विकासन्युज

चन्दा नउठाउन धुर्मुस-सुन्तलीलाई मन्त्रीको निर्देशन, एक रुपैंया खाएको भए मर्न तयार छु-धुर्मुस (भिडियोसहित)

काठमाडौं । वीर अस्पतालको नाममा चन्दा नउठाउन धुर्मुस सुन्तली फाउन्डेशनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री पद्माकुमारी अर्यालले निर्देशन दिएकी छन् । धुर्मुस सुन्तली फाउन्डेशनले आर्थिक हिनामिना गरेको आरोप लागेपछि मन्त्रीले सो निर्देशन दिएकी हुन् । अस्पतालमा खटिने १ सय ५० सरसफाइ कर्मचारीले हरेक दिन सरसफाइ गरिरहे पनि अस्पताल निक्कै दुर्गन्धित भएपछि स्वास्थ्य राज्यमन्त्रीले आफैं शौचालय समेत सफा गर्न वीर अस्पताल आएको बताइन । अब वीर अस्पतालबाट सुरु भएर देशै भरिनै यो अभियान संचालन हुनेछ । उनले भनिन्-‘आम जनमानसको सोचाइ नै सरकारी अस्पताल दुर्गिन्धत बन्ने छ, त्यही भ्रम चिर्न सरकारी अस्पतालको स्तर उन्नतिका लागि यो कार्य निरन्तर चहिरहने छ, अब केही समय पछि विर अस्पताल डिजीटल हुने छ । नेपालका सबै अस्पताहरुको गतिविधि मन्त्रालयबाट हेर्ने व्यवस्था हुने छ ।’ राज्यमन्त्रीले अस्पताललाई अझ राम्रो बनाआैँ भनेर अभियान चलाउन खोज्दा धुर्मुस-सुन्तलीलाई अभियान्ताका रूपमा खोजी भएको बताए । स्वास्थ्य मन्त्रालयले विर अस्पताल र ट्रमा सेन्टरको १५–१५ दिनको सफाइ अभियान चलाउन अन्तर्रा्ष्ट्रिय विमानस्थल र पशुपतिनाथ क्षेत्र सफा गरेको खेम्स क्लिनिङका खेम शर्मासँग सहकार्य गरेको थियो । नेपाल सरकारका सरसफाइ दूत सीताराम कट्टेल पनि अभियानमा सहभागी भएका छन् । नेपालको नै पुरानो र प्रदूषित वीर अस्पताल सरसफाइको नाममा धुर्मुस-सुन्तली फाउन्डेसनले विर अस्पताल र स्वास्थ्य मन्त्रालयसँ पैसा उठाउन अनुपती लिएको छैन । सरसफाइका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेरै रकम संकलनमा लागेको फाउन्डेसनले दैनिक लाखौं रुपियाँ उठाएको बताइएको छ । नेपाल सरकारले शुरुआत गरेको वीर अस्पताल सरसफाइ कार्यक्रमका नाममा धुर्मुस-सुन्तली फाउन्डेसनको नाममा हालसम्म १४ लाख ६४ हजार ८३५ रुपैया उठाएका छन । ४८ लाख ६४ हजार ३४४ रुपैया बराबरको काम भएको धुर्मुसले बताए । हामीलाई नगत मात्रै नभै रंग पनि सहयोग आएको छ । यो देशको पुरानाे अस्पतालको अवस्था सुधार गराैं भनेर लाग्दा धुर्मुसले पैँसा खायो भनेर भन्दा दुख र आपति जानाएका छन् । तर यसले अझ खुसि पनि लागेको काम गर्न उर्जा मिलेको छ । भिडियो  

