मन्त्री रवीन्द्र अधिकारीले १०० दिनमा गरे ९५ प्रतिशत काम
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अघि सारेको १०० दिनको अवधिको काम प्रगति सार्वजनिक गरेका छन् । दुई महिनाको अवधिमा मुख्य काममा ९५ प्रतिशतको हाराहारीमा प्रगति भएको पर्यटनमन्त्री अधिकारीले शुक्रबार मन्त्रालयमा आयोजित समीक्षा कार्यक्रममा बताए । अधिकारीले गत चैत १६ गते पत्रकार सम्मेलन गरी १०० दिनमा गरिने ११० वटा कामको प्रतिबद्धतासहित सार्वजनिक गरिएका थिए । “सरकारको १०० दिनको कार्ययोजना अन्तर्गतकै एउटा पाटो पर्यटन मन्त्रालय मातहतको कामको प्रगति विवरण हो, ९५ प्रतिशत काम सम्पन्न भएको छ । एक÷दुई दिनमा ९७ प्रतिशत नै काम हुनेछ”, उउले भने । सरकार आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेको भन्दै मन्त्री अधिकारीले देश र जनताका लागि सामाजिक न्यायमा आधारित विकासको अनुभूत हुने गरी जिम्मेवार भएर काम गर्न जरुरी भएको बताए । क्षेत्रीय तथा अन्तरप्रादेशिक उडान सेवाका लागि पहल गरिने र नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाइने तथा निजी विमान सेवा प्रदायक कम्पनीलाई प्रभावकारी सेवाका लागि समन्वय गरिने मन्त्री अधिकारीको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारदेखि मन्त्रालयअन्तर्गत पर्ने राष्ट्रिय गौरवका पाँच आयोजना, भूकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदाको पुनर्निमाण, हवाई सुरक्षा, पर्यटन पूर्वाधार विकास तथा प्रवद्र्धन एवं मन्त्रालयको नीतिगत तथा कानूनी सुधारका सम्बन्धमा १०० दिनभित्र सम्पादन गरिनेको प्रमुख कार्ययोजनामा समेटिएको थियो । कार्यप्रगतिअनुरुप मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो एयर ट्राफिक चाप न्यूनीकरण गर्न विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याउन शुरु गरिएकोछ । यसबाट ‘एयर स्पेस’ बढेको छ । अन्तर्राष्ट्रिय उडानमा असर पुगेकाले आन्तरिकतर्फका ३० प्रतिशत उडानलाई स्थानान्तरण गर्न काभ्रेपलाञ्चोकको नागिडाँडामा आन्तरिक विमानस्थल निर्माण प्रक्रिया अघि बढेको छ । उक्त विमानस्थल निर्माणका लागि उपयुक्त नागिडाँडा हुने भनी सिफारिशसहितको प्रतिवेदन रायसहितको प्रतिवेदन हालै प्राविधिक समितिले मन्त्रालयलाई बुझाएको र सो स्थान छनोट भई प्रारम्भिक कार्य शुरु भएको मन्त्रालयले जनाएको छ । यस्तै अन्तर्राष्ट्रिय विमानस्थल सुधारतर्फ यात्रुलाई थप सहज बनाउन अन्तर्राष्ट्रिय टर्मिनल आगमन कक्षमा चारवटै ब्यागेज वेल्ट नियमित सञ्चालन गरिएको र एसी जडान भएको तथा आन्तरिक टर्मिनलतर्फ यात्रु प्रतिक्षालयमा थप यात्रु बस्ने सुविधा तथा एसी जडान गरिएको कार्यप्रगतिमा उल्लेख छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई गति दिन विमानस्थल निर्माण मोडालिटी तयारीको निम्ति गहन छलफल भइरहेको र विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति गराइएको छ । कोरियन कम्पनी एलएमडब्लुले बुझाएको विस्तृत सम्भाव्य अध्ययन ९डिएफएस० प्रतिवेदन सरकारले ग्रहण गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग, टर्मिनल भवनलगायत सिभिल निर्माण कार्यको भौतिक प्रगति ३८ प्रतिशत सम्पन्न भएको र विमानस्थल निर्माण एवं मुआब्जा वितरणको कार्य प्रभावकारी बनाइएको छ ।
यातायात मन्त्री महासेठले भने-‘मैले ठेकेदारको पनि समस्या बुझिसकेको छु’
