प्रधानमन्त्री ओलीको दावी- एसईईको नतिजा यसै वर्ष सुधार हुन्छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशको सबैभन्दा ठूलो पुँजी भएको बताएका छन् । धुलिखेलस्थित काठमाडौ विश्वविद्यालयको ३० औं दीक्षान्त समारोह (दोस्रो चरण)लाई शुक्रवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षाको सवालमा सरकार सचेत रहेको र कसरी हरेक नेपाली बालबालिकालाई, युवायुवतिहरुलाई राम्रो शिक्षा दिन सकिन्छ, गुणस्तरीय शिक्षा, सहज पुहँचको शिक्षा दिन सकिन्छ भन्नेतर्फ सरकार लागेको बताए । गत साल एसईईमा केही नतिजामा नकारात्मक स्थिति देखापरेको भन्दै यस वर्ष नै सुधार आउने बताए । सरकारले नतिजामा सुधार ल्याउन प्रभावकारी कदम चालेको र ४८ प्रतिशत उत्तीर्ण जस्तो नाजुक अवस्था यस वर्ष नहुने प्रधानमन्त्रीले जिकिर गरे । उनले भने, ‘शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशको सबैभन्दा ठूलो पुँजी हो । त्यसकारण शिक्षाको सवालमा सरकार सचेत छ । गत साल एसईईमा केही नतिजामा नकारात्मक स्थिति देखापरेको छ । यस वर्ष नै सुधार आउनेछ । किनभने हामीले केही प्रभावकारी कदमहरू चालेका छाैं । जसले ४८ प्रतिशत उत्तीर्णजस्तो नाजुक अवस्था यस वर्ष हुनेछैन । यस वर्ष ६०, ६५ प्रतिशत हामी कमसेकम पुर्याउने छाैं । उत्तीर्णको स्थिति हरेक साल विकास गर्दै लैजान्छौं । विद्यार्थीलाई सफलताको बाटो हिँडाउने हाम्रो उद्देश्य रहनेछ ।’ प्रधानमन्त्री ओलीले रोजगारीका अवसर खोज्ने नभइ सिर्जना गर्ने शिक्षातर्फ लैजान खोजिरहेको बताए ।
सानिमा रिलायन्सको ‘दम्पती जीवन बीमा’ योजना, यसकारण बन्दैछ ग्राहकको रोजाइमा
काठमाडौं । मानव जीवन अनिश्चित छ । कतिबेला कसलाई के हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । दुर्घटना, बिरामी, मृत्युजस्ता अकल्पनीय घटना मानव जीवनमा जतिबेला पनि आउन सक्छ । अनिश्चित जीवनमा निश्चिता भएर रहने हरेकको चाहना हुन्छ । अनिश्चित जीवनमा यी सबै घटनाहरुबाट आर्थिक सुरक्ष। र निश्चितता भएर रहनको लागि जीवन बीमा महत्वपूर्ण छनोट हुन सक्छ । नेपाली बजारमा ग्राहकको आवश्यकतालाई मध्यजनर गरेर विभिन्न बीमा कम्पनीहरूले नयाँनयाँ योजनाहरू ल्याएका छन् । सानिमा रिलायन्स लाइफले पनि बजारमा विभिन्न बीमा योजनाहरू सञ्चालन गरिरहेको छ । तीमध्येको एक हो ‘सानिमा रिलायन्स दम्पती जीवन बीमा’ योजना । यसकारण आवश्यक ‘दम्पती जीवन बीमा’ योजना यो जीवन बीमा योजना नेपाली सामाजिक संरचनासँग मेल खान्छ । हाम्रो समाजमा दम्पती मिलेर जीवन चलाउने, घर बनाउने, छोराछोरी हुर्काउने, पढाउने र भविष्य बनाउने परम्परा छ । त्यसैले ऋण, पारिवारिक खर्चजस्ता संयुक्त दायित्व भएका दम्पतीको लागि यो बीमा योजना निकै नै महत्त्वपूर्ण रहेको छ । यो बीमा योजनाले दुईमध्ये कुनै एकजना वा दुवैलाई केही भएको खण्डमा उनीहरूलाई आर्थिक रूपमा सुरक्षित राख्ने कुराको सुनिश्चिता गर्दछ । एक आपसमा आर्थिक उत्तरदायित्व बहन गर्ने, एक अर्का र आश्रितको सुरक्षा गर्न चाहने विवाहित दम्पतीहरूको लागि यो बीमालेख उपयुक्त छनोट हुन सक्ने छ । यो योजनाले दम्पतीको