आइएमई मोटर्सद्धारा अशोक लेलैंडको टिपर खरिदकर्तालाई ३७० ग्राम सुन हस्तान्तरण

काठमाडौं । आइएमई मोटर्स प्रालिले अशोक लेलैंड कमर्सियल भेहिकलको दसैं तिहार फेस्टिव स्किम अन्तर्गत विभिन्न टिपर खरिदकर्तालाई ३७० ग्राम सुन हस्तान्तरण गरेको छ । मोटर्सले अशोक लेलैंड १६१६ आईएल काग्रो क्याब टिपर १ थान खरिदमा सुधन बरदेवालाई ३० ग्राम सुन, १६१६ आईएल एसएफटीजी टिपर ८ थान खरिदमा उच्च कोटी निर्माण सेवालाई २५० ग्राम सुन, १६१६ आईएल एसएफटीजी टिपर १ थान खरिदमा लट्टीनाथ निर्माण सेवालाई ३० ग्राम सुन, यू२५१८ एसएफटीजी टिपर २ थान खरिदमा उदय सागर निर्माण सेवालाई ६० ग्राम गरी सो मात्राको सुन हस्तान्तरण गरेको हो । हिन्दुजा ग्रुपअन्तर्गत अशोक लेल्याण्ड भारतीय उत्पादक कम्पनी हो जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । अशोक लेल्याण्ड १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो । साथै, ट्रक उत्पादकमा विश्वको बाह्रौं ठूलो उत्पादक हो । अशोक लेल्याण्ड सच्चा वैश्विक वाहन उत्पादक हो जसको विश्वमा ९ओटा कारखाना छन् । अशोक लेल्याण्ड स्पेयर पुर्जाहरु र औद्योगिक र समुद्री प्रयोगका इन्जिन पनि उत्पादन गर्ने कम्पनी हो । अशोक लेल्याण्ड यात्री परिवहनको १८ सिट देखि ७४ सिट सम्मका विभिन्न विकल्प छन् र बसको बजारमा ठूलो पकड रहेको छ । अशोक लेल्याण्ड ट्रक वर्गमा ७.५ टनदेखि ४९ टन सम्मका विकल्पहरु उपलब्ध छन् ।

जनता बैंकको भण्डाराबाट कारोबार शुरु, एउटै जिल्लामा ८ वटा शाखा

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले चितवन जिल्लाको भण्डारा शाखाबाट कारोबार शुरु गरेको छ । यस शाखाबाट अन्य शाखाहरु माझै आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् । यससँगै चितवन जिल्लामा मात्रै जनता बैंकको ८ वटा शाखा पुगेका छन् भने देश भरीमा गरि शाखा सञ्जाल ११६ पुगेको छ । यससगै बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

सनराइज बैंकको चुरे शाखा बिस्तार, सुन्दरीजलमा शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । सनराइज बैंक लिमिटेडले बिहिबार कैलालीकोे चुरे गाउँपालिकामा नयाँ शाखा बिस्तार गरेको छ । उक्त शाखाको उद्घाटन चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोक्का मगर र बैंकका कर्पोरेट बैकिङ्ग बिभागका प्रमुख हरिप्रसाद आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका छन् । साथै, बैंकले २१ औँ शाखारहित बैंकिङ्ग सेवा गोकर्णेश्वरको सुन्दरीजलमा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका अध्यक्ष राम मानन्धरले एक समारोहका बीच गरेका हुन् । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि रमेशप्रसाद सिम्खडालाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरिएको छ ।

अत्यधिक फाेहाेर भेटिएपछि एमएसके ब्राण्ड जारको उद्योग शिल

काठमाडौं । एमएसके ब्राण्ड जारको उद्योग माता सरस्वती खानेपानी प्रालिमा सरकारले सिलबन्दी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा काठमाडौं जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनको क्रममा उक्त उद्योगमा कैफियत भेटिएपछि शिल लगाएकाे हो । विभागले दिएको जानकारी अनुसार उक्त उद्योग अस्तव्यस्त रहेको, प्रशस्त फोहोर, पनी भर्ने स्थान खुला, नजिकैको शौचालय समेत अत्यधिक फोहोर भेटिएपछि टोलिले उद्योगको सुरक्षणको लागि उद्योगको मुख्य भल्वमा शिल गरेकाे जानकारी गराएको छ । सरकारकाे  निर्देशन अनुसार पानीको अवस्था समेत नरहेकाे विभागकाे भनाइ छ । विभागले सातदिन भित्र आवश्यक कागजातसहित उपस्थित हुन दिर्देशन दिइएको छ । त्यस्तै विभागले जोरपाटीस्थित क्वालीटी खानेपानी, एम्वी व्रेभरेज उद्योग कागेश्वरी मनाेहरा र सोही स्थानका ए एण्ड बि व्रेभरेज पानी उद्योहरुमा पनि अनुगमन गरेको थियो । अनुगमन गरिएका उक्त उद्योगहरुमा समेत विभागले विभिन्न सुझाव तथा आवश्यक निर्देशन दिएकाे जानकारी गराएकाे छ ।

