सगरमाथा लुम्बिनीको दाबी भुक्तानी ५५.४९ प्रतिशत बढ्यो, नाफा २५.१९ रुपैयाँ
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ४७ प्रतिशत घटेर २५ करोड १९ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ४७ करोड ५४ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क ५.७३ प्रतिशत घटेर २ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३ अर्ब १२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ५५.४९ प्रतिशत बढेर १ अर्ब १४ करोड १३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७७ करोड ९० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले २ अर्ब ९ करोड १३ लाख रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब ७३ करोड १३ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५ करोड ९४ लाख रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब ३८ करोड ३ लाख रुपैयाँ कुल खर्च गरेको थियो । २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ४१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६२ करोड ६१ लाख रुपैयाँ र अन्य इक्विटीमा ५१ करोड २२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमा कोषको आकार प्रतिशत बढेर ८ अर्ब १७ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ६ अर्ब ६१ करोड २२ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २४.१७ रुपैयाँबाट घटेर १२.८१ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २४८.८२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५५.९८ गुणा रहेको छ ।
एशियन लाइफको नाफा ५९.५१ प्रतिशत बढ्यो, जीवन बीमा कोषको आकार ४५.२३ अर्ब रुपैयाँ
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ५९.५१ प्रतिशत बढेर ३३ करोड ४७ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले २० करोड ९८ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क १२.२२ प्रतिशत बढेर ६ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ५ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ८ प्रतिशत बढेर ७ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ८४ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले ९ अर्ब २३ करोड ९९ लाख रुपैयाँ कुल आम्दानी गर्दा ८ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ६० करोड ७१ लाख रुपैयाँ कुल आम्दानी गर्दा ७ अर्ब ९१ करोड ६० लाख रुपैयाँ कुल खर्च गरेको थियो । ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २६ करोड ६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६३ करोड ८८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड १८ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमा कोषको आकार ११.२१ प्रतिशत बढेर ४५ अर्ब २३ करोड ३७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ४० अर्ब ७६ करोड ४४ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.२३ रुपैयाँबाट बढेर १३.१३ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२८.५७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५६.४५ गुणा रहेको छ ।
२५.३९ प्रतिशत बढ्यो शिखर इन्स्योरेन्सको दाबी भुक्तानी, नाफा ३५ करोड ७० लाख रुपैयाँ
काठमाडौं । शिखर इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा १.७९ प्रतिशत बढेर ३५ करोड ७० लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३५ करोड ७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क ५.८६ प्रतिशत बढेर ३ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३ अर्ब ५२ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २५.३९ प्रतिशत बढेर ७१ करोड ५० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५७ करोड २ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले १ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७४ करोड रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब २३ करोड ६८ लाख रुपैयाँ कुल खर्च गरेको थियो । २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ८६ करोड ६० लाख रुपैयाँ, महाविपत्ति कोषमा १५ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड २३ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करेड ६१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमा कोषको आकार ६ अर्ब ७८ करोड ७० लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ५ अर्ब २९ करोड रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १७.६२ रुपैयाँबाट घटेर १६.२९ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९५.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४६.८१ गुणा रहेको छ ।