जोखिम बहन गर्नुका साथै सम्बन्ध प्रगाढ बनाई भविष्यको लागि बचत गर्नसमेत मद्दत गर्दछ । योजनाको प्रमुख विशेषता यो योजना खरिद गर्ने बीमितले विभिन्न सुविधा पाउनेछन् । यो बीमालेख अन्र्तगत बीमितले दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी अशक्तता, बीमा शुल्क छुट सुविधा र घातक रोग रक्षावरण गरी चार सुविधा पाउने छ । उदाहरणको लागि ३२ वर्षकी लक्ष्मी र उनका ३५ वर्षको श्रीमान हरि कुबेर दम्पतीले २५ लाखको बीमा दम्पती जीवन बीमा योजना खरिद गरेका छन् । कुबेर दम्पतीले खरिद गरेको पोलिसी अवधि २१ वर्षको रहेको छ । उनीहरूले प्रत्येक वर्ष एक लाख ६५ हजार २ सय ५० रुपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्छ । परिपक्वको हकमा अब बीमालेख परिपक्वताको हकमा कुनै एक वा दुवै जना बीमित जीवित रहेमा बीमा अवधिको समाप्तिमा बीमांक रकम र आर्जित बोनस एकमुष्ट भुक्तानी हुनेछ । पूर्ण स्थायी अशक्तता बीमा अवधिभित्र बीमाालेख चालू भएको अवस्थामा दुर्घटनाको कारण दम्पतीमध्ये कुनै एक वा दुवै पूर्ण स्थायी अशक्तता भएमा बीमा शुल्क भुक्तानीमा पूर्ण छुट रहेको छ । साथै बीमालेखमा उल्लेखित सर्तअनुसारको पूर्ण स्थायी अशक्तता सुविधा प्रदान हुनेछ । दुर्घटनाका कारण कुनै एक बीमितको पूर्ण स्थायी अशक्ततापछि बीमालेख एनिर्भसरीभित्र दुर्घटनाकौ कारण अर्को बीमितको पनि पूर्ण स्थायी अशक्तता भएको अवस्थामा बीमितको पूर्ण स्थायी अशक्तता सुविधा बीमितलाई भुक्तान गरिने छ । दुर्घटना मृत्यु बीमा अवधिभित्र बीमालेख चालू भएको अवस्थामा दुर्घटनाको कारण दम्पतीमध्ये कुनै एकजनाको मृत्यु भएमा दुई गुणा सम्म बिमांक जीवत बीमितलाई एकमुष्ट प्रदान गर्नेछ । बीमालेख अन्तर्गतको बाँकी प्रिमियम शुल्कमा छुटसमेत रहेको छ । बीमा समाप्तिमा पुनः बीमांक र आर्जित बोनस एकमुष्ट भुक्तानी हुनेछ । दुर्घटनाका कारण कुनै एक बीमितको मृत्युपछि बीमालेख एनिर्भसरीभित्र दुर्घटनाकौ कारण अर्को बीमितको पनि मृत्यु भएको अवस्थामा बीमितको दुर्घटना सुविधा नजिकको कानुनी हकवालालाई भुक्तान गरिने छ । प्राकृतिक मृत्यु बीमा अवधिभित्र बीमालेख चालू भएको अवस्थामा कुनै एक वा दुवै बीमितको प्राकृतिक मृत्यु भएमा पहिलो मृत्युबापत बिमांक र दोस्रो मृत्युबापत बिमांक र आर्जित बोनस एकमुष्ट पाउनेछन् । घातक रोग सुविधा बीमालेख चालू भएको अवस्थामा कुनै एक वा दुवै बीमितलाई घातक रोग अन्र्तगत १८ मध्ये कुनै एक घातक रोग लागेको अवस्थामा र चिकित्सकीय रूपमा प्रमाणित भएको अवस्थामा एक जना वा दुवैलाई उपचारको लागि जनही २५ लाख रुपैयाँ भुक्तानी हुने छ । बीमा योजना खरिद गर्नको लागि योग्यता यो बीमा योजना न्यूनतम २१ वर्ष पूरा भएका र अधिकतम ५० वर्ष उमेर समूहका दम्पतीले खरिद गर्न सक्नेछन् । यो योजनामा श्रीमान/श्रीमतीको उमेरअन्तर ७ वर्षसम्मको मात्रै मान्य हुने छ । बीमा योजनाको अवधि न्यूनतम १५ वर्षदेखि अधिकतम ३० वर्षसम्मको रहेको छ । यो बीमा योजना अन्तर्गत बीमितले आफ्नो आर्थिक हैसियत अनुसार खरिद गर्न सक्नेछन् ।