घरेलु मदिरा नियन्त्रण नगरे प्रधानमन्त्री अाेली विरुद्ध मुद्धा
काठमाडौं । कानून, न्याय तथा सामाजिक कल्याण मञ्च नेपालले प्रधानमन्त्री केपि शर्मा अाेलीलाई भेट गरी घरेलु मदिरा नियन्त्रण गर्न ज्ञापन पत्र बुझाएको छ । मंगलबार मञ्चले प्रधानमन्त्रीलाई भेटी समाजमा जताततै बनाइने घरेलु मदिरालाई नियन्त्रण गर्न माग गरेको हो । मञ्चले मदिराको कारण आम नागरिकको जीउज्यान, स्वास्थ्य सम्पत्ति, सुशासन र आमनचयन गुमेको भन्दै मदिरा नियन्त्रण गर्न माग गरेको छ । जहातहीँ, जतिखेर पनि बनाइन्दै आएको जाँड, रक्सी, छ्याङ, निगार, तोङ्वा लगायतको मदिरा नियन्त्रण गर्नु पर्ने जोडदार माग गरिएकाे छ । गएको माघ १९ गते मञ्चको कार्य समितिको निर्णय बमोजिम मुलुकमा रहेको घरेलु मदिराको अवस्था, वैधता, असर लगयतको अध्ययन गर्न तीन सदस्सयि अध्ययन समिति गठन गरेको थियो । मञ्चको कोषध्यक्ष शारदा गुरुङको संयोजकत्वमा गठन भएको उक्त समितिले अध्ययन प्रतिवेदन समेत पेश गरिसकेको मञ्चका अध्यक्ष जगन्नाथ मिश्रले बताए । मञ्चकाले गरेको अध्ययनका अनुसार घरेलु मदिराको कारण कर असुली तथा राजश्व संकलनमा नकारात्म असर पुर्याएको छ । गुणस्तर सम्बन्धी कुनै प्रयोगशाला छैन । नागरिकको जिउज्यान स्वास्थ्य सम्पत्तिमा हानीनोक्सानी पुगेको छ । उत्पादनको लागि कच्चा पदार्थको रुपमा थोत्रा लुगा,टायर, प्रयोग भइसकेका कण्डम, प्रयोग भइसकेको सेनेटरी प्याड, बच्चाको सालनाल, सिनो लगायतका अत्यन्तै हानीकारक वस्तुहरु प्रयोग भएको गुनासो आएको मञ्चको भनाइ छ । । ‘त्यस्ता वस्तुको प्रयोगले आम नागरिकमा मन्दविषको काम गरेको छ,’ मञ्चका अध्यक्ष मिश्रले भने । जतिपनि गाँउघर/सहर बजारमा भइरहेको घरेलु हिंसा,चोरी, भ्रष्टचानर, बलात्कार, गुण्डागर्दी, ज्यान मार्ने लगायतको घटना पनि घरेलु मदिराकै कारण भएको उनको ठहर छ । मदिराको कारण वहुविवाह, सम्बन्ध विच्छेद, गाली वेइज्जती वेश्यावृत्ति जस्ता सामाजिक विखण्डन निम्त्याउने श्रंखलावद्ध घटना घट्ने अध्ययनमा देखिएको छ । मदिराको कारण पुरुष र महिलामा बाँझोपन ल्याउनेदेखि अध्ययन गर्दै गरेका बालबालिकाको नियमित अध्ययन समेत टुटाउने गरेको मञ्चले गरेको अध्ययनमा देखिएको अध्यक्ष मिश्रको भनाइ छ । अखाद्ययुक्त घरेलु मदिरा सेवन गर्दा हार्ट डिजिज, ब्लडपेसर बढ्नेदेखि क्यानसरसम्मका रोग लग्ने गुरेको उनले जानकारी दिए । यी विभिन्न कारणले पनि मदिरा बिक्री नियन्त्रण गर्नु पर्ने उनको जोडदार माग छ । मुलुकको ऐन कानूनमा समेत घरेलु मदिरा बिक्री वितरण गर्न नपाइने व्यवस्था गरेको उनको भनाइ छ । सरकारले मागको सुनुवाइ नगरेको अवस्थामा कानूनी उपचारको लागि अदालत जाने उनले बताए । ‘अहिले हामी पर्ख र हेरको अवस्थामा छौं,’ उनले भने ‘केही समय पर्खन्छौं । सुनुवाई नभए सरकार विरुद्ध नै मुद्धा हाल्छौं ।’
संचय कोष र बीमा कम्पनी सिभिल बैंकको संस्थापक सेयरधनी, २९ लाख ९२ हजार कित्ता १५० रुपैयाँसम्म