यस वर्ष हिमालको आम्दानी साढे ७७ करोड रपैयाँ
काठमाडौं । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ करोड ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो । सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका २४० महिला र ८८७ पुरुष गरी कूल १ हजार १२७ जनाले आरोहण अनुमति लिएका छन् । विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि ५७ देशका आरोही आएका हुन् । आमादब्लममा १० समुहका १०२, ल्होत्सेमा ९ समूहका १०७, मकालुमा ८ समूहका ७९, कञ्चनजङ्घामा ७ समूहका ७५, नुस्सेमा ६ समूहका ७६ र अन्नपूर्णमा ६ समूहका ६६ आरोही छन् । वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । आरोहण अनुमति जारी रहेकाले अझै सङ्ख्या बढ्नसक्ने विभागको अनुमान छ ।
गाउँपालिका स्थापनाको ९ वर्षसम्म भाडाकै घरमा, भाडामै ६० लाख खर्च
काठमाडौं । बागलुङको काठेखोला गाउँपालिका स्थापनाको ९ वर्षसम्म भाडाकै घरमा छ । जिल्लाको १० स्थानीय तहमध्ये जग्गाको समेत टुङ्गो नलागेको काठेखोला गाउँपालिकाले हालसम्म भाडाकै घरबाट सेवा दिँदै आएको छ । मासिक ६० हजारका दरले भाडा दिँदै आएको पालिकाले स्थापनाकालदेखि ६० लाख रुपैयाँ भाडामा खर्चेको छ । लामो समय हुँदासमेत पालिकाको आफ्नै भवन निर्माण नहुँदा स्थानीयले पालिकाप्रति प्रश्न गर्दै आएका छन् । जिल्लाका सात पालिकाको आफ्नै भवन छभने दुई पालिकाको भवन निर्माणको चरणमा छन् । तर काठेखोला गाउँपालिकाले स्थापनाकालदेखि प्रशासकीय भवन निर्माणमा आवश्यक जग्गाको खोजी गरे पनि हालसम्म टुङ्गो लगाउन नसकेको हो । गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको दोस्रो कार्यकालमा आउँदासमेत पालिकाको भवन निर्माण नहुनु दुःखद भएको काठेखोला गाउँपालिका–२ अछेतेका स्थानीय गणेशबहादुर भण्डारीले बताए । उनले गाउँपालिकाले नौ वर्षसम्म जग्गा र भवनको टुङ्गो लगाउन नसकेको बताए । ‘जबसम्म गाउँपालिकाले पायक पर्ने स्थानमा भवन बनाउन सक्दैन, हामी नागरिकले प्रश्न गर्न छाड्दैनौँ, जिल्लाका अन्य पालिका आफ्नो भवनबाट सेवा दिइसक्दा समेत काठेखोला गाउँपालिका अझै भाडाकै घरमा छ,ँ उनले भने, ‘गाउँपालिकालाई स्थानीयले देखाएको जग्गामा भवन बनाउन कस्ले रोक्यो, अछेते बजार नजिकै भवन बनाउँदा सबैलाई पायक पर्दछ, सामुदायिक वनमा भवन बनाउने कुरा थियो, अहिलेसम्म पालिका निर्णयमा नपुग्दा नागरिकलाई सेवा प्रवाहमा समस्या भएको छ ।’ गलकोट र जैमिनी नगरपालिकाको भवन निर्माणाधीन अवस्थामा छ । गत फागुनदेखि ढोरपाटन नगरपालिकाले आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ । काठेखोलाको प्रशासनिक केन्द्रको विवाद सात वर्षपछि टुङ्गोमा पुगे पनि पुनः मुद्दा परेर विवाद बढेको थियो । ९ वर्षदेखि प्रशासनिक भवन निर्माणका विषयमा कार्यपालिका बैठकमा धेरै पटक छलफल भए पनि त्यसले सार्थकता पाएको छैन । अघिल्लो पटक कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको थियो । सामबोटमा भवन बनाउन कार्यपालिका बैठकले निर्णय गरी १३औँ गाउँसभाबाट पारित गरेर रु एक करोड रकम विनियोजन गरे पनि सामुदायिक वनमा भवन बनाउन स्थानीयले अवरोध गरेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । बिहुँकोट सुलडाँडामा भाडाको घरबाट सेवा दिँदै आएको पालिकाले आगमी आर्थिक वर्ष भाडा तिर्न नपर्नेगरी विद्यालयको भवनमा सर्ने योजना बनाएको अध्यक्ष थापाले बताए । भीमसेन माध्यमिक विद्यालयको भवनबाट साउनदेखि गाउँपालिकाले सेवा दिनेगरी अहिले भवन फर्निसिङको काम गरिरहेको बताउनुभयो । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो गाउँपालिका अन्य पालिकाभन्दा सुगममा पर्छ । दुर्गमका पालिकाहरुले आफ्नै भवन निर्माण गरेर काम सुरु गरिसक्दा काठेखोलाको जग्गा तथा भवन अझै टुङ्गो लगाउन सकेको छैन । त्यहाँका केही स्थानीयले सुलडाँडा र केहीले अक्षतेमा केन्द्र राख्ने विषयमा स्थानीयबीच विवाद भइरहेको छ । वडा नं १, २, ३ र ४ ले अक्षते तथा वडा नं ५, ६, ७ र ८ ले हाल कार्यालय सञ्चालन हुँदै आएको सुलडाँडामै प्रशासनिक भवन बनाउने अडान राख्नाले भवन निर्माणमा ढिलाइ भएको हो ।