बीमितले न्यूनतम ५० हजारदेखि अधिकतम जति पनि रकमको बीमालेख खरिद गर्न सक्नेछन् । प्रिमियम भुक्तानी गर्ने तरिका यो योजना खरिद गर्ने बीमितलाई प्रिमियम रकम भुक्तानी गर्ने तरिका लचिलो छ । बीमतले वार्षिक, अर्धवार्षिक र त्रैमासिक गरी तीन तरिकाले प्रिमियम भुक्तानी गर्न सक्नेछन् । जुनबेला पनि खरिद गर्न सकिने जीवनमा अप्ठ्यारो स्थिति जुनसुकै बेलामा पर्न सक्ने हुनाले दम्पतीले यो पोलिसी होस् या जुनसुकै पोलिसी खरिद गर्नको लागि कुनै विशेष समय कुर्नुपर्ने आवश्यकता छैन । बीमितले जतिबेला पनि खरिद गर्न सकिने छ । दम्पती जीवन बीमाको हकमा दम्पती जीवन बीमा विवाह गर्नेबितिकै गर्नु उचित हुन्छ । एउटै बीमालेखमा श्रीमान्÷श्रीमतीको बचत तथा जोखिम बहन हुने भएकाले ढिलाइ नगरी यो बीमा खरिद गरियो भने निकै फाइदाजक हुन्छ । यदि प्रत्येक एकल पुरुष र महिलाले जस्तै जीवन बीमाको महत्व सबै श्रीमान् र श्रीमतीहरूले बुझ्ने हो भने दम्पती जीवन बीमा योजना सबै विवाहित दम्पतीहरूको पहिलो रोजाइ पर्न जान्छ । बीमाको लागि सानिमा रिलायन्स नै किन रोज्ने ? सानिमा रिलायन्सले नेपालमै उत्कृष्ट जीवन बीमालेखहरू प्रदान गर्दै आइरहेको छ । कम्पनीले नेपाली समाजको आवश्यकता पहिचान गरी फरक र नयाँ किसिमका बीमालेखहरू पस्कन सफल र सक्षम रहेको छ । आर्थिक रूपमा सुदृढ, सम्पन्न साथै कम्पनीको वित्तिय अवस्था सबल रहेको छ । साथै कम्पनीले पारदर्शी र उत्कृष्ट संस्थागत सुशासनबाट सञ्चालित रहेको हुँदा ढुक्क भएर सानिमा रिलायन्सको बीमालेख खरिद गरेर भविष्य सुरक्षित बनाउन सकिन्छ ।
बैंकिङ क्षेत्र सुधारका लागि ऐतिहासिक समिति गठन : सीबीफीन
काठमाडौं । नेपाल राष्ट्र बैंकका नियुक्त गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका वास्तविक समस्या र चुनौती पहिचान गरी ठोस समाधान दिन गठित सुझाव समितिको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले हार्दिक स्वागत गरेको छ । सीबीफीनका अनुसार नेपालको बैंकिङ इतिहासमा पहिलो पटक सुधारमा केन्द्रित भएर राष्ट्रियस्तरको उपसमिति गठन हुनु ऐतिहासिक उपलब्धि हो । उपसमितिमा केन्द्रीय बैंक बाहिरका प्रतिष्ठित विषयविज्ञ तथा निजी क्षेत्रको अनुभवसमेत समेटिनु विशेष महत्त्वपूर्ण भएको परिसंघले बताएको छ। गभर्नरले स्थलगत अध्ययन, नीतिको समीक्षा र वित्तीय क्षेत्रको दीर्घकालीन सुधारका लागि अघि सारेका योजना र अभिव्यक्तिले मुलुक आर्थिक तथा बैंकिङ क्षेत्रमा दिगो विकासतर्फ उन्मुख भएको सीबीफीनको विश्वास छ । सिबिफिनले उपसमितिको अध्ययन, छलफल तथा संवादमा सक्रिय सहभागिता जनाउँदै खोजमूलक सुझाव पेस गर्न र राष्ट्र बैंकले लिएका दूरगामी योजना कार्यान्वयनमा अभिन्न सहकार्य गर्न सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
विश्व बैंक समूहको ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क फर नेपाल’ सार्वजनिक