काठमाडौं । कर्मचारी संचय कोष र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले सिभिल बैंकको हकप्रद सेयर खरिद गर्ने भएका छन् । दुई संस्थाले सिभिलको आवेदन नपरेको २९ लाख ९२ हजार २१० कित्ता सेयर न्युनतम १०० देखि १५० रुपैयाँमा उठाउने भएका छन् । संचय कोष र बीमा कम्पनीले प्रतिकित्ता १०० रुपैया हकप्रद खरिदका लागि बोलपत्र पेश गरेका छन् । जसमध्ये कोषल २९ लाख ९२ हजार २१० र बीमा कम्पनीले १ लाख ४५ हजार कित्ताका लागि बोलपत्र पेश गरेका छन् । यस्तै १५० रुपैयाँमा ५०० कित्ता खरिदका लागि बोलपत्र पेश भएको छ । लिलामीका लागि बोलपत्र आब्हान गर्दा ३२ लाख २५ हजार ६२० कित्ताका लागि आवेदन परेको बैंकले जनाएको छ । सिभिलले नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको चुक्तपूँजी ८ अर्ब रुपैयाँ पु¥याउन बुझाएको पँुजी योजना बमोजिम, ४० प्रतिशत हकप्रद सेयर वितरण गर्न बैंकले शेयर बिक्रीप्रबन्धका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको थियो । जसमध्ये संस्थापक समूहको आवेदन नपरेको २९ लाख ९२ हजार २१० कित्ता बिक्रिको लागि ९ सम्म शिलबन्दी बोलपत्र माग गरिएकोमा, संचय कोष र राष्ट्रिय बीमा कम्पनीको आवेदन परेको बैंकले जनाएको छ । बैंकको चुक्तापूँजी ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँ पुग्ने छ । बैंकले संचित नाफाबाट बोनस शेयर वितरण गरी अपुग पूँजी पु¥याउने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले बताए ।
प्रभु लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न, सञ्चालकमा ४ जना
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा लैनचोरमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेको सभापतित्वमा संचालन भएको उक्त सभाले कम्पनीकाे नयाँ संचालक समितिमा चार जना चयन गरेको छ । कम्पनीको सञ्चालक समितिमा डा. आत्माराम घिमिरे, सुभाष अमात्य, रामेश्वर सापकोटा र मनिराम पोखरेल चयन भएका छन् । साधारण सभाले आ.ब. २०६३/०६४ देखि आ.ब.२०७३/०७४ सम्मको संचालक समितिको प्रतिवेदन पारित गरेको छ । साथै, सभाले वासलात लगायत नाफा नोक्सान हिसाब किताव, आर्थिक वर्ष २०७४/०७५ का लागि लेखा परिक्षक नियुक्ती तथा सर्वसाधारणको लागि साधारण सेयर निष्काशन गर्ने विषयहरु समेत पारित गरेको छ । यस इन्स्योरेन्स २०६४ सालमा दर्ता भै २०७४ मंसिर २८ गतेदेखि कारोबार संचालनमा आएको हो ।
धितोपत्र बोर्डबाट नागबेली लघुवित्तले पायो हकप्रद सेयर निष्कासन गर्न अनुमति
काठमाडौं । नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले बिहीबार संस्थालाई ७ करोड ६६ लाख ७६ हजार रुपैयाँ बराबरको ७ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । नागवेलीले चुक्तापूँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
पनौती विद्युत गृहलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने
काठमाडौं । काभ्रेको खोपासीमा रहेको २.४ मेगावाट जडित क्षमताको पनौती जलविद्युत गृहलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयबीच विद्युत गृहलाई शैक्षिक र अनुसन्धान केन्द्रको रुपमा प्रयोग तथा विकास गर्ने गरी समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । धुलिखेलमा बिहीबार आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं विश्वविद्यालयका उपकूलपति प्रा.