हुन्डाई नेपालद्वारा बिर्तामोडमा क्रेटा इभी सार्वजनिक
झापा । नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बिर्तामोडस्थित आफ्ना डिलर 'अलायन्स मोटर्स' मा क्रेटा इभी (इलेक्ट्रिक भर्सन) को सार्वजनिक कार्यक्रम तथा ग्राहक प्रतिकृया सञ्जाल 'मिट एन्ड ग्रेट' सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा ग्राहकहरूले नयाँ क्रेटा इभीको प्रत्यक्ष अवलोकन गर्दै हुन्डाई व्यवस्थापन टिमसँग गाडीको प्रविधि, सेवालगायत विषयमा प्रत्यक्ष संवाद गरेका थिए । कम्पनीले इभी प्रति देखिएको अनिश्चितता, जस्तै स्पेयर पार्ट्स उपलब्धता, सर्भिस चार्ज, र ब्रान्डको दीर्घकालीन सपोर्टमा स्पष्टता ल्याउँदै क्रेटा इभी पेट्रोल मोडेलसरहै भरपर्दो हुने जानकारी गराएको छ। हुन्डाई नेपालका अनुसार क्रेटा इभी र पेट्रोल मोडेल एउटै प्लेटफर्ममा आधारित भएकोले सर्भिस, पार्ट्स र ब्रान्ड सपोर्ट दुबैमा कुनै भिन्नता छैन । कम्पनीले आफ्नो सन्देश देशभर फैलाउन उच्च व्यवस्थापन टोली स्वयं विभिन्न स्थानहरूमा पुगेर ग्राहकसँग प्रत्यक्ष सम्पर्क गरिरहेको छ । बिर्तामोडको कार्यक्रम पनि त्यही अभियान अन्तर्गत भएको हो । कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै हुन्डाई नेपालले 'सफा र स्मार्ट भविष्य' को यात्रालाई अझ मजबुत बनाउँदै जाने प्रतिबद्धता जनाएको छ ।
तोलामा १ हजार ४ सयले घट्यो सुन
काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आए सँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा शुक्रबार तोलामा १ हजार ४०० रुपैयाँ घटेको छ । चाँदीमा भने प्रतितोला पाँचले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९० हजार ८०० कायम भएको छ । त्यसैगरी, १ तोला चाँदी १ हजार ९६० मा बेचबिखन भइरहेको छ । बिहीबार प्रतितोला सुन एक लाख ९२ हजार २०० र त्यति नै परिमाणको चाँदी एक हजार ९५५ मा खरिदबिक्री भएको थियो । अन्तराष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
एसियाली बजारको सहाराले चीनको निर्यातमा तीव्र वृद्धि, अमेरिकासँगको व्यापार गिरावट सन्तुलन
काठमाडौं । चीनको निर्यात अप्रिलमा तीव्र रूपमा बढेको छन् । जसको कारण दक्षिणपूर्वी एसियाली देशहरूमा पठाइएका सामानहरूको उल्लेखनीय वृद्धि हो । निर्यातमा वृद्धि भएसँगै गत महिनादेखि लागू भएका उच्च अमेरिकी शुल्कका कारण अमेरिकातर्फ पठाइएका सामानमा आएको तीव्र गिरावटलाई केही हदसम्म सन्तुलनमा ल्याएको छ । शुक्रबार चीनको भन्सार प्रशासनले सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिलमा निर्यात गत वर्षको सोही महिनाको तुलनामा अमेरिकी डलरमा ८.१ प्रतिशतले बढेको छ, जुन रोयटर्सको १.