र ध्यान पर्यटनको आकर्षण स्थलको रुपमा प्रर्वद्धन गरिने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले योग ध्यान मार्फत सकारात्मक सोचको अभिवृद्धि गरी नेपाललाई आरोग्य र ध्यान पर्यटनको आकर्षण स्थलको रुपमा प्रर्वद्धन गरिने जनाएको छ । उनले पर्यटन क्षेत्रलाई आयआर्जन रोजगारी र सम्बृद्धिको आधारको रुपमा विकास गरिने बताए ।

नेपाललाई पर्यटनको हब बनाउने घोषणा, सम्भाव्यता अध्ययन गरेर मात्रै विमानस्थल निर्माण

काठमाडौं । सरकारले नेपाललाई योग तथा ध्यान पर्यटनको केन्द्र बनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै यस्तो बताएका हुन् ।  उनले पर्यटनलाई रोजगारी र समृद्धिको आधारका रूपमा विकास गर्ने बताएका हुन् । उनले अब सम्भाव्यताको आधारमा मात्र विमानस्थल बनाउने घोषणा समेत राष्ट्रपतिले गरे । यस्तै, उनले रेल तथा जल यातायात विकास गरी ढुवानी लागत घटाउने घोषणा गरेका छन् । अत्यावश्यक वस्तु तथा सेवा आपूर्ति सहज बनाउन भण्डारण क्षमता, मूल्य निर्धारण र गुणस्तर नियन्त्रणमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।  

सडक, रेल र जल यातायात आवागमनको माध्यमका रूपमा विकास गरिने

काठमाडौं । सरकारले सडक, रेल र जल यातायातलाई आवागमनको प्रमुख माध्यमका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।   शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलमार्फत संघीय संसदमा प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा उक्त बुँदा उल्लेख छ। यस्तै, रेलमार्ग विस्तारको कामलाई निरन्तरता दिइने पनि सरकारले जनाएको छ।