४०० बढी सगरमाथा शिखरमा , ३६ करोड राजश्व संकलन
काठमाडौ । यस वर्षको सगरमाथा आरोहणबाट ३६ करोड १४ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो । यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् । अघिल्ला वर्ष भन्दा यस पटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ । यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म ४१ करोड २८ लाख ८४ हजार ६३८ रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यसमध्ये सबैभन्दा धेरै रोयल्टी रकम सगरमाथाले संकलन गरेको छ । यो तथ्यांकमा केही बढ्न सक्ने पर्यटन विभागको भनाइ छ । विभागका निर्देशक रामप्रसाद सापकोटाकाअनुसार सगरमाथाबाट ३६ करोड १४ लाख ९८ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । सगरमाथासँगै रहेको ल्होत्से हिमालबाट १ करोड ९८ लाख ९३ हजार ६० रोयल्टी संकलन भएको छ । यसैगरी कञ्चनजङ्घाबाट ८२ लाख २६ हजार, धौलागिरीबाट ६३ लाख ६३ हजार, आमाडब्लामबाट २० लाख ४७ हजार र मनास्लुबाट १४ लाख ९३ हजार रुपैयाँ रकम संकलन भएको छ । यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दलका सगरमाथाको शिखर चुम्ने अभियानमा केन्द्रीत भएका थिए । सगरमाथा आरोहणको रोयल्टी समेत फरक ऋतुमा फरक/फरक नै छ । विभागकाअनुसार विदेशी नागरिकले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ । यस्तै शरद ऋतुमा ५ हजार ५०० डलर र गर्मी समयमा २ हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ । यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा ७५ हजार, शरद ऋतुमा ३७ हजार ५०० र गर्मी याममा १८ हजार २५० रुपैयाँ रोयल्टी तिर्नुपर्ने व्यवस्था छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो । आरोहणको पहिलो दिन डोरी टाग्न पुगेका आठ शेर्पाले आरोहणको उद्घाटन गरेका थिए । रासस
नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर बढी कारोबार, यस्तो छ कारण
काठमाडौं । यस साता नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयर बढी किनबेच भएको छ । बैंकको २२ करोड ८५ लाख बराबरको संस्थापक सेयर किनबेच भएको थियो । त्यसैगरी कारोबार भएको सेयर संख्या आधारमा पनि नेपाल इन्भेस्टमेन्टको संस्थापक अग्रस्थानमा छ । सो बैंकको ३ लाख ९६ हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेपाल इन्भेष्टमेन्टको पुँजीगत र प्रतिफल आधार मजवुत भएकाले संस्थापक सेयर बढी किनबेच भएको अनुमान गरिएको छ । अक्सर सेयर बजार घटेका बेला संस्थापक सेयर किनबेच हुने गरेको छ । सेयर मूल्य घटेपछि संस्थापक सेयर पनि कम हुने भएकाले लगानीकर्ता नेपाल इन्भेष्टमेन्टमा झुम्मिएको हुन । नेपाल स्टक एक्सचेन्जमा यस साता १ अर्ब ९२ करोड २७ लाख ३१ हजार बराबरको सेयर कारोबार भएको छ । १८३ कम्पनीको ४१ लाख ३७ हजार ४३० कित्ता सेयर कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा ७७.७१ प्रतिशत बढी हो । गत साता १७६ कम्पनीको २३ लाख २९ हजार ४४० कित्ता सेयर १ अर्ब ८ करोड १९ लाख ४१ हजारमा खरिद बिक्री भएका थिए ।साताको नेप्से परिसूचक २०.९७ अंकले घटेर अन्तिम दिन १३१८ दशमलव २२ अंकमा पुगेको छ ।
९ महिनामा ३६६ करोड डलर बेचेर २३६ अर्ब भारु खरिद