डा रामकण्ठ मकाजू श्रेष्ठले एमओयूमा हस्ताक्षर गरेका हुन् । एमओयूको म्याद १० वर्षसम्म रहने छ । दुवैको सहमतिमा एमओयूको म्याद थप्न सकिने व्यवस्था गरिएको छ । तीन महिनाको सूचना दिएर एमओयू खारेज गर्न सकिने छ । एमओयू बिहीबारबाटै कार्यान्वयनमा आएको छ । प्राधिकरणलाई वित्तीय भार नपर्ने गरी विद्युत गृहको सदृढीकरण, नयाँ संरचना निर्माण लगायतका सम्पूर्ण काम विश्वविद्यालयले गर्ने छ । विद्युत गृहबाट अहिले उत्पादन भइरहेको ऊर्जा नघट्ने गरी विश्वविद्यालयले त्यस्ता संरचनाको प्रयोग गर्ने छ । विद्युत गृहबाट गत वर्ष २६ लाख ३० हजार युनिट विद्युत उत्पादन भएको थियो । विद्युत गृहको सञ्चालन भने प्राधिकरणले नै गर्ने छ । विश्वविद्यालयले सिभिल, मेकानिकल, इलेक्ट्रिकल जलविद्युत लगायतका इन्जिनियरिङ विषयमा स्नातक, स्नातकोत्तर, विद्यावारिधि जस्ता शैक्षिक कार्यक्रम तथा तालिम सञ्चालनका लागि विद्युत गृहको स्वामित्वमा रहेका संरचना र जग्गाको प्रयोग गर्ने छ । विद्युत गृहका टर्बाइन, जेनेरेटर, नहर लगायतका संरचनाको सुदृढीकरण विश्वविद्यालयले आफ्नै खर्चमा गर्ने व्यवस्था एमओयूमा गरिएको छ । प्राधिकरण र विश्वविद्यालयले ज्ञान तथा सीप साटासाट गर्न संयुक्तरुमा तालिम, सम्मेलन, कार्यशाला, शैक्षिक लगायतका कार्यक्रम सञ्चालनबाट नाफा प्राप्त भएमा त्यसको १० प्रतिशत प्राधिकरणले पाउने व्यवस्था गरिएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विश्वविद्यालयले आफ्नै खर्चमा विद्युत गृहको क्षमता स्तरोन्नती गर्ने, अहिले त्यहाँ रहेका संरचनाको सुदृढीकरण तथा नयाँ बनाउने लगायतका काम गर्ने जानकारी दिए । यसबाट प्राधिकरणको सम्पत्तिको संरक्षण र सदुपयोग हुने उनले बताए । सरकार र तत्कालीन सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोगमा पनौती विद्युत गृहको निर्माण भएको थियो । विद्युत गृह ३१ असार २०२२बाट सञ्चालनमा आएको थियो । विद्युत गृह अहिले जीर्ण अवस्थामा सञ्चालन भइरहेको छ ।
सानिमा बैंक र आइएफसीबीच कर्जा सम्झौता
काठमाडौं । सानिमा बैंक र विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)बीच कर्जा सम्बन्धि प्रारम्भिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहाल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात अन्तराष्ट्रिय बजारमा पहुँच भई भित्रिने बाहृय पूँजी, स्वदेशमा परिचालन गरी देशको उच्च आर्थिक वृद्धिमा टेवा पुग्ने बैंकको विश्वास छ । हाल बैंकको ५८ शाखा, १ एक्सटेन्सन काउन्टर र ६७ एटिएम रहेको छ ।
सांग्रिला विकास बैंक र सिद्धार्थ इन्स्योरेन्सबीच बैंक्यास्योरेन्स सम्झौता
काठमाडौं । सांग्रिला विकास बैंक लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच बैंक्यास्योरेन्स सम्झौता सम्पन्न भएको छ । सो सम्झौतापत्रमा सांग्रिला विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल तथा इन्स्योरेन्सका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले हस्ताक्षर गरेका छन् । यस सम्झौताले बैंकका ग्राहकलाई उत्कृष्ट निर्जिवन बीमा सेवा पुग्ने छ ।
कुमारी बैंक र सिद्धार्थ इन्स्योरेन्सबीच बैंक्यास्योरेन्स सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र सिद्धार्थ इन्स्योरेन्सबीच बैंक्यास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले हस्ताक्षर गरेका छन् । बैंकले ग्राहकलाई उत्कृष्ट निर्जिवन बीमा सेवा दिने उद्देश्यले उक्त सम्झौता गरेको हो ।