९ प्रतिशत वृद्धिको अनुमानभन्दा धेरै माथि हो । तर, आयात भने अप्रिलमा ०.२ प्रतिशतले घटेको छ, जबकि अर्थशास्त्रीहरूले ५.९ प्रतिशतको गिरावटको अपेक्षा गरेका थिए । सीएनबीसीले आधिकारिक भन्सार तथ्यांकको आधारमा गरेको गणनाअनुसार अप्रिलमा चीनको अमेरिकातर्फको निर्यातमा वार्षिक २१ प्रतिशतभन्दा बढी गिरावट आएको छ भने अमेरिकाबाटको आयात लगभग १४ प्रतिशतले घटेको छ । पिनपोइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झीवेई झाङका अनुसार निर्यातमा आएको वृद्धि आंशिक रूपमा तेस्रो देशमार्फत ट्रान्सशिपमेन्ट तथा शुल्क घोषणा हुनुअघि भएका सम्झौताका कारण हुनसक्छ । झाङले आगामी केही महिनामा व्यापार तथ्यांक कमजोर हुँदै जाने अपेक्षा गरेका छन् । अप्रिलमा चीनको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (एएसईएएन) तर्फको निर्यात गत वर्षको तुलनामा २०.८ प्रतिशतले वृद्धि भएको छ, जुन मार्चको ११.६ प्रतिशतको वृद्धिभन्दा तेज हो । त्यस्तै, सो क्षेत्रबाट आयात २.५ प्रतिशतले बढेको छ । यसैबीच चीनको युरोपेली आयोग (ईयू) तर्फको निर्यात ८.३ प्रतिशतले बढेको छ भने आयात वार्षिक रूपमा १६.५ प्रतिशतले घटेको छ । मार्चमा चीनबाट विश्वभर पठाइएका सामानमा १२.४ प्रतिशतको वार्षिक वृद्धि भएको थियो, किनकि व्यवसायहरूले उच्च शुल्क लागू हुनु अघि सामान निर्यात गर्न हतार गरेका थिए । तर, आयात भने ४.३ प्रतिशतले घटेको थियो, जसले चीनको आन्तरिक माग पुनःउत्थान गर्ने चुनौतीलाई देखाउँछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात गरिने सबै सामानमा १४५ प्रतिशत शुल्क लगाएका छन्, जसको जवाफमा चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशत शुल्क लगाएको छ । हालसम्म दुवै पक्षले अत्यधिक शुल्कको आर्थिक प्रभावलाई कम गर्न केही महत्त्वपूर्ण वस्तुहरूमा छुट दिएका छन् । एएनजेड बैंकका ग्रेटर चाइना क्षेत्रका प्रमुख अर्थशास्त्री रेमण्ड यिउङका अनुसार अप्रिलको अन्त्यतिर चीनबाट अमेरिका जाने कन्टेनर जहाजहरूको सङ्ख्या उल्लेखनीय रूपमा घटेको छ । चिनियाँ सरकारले निर्यातकर्ताहरूलाई आफ्ना उत्पादनहरू घरेलु बजारमा मोड्न सहयोग गर्दै आएको छ, जुन कदमले अर्थतन्त्रलाई अझ गहिरो डिफ्लेसन (वस्तु तथा सेवाहरूको मूल्यहरू सामान्यतः घट्ने अवस्था) तर्फ लैजान सक्छ । ओपनएआई पुनः गैरनाफामूलक कम्पनीमै फर्कियो, सफ्टबैंकको ३०० अर्ब डलर लगानी दोधारमा एआईदेखि ईभीसम्मः नवप्रवर्तनमा विश्वको ध्यान खिच्दै चीन
बजाजको नयाँ योजना सार्वजनिक, पुरानो बाइकमा १० हजार बोनस भ्यालुएसन
