विकासन्युज

युनिलिभर लगायत अधिकाँश सुचिकृत कम्पनी मार्जिन कारोबारका लागि अयोग्य, ४० कम्पनीको मात्र हुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचिकृत मध्ये ४० कम्पनीको मात्र सेयर किन्न ब्रोकरमार्फत मार्जिन कर्जा पाउने देखिएको छ । बैंक तथा वित्त, बीमा, जलविद्युत, होटल र उत्पादनमुलक गरी १९६ कम्पनी नेप्सेमा सुचिकृत छन् । मार्जिन ट्रेडिङका लागि नेप्सेले प्रारम्भीक अध्ययन गर्दा ४० कम्पनीको मात्र सेयर कारोबार हुने देखिएको हो । प्रावधानअनुसार सबैभन्दा महंगो सेयर मूल्य भएको युनिलिभर नेपाल लिमिटेडको पनि सेयर किन्न पनि मार्जिन कर्जा नपाउने भएको छ । युनिलिभरको सेयर सदस्यको संख्या १० हजार नपुग्ने भएपछि उसको सेयर मार्जिक कारोबार गर्न नमिल्ने भएको हो । धितोपत्र बोर्डले मार्जिन कर्जाका लागि न्युतम १० हजार सेयरधनी, खुदसम्पत्ति (नेटवर्थ) सकरात्मक रही २ वर्षदेखि न्युनतम १० प्रतिशत लाभांश वितरण र आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरिसकेको कम्पनीको सेयर खरिदमा मात्र मार्जिन कर्जा पाउने व्यवस्था गरेपछि अधिकांश कम्पनीको सेयर अयोग्य हुन पुगेका हो । सेन्चुरी कमर्शियल बैंक, मेगा बैंक, सिभिल बैंक, नेपाल बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र जनता बैंकलगायत एक दर्जन बढी बैंकको सेयर धितो राखेर ब्रोकरमार्फत मार्जिन कर्जा नपाइने देखिएको छ । केही वर्षअघि खुलेका र पुराना भएपछि वित्तीय अवस्था राम्रो नभएका र १० हजार सेयरधनी नपुग्ने कुनै पनि कम्पनीले नपाउने भएका हुन् । ब्रोकर कम्पनी आफुले लगानी गर्ने नभई जमानी बसेर बैंकमार्फत सेयर कर्जा दिने व्यवस्था हुनेछ । यसमा नाफा र घाटा दुबै लगानीकर्ताको हुने छ । ब्रोकर कम्पनीको बैंकसंग साझेदारीमा यस्तो कर्जा दिने व्यवस्था हुने छ । नेप्सेले कर्जा लगानीको विषय भएकाले नीति कार्यान्वयनमा ल्याउन अघि सहमतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको छ ।

सानिमा म्युचअल फण्डको प्रति इकाइ मूल्य १० रुपैयाँ १४ पैसा

काठमाडौं । सानिमा बैंकले निष्कासन गरेको सानिमा म्युचअल फण्डको सम्पत्तिमा वृद्धि भएको छ । म्युचअल फण्डको प्रतिइकाई खुदमूल्य बढेर १० रुपैयाँ १४ पैसा पुगेको छ । अघिल्लो महिना ऋणात्मक अर्थात ९ रुपैयाँ ९३ प्रतिशत रहेकोमा बैशाखमा बढेको छ । सानिमा म्युचअलले १ करोड ८२ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । म्युचअल फण्डको आकार १ अर्ब ३० करोड रुपैयाँको छ । सानिमाले विभिन्न बैंक तथा वित्तीय गरी ४१ कम्पनीमा २३ करोड ६३ लाख रुपैयाँ लगानी गरेको छ । म्युचअल फण्डको स्वमित्वमा ४ लाख ४५ हजार ६९७ कित्ता सेयर रेको छ । म्युचल फण्डको प्रवद्र्धन सानिमा बैंक र कोष व्यवस्थापन सानिमा क्यापिटल लिमिटेडले गरेको छ।