काठमाडौं । ३० जेठः विश्व बैंक समूहले ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क फर नेपाल’ (२०२५–२०३१) सार्वजनिक गरेको छ । आगामी ६ वर्षका लागि नेपालमा विश्व बैंक समूहको प्रस्तावित रणनीतिक साझेदारी तथा सहकार्यको योजनासहित फ्रेमवर्क ल्याइएको हो । यहाँ शुक्रबार एक औपचारिक कार्यक्रमबीच उक्त फ्रेमवर्क सार्वजनिक गरिएको हो । कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फ्रेमवर्लले नेपालको १६औं योजनासँग मेल खाने र नेपालको संरचनात्मक आर्थिक रूपान्तरणमार्फत विकास, सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि आवश्यक मार्गचित्र प्रस्तुत गर्ने गरी तयार पारिएको बताए । यसले समावेशी आर्थिक वृद्धि, उत्पादनशील रोजगारी, प्रतिस्पर्धात्मकता अभिवृद्धि, दिगो सामाजिक सुरक्षा र जलवायु उत्थानशीलताजस्ता नेपालका प्रमुख प्राथमिकतालाई समर्थन गर्ने अर्थमन्त्री पौडेलको भनाइ थियो । 'यो फ्रेमवर्क नेपालले सामना गरिरहेका दुई प्रमुख चुनौतीहरू–रोजगारी सिर्जना र विपद् उत्थानशीलता अभिवृद्धि गर्ने तथा हाम्रा नागरिक, विशेष गरी कमजोर वर्गको जीवनस्तर सुधार गर्ने विषयमा केन्द्रित रहेको भन्ने लागेको छ,' अर्थमन्त्री पौडेलले भने, 'यसको कार्यान्वयनले नेपालको व्यावसायिक वातावरण सुधार, पूर्वाधारको विकास र पर्यटन प्रवर्द्धन तथा शिक्षा र सीप अभिवृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने विश्वास छ ।' पूर्वाधार र डिजिटल पहुँच वृद्धिमा गरिने लगानीले आर्थिक वृद्धि, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा नागरिकको सङ्कट उत्थानशीलता वृद्धि गर्न सहयोग पुग्ने र समुदायलाई आर्थिक र सामाजिक जीवनमा अझ सक्रिय रूपमा सहभागी गराउने आशा गर्न सकिने अर्थमन्त्री पौडेलको भनाइ थियो । त्यस्तै, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनप्रति अत्यधिक संवेदनशील देशका रूपमा नेपालले विपद्को तयारी, जोखिम न्यूनीकरण र स्रोतको दिगो उपयोगमा प्राथमिकता दिनुपर्ने अवस्था रहेको उनले बताए । सार्वजनिक संस्थाको सुदृढीकरण, जवाफदेहिता र प्रभावकारितामा फ्रेमवर्कले जोड दिनु सकारात्मक रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बलियो संस्थाले मात्र विकास लक्ष्यलाई वास्तविक रुपमा रूपान्तरण गर्नसक्ने बताए । सार्वजनिक वित्त व्यवस्थापन, खरिद प्रणाली र वातावरणीय तथा सामाजिक सुरक्षामा सुधार गर्न विश्व बैंक समूहसँग सहकार्य गर्न नेपाल प्रतिबद्ध रहेको उनले बताए । फ्रेमवर्क सार्वजनिक कार्यक्रममा विश्व बैंक समूहका प्रबन्ध निर्देशक वेनचाई झाङले आन्तरिक रोजगारी सिर्जना गरी आर्थिक वृद्धि हासिल गर्ने र प्राकृतिक प्रकोपप्रति सहनशीलता, जलवायु परिवर्तनद्वारा सिर्जित जोखिम न्यूनीकरणजस्ता विषयलाई प्राथमिकतामा राखेर यो फ्रेमवर्क ल्याइएको बताए । यो फ्रेमवर्कका योजना तथा कार्यक्रम नेपालको १६औं आवधिक योजना (आव २०८१/८२–२०८५/८६) सँग समन्वय हुने गरि ल्याइएको उनको भनाइ थियो । नेपालको विकास आवश्यकता समेतलाई हेरेर १६औं योजनासँग समन्वय हुने गरी विश्व बैंकले यो फ्रेमवर्क ल्याएको छ । 