रौतहटको चन्द्रनिगाहपुरमा एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले रौतहटको चन्द्रनिगाहपुरमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुनिलकुमार जैसवालले गरेका हुन् । हाल बैंकले २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १६३ अर्ब रुपैयाँभन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब ११३ रुपैयाँ अर्ब र कुल निक्षेप करिब १३९ रुपैयाँ अर्ब पुगिसकेको छ ।

एनसेलद्धारा ईन्जिनियरिङ्ग विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ । युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई दक्ष जनशक्ति विकासमा योगदान पुर्याउने व्यावसायीक सामाजिक उत्तरदायित्व पहल अन्र्तगत एनसेलले यी छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको हो । यस पहल अन्तर्गत, एनसेलले ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन र कम्प्युटर संकायका वाषिर्क परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाई प्रत्येक वर्ष एनसेल छात्रवृति र सबभन्दा बढि अंक ल्याई यी संकायबाट स्नातक उतीर्ण गरेका विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गर्दै आएको छ । बिहीबार एक समारोहका बीच ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकका क्याम्पस प्रमुख प्रा.डा. गोकर्ण बहादुर मोत्रा, सहायक क्याम्पस प्रमुख जीतेन्द्र कुमार मानन्धर र एनसेलका प्रतिनिधीहरुले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा सम्मान प्रदान गरेका थिए । १२ वटा शीर्षक अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर संकायका १२ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको थियो । साथै उत्कृष्ट नतिजा ल्याई यी तीन संकायबाट स्नातक उतीर्ण गरेका चार जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको थियो । जिम्मेवार व्यवसायिक नागरिकका रुपमा एनसेल सँधै नेपाली युवा प्रतिभाको विकासका लागि प्रतिबद्ध रहेको छ । एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानले कम्पनीको यही प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । एनसेलले पाँच बर्षदेखि निरन्तर प्रदान गरेका यी छात्रवृत्ति र उत्कृष्टता सम्मानले युवा विद्यार्थीहरुको लगन तथा मिहेनेतलाई कदर गर्दै उनीहरुलाई शैक्षिक उत्कृष्टताका लागि प्रोत्साहन गर्दै आएको छ । यस्तो महत्वपूर्ण कार्यका लागि ईन्जिनियरिङ्ग अध्ययन संस्थान तथा केन्द्रिय क्याम्पस पुल्चोकसँग सहकार्य गर्न पाउँदा कम्पनी गर्ववान्वित रहेको एनसेलले जनाएको छ । एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत प्राविधिक शिक्षा क्षेत्रमा सहयोग पुर्याउदै दक्ष जनशक्तिको विकासका लागि योगदान पुर्याउन ५ वर्ष ९२०७१(२०७५० का लागि ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा २०७१ मा उक्त छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरेको थियो । पाँच वर्षको अवधिमा ६० जना विद्यार्थीहरुले एनसेल छात्रवृत्ति पाएका छन् भने गरी २० जना विद्यार्थीहरु एनसेल उत्कृष्टता सम्मानबाट सम्मानित भएका छन् । यस अवधिमा एनसेलले विद्यार्थीको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान वापत रु ८० लाख प्रदान गरेको छ । एनसेल छात्रवृत्ति स्नातक तहको प्रथम, द्घतिीय र तृतीय वर्षको वाषिर्क परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्घतिीय र तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले पाउने गरेका छन् । यो वर्षको छात्रवृत्ति ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर ईन्जिनियरिङ्ग संकायका प्रथम, द्घतिीय र तृतीय वर्षमा उत्कृष्ट नतिजा ल्याएका ९ जना उत्कृष्ट विद्यार्थी तथा तीनवटै संकायका छात्रामध्येबाट प्रथम, द्घतिीय र तृतीय बर्षमा उत्कृष्ट नतिजा ल्याएका ३ जना छात्राले पाएका छन् । उत्कृष्टता सम्मान अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १र१ जना गरी ३ जना र यी तीनै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्रा गरी ४ जनाले यो सम्मान पाएका छन् । प्रत्येक छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको राशि एक लाख रुपैयाँ रहेको छ । एक जिम्मेवार व्यावसायीक नागरिकका रुपमा, एनसेलले सन् २०१० देखि नै शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकता दिंदै विभिन्न व्यावसायीक सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्दै आएको छ । यस अन्र्तगत राम्रो नतिजाका साथ एसएलसी उतीर्ण गरेका तर कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा हासिल गर्न कठिनाई भोगेका कणरली अञ्चलका सम्पूर्ण जिल्ला र अन्य जिल्लाका समेत गरेर १४ जना छात्राहरुलाई ११ देखि स्नातक तह सम्म अध्ययनका लागि पाँच वर्षको छात्रवृत्ति प्रदान गरेको थियो । त्यसैगरी, डिजिटल शिक्षामा योगदान पुर्याउन कम्पनीले १६ वटा विद्यालयहरुमा डिजिटल पुस्तकालय निर्माण गरेको छ । साथै ४४ वटा सामुदायिक विद्यालयहरुमा कक्षाकोठा, शौचालय, खानेपानी सुविधा, शैक्षिक तथा खेलकुद सामग्री लगायताका लागि सहयोग प्रदान गरेको छ, जसबाट २५,००० भन्दा बढी विद्यार्थीहरुले प्रत्यक्ष लाभ प्राप्त गरेका छन् । आफ्नो सामाजिक व्यावसायीक उत्तरदायित्व अन्र्तगत एनसेलले युवाहरुमा रहेको डिजिटल प्रतिभाको प्रवर्द्घनका लागि सहयोग प्रदान गर्नुका साथै नेपाली कला, साहित्य, संगीत, फुटबल, क्रिकेट प्रबर्द्धन लगायतका क्षेत्रमा पनि योगदान पुर्याएको छ । कम्पनीले विभिन्न सामाजिक व्यावसायीक उत्तरदायित्व पहल अन्तर्गत स्वास्थ्य तथा वातावरण संरक्षणमा पनि योगदान पुर्याएको छ ।