सिटिजन्स म्युचअल फण्डको खुद सम्पत्ति बढ्यो, प्रतिइकाई १० रुपैयाँ १३ पैसा

  काठमाडौं । सामूहिक लगानी कोष ( म्युचअल फण्ड) को प्रतिफल घटि रहेका बेला सिटिजन्स म्युचअल फण्ड १ को भने बढेको छ । गत माघमा बिक्री भएको सिटिजन्सको प्रति ईकाई १३ पैसा बढेको छ । प्रति इकाई खुदसम्पत्ति मुल्य १० रुपैयाँ १३ पैसा पुगेको हो । सिटिजन्स म्युचअल फण्डले १ करोड ८ लाख रुपैयाँ खुदआम्दानी गरेको छ । सिटिजन्स म्युचअल फण्डले १४ कम्पनीको साधारण र संस्थापक सेयरमा गरी २ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ । सिटिजन्सले नविल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक, सनराइज, सिभिल, ग्लोबल आईएमई, जनता कुमारी, माछापुच्छ्रे बैंक, ज्योति, देव विकास बैंक, सेन्ट्रल फाइनान्स, आरम्भ माइक्रो फाइनान्स र जलविद्युत लगानी तथा विकास कम्पनीमा लगानी गरेको छ । सीबीआईएलको स्वामित्वमा ९५ हजार १६० कित्ता सेयर स्वामित्व छ । सिटिजन्सले १ अर्ब रुपैयाँको म्युचअल फण्ड निष्कासन गर्दा ८३ करोड ४३ लाख रुपैयाँको मात्र बिक्री भएको थियो । पछिल्लो समयमा अधिकाँश म्युचअल फण्डको सम्पत्ति २० प्रतिशतसम्म घटेर प्रतिइकाई ८ रुपैयाँमा समेत झरेको छ ।

त्रिपुरेश्वर-नागढुगा सडकका ठेकेदारको बयानः धान खाने मुसो, चोट पाउने भ्यागुतो

काठमाडौं । त्रिपुरेश्वर-कलंकी-नागढुङगाको काम ५० प्रतिशत मात्रै सकिएको छ । सिडीयो कार्यालयले काटेको अत्यन्त जरुरीपत्रको प्रतिक्रिया दिदैं काम गरिरहेका ६ ठेकेदारले ५० प्रतिशत मात्रै काम सकिएको विवरण बुझाएका हुन् । कामको प्रगती विवरणमा ठेकेदार कम्पनीहरुले काम नसक्नुमा सर्वोच्च अदालत र स्थानीय वासिन्दा प्रमुख कारण भएको बताएका छन् । कम्पनीहरुले काम ढिलो हुनुमा सर्वोच्च अदालतको पुर्ण पाठ र स्थानीयको अवरोधलाई बाधक मानेका हुन् । सडकखण्डको दुई कामको जिम्मा लिएको शर्मा शैलुङ कान्छाराम जेभीले २०७५ सालको पुससम्ममा काम सक्ने सम्झौता भएपनि ४५ प्रतिशत मात्रै काम सकेको छ । कार्तिक ३० गते काम सक्ने गरी जिम्मा लिएको बजुगुरु विरुवा सिएम जेभीले हालसम्म ५० प्रतिसत मात्रै काम सकेको छ । त्यस्तै लुम्बिनी शैलुङ जेभीले असोज ३ गते काम सक्ने गरी जिम्मा लिएको काम हालसम्म ४० प्रतिसत मात्रै काम सकेको छ । त्यसैगरी चालु आर्थिक वर्षकै फागुन १४ गतेसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रालीले सबैभन्दा थोरै १० प्रतिशत मात्रै काम सकेको छ । अर्का ठेकेदार कम्पनी बज्रगुरु च्याङमिल खानी जेभीले ४० प्रतिसत मात्रै काम सकेको छ । कम्पनीले पुस १३ गते सडक निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्ने सम्झौता गरेको थियो । काठमाडौंमा समयमै काम नसक्ने २१० कम्पनीले आयोजनाको प्रगती विवरण बुझाएको सहायक जिल्ला प्रमुख अधिकारी बासु घिमिरेले बताए । २१० कम्पनीको कामको प्रगती मुल्याङकन गरिरहेका छौं, सन्तोस जनक काम नभए कारबाही प्रक्रिया अघि बढाउछौं, सहायक प्रमुख घिमिरेले विकासन्युसँग भने । उनले सडक, खानेपानी लगायतका आयोजना प्रमुखको नाम, ठेगाना, नम्बरसहित कामको प्रगती विवरण आएको जानकारी दिए । यसअघि गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरवाही ढंगले काम गर्ने र ठेकेदारको सूची बनाएर पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।  