काठमाडौं । यातायात भौतिक तथा पुर्वाधार मन्त्री रघुविर महासेठले निर्माण व्यवसायीहरुलाई काम गर्न तयार भएर बस्न बताएका छन् । नयाँ आर्थिक वर्षमा धेरै आयोजनाहरुको काम गर्नु पर्ने भएकाले तयार भएर बस्न सुझाएका हुन् । नेपाल निर्माण व्यवसायी महासंघले गरेको कार्यक्रममा बोल्दै महासेठले १० वर्षमा देशभर १५ हजार किलोमिटर सडक निर्माण गर्ने बताएका हुन् । उनले भने-‘निर्माण व्यवसायीहरुको समसस्या मैले बुझिसकेको छु, विस्वासको साथ काम गर्नलाई तयार भएर बस्नुहोस् आगामी आर्थिक वर्षमा धेरै आयोजनाहरु निर्माण गर्नुपर्ने रहेको छ ।’ नेपाललको काम काम गर्न विदेशी कम्पनी ल्याउन नपर्ने गरी काम गर्न व्यवसायीहरुलाई जोड दिएका हुन् । कार्यक्रममा महासंघले देशभर काम गरिरहेका उत्कृष्ट ठेकेदारहरुलाई पुरस्कृत समेत गरेको छ । देशभर रहेका १२ हजार व्यवसायीहरु ए, बि, सी र डी ग्रेडका कम्पनीहरुबाट उत्कृष्ट घोषणा गरी पुरस्कृत गरिएको हो । ए ग्रेडमा रहको हिन्टिङ एण्ड कोल्बस प्रालीले सर्वोकृष्ट उपाधी हासिल गरेको छ भने सिल्भर मेडल के एण्ड के कन्ट्रक्सनले प्राप्त गरेको छ । त्यसैगरी आश्वर्य निर्माण कम्पनीले बि ग्रेडको उत्कृष्ट उपाधी हासिल गरेको छ । सी ग्रेडको कुनै पनि कम्पनी पुरस्कार योग्य नभएको महासंघले जनाएको छ । कार्यक्रममा महासंघका अध्यक्ष विष्णु श्रेष्ठले ठेकेदारहरुको ४० अर्ब सरकारले भुत्तानी दिन बाँकी रहेको बताए ।
नेपालमा भित्रियो स्मार्ट कार्ड बनाउने प्रविधि, लाइसेन्स वितरण गर्न छिटो हुने
काठमाडौं । स्मार्ट लाइसेन्स, एटीएम, लगायतका डिजिटल स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि नेपालमा भित्रिएको छ । सरकारी तथा नीजि क्षेत्रले जारी गर्ने लाईसेन्स तथा विभिन्न किसिमका कार्डहरु नेपालमा तयारी हुन नसकिरहेको सन्दर्भमा मालिका इन्कर्पोरेटले नेपालमै यस्तो प्रविधि भित्र्याएको हो । यो प्रविधिका माध्यमबाट स्मार्ट लाइसेन्स वितरणमा अहिले भईरहेको ढिलासुस्तीको अन्त्य हुने मालिका इन्कर्पोरेटले जनाएकोे छ । राजधानीमा एक कार्यक्रमकाबिच नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माले मालिका इन्कर्पोरेटको औपचारिक सुरुवात गर्दै डिजिटल समाज निर्माणमा यसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । उनले स्वास्थ्य, यातायात, शिक्षा, बैंकिगं क्षेत्रमा मालिका इन्कर्पोरेटले भित्र्याएका अटोमेशन प्रविधिले आम नागरिकको दैनिकी सहज हुने विश्वास गरेका छन् । आफु प्रविधिमा धेरै अभ्यस्त नभएको बताएका नेता शर्माले सुरक्षाका साथै भ्रष्टाचार नियन्त्रणमा प्रविधिको उत्तिकै महत्वपुर्ण भुमिका रहने बताए । उनले प्रविधिको सही प्रयोग हुनुपर्नेमा पनि जोड दिएका छन् । मालिका इन्कर्पोरेटले सूचना प्रविधिका क्षेत्रहरु, स्वास्थ्य, यातायात, बैंक, शिक्षाका साथै राष्ट्रिय महत्वका सूचना संकलन तथा सम्पादनका क्षेत्रमाप्रविधिको प्रयोग व्यापक बनाउने लक्ष्य लिएको छ । भारतमा आधार कार्ड, लाइसेन्स, एयरफेर्सको सेक्युरिटी लगायत क्षेत्रमा सेवा दिंदै आएकोे जेब्रा ब्राण्डलाई मालिकाले नेपाल प्रवेश गराउँदै यस्तो योजना बनाएको हो । यसका उत्पादन नेपाल सरकारका विभिन्न विभाग, तथा निकायहरुका साथै बैंक वित्तीय संस्था, अस्पताल, शैक्षिक प्रतिष्ठानबाट प्रवाह हुने सेवामा धेरै उपयोगी हुने मालिका इन्कर्पोरेटका अध्यक्ष टीकाराम जैशीको भनाई छ ।