विश्वले नै सबैभन्दा धेरै रुचाइएको गन्तव्य अष्ट्रेलिया हो- नवराज केसी

स्कुलको शिक्षक, प्रधानध्यापक, आएल्स प्रशिक्षक हुँदै आज सफल परमर्शदाता हुन् नवराज के सी । उनीसंग यो क्षेत्रमा १२ वर्षको अनुभव छ । ठुलो अन्तर्राष्ट्रिय स्तरको संस्था हाकिरहेका केसीले धेरै विद्यार्थीहरुको बैदेशिक शिक्षाको सपना पुरा गरिदिएका छन् । पछिल्लो समय नेपाली विद्यार्थी गुणस्तरीय शिक्षाको खोजिमा विभिन्न मुलुकमा पुग्ने गरेका छन् । राजनीतिक अस्थिरता र सम्भावनाको प्रयोग हुन नसक्दा युवावर्ग अध्ययनका लागि विदेशिन बाध्य छन् । प्रस्तुत छ यसै विषयमा एसआइईसी डाइरेक्टर नवराज केसीसँग विकासन्युजका राजाराम न्यौपानेले गरेका कुराकानी । नवराज केसी, संचालक, सोनिया इन्टरनेशल एजुकेशन एण्ड क्यारियर्स (एसआइईसी) कन्सलटेन्सी आम जनमानसले कसरी बुझ्ने ? कन्सलटेन्सी जसलाई नेपालीमा शैक्षिक परार्मश दिने व्यवसाय पनि भनिन्छ । विशेष गरि विदेशमा अध्यय गर्न जानेहरुलाई कुन कलेज जाँदा राम्रो हुन्छ भनेर सल्ला दिने हो । कुन विषय, कुन कोर्ष पढ्दा राम्रो हुन्छ र पछि नेपाल फर्कदा वा उतै बस्दा कस्तो खालको अवसर पाहिन्छ भन्ने विषयमा बुझाउनेहरुलाई नै कन्सलटेन्सी भनिन्छ । विदेश अध्ययन गर्न जाने विद्यार्थीहरु कुन वर्गका हुन् ? अहिलेको समयमा मध्यम र उच्च वर्गका विद्यार्थीहरु नै धेरै छन् । यो त्यति सस्तो पनि छैन । थोरैमा पनि १०/११ लाख लगानी गर्नु पर्ने हुन्छ । विद्यार्थीहरु अष्ट्रेलिया, अमेरिका, जर्मनी, डेनमार्क र चीनलगायतका देशमा जाने गरेको देखिन्छ । अहिले सम्पतीको मूल्यपनि धेरै बढेको छ । शैक्षिक लोनहरु लिएर विदेश अध्ययन गर्न जानेहरु पनि छन् । नेपाल छाडेर अन्य देश अध्ययन गर्न जाँदा के के फाईदा हुन्छ ? विद्यार्थीको पहिलो उद्देश्य भनेको पैँसा कमाउनु भन्दापनि पढ्ने हुनु पर्दछ । नेपालमा भन्दा विकसित मुलुकमा गएर पढेका विद्यार्थीहरु सक्षम र दक्ष हुन्छन् । सरकारले तोकेको समय काम पनि गर्न पाँउछन् । अन्तराष्ट्रिय विद्यार्थीले हप्ताको २० घण्टा काम गर्न पाउछन् । उनीहरुले काम गर्दै गर्दा सीप पनि सिकेर दक्ष बन्न सक्छन् । कतिपय देशले १÷२ वर्ष पढेपछि कामका लागि भिषा पनि दिने गरेको छ । त्यसले विद्यार्थीलाई सहयोग हुन्छ । नेपाली विद्यार्थीले विदेशमा गएर अध्ययन र सीप सिकेर स्वदेशमा नै