
काठमाडौं । यस साता नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयर बढी किनबेच भएको छ । बैंकको २२ करोड ८५ लाख बराबरको संस्थापक सेयर किनबेच भएको थियो । त्यसैगरी कारोबार भएको सेयर संख्या आधारमा पनि नेपाल इन्भेस्टमेन्टको संस्थापक अग्रस्थानमा छ ।
सो बैंकको ३ लाख ९६ हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेपाल इन्भेष्टमेन्टको पुँजीगत र प्रतिफल आधार मजवुत भएकाले संस्थापक सेयर बढी किनबेच भएको अनुमान गरिएको छ ।
अक्सर सेयर बजार घटेका बेला संस्थापक सेयर किनबेच हुने गरेको छ । सेयर मूल्य घटेपछि संस्थापक सेयर पनि कम हुने भएकाले लगानीकर्ता नेपाल इन्भेष्टमेन्टमा झुम्मिएको हुन ।
नेपाल स्टक एक्सचेन्जमा यस साता १ अर्ब ९२ करोड २७ लाख ३१ हजार बराबरको सेयर कारोबार भएको छ । १८३ कम्पनीको ४१ लाख ३७ हजार ४३० कित्ता सेयर कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा ७७.७१ प्रतिशत बढी हो ।
गत साता १७६ कम्पनीको २३ लाख २९ हजार ४४० कित्ता सेयर १ अर्ब ८ करोड १९ लाख ४१ हजारमा खरिद बिक्री भएका थिए ।साताको नेप्से परिसूचक २०.९७ अंकले घटेर अन्तिम दिन १३१८ दशमलव २२ अंकमा पुगेको छ ।