प्रभु बैंक र होपफुल हराईजनबीच सम्झौता, मानसिक स्वास्थ्यसम्बन्धी सेवाहरूमा छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र होपफुल हराईजन नेपालबीच मानसिक स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने विषयमा दुई पक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । यस सहकार्यपछि प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले झम्सिखेल, पुल्चोकस्थित होपफुल हराईजनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवाहरूमा छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौताअनुसार छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिभिलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्नेछ ।

एक समारोहबीच हस्ताक्षर गरिएको उक्त सम्झौतामा होपफुल हराईजन नेपालका तर्फबाट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठले हस्ताक्षर गरे । कार्यक्रममा बैंकको प्रिभिलेज बैंकिङ प्रमुख अन्जु बस्नेतको पनि उपस्थिति थियो। 

होपफुल हराईजन नेपाल एक अनुभवी र दक्ष विशेषज्ञ समूहद्वारा सञ्चालित निजी मानसिक स्वास्थ्य सेवा प्रदायक संस्था हो । यस संस्थाले सबै उमेर समूहका व्यक्तिहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी परामर्श, उपचार र अन्य सेवाहरू प्रदान गर्दै आएको छ ।

Share News