बुटवलमा टाटा मोटर्स कार मेला शुरु, आकर्षक अफरमा कार किन्न सकिने
काठमाडौं । बुटवलको क्लव डी नोभोमा शुक्रबार(आज)देखि वार्षिक रुपमा आयोजना हुने टाटा मोटर्स कार मेला शुरु भएको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का लागि आधिकारिक वितरक सफल अटो इन्टरनेशनलको संयुक्त सहकार्यमा उक्त मेलाको आयोजना गरिएको हो । यस मेला जेठ ११ देखि १३ गते बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ । यस मेलामा ग्राहकहरुले विभिन्न आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्न सक्नेछन् । टाटा कार मेलाका मुख्य आकर्षणहरुका रुपमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा, स्विमिङ्ग पुल, नेल आर्ट, फेस पेन्टिङ्ग, फोटोसुट, फुड स्टल लगायत विभिन्न साङ्गितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन् । साथै, मेलामा टाटा मोटर्सद्वारा नयाँ पुस्तालाई लक्षित गरी तयार गरिएको टाटा नेक्सन कारको प्रदर्शनी तथा टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जानकारी गराएको छ । मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
प्रशोधन केन्द्र नहुँदा ५० करोडको जैतुन खेर गयो
काठमाडौं । अधिकांश सामुदायिक वनमा स्थानीय जातको जंगली जैतुन प्रशस्त भए पनि संकलन र प्रशोधन केन्द्र नहुँदा खेर जान थालेको छ । जिल्लाका प्रत्येक सामुदायिक वनमा भएका जंगली जैतुनलाई संकलन गर्ने तरिका र प्रशोधन गर्ने मेशिन नहुँदा जैतुन खेर जान लागेकोप्रति स्थानीयवासी चिन्तित बनेका छन् । जंगलमा पाइने स्थानीय जातको जैतुन वर्षभरिमा करिब रु ५० करोडको जैतुन तेल बेच्न सकिने जैतुन कार्यान्वयन एकाइ जोन कार्यालय बाजुराले जनाएको छ । जिल्लाका उत्तरी भेगको स्वामीकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिका तथा बूढीनन्दा नगरपालिकामा जंगली जैतुन प्रशस्त रुपमा पाइन्छ । यस्तै बूढीगंगा र त्रिवेणी नगरपालिकामा पनि जंगली जैतुन खेर जान थालेको छ । जंगली जैतुन भएका क्षेत्रका स्थानीयवासीले जैतुनका बोट काटेर गाई बाख्रालाई खुवाउने गरेका छन् । जैतुन संकलन नहुँदा चराचुरुङ्गीको आहारा भएको छ । स्थानीय जातको जैतुनले दिने फलको संकलन र प्रशोधन नहुँदा चराचुरुङ्गीले खानुबाहेक अरु उपयोग हुन नसकेको बूढीगंगा नगरपालिका–३ का जयराज उपाध्यायले बताए। जिल्लालाई जैतुन जोनका रुपमा विस्तार गर्न सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन इकाइको स्थापना गरी काम अगाडि बढाइरहेको छ । जिल्लामा हाल ६६९ हेक्टरमा जंगली जैतुन रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जैतुन कार्यान्वयन इकाइका निमित्त प्रमुख शालिकराम गौतमले बताए। ‘पहिला स्थानीयवासीमा चेतनाको अभाव थियो, जैतुनलाई घाँसका रुपमा प्रयोग गरिन्थ्यो, अहिले विस्तारै जैतुनसम्बन्धी बुझ्न लागेका छन्,’ उनले भने । बाजुरा, बझाङ, डोल्पा, अछाम, मुगु, हुम्ला, जुम्ला, कालीकोटलगायत जैतुन खेतीको सम्भाव्य जिल्लामा पर्छन् । विश्वमा ३० प्रजातिका जैतुन फेला परेको तथ्यांक छ । जोन कार्यालयले पहिले स्थानीय प्रजातिकै जैतुनको संरक्षण र प्रयोग गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । विभिन्न सामुदायिक वनलाई जैतुन संकलनका लागि तरिका सिकाएर फल संकलन गर्ने त्रिपालसमेत वितरण गरिँदै आएको छ । स्थानीयवासीले