विराटनगर । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिले विराटनगरको महाबिर चोक (धरान रोड)मा 'बजाज ग्रान्ड एक्सचेन्ज मेला' आयोजना गर्ने भएको छ । यही वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म सञ्चालन हुने मेलामा पुराना बाइक साटेर नयाँ बजाज बाइक सजिलै किन्न सकिनेछ। नागरिकताको आधारमा मात्र बाइक खरिद गर्न सकिने सुविधा रहेकाे छ । झन्झटिलो कागजी प्रक्रिया बिना नै ग्राहकहरूले ० प्रतिशत सर्भिस चार्ज, अन द स्पट फाइनान्स, निःशुल्क एक्सेसोरिज तथा खुशीको मिटर योजना अन्तर्गत नगद र उपहार जित्ने मौका पाउने छन् । पुरानो बाइकको उचित मूल्य सुनिश्चित गर्न काठमाडौंबाट अनुभवी भ्यालुएटरहरू पठाइएको छ । जसले बाइकको मूल्यांकन गरी थप १० हजारसम्मको बोनस भ्यालुएसन दिनेछन् । यो मेलाले मोटरसाइकल किन्ने प्रक्रिया अझ सहज र आकर्षक बनाएको छ । लालपुर्जा, बिजुली बिल वा आम्दानी प्रमाणपत्र जस्ता झन्झटपूर्ण कागजात आवश्यक छैन । किस्ताबन्दीमा बाइक किन्ने इच्छुक ग्राहकले १ घण्टाभित्रै ऋण स्वीकृत गराई बाइक प्राप्त गर्न सक्नेछन् । बजाज ग्रान्ड एक्सचेन्ज मेलालाई नेपालको सबैभन्दा बृहत् मोटरसाइकल एक्सचेन्ज योजना मानिएको छ । जहाँ ग्राहकहरूले पुराना बाइक साटेर बजाजका नयाँ मोडेलहरूमा सजिलै अपग्रेड गर्न सक्नेछन् ।
चन्द्रागिरि भालेश्वरमा भारतका स्वामी कैलाशानंदले गरे पूजा
काठमाडौं । भारतको प्रसिद्ध निरञ्जन अखाडाका परम पूज्य स्वामी कैलाशानंद महाराजले चन्द्रागिरि स्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गरेका छन् । नेपाल भ्रमणको क्रममा स्वामी कैलाशानंद महाराजले भालेश्वर महादेव मन्दिर पुगेर पूजा गर्दा अत्यन्तै अलौकिक अनुभूति भएको बताए । उनका अनुसार चन्द्रागिरि हिल्सको हरियाली, शान्त वातावरण र काठमाडौं उपत्यकाको मनोरम दृश्यले गहिरो आध्यात्मिक शान्ति प्रदान गरेको छ । काठमाडौं बसाइका क्रममा चन्द्रागिरि रिसोर्टमा बसेका स्वामी कैलाशानंदले चन्द्रागिरि हिल्स पर्यटकहरूका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै प्राकृतिक र धार्मिक महत्त्वले भरिएको यो स्थल सबैलाई लोभ्याउने बताए । स्वामी कैलाशानंद सहितको टोलीले केबलकारमार्फत भालेश्वर महादेव मन्दिर पुग्दा यात्रा स्मरणीय बनेको प्रतिक्रिया दिएका छन् । नेपाल भ्रमणको क्रममा स्वामी कैलाशानंदले लुम्बिनी केबलकार यात्रा, वसन्तपुरस्थित कामाख्या देवी मन्दिर, रसुवाको गोसाईंकुण्ड र काठमाण्डौंको दक्षिणकाली मन्दिरमा पनि दर्शन तथा पूजा गरेका थिए । धार्मिक स्थलहरूको यो यात्रा नेपालका तीर्थ स्थलहरूको महत्व उजागर गर्दै धार्मिक तथा अध्यात्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।
५०.४५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, अन्य सूचक कस्तो ?