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपाल राष्ट्र बैंकले २ खर्ब ३५ अर्ब ९६ करोड भारतीय रुपैयाँ खरिद गरेको छ । केन्द्रीय बैंकले भारतको रिजर्व बैंकलाई ३ अर्ब ६६ करोड अमेरिकी डलर बेचेर सो रकम बराबरको भारु खरिद गरेको हो । भारतसंग व्यापारलगायत अन्य कारोबार भारुमा हुने भएपछि राष्ट्र बैंकले अर्बौ डलर बेचेर खर्बौ भारु खरिद गरेको हो । गत आर्थिक वर्षमा राष्ट्र बैंकले ४ अर्ब डलर बेचेर २ खर्ब ७३ अर्ब ५८ करोड भारु खरिद गरेको थियो । डलर बेचेर खरिद गरिएको भारु वस्तु तथा सेवा आयातमा खर्च हुने गरेको छ । यो रकम नेपालमा नआई भारतमै भुक्तानी हुने गरेको छ । वर्षेनी भारतसंगको व्यापार घाटा बढी रहेकाले भारु खरिद बढ्दै गएको हो ।
वाणिज्य बैंकलाई आईएफसीले डलरमा ऋण दिदै, ४ बैंकले गरे सम्झौता
काठमाडौं । वाणिज्य बैंकहरुले विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) बाट परिवत्र्य विदेशी मुद्रा (डलर) मा कर्जा ल्याउने तयारी थालेका छन् । एनएमबी बैंक, एनआईसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सानिमा बैंकले परिवत्र्य विदेशी मुद्रामा ऋण ल्याउनका लागि सम्झौता गरेका छन् । यस्तै मेगा हिमालयन र सनराइज बैंकले आईएफसीसंग ऋण लिनका लागि सम्झौताको तयारी थालेका छन् । आईएफसीका आवासिय प्रतिनिधी मोहम्द रेहान रसिदले ४ वैंकसंग ऋण लगानीको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपाल राष्ट्र बैकले परिवत्र्य विदेशी मुद्रामा ऋण लिन खुला गरेपछि वाणिज्य बैंकले धमाधम ऋण लिनका लागि प्रक्रिया अघि बढाएका छन् । केन्द्रीय बैंकले गत चैत २० गते वाणिज्य बैंकलाई प्राथमिक पुँजीको २५ प्रतिशत मात्र वित्तीय संस्थाबाट डलरमा ऋण लिनलाई खुला गरेको थियो । एनएमबी बैंक र एनआईसी एसिया बैंकले डलरमा ऋण लिन राष्ट्र बैंकमा निवेदन दिएका छन् । गत वर्षदेखि सुरु भएको लगानीयोग्य पुँजीको संकट समधान गर्न राष्ट्र बैंकले विदेशबाट ऋण लिनका लागि बाटो खोलिदिएको हो । वाणिज्य बैंकले विदेशी बैंकबाट न्युनतम २ अर्बदेखि बढीमा ५ अर्ब ५० करोड रुपैयाँसम्म ऋण लिन पाउने भएका छन् । राष्ट्र बैंकले प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मात्र डलरमा ऋण लिन पाउने व्यवस्था गरेपछि बैंकहरुले सो रकम बराबर रकम मात्र पाउने भएका हुन् । ८ अर्ब रुपैयाँ चुक्तापूँजी भएको बैंकले पनि २ अर्ब रुपैयाँसम्म ऋण लिन पाउने छन् । २८ वाणिज्य बैंकको प्राथमिक पुँजी (कोर क्यापिटल) ३ खर्ब ११ अर्ब ५७ करोड रुपैयाँ छ । यसको २५ प्रतिशत अर्थात ७८ अर्ब रुपैयाँ हारहारीमा मात्र बैंकले विदेशी मुद्रामा ऋण लिन पाउने छन् । प्राथमिक पुँजी ८ अर्ब रुपैयाँ भन्दा कम भएपछि नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले विदेशबाट ऋण लिन नपाउने भएको छ । एनसीसीको ७ अर्ब १२ करोड ५० लाख रुपैयाँ रहेको छ । चुक्तापुँजी, संचितकोष (रिजर्भ) प्रस्तावित बोनस सेयर, सेयर प्रिमियम, साधारण जगेडा कोष, संचित नाफा–नोक्सान, पुँजी समायोजन कोष र अन्य स्वतन्त्र कोष जोडेर प्राथमिक पुँजीको गणना गरिन्छ ।
गैरआवासीय नेपालीलाई नागरिकता दिन एनआरएनएको माग, प्रशासनमन्त्री लालबाबु पंडितको यस्तो छ जवाफ
