लहान र भिमसेन थापामा मेगा बैंक, दुई सातामै १० वटा शाखा खोल्न सफल
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले थप दुई वटा शाखा विस्तार गरेको छ । बैंकले सिरहाको लहान र गोरखाको भिमसेन थापामा शाखा विस्तार गरि सञ्चालनमा ल्याएको हो । मेगा बैंकले दुई साताको अवधिमा १० वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको हो । यी शाखासहित बैंकको शाखा कार्यालय ९३ पुगेको छ । हाल बैंकको ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।
२५० युवा उद्यमीलाई २ लाख लिन सरकारले बोलायो, १५ दिनभित्र सम्झौता गरिसक्नु पर्ने
काठमाडौं । पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयमा तपाईले प्रस्ताव हाल्नु भएको छ ? यदी छ भने तपाईलाई पनि २ लाख रुपैयाँ दिनका लागि सरकारले बलाएको छ । पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयले मुलुकभरका २५० पशुपन्छी सम्बन्धि उद्योगी व्यवसायीलाई २ लाखको दरले ५ करोड रूपैयाँ अनुदान दिने भएको छ । अनुदान लिनका लागि छनौट भएका संस्थालाई निर्देशनालयले बोलाएको हो । मंगलबार मात्रै निर्देशनालयले प्रस्ताव गरेका मध्ये २५० युवा पशुपन्छी उद्योगी व्यवसायीलाई सम्झौताको गर्न आउन भनेको छ । आउदो १५ दिनभित्र सम्झौता गर्न आउन बोलाएको हो । म्याद अवधिम्ममा पनि सम्झौतामा नआए १५ बाँकी १५ पशुपन्छि सम्बन्धि विभिन्न फार्म तथा उद्योगहरुसँग गर्ने निर्देशनालायका कार्यक्रम निर्देशक डा. बलराम थापाले बताए । उक्त युवा लक्षित पशुपन्छी बजार प्रवद्र्धन कार्यक्रउक्त सरकारले पहिलो पटक मुलुकभर गर्न लागेको हो । उनको अनुसार सम्झौता गरिने ती उद्योग तथा व्यवसायीलाई अनुदान स्वरुप प्रत्येकलाई २ लाख रुपैयाँ उपलब्ध गराइनेछ । ‘प्रस्तावित कार्यक्रमको लागि सरकारले ७० प्रतिशत अनुदान दिनेछ,’ उनले भने ‘उद्योगी व्यवसायीले भने ३० प्रतिशत थप्नु पर्ने हुन्छ ।’ सम्झौताको लागि सम्बन्धित प्रदेश तथा जिल्लाहरुमा कर्मचारी पठाइसकेको उनको भनाइ छ । आजदेखि नै सम्झौताको कार्यक्रम शुरु भइसकेको उनले जानकारी दिए । उनले असार १५ सम्ममा बजेट अनुसारको काम सक्नु पर्ने बताए । उनका अनुसार ती विभिन्न फर्म, संस्था, हाउस, शप उद्योगहरुले आवश्यक विभिन्न यन्त्र, प्रविधि लगायत खरिद गर्न सक्नेछन् ।
सेञ्चुरी कमर्सियल बैंकको थप तीन शाखा सञ्चालनमा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो थप तीन शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ्ग पहुच पुर्याउने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगर, दैलेखको नयाँबजार र दाङको शहिदगेतमा शाखा विस्तार गरी कारोबार शुरु गरेको छ । उक्त शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका हुन् । यस शाखा सहित बैंकले जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
बंगलादेशसँगको व्यापारघाटा घटाउन राजधानीमा उच्च स्तरीय वाणिज्य वार्ता
काठमाडौँ । बंगलादेशसँगको व्यापारघाटा कम गर्ने तथा पारस्परिक व्यापार प्रवर्द्धनका उपाय पहिल्याउन नेपाल र बंगलादेशका उच्च सरकारी अधिकारीबीचको बैठक बुधबारदेखि शुरु भएको छ । सोह्रवर्षअघि अवरुद्ध भएको नेपाली धागो निकासीलाई पुनः पूर्ववत् ढंगले बंगलादेशी बजारमा पुर्याउने विषयलाई नेपालले बैठकको कार्यसूचीको पहिलो प्राथमिकतामा राखेको छ । नेपाल–बंगलादेश चौथो वाणिज्य सचिवस्तरीय उक्त बैठकमा दुई वर्षअघि बंगलादेशको राजधानी ढाकामा सम्पन्न तेस्रो बैठकमा