'देशको विकास लक्ष्य र आवश्यकताअनुसार रोजगार सिर्जना गर्ने, दिगो आर्थिक वृद्धि, चरम गरिबी अन्त्य, दिगो पूर्वाधार विकासजस्ता विषयलाई फ्रेमवर्कले प्राथमिकतामा राखेको छ,' प्रबन्ध निर्देशक झाङले भने । सोही कार्यक्रममा नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि विश्व बैंक देशीय निर्देशक डेभिड सिस्लेनले नेपालको विकास आवश्यकतासँग समन्वय र सहकार्य हुने गरि यो फ्रेमवर्क आएको तथा यसले रोजगारी सिर्जनालाई केन्द्रमा राखेको बताए । जीडीपीको २५ प्रतिशत योगदान रेमिट्यान्सबाट रहेको र अनौपचारिक बेरोजगारी समस्याका रुपमा रहेकाले यसलाई कसरी आन्तरिक उत्पादन बढाएर कसरी सुधार गर्दै जाने भन्नेतर्फ मार्गदर्शन गर्न यो फ्रेमवर्क उपयोगी हुने उनको भनाइ थियो । नेपालका दिगो पूर्वाधार निर्माणसँगै निजी क्षेत्रले नेतृत्व गरेको पर्यटन क्षेत्र विकास गरिनुपर्नेमा उनले जोड दिए । त्यस्तै, अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) का दक्षिण एसिया क्षेत्रीय निर्देशक इमाद फाकुरीले नेपालको हकमा आर्थिक विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने र व्यवसाय गर्ने वातावरण सहज बनाइनुपर्ने धारणा राखे । त्यस्तै, साना तथा मझौला उद्योगलाई प्रवर्द्धन गरिनुपर्ने पनि उनको भनाइ थियो ।
जेठमा मात्रै २ खर्ब ८१ अर्ब खर्च, एकैदिन २२ अर्ब २२ करोड निकासा
काठमाडौं । जेठ र असारमा सरकारी बजेट ठूलो मात्रमा खर्च गर्ने प्रवृत्तिले यस वर्ष पनि निरन्तरता पाएको छ । जसकारण सरकारी भुक्तानी प्रणालीमा ठूलो चाप परेको छ । सरकारी आयव्यायको अभिलेख राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार अरू बेला खासै खर्च नहुने बजेट अहिले ठूलो मात्रामा भइरहेको छ । राज्यको ढुकुटीबाट जेठ महिनामा मात्रै २ खर्ब ८० अर्ब ९६ करोड रुपैयाँ बजेट सकिएको छ । सरकारी भुक्तानीको प्रवृत्ति हेर्ने हो भने जेठ १ गते मात्रै सरकारले ६ अर्ब ३१ करोड रुपैयाँ खर्च गरेको छ । जेठ ७ मा मात्रै सरकारले ३ अर्ब ७८ करोड खर्च गरेको देखिन्छ । जेठ १४ मा एकैदिन २२ अर्ब २२ करोड सरकारले खर्च गरेको तथ्यांकले देखाएको छ । जेठ २१ मा ३ अर्ब ३२ करोड, जेठ २८ मा २ अर्ब ८७ करोड, जेठ ३० मा ८ अर्ब २८ करोड बजेट सरकारले खर्च गरेको छ । जेठमा भएको यतिधेरै खर्चले झरीसँगै सरकारी बजेट बगिरहेको प्रष्ट देखाएको छ । जेठ र असारमा हुने खर्चमाथि हरेक वर्ष प्रश्न उठ्दै आएको छ । खासगरी मौसम शुरु हुने महिा भएकाले यतिबेला हुने विकासे खर्चको गुणस्तरीयतामाथि विज्ञहरूले प्रश्न उठाउने गरेका छन् । सरकारी प्रतिवेदनहरुले समेत जेठ–असारमा हुने विकासमाथि प्रश्न उठाउँदै आएका छन् । खासगरी सार्वजनिक खर्च पुनरावलोकन आयोगदेखि उच्चस्तरीय आर्थिक सुधार आयोगसम्मले नै आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने प्रवृत्ति ठिक नभएको निष्कर्ष निकाल्दै यसलाई सुधार्न सरकारलाई सुझाएका थिए । समग्रमा चालु आर्थिक वर्षको सरकारी खर्च जेठ ३० गतेसम्म १२ खर्ब ७९ अर्ब सरकारले खर्च गरेको छ । कुल बजेटमध्ये चालुतर्फ ८ खर्ब ४९ अर्ब, पुँजीगत (विकास) तर्फ १ खर्ब ४१ अर्ब, वित्तीय व्यवस्थातर्फ २ खर्ब ८७ अर्ब सरकारी बजेट खर्च भएको छ । २०८१ को जेठ १५ मा चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट ल्याइएको थियो । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट ल्याए पनि कार्यान्वयनको मुखमा अर्थात असारको अन्त्यमा सत्तासमीकरण परिवर्तनसँगै नेकपा एमाले–नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनेको थियो । बजेट कार्यान्वयनको जिम्मेवारी अर्थमन्त्री विष्णु पौडेलले पाएका थिए । चालु आर्थिक वर्ष सकिन महिना दिन बाँकी रहँदा कुल बजेटमध्ये ५ खर्ब ८० अर्ब अझै खर्च हुन सकेको छैन । त्यसो त, यो बजेट पूरै खर्च गर्न नसक्ने सरकारले बताइसकेको छ । गत जेठ १५ मा आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै बजेटसँगै चालु आर्थिक वर्ष २०८१/८२ मा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको सरकारले त्यो पनि हासिल नहुने स्पष्ट पारिसकेको छ । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको छ ।
प्यान अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको अनुरोध
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण 'आयकर ऐन २०५८' बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागले जारी गरेको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले प्यान अध्यावधिक गर्न अनुरोध गरेको बैंकले जनाएको छ । बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप (एनआईसी एसिया मोबाइल बैंक) मा रहेको 'प्यान अपडेट' विकल्पमा क्लिक गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सकिने जनाइएको छ । ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिन्छ । यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई-टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । यसले ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ । ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले ई-टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने बेहोरा समेत बैंक सम्पूर्ण ग्राहकमा जानकारी गराएको छ ।
सिद्धार्थ बैंकका ग्राहकहरूलाई लोमस डिजिटलमा छुट
काठमाडौं । सिद्धार्थ बैंक र लोमस डिजिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई ह्वायरपुल प्रडक्ट र किचेन सामग्रीमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले उत्तरढोका, काठमाण्डौंस्थित लोमस डिजिटलमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएकाे छ । बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।
सेयरधनीको आलोचनाबीच टोयोटा मोटरको नेतृत्वमा पुनः टोयोडा
काठमाडौं । टोयोटा मोटरका सेयरधनीहरूले बिहीबार अकियो टोयोडालाई पुनः अध्यक्षमा निर्वाचित गरेका छन् । जापानी अटोमेकरले आफ्नो समूह कम्पनीलाई ३३ अर्ब डलरमा किन्ने प्रस्ताव ल्याउँदा विदेशी सेयरधनीबाट आलोचना भए पनि साधारण लगानीकर्ताहरूको समर्थन उनलाई मिल्यो । विश्वकै सबैभन्दा बढी बिक्री हुने अटोमोबाइल कम्पनीका पूर्व प्रमुख कार्यकारी र संस्थापकका नाति टोयोडालाई बिहीबार भएको वार्षिक साधारण सभामा पुनः निर्वाचित हुने अपेक्षा गरिएको थियो । मतदानको विस्तृत परिणाम अझै सार्वजनिक भएको छैन, त्यसैले टोयोडाले गत वर्षको ७२ प्रतिशतभन्दा बढी मत पाए कि नपाए भन्ने प्रष्ट छैन । निक्केई पत्रिकाले स्रोत नखुलाई टोयोडाले कम्तीमा ९६ प्रतिशत मत पाएको अनुमान गरेको छ । मंगलबार समूह कम्पनी टोयोटा इन्डस्ट्रीजका सेयरधारकहरूले कम्पनीको ४.