केही मात्रामा जैतुनको फल संकलन गरे पनि अनुसन्धान फार्म कोल्टीमा रहेको जैतुन प्रशोधन मेशिन बिग्रिएपछि गत वर्षको फलसमेत त्यसै खेर गएको जैतुन अनुसन्धान फार्मका प्रमुख जनेश भण्डारीले बताए । जैतुन प्रशोधन मेशिन चलाउनका लागि प्राविधिक नहुँदा मेशिन राम्रोसँग सञ्चालन गर्न नसकिएको उहाँ बताउछन् । मर्मत सम्भारका लागि प्राविधिक नहुँदा समस्या भएको छ । स्थानीय जातको जैतुन पेल्न स्थानीयवासीले नयाँ मेशिनको माग गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जिल्लालाई जैतुनको सुपरजोन निर्माणका लागि कार्यक्रम अघि बढाएको छ । साविकका वाई, जुकोट, जगन्नाथ र बाधु गाविसमा सञ्चालन भरहेको कार्यक्रममा यस वर्ष १५ वटा नयाँ बगैँचा तथा पकेट क्षेत्र थप भएको बताइएको छ । बाजुरामा जैतुन तथा अन्य फलफूलको व्यावसायिक खेती गर्न सकेमात्र गरिबी घटाउन सकिने कतिपयको तर्क छ । जैतुन सयौँ वर्षसम्म पनि जीवित रहेर फल दिइरहन सक्ने र सधैँ हरियो भइरहने फलफूल बालीभित्र पर्छ । जैतुनमा खान र दल्न मिल्ने सर्वोत्कृष्ट तेल हुने भएकाले तेलहन बालीका रुपमा पनि लिइन्छ । जैतुनको तेलको नियमित प्रयोगले मधुमेह, मुटुरोग, उच्च रक्तचापजस्ता दीर्घरोगलाई निको पार्छ भने रोग प्रतिरोधक क्षमतासमेत बढाउने विज्ञहरुले बताएका छन् । तेलबाहेक आयुर्वेदिक औषधि, साबुन, सेन्ट र कस्मेटिक सामग्री बनाउनसमेत जैतुनको प्रयोग हुँदै आएको छ । प्रतिलिटर रु दुई हजार ५०० देखि रु तीन हजारसम्म जैतुन तेलको मूल्य पर्छ । जैतुनको खेतीले वन र वातावरणमा समेत सुधार ल्याउने हुँदा यसले कृषि पर्यटनमा समेत टेवा पुग्ने बताइएको छ । रासस
रिलायन्स लाईफ इन्स्योरेन्सले गर्यो एक लाख रुपैयाँकाे बीमा भुक्तानी
काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले सुरक्षित जीवन बीमा योजना (सावधिक) योजना अन्तर्गत विश्वराम भट्टराईका परिवारलाई एक लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । कम्पनीको यो हालसम्मकै पहिलो दाबी रकम भुक्तानी हो । रिलायन्स सुरक्षित जीवन बीमा योजना (सावधिक) योजना अन्तर्गत कम्पनीले विश्वराम भट्टराईका परिवारलाई बीमाङ्क रकम एक लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्सले ५ वटा जीवन बीमा योजनाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । साथै, निकट भविष्यमा थप ३ वटा बीमा योजना ल्याउने तयारीमा रहेको छ ।
सनराइज बैंकले पायो ‘एमाइनस’ ईस्यूवर रेटिङ्ग, जोखिम न्यूनिकरण गर्न सफल
काठमाडौं । केयर रेटिङ्स नेपाल लिमिटेडद्धारा सनराइज बैंकले ‘एमाइनस’ ईस्यूवर रेटिङ्ग पाएको छ । शुक्रबार एक कार्यक्रमबीच केयर रेटिङ्स नेपालका प्रमुख कार्यकारी अधिकृत साजन गोयलले बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई उक्त ग्रेडको रेटिङ्ग प्रदान गरेको पत्र हस्तान्तरण गरेका हुन् । ‘एमाइनस’ रेटिङ्ग भएका वित्तीय संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने क्षमताका साथै “ईस्यूवर रेटिङ्ग” रहेका वित्तीय संस्थाहरुमा न्यून जोखिम रहेको मानिन्छ । बैंकले पनि लगानीकर्ताहरुको सुरक्षाको लागि जोखिमहरुलाई न्यूनिकरण गर्दै लगेकोले उक्त ग्रेडको रेटिङ्ग पाएको हाे । आगामी दिनहरुमा पनि कम्पनीको परिसूचकहरु अझ सशक्त गर्दै लैजाने बैंकको प्रतिवद्धता छ ।
एफपीओको मूल्य घटाउन एनएमबी बैंक सहमत, ४२५ बाट कति कम होला ?
