विकासन्युज

रुपनी रोडमा बजाजको बम्पर एक्सचेन्ज अफर, नेपाली नागरिकतामै बाइक फाइनान्स

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं विक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले राजविराजको रुपनीमा ‘बजाज ग्राण्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ । जेठ ११ गतेदेखि सुरू हुने यो योजना जेठ १६ गतेसम्म चल्नेछ। मेलामा जुनसुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटा–साट गर्न सकिने जनाइएको छ । मेलामा ग्राहकहरुले मात्र नेपाली नागरिकताको आधारमा बजाजका बाइकहरू फाइनान्स गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैयाँ अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आकर्षक छुटसहितको योजना ल्याइएको हो । झन्डै ७० भन्दा देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइलको यो साटासाट कार्यक्रमअन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यो योजनाअन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरुलाई निःशुल्क बजाज मोटरसाइलका सामग्रीहरु तत्काल उपलब्ध गराउने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

बाढीले ग्राभेल बगाएपछि कान्तिलोकपथ सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडक गए रातिदेखि अवरुद्ध भएको छ ।  मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२  जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गए रातिदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।  सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको र अवरुद्ध सडक खुलाउने पहल भइरहेको उनले बताए । कान्तिलोकपथ सडक अवरुद्ध रहेकाले हेटौँडा–काठमाडौं आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरे ।   

अदालत र न्यायाधीशको आलोचना गर्ने रवि समर्थकलाई अदालतले दियो यस्तो आदेश

काठमाडौं । रविको सर्वोच्च अदालतल रवि लामिछानेको विषयमा विभिन्न आदेश जारी गर्दा आदेश जारी गर्ने न्यायाधीशलाई सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुने गरेको विषयप्रति गम्भीर ध्यानआकर्षण भएको बताएको छ ।  रवि लामिछानेले आफूलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै उच्च अदालतको आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आदेश जारी गर्दै यस्तो उल्लेख गरेको हो । सर्वोच्चले लामिछानेलाई थुनामै राख्न आदेश दिँदै सामाजिक सञ्जालमा अदालत र विभिन्न न्यायाधीमाथि विभिन्न टिकाटिप्पणी तथा लाल्छना नलगाउन आदेश दिएको हो ।  आदेशमा भनिएको छ, ‘बहसका क्रममा विद्वान् नायव महान्यायाधिवक्ता र जाहेरवालाका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता एवम् अधिवक्ताहरुले उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट आदेश गर्ने माननीय न्यायाधीशहरु उपर सामाजिक सञ्जाल एवम् अन्य सञ्चार माध्यममा लाञ्छनापूर्ण र अशोभनीय टीका टिप्पणी गरेको भनी इजलासलाई अवगत गराउनु भएकाले सो तर्फ यस इजलासको गम्भीर ध्यानाकर्षण भएको छ,’ आदेशमा भिनएको छ, ‘अदालतबाट भएका आदेश एवम् फैसलाहरु उपर स्वच्छ र रचनात्मक टिप्पणीहरु सदैव अपेक्षित नै हुने भए तापनि नियोजित ढङ्गले न्यायाधीशहरुको मानमर्दन गर्ने र जनमानसमा भ्रमपूर्ण सन्देश प्रवाह गर्ने प्रकृतिका क्रियाकलापबाट न्याय सम्पादनको कार्यमा अनपेक्षित अवरोध हुन जाने भएकाले त्यसतर्फ समवेदनशील रहन सबै पक्षका लागि यो आदेश जारी गरिएको छ ।’  

रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्चको आदेश {पूर्णपाठ}

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेलाई थुनामै राख्न आदेश दिएको छ । सर्वोच्चले जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा राख्न आदेश दिएको हो । यस्तो छ पूर्णपाठ  

रविलाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेलाई थुनामै राख्न आदेश दिएको छ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेद्वारा दायर बन्दी प्रत्यक्षीकरणको निवेदन जारी गर्न अस्वीकार गर्दै थुनामै राख्न आदेश दिएको हो । ​​​​​​ सर्वोच्चले जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा राख्न आदेश दिएको हो । आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उच्च अदालतको आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए ।  सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने थुनामा परेका थिए । उच्च अदालतले त्यतिबेला जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो ।

इक्रा नेपालबाट सबैभन्दा उच्च रेटिङ प्राप्त गर्दे शिखर इन्स्योरेन्स बन्यो सुरक्षित कम्पनी