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा, गभर्नर बन्ने बाटो खुल्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन् । पौडेललाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस-एमालेबीच सहमति भएपछि उनले सिफारिस समितिबाट राजीनामा दिएका हुन् । पौडेलले सिफारिस समितिका अध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई आइतबार दिउँसो राजीनामा बुझाएका हुन् । पौडेलले राजीनामा दिएपछि उनी आफैंलाई गभर्नर बन्ने बाटो समेत खुला भएको छ । यसअघि सत्तारुढ दल कांग्रेस–एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । तर, भट्टको नाममा प्रधानमन्त्री ओली नै सहमत नभएपछि कांग्रेसले पौडेललाई गभर्नरको नयाँ उम्मेदवारको रुपमा अघि सारेका हुन् । समितिमा अध्यक्षमा अर्थमन्त्री पौडेल र सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र विश्व पौडेल सदस्य थिए । पौडेलको ठाउँमा सरकारले अर्थशास्त्रीहरू मध्येबाट कसैलाई सदस्य नियुक्त गर्ने तयारी गरेको छ ।
माउन्टेन ड्यूको पिक्स अफ करेज अभियान प्रारम्भ
काठमाडौं । माउन्टेन ड्यूले पहिलो पटक नेपालको हिमाल आरोहणको विरासतलाई पुनःपरिभाषित गर्दै ‘पिक्स अफ करेज’ अभियान प्रारम्भ गरेको छ । नेपाल पर्यटन बोर्ड र डिस्कभरी च्यानलसँगको सहकार्यमा थालिएको यस अभियानले नेपालका धेरै प्रचारमा नआएका हिम शिखरहरुको बारेमा जानकारी प्रदान गर्ने वरुण वेभरेजज् नेपाल प्रालिले जनाएको छ । नेपालको हिमाल आरोहणको विरासतसँग सम्बन्धित साहसिक, साहस र अव्यक्त कथाहरूको मर्मलाई उत्सवमय रूपमा मनाइने यो एक प्रकारको आफ्नै किसिमको पहिलो सांस्कृतिक अभियान हो । यो अभियानले सगरमाथा बाहेकका अन्य नेपाली साहसिक शिखरहरूको बारेमा विश्वलाई चिनाउनेछ । इमर्सिभ स्टोरी टेलिङमार्फत माउन्टेन ड्यूले मौसमी आरोही र नयाँ एडभेन्चरलाई आमन्त्रण गरेर नेपालको चर्चामा नआएका शिखरहरुको बारेमा जानकारी गराउनेछ र यसले परिचित सीमाभन्दा परका साहसहरुको खोज गर्नेछ । यो अभियान नेपाली युवाका नयाँ पुस्तालाई अभिप्रेरित गर्ने गरी तयार पारिएको छ । उनीहरूको हिमाल आरोहणको सम्पदामाथि रहेको गर्वलाई पुनः दावी गर्ने र एडभेन्चर उनीहरूको पहिचानको एक अभिन्न हिस्साको रुपमा पुनः परिभाषित गर्ने उद्देश्य यो अभियानको रहेको छ । यसैगरी, शेर्पा, आरोहीका पथ प्रदर्शक र स्थानीय पर्यटन व्यवसायीहरुका लागि वास्तविक र दिगो अवसरहरुको सिर्जना यो अभियानले गर्नेछ । हरेक माउण्टेन ड्युको प्याकमा एउटा क्युआर कोड हुनेछ, जसले अन्तरक्रियात्मक डिजिटल हब खुलाउनेछ, जसबाट नेपालका ८ हजार र ७ हजार मिटर उचाइका हिम शिखरहरुका बारेमा पद मार्ग, सम्भावित जोखिमहरुको तह, वास्तविक समयको अवस्थाहरु र अमूल्य शेर्पा ज्ञानहरुका बारेमा जानकारी प्रदान गर्नेछ । यसले हिमाल आरोहणका विज्ञहरुलाई नियमित भन्दा पर जान र नेपालको छिपेका रोमाञ्चकारी जोखिमहरुको खोज गर्न हौसला प्रदान गर्ने विश्वास लिइएको छ ।
नवलपुरमा थपियो स्तरीय रिसोर्ट: आइएमईको 'इला होटल' भोलिदेखि सञ्चालनमा आउँदै
काठमाडौं । देशको अग्रणी व्यावसायिक समूह आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा अत्याधुनिक ‘इला होटल एन्ड रिसोर्ट’ सञ्चालनमा आउन लागेको छ । सोमबार विशेष समारोहबीच औपचारिक उद्घाटनपछि यो होटल तथा रिसोर्ट आम सेवाग्राहीका लागि खुला हुने बताइएको छ । मौलाकाली केबलकारको माथिल्लो स्टेशनमा अवस्थित यो होटलले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउने तयारी गरेको छ । ६५ वटा सुइट र डिलक्स कोठा, एक हजार जनाको क्षमतासहितको भव्य बैंक्वेट तथा सम्मेलन हल, रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा र आधुनिक जिमजस्ता सुविधासहितको यो रिसोर्ट मौलाकाली क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ । केबलकारसँगैको संरचना भएकाले यो परियोजनाले नारायणी, देवघाट, त्रिवेणी लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरूप्रति आकर्षण बढाउनुका साथै प्राकृतिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने विश्वास लिइएको छ । आइएमई ग्रुपले हाल देशका सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितका पर्यटकीय पूर्वाधार निर्माण तथा विस्तार गरिरहेको छ । हालसम्म तीनवटा प्रदेशमा केबलकार सञ्चालनमा आइसकेका छन् भने दुई प्रदेशमा होटलसहितको परियोजना पूर्णरूपमा सञ्चालनमा आएका छन् । लुम्बिनी प्रदेशको बसन्तपुरमा लुम्बिनी केबलकारको टप स्टेशनमा होटल निर्माणको प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको कैलालीमा केबलकार, होटल तथा रिसोर्ट एकसाथ निर्माण भइरहेका छन् । त्यहाँ एक वर्षभित्र केबलकार सञ्चालनमा आउने तथा त्यसपछि होटल तथा रिसोर्ट पनि सेवा दिन सुरु गर्ने योजना रहेको छ । यसैबीच पूर्वी नेपालको ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा समेत केबलकार निर्माण प्रक्रिया अघि बढाइएको छ, जसले धार्मिक पर्यटनमा थप योगदान गर्ने अपेक्षा गरिएको छ ।