काठमाडौं । एनएमबी बैंकले मूल्य घटाएर थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । एफपीओ निष्कासनका लागि बैंक र निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषबीच पुनः छलफल सुरु भएको छ । नयाँ दरको विषयमा बैंक, नागरिक लगानी र धितोपत्र बोर्डबीच अहिले छलफल चलिरहेको कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण पोखरेलले बताए । “सेयर बजार घटेकाले एनएमबीको एफपीओ पहिलाको भन्दा कम दरमा आउने छ” उनले भने “नयाँ दर निर्धारण गर्नका लागि छलफल भइरहेको छ । केही दिनभित्र तय हुने छ ।” कोषसहित ५ वटा मर्चेन्ट बैंकरले एफपीओको प्रत्याभुति (अण्डरराइटिङ) गर्ने छन् । सेयर निष्कासन तथा बिक्री प्रवन्धक कोषले प्रस्तावित प्रतिकित्ता ४२५ रुपैयाँमा एफपीओ नकिन्ने भएपछि मूल्य घटाउन लागिएको हो । लगानी कोष सञ्चालक समितिले प्रतिकित्ता ४२५ रुपैयाँमा प्रत्याभूति (अण्डरराइटिङ) गर्ने प्रस्ताव अस्वीकृत गरेका थियो । सेयर बजार निरन्तर घटदै गएको र बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को एफपीओ बिक्री नभएपछि प्रत्याभूतिकर्ता मर्चेन्ट बैंकरले सकार्नु परेपछि कोष सञ्चालक समितिले सो दरमा प्रत्याभूति गर्न नसक्ने भनेको हो ।बीपीसीको ५५ करोड रुपैयाँ बराबरको एफपीओ बिक्री नभएपछि ८ वटा अण्डरराइटरले सकारेका थिए । चुक्तापूँजी न्युनतम् ८ अर्ब रुपैयाँ पुर्याउन बैंकले गत वर्षको जेठ २२ गते प्रिमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको थियो । एफपीओका लागि बैंक बोर्डमा गएको १ वर्ष पुगेको छ । एनएमबीको पुँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ छ । बैंकका सीईओ सुनिल केसीले एफपीओ निष्कासन गरेर न्युनतम पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने बताए । उनले एफपीओ निष्कासनमा कुनै समस्या नभएको बताए । आउदो असारसम्म बैंकले न्युतम चुक्तापुँजी पुर्याउनु पर्ने छ । न्युनतम चुक्तापुँजी नपुगे निक्षेप संकलन, कर्जा लगानी, लाभांश वितरणमा प्रतिवन्ध लगाउने निर्देशन केन्द्रीय बैंकले जारी गरिसकेको छ । ८ अर्ब रुपैयाँ पुँजी नपुर्याउन वाणिज्य बैंकलाई केन्द्रीय बैंकले निगरानीमा राखेको छ । चुक्तापुँजी ८ अर्ब रुपैयाँ नपुर्यापछि केन्द्रीय बैंकले एनएमबीको साधारणसभा रोकेको छ ।