सहमति भएका विषयको कार्यान्वयन एवं प्रगति बारे विचारविमर्श हुनेछ । बिहीबार समापन हुने उक्त बैठकमा विशेष गरी द्विपक्षीय व्यापार विस्तारका बाधक गैरभन्सार अवरोध तथा भन्सार अवरोध हटाउने, उच्च भन्सार दर घटाउने, स्थलमार्गबाट नेपाली धागो बंगलादेशका बजारमा पुर्याउने र नेपाली विद्यार्थीले झेल्नुपरेका प्रवेशाज्ञा सम्बन्धि समस्या समाधानमा केन्द्रित रहेर नेपालले सशक्तरुपमा आफ्ना विषय प्रस्तुत गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैँजूले बताए । नेपालका मालबाहक तथा यात्री बोकेका सवारीसाधनलाई बिना रोकतोक चटगाउँ र मोंगाल बन्दरगाहसम्म जान दिनुपर्ने, व्यापार, पारवहन र दुवै देशलाई हवाई एवं सतहमार्गबाट जोड्दै तीमार्फत निरन्तर सम्पर्क, सम्बन्ध विस्तारलाई पनि आफूहरुले छलफलको अर्को मुख्य विषयवस्तु बनाएको नेपाली प्रतिनिधिमण्डलका सदस्यसमेत रहेको उनले जनाकारी दिए। बैठकको १८ बुँदे कार्यसूचीअनुसार दुवै देशका मालबाहक सवारीसाधानको सञ्चालनको ढाँचालाई अन्तिम रुप दिने, बजारसम्मको पहुँच तथा भन्साररहित विशेष सुविधा कार्यान्वयनका ढाँचा परिपूर्ण गर्ने, ढाका–काठमाडौँ बससेवा सञ्चालन तथा नियमन सम्बन्धि व्यवस्था पुनरवलोकन, व्यापार विस्तारका निम्ति प्रशासनिक एवं अन्य प्रक्रियाको सरलीकरण, ट्रक र रेलबाट सम्पर्क विस्तार गर्ने र सहमति भएका पारवहन बिन्दु तथा अन्य मार्गका साथै भन्सार नाकाका भौतिक पूर्वाधारको स्तरोन्नति, बंगलादेश, भारत र नेपालबीच त्रिपक्षीय पारवहन सम्झौतामा दुवै देशका अधिकारीले छलफल गर्नेछन् । त्यसैगरी, दुवै देशका भन्सार अधिकारीहरुको संयुक्त समिति गठन, दुवै देशका सम्बन्धित निकायबीच व्यापारका प्राविधिक अवरोध र स्यानीटरी एण्ड फ्याटोस्यानीटरीबीचको सम्मिलन, स्थल र हवाईमार्गबाट बंगलादेश प्रवेश गर्ने नेपालीलाई प्रवेश बिन्दुमा नै ‘आगमन प्रवेशाज्ञा’ बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई दीर्घकालीन प्रवेशाज्ञा जारी गर्ने, दुवै देशका व्यापारी तथा लगानीकर्तालाई व्यापारिक प्रवेशाज्ञाको व्यवस्था गर्ने सम्बन्धि द्विपक्षीय प्रावधान कार्यसूचीमा समावेश गरिएको छ । वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे र उनका बंगलादेशी समकक्षी शुभाशीष बोश नेतृत्वको प्रतिनिधिमण्डलबीच नेपाल र बंगलादेशका औषधि उत्पादक कम्पनीका उत्पादन दुवै देशका बजारमा सहजरुपमा पुर्याउने, आपसी पर्यटन प्रवद्र्धन, विराटनगर र भद्रपुरबाट बंगलादेशको सैयदपुर हवाई सम्पर्क स्थापनासम्बन्धी सम्भावनाको खोजी, दुवै देशमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा एकअर्काको सहभागिता, नेपाल र बंगलादेशबीच जलविद्युत् उत्पादनका क्षेत्रमा साझेदारीबारे पनि विचारविमर्श हुनेछ । जलविद्युत् उत्पादनका क्षेत्रमा द्विपक्षीय साझेदारी गर्न नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्र सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने मितिसमेत बैठकबाट निर्धारण हुनसक्ने बताइएको छ । विद्युत् उत्पादन, खरिद तथा प्रसारण लाइन निर्माणलगायत आपसी सहयोग प्रवद्र्धन र परियोजना निर्माणजस्ता सहायता विस्तारका क्षेत्र उक्त समझदारीपत्रले निर्धारण गरेको प्रारुपअनुसार हुनेछ । उक्त समझदारीपत्रलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनुमोदन गरिसकेको छ । नेपालको साल्ट ट्रेडिङ कर्पोरेशनजस्ता सार्वजनिक संस्थासँग बंगालादेशका व्यापारिक संस्थाबीच सहयोग