काठमाडाैं । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको पदाधिकारीहरु सम्मिलित एक प्रतिनिधि मंडलले संघीय मामिला तथा सामान्य प्रशासानमन्त्री लालबाबु पंडितसंग भेटघाट गरेको छ । संघका अध्यक्ष लगायत पदाधिकारीहरुले लालबाबु पंडितलाई संघीय मामिला तथा सामान्य प्रशासान मन्त्रालयको पदभार सम्हालेकामा बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन् । संघका अध्यक्ष भट्टले मुलुकको समृद्धि बिना व्यक्तिको समृद्धिको खासै अर्थ नरहने तथ्यलाई मध्यनजर गरेर समृद्ध नेपालको निर्माणको अभियानमा होमिएका गैरआवासीय नेपालीहरुलाई नेपालको विकासमा साझेदारको रुपमा सहभागी गराउन आग्रह गरे । उनले नेपालको नयाँ संविधानले गैरआवासीय नेपालीहरुलाई आर्थिक सामाजिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकताको प्रावधान राखेकोमा कानून बनाएर यस्तो नागरिकता दिने व्यवस्थाका लागि सहयोग गर्न अनुरोध गरेका छन् । संघका उपाध्यक्ष कूल आचार्यले विदेशमा बस्ने नेपालीहरुलाई भूपू नेपाली नभनिदिन हुनको लागि आग्रह गर्दै बरू उनीहरुले विदेशमा आर्जन गरेका सीप र ज्ञानलाई नेपालमा सदुपयोग गर्नको लागि नेपाल सरकारसँग पहल गरिदिन हुन माग गरे । अन्त्यमा मन्त्री पंडितले आफू गैरआवासीय नेपालीहरुलाई नेपालको विकासमा सहभागी गराउन पक्षधर रहेको तर दुइ वा दुइ भन्दा बढि मुलुकको मतदाता हुन नहुने धारणा राखे । उनले संविधानमा उल्लेख भएको गैरआवासीय नेपालीहरुको नागरिकताको व्यवस्थामा आफ्नो पूर्ण समर्थन रहेको र कानून निर्माण गरी लागु गर्नेमा पनि समर्थन रहने बताए । उनले आफू संधै दृढ विचार र स्पष्ट धारणा राख्ने व्यक्ति भएकोले सबैसँग बहस एवं
आगामी आर्थिक वर्षका लागि १२ सय ४ अर्ब बजेट, कुन मन्त्रालयलाई कति(सूचिसहित)
काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि १२ खर्ब ४ अर्ब १९ करोड ३८ लाख रुपैयाँको बजेट ल्याउने भएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको सिलिङ अनुसार अर्थमन्त्रालयले यतिबेला धमाधम बजेट बनाईरहेको छ । यही आधारमा बजेट आउने अर्थले जनाएको छ । आयोगले ६२.३ प्रतिशत अर्थात ७ खर्ब ५० अर्ब चालु खर्च, २५.४ प्रतिशत अर्थात ३ खर्ब ६ अर्ब पुँजीगत खर्च र १२.२ प्रतिशत अर्थात १ खर्ब ४७ अर्ब रुपैंयाँ वित्तिय व्यवस्थापनका लागि विनियोजन गरिने भएको छ । संघीय सरकारले तयार पार्ने १२ खर्ब ४ अर्बको बजेटमा ९ खर्ब २ अर्ब रुपैया आन्तरिक श्रोतबाट, ६७ अर्ब रुपैंयाँ वैदेशिक अनुदान र २ खर्ब ३४ अर्ब रुपैंयाँ वैदेशिक ऋणबाट पुरा गर्ने योजना सरकारको छ । यसअघि योजना आयोगले केन्द्र सरकारलाई ८ खर्ब ७८ अर्ब, प्रदेश सरकारहरुका लागि १ खर्ब ३२ अर्ब र स्थानीय तहहरुका लागि एक खर्ब ९३ अर्ब सिलिङ तोकेको छ । प्रदेशहरुलाई २ अर्ब ७५ करोड समपुरक अनुदान र १ अर्ब ८० करोड बिशेष अनुदान दिनेछ । त्यस्तै स्थानीय तहहरुलाई २ अर्ब ७५ करोड समपुरक र एक अर्ब ८० करोड बिशेष अनुदान दिने उल्लेख छ । प्रदेश र स्थानीय तहमा सिधै धेरै रकम जाने भएपछि संघीय बजेटको आकार चालु आवको भन्दा कम भएको छ । ३ तहमा गरी कुल १५ देखि १६ खर्ब रुपैयाँको बजेट आउने अनुमान गरिएको छ ।