आएर काम गरिरहेका हुन्छन् । नेपाली विद्यार्थीहरु के कारणले विदेश अध्ययन गर्न जान्छन् ? नेपालमा विद्यार्थीले पढ्न चाहेको कोर्स छैन । रिसर्चबेसको कोषहरु पनि छैनन् । महाविरपुन जस्ता व्यक्तिहरुले नेपालमा आविष्कार केन्द्र खोल्छु भन्दा पैँसा मागेर हिड्न परेको छ । नेपालकै विश्वविद्यालय हाता भित्रनै राम्रो रिसर्च भएको भए अहिले उनी पैँसा माग्दै हिडने अवस्था हुँदैन थियो । नेपालको शैक्षिक अवस्था पछाडी परेको कारणले नै विद्यार्थीहरु अध्ययनको लागि विदेशीयका हुन् । नेपालबाट बाहिर अध्ययनका लागि गएका कति विद्यार्थीले पढाइ पुरा गर्छन् ? नेपालबाट अन्य देश अध्ययन गर्न गएका विद्यार्थीहरुको मानसिकता नै पैँसा कमाउने भन्ने हुन्छ । ५०/६० प्रतिशत विद्यार्थीले समयमा नै पढाइ सकाएका छन् । विद्यार्थीले पढाइसँगै पैसा पनि कमाइ रहेका हुन्छन् । कन्सलटेन्सीहरुका लागि चुनौती के के छन् ? कन्सल्टेन्सी भनेको चुनौती नै चुनौतीले भरिएको ठाँउ हो । सबैभन्दा ठुलो समस्या भनेको अहिले कन्सलटेन्सीको नाममा भित्रिएका नयाँ व्यतिmहरु हुन् जस्तो मलाई लाग्छ । नयाँ भित्रियकाहरुको नियत कस्तो हो ? उनीहरु सेवा दिने हिसाबले आएका भए त राम्रो हो तर अन्य नियतले आएका रहेछन् भने कन्सलटेन्सीलाई समस्या बनाएर जान्छन् । कन्सलटेन्सीले कामको भिषा मिलाइ दिन्छु भन्दै २/४ करोड उठाएर भागीरहेका छन् । त्यस्ताले हामी दायाँ बायाँ नगरी काम गर्नेहरुलाई समेत असर पारेर जान्छन् । नेपालमा कति कन्सलटेन्सीहरु छन् ? नेपालमा लगभग २ हजारको हाराहारीमा कन्सलटेन्सी संचालित छन् । १२/१३ सय कन्सलटेन्सीहरु मात्रै दर्ता भएर संचालन भएका छन् । अरु बाँकी दर्ता बिना संचालन भैरहेका छन् । तिनीहरुले सरकार र हामीलाई चुनौती दिइरहेका छन् । उनीहरुले नराम्रो काम गरेको बेला हामी कन्सलटेन्सी व्यवसायहरु मारमा पर्ने हो । हामीले पनि इक्यानमा बसेर हेरीरहेका छौँ । यसलाई कसरी व्यवस्थीत गर्ने भनेर हाम्रो पनि दाहित्व छ । नराम्रो देखीदा हामीले पनि प्रतिक्रिया दिने गरेका छौं । प्रतिवर्ष कति नेपाली विद्यार्थी अध्ययनको लागि बाहिर जान्छन् ? कति फर्केर नेपाल आउछन् ? उच्च शिक्षाको लागि यतिनै संख्यामा विदेश जान्छन् भन्ने एकिन तथ्यांक त हामीसँग हुँदैन । थोरैमा पनि १५ हजार जति विदेश अध्ययनका लागि जाने गरेका छन् । नेपालबाट