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ५०.४५ प्रतिशतले बढेको छ। तेस्रो त्रैमासको अवधिमा कम्पनीले ४६ करोड ५० लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३० करोड ९१ लाख रुपैयाँ थियो। यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ९२ करोड २७ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ६.०५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ८७ करोड १ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानी अन्तर्गत ८ करोड ५६ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च २० करोड ७८ लाखबाट घटेर १८ करोड १७ लाख कायम भएको छ। विद्युत बिक्रीको आम्दानी बढेको, बीमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो । यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ भने रिटेन अर्निंगमा १ अर्ब १९ करोड रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७.८७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४५ रुपैयाँ ८७ पैसा रहेको छ । माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले नियमित विद्युत उत्पादन गरिरहेका छन् ।
त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभाग दर्शनाचार्य संयोजकमा डा रमेश पौडेल नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति केन्द्रीय विभागको दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रम संयोजकमा डा. रमेश पौडल नियुक्त भएका छन् । दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रममा भर्ना भएका चौथो व्याचका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रममा सह–प्राध्यापक डा. पौडेललाई संयोजक नियुक्त भएका हुन् । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा विभागका संस्थापक प्रमुख प्रा.डा खड्ग केसीले विश्वविद्यालय, विभाग र अध्ययनका विभिन्न पक्ष र उदाहरणसहित प्रष्ट पारे । यो विषय देश र अन्तर्राष्ट्रिय परिवेशमा महत्वपूर्ण रहेकाले गुणस्तरीय अध्यापनमा जोड दिए । केन्द्रीय विभागको दर्शनाचार्य एवं विद्यावारिधि कार्यक्रमका लागि विभागीय प्रमुख अपेक्षा शाहले विद्यार्थीहरूलाई आवश्यक पर्ने विविध जानकारीका साथ पौडेललाई स्वागत गरिन् । विभागमा अध्यापनरत प्राध्यापकहरूले आ-आफ्नो विषयमा संक्षिप्त जानकारी गराए । डा.पौडेलले विद्यार्थीहरूलाई आवश्यक ज्ञान आर्जन गर्नसक्ने अधिकतम राम्रो वातावरणका लागि क्रियाशील रहने वचनबद्धता व्यक्त गरे । साथै, अनुसन्धानात्मक अध्ययनका लागि जोड दिने उनको भनाइ छ ।
उपभोक्ता खर्चमा कमीले बोटलर्स नेपालका दुइटै कम्पनीको नाफा घट्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा बोटलर्स नेपालका दुइटै कम्पनीको नाफा घटेको छ आर्थिक क्षेत्रमा देखिएको सुस्तताले कम्पनीको बिक्री वितरणमा कमी आएपछि नाफामा असर परेको हो । कम्पनीका अनुसार उपभोक्ता खर्चमा कमी, उत्पादन लागत वृद्धि, कच्चा पदार्थको स्रोतमा चुनौती र मुद्राको अवमूल्यन र मुद्रास्फितीका कारण आम्दानीमा असर गरेको छ । तर, उत्पादनमा बढावा, बजार पहुँच विस्तार गर्ने, लागत बचत गर्ने र उत्पादनमा नवीनता जस्ता रणनीतिक पहलमार्फत आम्दानी वृद्धि गर्ने कम्पनीले जनाएको छ । चालु आवको चैतसम्म बोटलर्स नेपाल (तराई) ले ८ करोड ७ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी गत वर्षको चैतमा कम्पनीले २६ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ६९.१० प्रतिशत घटेको हो । यसअवधिमा कम्पनीको आम्दानी ४ अर्ब ९१ करोड रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले ५ अर्ब ८१ करोड रुपैयाँ आम्दानी गरेको थियो । चैतसम्म कम्पनीले १ अर्ब १९ करोड ७१ लाख रुपैयाँ कुल नाफा गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ कुल नाफा गरेको थियो । कम्पनीको वित्तीय खर्च १३ करोड ९६ लाख रुपैयाँमा झरेको छ । गत वर्षको चैतमा कम्पनीको वित्तीय खर्च २० करोड १२ लाख रुपैयाँ थियो । १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यसको जगेडा कोष (रिजर्भ) मा ४ अर्ब ११ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २८८ रुपैयाँबाट घटेर ८९ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ३ हजार ४९७ रुपैयाँ छ । यस्तै, यता, बोटलर्स नेपाल (बालाजु) को खुद नाफा ७३.३१ प्रतिशत घटेर १ करोड ५९ लाख ७९ हजार रुपैयाँ खुद आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसअवधिमा कम्पनीले ७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको चैतमा कम्पनीले ७ अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेको थियो । चालु आवको चैतसम्म कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ कुल नाफा गरेको छ । गत वर्षको चैतमा कम्पनीले २ अर्ब ४ करोड रुपैयाँ यस्तो नाफा गरेको थियो । चैतसम्म कम्पनीको सञ्चालन नाफा २३ करोड २१ लाख रुपैयाँ रहेको छ । १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ६ अर्ब ५ करोड ४५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँबाट घटेर ६ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३ हजार ४१२ रुपैयाँ रहेको छ ।