बुधबारदेखि सरकारी औषधि उद्योगको साधा जीवनजल बजारमा, दैनिक ५ हजार प्याकेट उत्पादन
काठमाडौं । बुधबार सरकारी स्वामित्वको उद्योग नेपाल औषधि लिमिटेडले साधा जीवनलको व्यवसयीक विक्री शुरु गर्ने भएको छ । कम्पनीका महाप्रबन्धक डा. रोभस कुसम सुवेदीले बुधबारदेखि साधा जीवनजलको व्यवसायीक बिक्री शुरु गर्ने तयारी भइरहेको विकासन्युजलाई बताए । उद्योगका अनुसार साधा जीवनजलमा कुनै पनि फ्लेबर हुदैन । बढी पसिना निस्केर थकान लागेमा, ब्लडपेसर कम भएमा सरिरलाई उर्जा प्रदान गर्न उपभोग गर्न सकिन्छ । विशेषगरी व्यायाम गर्ने तथा खेलाडीहरुलले साधा जीवनजल बढी प्रयोग गर्ने विश्वास उद्योगको छ । कम्पनी पुनःसञ्चानल भएयता सुन्तला लगायत फ्लेबरका जीवनजल मात्रै उत्पादन गरिदै आएको छ । ‘साधा जीवनजलकाे माग बढी अाएपछि उद्योगले सबैका लागि उपयुक्त हुने उक्त जीवनजल बजारमा ल्याएको हो,’ उनले भने ‘एकै पटक ५० हजार प्याकेट साधा जीवनजल कमर्शीयल बिक्री गर्दैछौं ।’ तत्काल उद्योगले दैनिक ५ हजार प्याकेट जीवनजल उत्पादन गर्ने उनकाे भनाइ छ । उनको अनुसार हालसम्म मुलुकका विभिदन्न ठुला सहरहरु धनगढी, नेपालगञ्ज, वुटवल, विराटनगर, काठमाडौं, पोखरा लगायतबाट सो जीवनजलको माग आएको छ । उद्योगले यसको बजार मूल्य प्रतिप्याकेट ९ रुपैयाँ तोकेको छ । लामो समयसम्म बन्द रहेको उक्त उद्योग ०७४ वैशाख २४ गते तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा जीवनजल उत्पादन शुरु गर्दै पुनः सञ्चालनमा आएको हो ।
लुम्बिनी विकास बैंकका सीईओ खनाल दिए राजीनामा, भन्छन्–विरामी निको भएपछि डाक्टर अवश्यक पर्दैन’
काठमाडौं । लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । जेठ ४ गतेदेखि लागू हुनेगरी राजीनामा दिएको खनालले बताएका छन् । करिव २ वर्ष कार्यकाल हुँदै उनले राजीनामा दिएका हुन् । १५ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंकमा र १० वर्ष विभिन्न विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएर २५ वर्ष बैकिङ क्षेत्रमा काम गरेका खनालले अब बैकिङ क्षेत्रबाट अवकास लिने बताएका छन् । ‘लुम्बिनी विकास बैंक बलियो र स्वस्थ विकास बैंक भएको छ’ विकासन्युजसँग कुरा गर्दै खनालले भने–‘विरामीलाई निको भएपछि डाक्टर आवश्यक पर्दैन ।’ संकटपूर्ण अवस्थामा रहेको भिबोर विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिन पुगेको खनालको पालामा भिबोर विकास बैंक र सोसाईटी विकास बैंक मर्जभई भिबोर सोसाइटी विकास बैंक बनेको थियो । उनकै कार्यकालमा भिवोर विकास बैंक र लुम्बिनी फाइनान्स मर्ज भई लुम्बिनी विकास बैंक बनेको हो । २ अर्ब १४ करोड रुपैयाँ चुक्ता पुँजी भएको यो बैंकको संचित कोषमा १ अर्ब रुपैयाँ छ । पुँजी २ अर्ब ५० करोड पुर्याउन बैंकले हकप्रद सेयर निष्काशन गरेको छ । चैत मसान्तसम्म बैंकको निक्षेप साढे १९ अर्ब र कर्जा साढे १७ अर्ब रुपैयाँ छ । ९ महिनामा बैंकको नाफा १८ करोड ४४ लाख रुपैयाँ छ । खनालको राजीनामापछि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी उमेश रेग्मीले पाएका छन् । उनी सोही बैंकमा उप प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । बैंक सञ्चालक समितिले नयाँ सिईओ खोजी गरिरहेको स्रोतले बतायो ।