प्रवद्र्धन र दुई देशबीच द्विपक्षीय व्यापार लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता ९बिप्पा०बारे पनि बैठकमा ठोस छलफल हुनेछ । उनलेले चिया, कफी, अलैँची, अदुवा, औषधिजन्य वस्तु, कुचो, ताजा सागपात, फलफूल, धागो, दाल, कत्था, पश्मिना, हस्तकलाका सामग्रीलगायत तुलनात्मक लाभका नेपाली उत्पादनलाई भन्साररहित बंगलादेशको बजारमा उपलब्ध गराउन आग्रह गरिएको छ । नेपालले एक करोड अमेरिकी डलरबराबरका उत्पादन बंगलादेश निर्यात गर्दै आएको छ भने उताबाट चार करोड डलरका सामान आयात गर्दै आएको छ । रासस
व्यवसायीहरु माथि आतंक मच्याउने दरबारमार्गका सई बीरेन्द्रबहादुर ऐडी पक्राउ
काठमाडौं । महानगरीय प्रहरी वृत्त दरवारमार्ग, काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक बीरेन्द्रबहादुर ऐडी पक्राउ परेका छन् । ऐडी भ्रष्ट्राचारको आरोपमा पक्राउ परेका हुन् । उनले व्यवसायीहरुसँग मासिक रुपमा रकम नदिए व्यवसाय सञ्चालन गर्न अप्ठ्यारो बनाइदिने डर र धम्की देखाई सेवाग्राहीसँग घुस माग्ने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । व्यवसायीहरुसँग पटक पटक रकम असुली गर्दै आएका ऐडी पछिल्लो पटक रिचमण्ड फूड क्याफे महाराजगञ्ज २४ हजार घुस लिदैं गर्दा पक्राउ परेका हुन् । अब उनी बिरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्ट्राचार सम्बन्धी मुद्धा दायर हुने अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
वेर्ष्टन डेभलपमेन्ट बैंकको साधारणसभा असार १३ गते, के के छन् प्रस्ताव ?
काठमाडौं । वेर्ष्टन डेभलपमेन्ट बैंकको अगामी वार्षिक साधारणसभा असार १३ गते हुने भएको छ । उक्त सभामा बैंकले सेयरधनीलाई बोनस सेयर दिने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने भएको छ । समितिको प्रस्ताव बमोजिम कम्पनीले १७.४१ प्रतिशत अर्थात ७ करोड ४७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । हाल बैंकको चुक्ता पुँजी ४२ करोड ९३ लाख रुपैयाँ रहेको छ । सो मात्राको बोनस पश्चात कम्पनीको पुँजी ५० करोड ४० लाख रुपैयाँ नाघ्ने छ । साथै, सभाले संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारणबाट ३ जना संचालकहरुको निर्वाचन गर्ने भएको छ ।
विज्ञ अर्थमन्त्रीको बजेटलाई सामाजिक सञ्जालमा व्यङग्यः ५ हजार वृद्ध भत्ता खोई ?
काठमाडौं । बामपन्थी घोषणा पत्रमा उल्लेख गरिएका अधिकांश विषय बस्तु बजेटमा नसमेटिएपछि सामाजिक सञ्जालमा व्यङग्य सुरु भएको छ । सामाजिक सञ्जालमा विज्ञ अर्थमन्त्रीको बजेटमाथी निकै चोटिला र तर्कपूर्ण टिप्पणीहरु भैरहेका छन् । पुर्व एमाले तथा वर्तमान नेकपाका कार्यकर्ता प्रकाश दुलालले घोषणा पत्र लेखिएको वृद्ध भत्ता सम्बन्धी बुँदा उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडालाई प्रश्न गरेका छन् । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पनि बजेट र अर्थमन्त्रीमाथी तिखो टिप्पणी लेखेका छन् । ‘दायरा बढाउने दुःख गर्नु भन्दा निचोर्ने बुद्धि लाउनु नै ठिक । अधिकार छदैँछ के भो र ? झन सजिलो बुद्धि व्याक्तिहरुलाई निचोर्नै नै हो ? प्राकृतिक व्यक्तिले न कुनै खर्च देखाउन पाईन्छ न न्युनविजिकरण नै गर्न पाईन्छ । झ्याप्पै कर लगाउनु भएछ बिज्ञ अर्थमन्त्रीले । चाहे दुःख गर्ने कर्मचारी हो, चाहे घर बेचेर खर्च जोहो गर्ने ब्याक्ति होस् या बर्षौ देखि घाटामा शेयर पाल्दै आएको व्याक्तिगत लगानीकर्ता होस । घरभाडा कर बढाउन छुटेछ है । केहि कारण परेछ के हो । आफू चाहि ३६ प्रतिशत कर तिरेर देश बिकासको महत्वपूर्ण हिस्सा बन्ने शौभाग्य पाएकोमा आभारी भईयो । धन्यबाद सरकार । समृद्द नेपाल, सुखी नेपाली । थप करको भार सांच्ची कै देशको समृद्धिमा लागोस । शुभकामना ।’