काठमाडौं । इक्रा नेपालबाट एए को रेटिङ प्राप्त गर्दै शिखर इन्स्योरेन्स नेपालको सबैभन्दा सुरक्षित कम्पनी बनेको छ । सरकारको लगानी भएका र वैदेशिक लगानी रहेको भन्दा बाहेकका कम्पनीहरूमध्ये सबैभन्दा उच्च रेटिङ प्राप्त गर्दे सुरक्षित कम्पनी बनेको शिखर इन्स्योरेन्सले दाबी गरेको छ ।  नेपालमा आएका भूकम्प, बाढीपहिरो लगायतका महाविपत्तिमा सबैभन्दा छिटो र सबैभन्दा अधिकमात्रामा पुर्नबीमाको व्यवस्था गरेको, ह्यानोभर रि तथा स्विस रि जस्ता अन्तराष्ट्रिय रुपमै अग्रणी पुर्नबीमाको साथ पाएको लगायतका सबल पक्ष कम्पनीमा रहेको भन्दै इक्रा नेपालबाट सबैभन्दा उच्च रेटिङ प्राप्त गरेको हो ।  यस्तै आइएसको अन्तराष्ट्रिय गुणस्तरको प्रमाणपत्र प्राप्त गर्ने पहिलो र एक्लो निर्जीवन बीमा कम्पनीका रुपमा समेत शिखर इन्स्योरेन्स रहेको छ । बीमाका यस्ता सवल पक्षले नेपालको सबै भन्दा सुरक्षित कम्पनी बनेको हो ।  बीमा प्राधिकरणबाट जारी गरिएको जोखिममा आधारित पँजी सम्बन्धी व्यवस्थाहरू अनुसार समेत उत्कृष्ट सोल्भेन्सी अनुपातसंगै शिखर इन्स्योरेन्सले आफ्नो वित्तीय अवस्थालाई मजबुत बनाउँदै आएको छ ।  नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको २ सय ५० करोडको न्यूनतम चुक्ता पुँजी कायम भैसकेको अवस्थामा समेत नगद लाभांशको साटो बोनस शेयरको माध्यमबाट चुक्ता पुँजी थप वृद्धि गरी आफ्नो मजबुत वित्तीय अवस्थालाई कायम गर्दै आएको छ ।  चुक्ता पुँजी थप वृद्धि गरी आफ्नो मजबुत वित्तीय अवस्थालाई कायम गर्दै आएको छ ।  विगत १० वर्ष देखि निरन्तर रुपमा नेपालको निर्जिवन बीमा क्षेत्रमा सबै भन्दा अधिक बजार हिस्सा ओगट्न सफल रहँदै आएको छ ।  अन्य बीमा कम्पनीहरु एक आपसमा गाभिएर संयुक्त कारोबार गरेको अवस्थामा समेत शिखर इन्सयोरेन्सले आफ्नो बजार हिस्सा कायमै राख्न सफल रहँदै आएको छ र कम्पनीको अनुभवी व्यवस्थापन पक्षको साथ संगै कम्पनीले आफ्नो जोखिम व्यवस्थापनलाई मजबुत बनाउँदै आइरहेकाले सबैभन्दा सुरक्षित कम्पनी बनेको हो ।

मोबाईल बैंकिङ एपबाट हवाई टिकट खरिद गर्दा ज्योति विकास बैंकले ५ सय रुपैयाँ फिर्ता दिने

काठमाडौं । ज्योति विकास बैंकले हवाई टिकटमा ५ सय रुपैयाँ नगद फिर्ता दिने भएको छ । बैंकको मोबाईल बैंकिङ एप ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा ५ सय रुपैयाँ क्यासब्याक पाउने योजना ल्याएको जनाएको छ ।  बैंकले सार्वजनिक गरेको यस सर्वाधिक क्यासब्याक योजना मार्फत बैंकका ग्राहकहरूले ज्योति स्मार्ट एपमार्फत सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउने जनाएको छ । देशभरका जुनसुकै एयरलाइन्सको हवाई टिकट खरिदमा ५ सय रुपैयाँको सर्वाधिक नगद फिर्ता पाउन सक्ने बैंकको भनाइ छ ।  ज्योति स्मार्ट एपबाट हवाई टिकट खरिद गर्दा ‘ज्योति५००’ प्रोमो कोड प्रयोग गरी उक्त क्यासब्याक प्राप्त हुनेछ । बैंकको उक्त योजना जेठ ९ गतेदेखि सीमित अवधिका लागि लागू हुनेछ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालनमा ल्याएको जनाएको छ ।