७ ट्रिलियन येन (३३ अर्ब डलर) को बाइआउट प्रस्तावबारे कार्यकारीहरूलाई प्रश्न सोधेका थिए । विदेशी लगानीकर्ताहरूले यसलाई सानातिना सेयरधारकहरूप्रति अनुचित भएको बताएका थिए । टोयोडा टोयोटा इन्डस्ट्रीजको बोर्डमा नभएकोले त्यो बैठकमा सहभागी भएका थिएनन् । 'टोयोटा इन्डस्ट्रीजका बारेमा प्रेसमा धेरै कुरा आइसकेको थियो, त्यसैले धेरै सेयरधारकहरूले आफूलाई पर्याप्त जानकारी भएको ठाने,' मध्य जापानमा दोस्रो पटक साधारणसभामा सहभागी भएका चालीस वर्षका टोयोटा मोटरका सेयरधारक आकिहिरो होरिउचीले भने । उनका अनुसार कम्पनीले आफ्नो ‘टोयो टाइम्स’ समाचार वेबसाइटमा सम्झौताबारे विस्तृत व्याख्या गरेको थियो । 'टोयोटा (मोटर) जापानकै उत्कृष्ट कम्पनी हो र मलाई लाग्छ यो अझै बढ्दै जानेछ,' होरिउचीले थपे । टोयोटा मोटरले फोर्कलिफ्ट निर्माता टोयोटा इन्डस्ट्रीजलाई निजी कम्पनी बनाउने योजना बनाएको छ । यो जटिल सम्झौतामा अध्यक्ष टोयोडाले आफ्नै १ अर्ब येन लगानी गर्नेछन् र जापानको सबैभन्दा शक्तिशाली कर्पोरेट समूहलाई पुनर्संरचना गर्नेछन् । प्रति सेयर १६ हजार ३०० येनको मूल्य निर्धारण गरिएको यस प्रस्तावबारे केही विदेशी सेयरधारकहरूले यो कम्पनीको वास्तविक मूल्यभन्दा कम मूल्यांकन भएको र संस्थापक परिवारको नियन्त्रण अझै बलियो हुने बताएका छन् । टोयोटा मोटरका अनुसार यस अधिग्रहणले समूह कम्पनीहरूसँगको सहकार्य अझै बलियो बनाउनेछ र छोटो अवधिको नाफा लक्ष्यको चापबाट मुक्त गराउनेछ । समूहले आफ्ना सेवा र पहिचानलाई फराकिलो मोबिलिटी क्षेत्रमा विस्तार गर्ने योजना बनाएको छ । यसपालि प्रोक्सी सल्लाहकार ग्लास लुइस र इन्स्टिट्युसनल सेयरहोल्डर सर्भिसेसले टोयोडालाई पुनः निर्वाचित गर्न सेयरधारकहरूलाई सिफारिस गरेका थिए । गत दुई वर्ष ग्लास लुइसले विरोध सिफारिस गरेको थियो र गत वर्ष आईएसएसले पनि आपत्ति जनाएको थियो । टोयोडाको पदमाथि व्यवस्थापन पारदर्शिताका कारण प्रश्न उठ्दै आएको थियो । तर यस पटक दुवै सल्लाहकारहरूले आफ्नो सिफारिस परिवर्तन गर्नुको स्पष्ट कारण भने दिएका छैनन् । अघिल्ला वर्षहरूमा सेयरधारकहरूको समर्थनमा गिरावट आएको थियो । गत वर्षको ७२ प्रतिशत अघिल्लो वर्षको ८५ प्रतिशत र त्यसअघिको ९६ प्रतिशतभन्दा तल थियो । टोयो टाइम्सलाई जुलाईमा दिएको अन्तर्वार्तामा टोयोडाले भनेका थिए, 'यदि सेयरधारकहरूको समर्थन अझै घट्दै गयो भने मेरो पद पनि जोखिममा पर्न सक्छ।' पहिले टोयोडा अटोमेटिक लुम वर्क्सका नामले चिनिने टोयोटा इन्डस्ट्रीज सन् १९२६ मा स्वचालित कपडा मेसिन बनाउनका लागि स्थापना गरिएको थियो । यसले पछि अटोमोबाइल डिभिजन सुरु गरी टोयोटा मोटरलाई अलग कम्पनीका रूपमा स्थापना गरेको थियो । टोयोटामा हलचल ! ३३ अर्बको प्रश्न सामना गर्दै अध्यक्ष टोयोडा बीवाईडीविरुद्ध जीली र ग्रेट वाल एकजुट, मूल्य युद्धले तात्यो बजार