अनलाइन सेयर ट्रेडिङको परीक्षण गर्न कम्पनी छान्दै नेप्से, १ महिनाभित्र सुरु गर्ने तयारी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले अनलाइन सेयर ट्रेडिङ प्रणालीको परीक्षण गर्न कम्पनी नियुक्ति गर्न लागेको छ । नेप्सेले वाइको कम्पनीले तयार पारेको अनलाईन सेयर कारोबारको परीक्षण, समस्या समधान र प्रमाणिकरणका लागि नयाँ कम्पनी नियुक्तिको प्रक्रिया अघि बढाएको हो । अनलाइन सेयर कारोबारको प्रविधि प्रयोगकर्ताले सञ्चालन गर्न सक्ने अवस्थामा पुर्याउनका लागि नयाँ परामर्शदाता नियुक्त गर्न लागेको नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले बताए । उनका अनुसार एक महिनाभित्र परामर्शदाताको चयन गरिने लक्ष्य लिइएको छ । वाइकोले अनलाइन सेयर ट्रेडिङको प्रविधि जडान गरिसकको उनले बताए । साउनदेखि पुर्ण रुपमा सेयर कारोबार अनलाइनमार्फत गराउने नेप्सेको तयारी छ । अनलाइनमार्फत हुने भएपछि लगानीकर्ता सेयर किन्न र बेच्नका लागि ब्रोकर कार्यालय धाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ । अनलाइन कारोबार सुरु भएपछि लगानीकर्ताले सम्बन्धित ब्रोकर कम्पनीमा नगइ घर वा कार्यलयबाट आफनो कम्प्युटर, ल्यापटप र मोबाइलबाट सेयर खरिद बिक्रीको अर्डर गर्ने सक्ने छन् ।  

डिआरएन इलेक्ट्रोनिक्सको १९ वर्ष, भिसिडीदेखि स्मार्ट कर्प टिभीसम्मको यात्रा, साथमा विश्वकप उपहार याेजना