, ज्ञवालीले आफ्नो फेसबुकमा लेखेका छन् । फेसबुकमै मधु पौडेलले आफुले ३० प्रतिशत काम सरकारका लागि गरेकाले बिरामी पर्दा निःशुल्क उपचार पाउँछु कि भन्ने जिज्ञासा राखेका छन् । पौडेल लेख्छन्–म ३० प्रतिशत काम सरकारका लागि गर्छु । अर्थात् ३० प्रतिशत काम गरे वापत प्राप्त हुने सम्पूर्ण ज्याला सरकारलाई बुझाईदिन्छु । र, ७० प्रतिशत काम आफ्ना लागि । के म सरकारसँग यत्ती अपेक्षा गर्न सक्छु– विरामी पर्दा निःशुल्क उपचार पाउने ? पत्रकार विनय बञ्जाराले पनि विज्ञ अर्थमन्त्रीको बजेटमाथी समाजिक सञ्जालमा कडा टिप्पण गरेका छन् । ‘अर्थमन्त्री जीले भएभरका सामानमा कर बढाएर साढे ६ प्रतिशतको मुद्रास्फीति लक्ष्य राखेछन् । ‘६ प्रतिशतको मुद्रास्फीति लक्ष्य राखिएकोमा साढे ९ प्रतिशत पुगेको छ,’ भनेर राष्ट्र बैंकमा भाषण गर्ने बानी लागेको, अहिले पनि भुल्या रैनछन् । सँगसँगै ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य । खास्साका अर्थशास्त्री ।’, बञ्जाराले लेखेका छन् ।
२६ लाखलाई ४१ अर्ब १५ करोड भत्ता दिदै सरकार, सबैभन्दा बढी जेष्ठ नागरिक
काठमाडौं । आगामी आर्थिक वर्ष ०७५/०७६ मा सरकारले झण्डै २६ लाख जनसंख्यालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । यो संख्या चालु आर्थिक वर्षको भन्दा ४५ हजार ५१९ ले बढी हो । आगामी आवमा जेष्ठ नागरिक, एकल तथा विधुवा महिला, पुर्ण तथा आंशिक अपाङ, लोपन्नमुख जाती र वाल संरक्षण अनुदान गरी २५ लाख ९८ हजार ११ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हो ।आगामी आर्थिक वर्षमा मात्रै सरकारले ४१ अर्ब १५ करोड रुपैयाँ भत्ता वितरण गर्ने भएको छ । चालु आवमा यस्तो भत्ता लिनको संख्या २५ लाख ५२ हजार ४९२ जना थियो । एकै वर्ष भत्ता लिनको संख्या साढे ४५ हजार जना थप भएका छन् । सामाजिक सुरक्षा भत्ता लिनको संख्या वर्षेनी बढ्दै गएको सरकारी तथ्याँकले देखाएको छ । जेष्ठ नागरिकले मासिक २ हजार रुपैयाँ भत्ता पाउदै आएका छन् । यो भत्ता पाउनेको संख्या आगामी वर्ष १२ लाख ८० हजार २८४ जना पुग्ने छ । यो वर्ष १२ लाख ३७ हजार ६०६ जना रहेका छन् । यस्तै एकल तथा विद्युवा महिलाको संख्या बढेर ६ लाख ७३ हजार २४३ जना पुगेका छन् । अपाङको संख्या १ लाख ४ हजार ५०३, लोपन्नमुख जाती २४ हजार ८९७ र वालवालिका ५ लाख १५ हजार ८४ जना रहेका छन् । जेष्ठ नागरिकलाई मासिक २ हजार, एकल र विधुवालाई १ हजार, लोपन्नमुख जातीलाई १ हजार र वालवालिकालाई मासिक ८०० रुपैयाँ भत्ता वितरण गर्ने भएको छ । आगामी वर्षदेखि सरकारले जेष्ठ नागरिकको १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गर्ने भएको छ । जेष्ठ नागरिकलाई राज्यले संरक्षण गर्नुका साथै सन्तानले अनिवार्य रुपमा हेरचाह गर्नुपर्ने कानूनी व्यवस्था गर्न लागेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । यही अवस्थामा संख्या बढ्दै गए आउदो १ दशकमा यस्तो भत्ताका लागि मात्रै सरकारले ३ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने देखिएको छ । गत आर्थिक वर्षमा ३८ अर्ब रुपैयाँ सामाजिक सुरक्षा भत्तामा खर्च भएकोमा यो आर्थिक वर्षमा बढेर ४० अर्ब र आगामी वर्ष अझ बढ्ने सरकारी तथ्याँकले देखाएको छ ।