काठमाडौं । नेपालीकै बलवुताबाट स्थापित डिआरएन इलेक्ट्रोनिक्सले स्थापनाको १९ वर्ष पुरा गरेको छ । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी सफलतापूर्वक १९ वर्ष पार गरेको अवसरमा कम्पनीले एक समारोहको आयोजना गरेको छ । चुनौती र अबसरबीचको १९ वर्ष दुई दशकअघि चिनिया ब्राण्डको दबदबा रहेको सयमा स्वदेशी ब्राण्ड इलेक्ट्रोनिक्स सामानको उत्पादन गरी नेपालीलाई आकर्षण गर्ने उद्देश्यले डिआरएन इलेक्ट्रोनिक्स २०५६ साल असोज १७ गते कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भइ सञ्चालनमा आएको हो । ‘शुरुमा हामी पनि चीनसँगको व्यापारमा सहभागी भयौं । चिनियाँ सामान आयात गरेर बिक्री वितरण गर्ने काम थाल्यौं,’ कार्यक्रममा कम्पनीका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले भने ‘तर पछि चिनियाँ ब्राण्ड मात्रै ल्याएर सामान बिक्री गर्नुभन्दा आफ्नै ब्राण्ड स्थापना गर्नुपर्ने आवश्यकता ठानी सोही टुङ्गोमा पुगेका थियौं ।’ सोही निर्णय अनुसार कम्पनीले स्वदेशी ब्राण्ड उत्पादन गर्न थालेको हो । स्वदेशी ब्राण्ड स्थापना गर्नमा दुई कारण रहेको उनले प्रष्ट्याए । उनको अनुसार एक स्वदेशी ब्राण्डप्रति नेपालीलाई आकर्षित गर्ने र अर्को सकेसम्म कम मूल्यमा गुणस्तरीय सामान उपभोक्तामाझ पुर्याउने थियो । ‘त्यो बेला चिनियाँ इलेक्ट्रोनिक्स सामानहरुमा वारेन्टी र ग्यारेन्टी थिएन,’ उनले थपे ‘हामीले डिआरएन ब्राण्डका इलेक्ट्रोनिक्स समान उत्पादन गरेर बिक्री गर्न थालेपछि वारेन्टीको व्यवस्था समेत गर्यौं ।’ चिनियाँ सामानको दबदबा भएको बेला नेपाली ब्राण्ड स्थापना गर्नु चानचुने कुरा नभएको अध्यक्ष श्रेष्ठ सम्झन्छन् । ‘त्यसमा पनि चीनमा समान बनाएर आफ्नो ब्राण्डमा बिक्री गर्नु आफैमा चुनौतीपूर्ण थियो,’ उनले थपे ‘विगत सम्झिँदा अहिले आनन्दको अनुभूति हुन्छ । विगतको कठिन परिश्रमको कारणले अहिले डिआरएन आम नेपालीमाझ लोकप्रिय बनेको छ ।’ १९ वर्षअघि डिआरएन शुरु गर्दा कम्पनीले आफ्नो ब्राण्डको विभिन्न मोडलका रेडियोहरु, मिनी क्यासेट प्लेयर वाकमेन र भिसिडी बनाएर बिक्री गरेको अनुभव उनले कार्यक्रममा सुनाए । त्यस समय १० हजार पिस बनाएर ल्याएको भिसिडी एक महिनामै बिक्री भएपछि अन्य इलेक्ट्रोनिक्स ब्राण्ड समेत ल्याउने निधो गरेको उनी सम्झन्छन् । रेडियो, भिसिडीबाट शुरु गरेको उत्पादन बिस्तार गरेर कम्पनीले सिआरटी टेलिभिजन, एलसिडी टेलिभिजन, डिआरएन एलइडी टेलिभिजन हुदै अहिलेसम्ममा स्मार्ट कर्भ टिभी बजारमा ल्याएको छ । टिभीको गुणस्तर, इन्नोभेसन, क्वालिटीमा कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता कम्पनीको छ । कम्पनीले आफ्नो टेलिभिजन अरु बहुराष्ट्रिय कम्पनीहरुका टिभीभन्दा राम्रो भएको अध्यक्ष श्रेष्ठको दावी छ । त्यस्तै मूल्यका हिसाबले पनि रिजनेवल छ । टेलिभिजन मात्रै नभएर कम्पनिले डिआरएन ब्राण्डका विभिन्न स्पीकर, मल्टिमिडिया, टेलिफोन सेट, इमर्जेन्सी लाइट, पंखा, सिएफएल तथा एलइडी लाइट, टर्च लगायतका उत्पादनहरु गरिरहेका छन् । निकट भविश्यमै कम्पनीले डिआरएन ब्राण्डको राइस कुकर, भ्याकुम क्लिनर, रेफ्रिजिरेटर, हेलोजिन हिटर लगायत बजारमा ल्याउने अध्यक्ष श्रेष्ठले कार्यक्रमको अवसरमा जानकारी दिए । यस्ता छन् विश्वकप लक्षित उपहार योजना कम्पनीले आफ्नो ब्रान्डका स्मार्ट कर्भ टिभी खरिदकर्तालाई विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । डिआरएन इलेक्ट्रोनिक्स स्थापनाको १९ वर्ष पुरा भएको र नजिकिदै गरेको विश्वकप फूटबलको अवसर पारेर बिहीबार नै उक्त योजना सार्वजनिक गरेको हो । कार्यक्रममा कम्पनीका निर्देशक रजनीश श्रेष्ठले कम्पनी १९ वर्ष पूरा गरेको अवसरसँगै रुसमा तीन साताभित्र हुन गाइरहेको विश्वकप फूटबललाई लक्षित गरेर स्मार्ट टिभी खरिदकर्तालाई आकर्षक अफरसहितको विशेष योजना घोषणा गरे । उपहार योजना अनुसार ५५ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई डिआरएनकै २.१ स्पिकर उपहार प्रदान गरिनेछ । ‘उक्त टिभीमा १०० डीग्रीको कोणदेखि हेर्दा पनि पिक्चर क्लीयर देख्न सकिन्छ । साथै एक वर्षको ग्यारेन्टी छ,’ उनले भने । त्यस्तै कम्पनीले ४३ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई –८८८ टेलिफोन सेट, ३९ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई १११ टेलिफेन सेट, ३२ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई १० पिस ३ वाटको सिएफएल लाइट र साधारण ३२ इन्चको एलइडी टिभी किन्नेलाई १० पिस दुई वाटको एलइडी वल्व दिने घोषणा कम्पनीले गरेको छ । विश्वकप फूटबल–२०१८ डीआरएन टिभीकोसाथमा ग्राहकवर्ग तथा खेलप्रेमीले हेर्ने कम्पनीका निर्देशक श्रेष्ठको विश्वास छ ।

स्वेच्छिक अवकासले बिच्किएका कर्मचारी फकाउन तलब वृद्धिको अस्त्र, दबावमा अर्थमन्त्री खतिवडा

काठमाडौं । बजेट सार्वजनिक गर्ने दिन नजिकिँदै गर्दा कर्मचारीको तलब वृद्धि गर्न अर्थमन्त्री डा. युवराज खतिवडामाथी दबाव बढ्दै गएको छ । तत्कालिन एमाले र माओवादी केन्द्र निकटका कर्मचारी यतिबेला नेकपाको एकिकृत छाता मुनी आईपुगेका छन् । कर्मचारीहरुले प्रधानमन्त्री केपी ओलीलाई भेटेरै तलब बढाउन आग्रह गरेका छन् । उनीहरुले निजामति सेवा ऐनको दफा २८ लाई समातेर आफ्नो दावी पेश गरिरहेका छन् । त्यसो त कर्मचारी संगठनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत तलब बढाउने अभियानको लबिङमा सघाउन आग्रह गरिसकेका छन् । ‘यो तलब बढाउनुपर्ने नियमित बर्ष हो, सरकारले ढुकुटी देखाईरहेको छ, हामी आफ्नो अधिकार मागिरहेका छौं, तलब वृद्धिका लागि जे जे गर्नुपर्ने हो सबै गरिरहेका छौं’, आधिकारीक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले भने । उनी तत्कालिन एमाले निकट र हाल नेकपा निकट कर्मचारी हुन् । त्यति मात्रै होइन ढकालको प्रधानमन्त्री केपी ओलीसँग सिधा सम्बन्ध छ । उनले ओलीलाई नै भेटेर स्वेच्छिक अवकास प्रकरणबाट निरास बनेका कर्मचारीलाई तलब वृद्धिको उपहारले मनाउनु पर्ने सुझाव दिएका छन् । देशैभरका करिब दुई तिहाई आधिकारीक कर्मचारी युनियनमा नेकपा निकटका कर्मचारीको बाहुल्यता छ । उनीहरु स्वेच्छिक अवकासको नीति फिर्ता लिएपछि सरकारसँग असन्तुष्ठ रहँदै आएका छन् । समृद्धिको अभियानका असली वाहक भनेकै कर्मचारी हुन् । ओलीले देखेको सपना पुरा गराउने अभियानका सारथी कर्मचारीलाई हात लिनु सरकारका लागि महत्वपुर्ण अवसर हुन सक्छ । त्यसो त अर्थमन्त्री डा. खतिवडा आधिकारीक युनियनका नेताहरुसँगको भेटमा तलब बढाउन नसक्ने स्पष्ट पारेनन् । उनले केबल ढुकुटी सानो भएको मात्रै बताए । ‘तलब बढाउने बिषयमा अर्थमन्त्री पनि सकारात्मक नै हुनुहुन्छ तर ढुकुटी सानो भएको र दायीत्व धेरै भएकाले दुविधामा मात्रै पर्नु भएको हो’, अर्थमन्त्री डा. खतिवडाका स्वकिय सचिव तुल्सिराम मैनालीले भने । तत्कालिन प्रधानमन्त्री केपी ओलीले भूकम्प र नाका बन्दीले थला परेका बेला समेत कर्मचारीको तलब वृद्धि गरिदिएका थिए । यतिबेला मुलुक निर्माणको चरणमा रहेकाले कर्मचारीको मनोभावनालाई बुझ्नेमा कर्मचारी नेताहरु विश्वस्त देखिन्छन् ।  

प्रभु बैंकको सञ्चालकमा शंकरप्रसाद कालिकोटा र अन्जु अधिकारी

काठमाडौं । प्रभु बैंकको सञ्चालकमा शंकरप्रसाद कालिकोटा र अन्जु अधिकारी नियुक्त भएका छन् । बिहीबार(आज) सम्पन्न कम्पनीको १६औँ वार्षिक साधारणसभाले कालिकोटा र अधिकारीको नियुक्तीलाई अनुमोदन गरेको हो । उक्त सभा बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व.०७३/०७४को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । साथै, बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७३/७४ को एकीकृत वित्तीय विवरण पनि पारित गरको छ ।