विदेश अध्ययनका लागि गएका ५ देखी १० प्रतिशत मात्रै नेपालमा आउने गरेका छन् । विदेशमा अध्ययन पुरा गरे पछि नेपाल आएकाहरु पनि अवसर नपाएर पुन विदेशनै जाने गरेका छन् । लगानी गर्ने वातावरण र रोजगारीको अवसर नहुँदा नेपाल फर्किदैनन् । नेपालमा कर्मचारीतन्त्र पनि त्यस्तै खाले छ । कुनै कम्पनी संचालन गर्छ र त्यसबाट फाइदा भएन भने उ पुनः विदेशीन्छ । नेपालमा पनि रोजगारी र लगानीको वातावरण हुने हो भने विदेशमा अध्ययन साकिए पछि नेपाल आउथे । कोरियाका विद्यार्थीहरु पनि अन्य देशमा अध्ययन गरेर आफ्नो देशमा गएर विकास गरिरहेका छन् । त्यो देशमा रोजगारी र काम गर्ने वातावरण छ । नेपालको भन्दा विदेशको कोर्समा के फरक छ ? खास नेपाली विद्यार्थीहरु विदेश अध्ययन गर्न जानुको मूल कारण चाँही के हो ? कोर्स स्ट्रकचर उस्तै उस्तै हो तर अध्ययन गराउने तरिका फरक छ । हामीले एक वर्ष पढेर एउटा परीक्षा दिइरहेका हुन्छौं, तर विदेशमा सेमेस्टर प्रणालीमा कक्षाहरु संचालन हुन्छन् । प्रोजेक्ट बेस र स्कीलवाला कोर्सहरु अध्ययन गराउँछन् । उनीहरुले बजारको मागअनुसारको कोर्स बनाउछन् तर हाम्रो देशमा २५ वर्ष अगाडी देखीको कोर्स हामीले पनि पढ्यौ र हाम्रा सन्ततीले पनि सायद यहि पढ्लान । कुनै एक जना विद्यार्थी विदेश अध्यय गर्न चायो भने कति खर्च लाग्छ ? थोरैमा १० लाख देखि धेरैमा २०/२२ लाखसम्म खर्च लाग्छ । देश हेरेर, कोर्स हेरेर, कुन स्थानको कलेज अध्ययन गर्ने हो । तिनै कुराले कतिखर्च हुन्छ भनेर निधारण गर्छ । नेपालबाट अध्ययन गर्न गएका विद्यार्थीले अध्ययन गरेनन् भने त्यहाँको सरकारले के गर्छ ? त्यहाँको सरकाले कलेजमा ८० प्रतिशत उपस्थित हुनु पर्छ भनेको छ । विद्यार्थीको उपस्थिति देखीएन भने सिधै इमिग्रेसन मार्फत नेपाल पठाउँछ र विद्यार्थीको भिषा रद्ध हुन्छ । कन्सलटेन्सीहरुलाई शैक्षिक मेनपावर व्यवसायी भन्ने आरोप पनि छ नि? आरोप त जस्ले जस्लाई जे पनि लगाउन पाँउछ । बिचमा गलत प्रकृतीका मान्छेहरु भित्रीय त्यसपछि यो क्षेत्रमा हिलो छ्यापिएको छ । राम्रो र नराम्रो सबै ठाउँ हुन्छ । नराम्रो भएन भने राम्रोको कुनै महत्वनै हुँदैन । यो क्षेत्रलाई मेनपावर नै चाँहि भन्न मिल्दैन । बौद्धिक वर्गलाई अझ बौद्धिक बनाउन विदेश अध्ययका लागि पठाउने एउटा संस्था हो । हामीले एनआरएन उत्पादन गरेको हो । हामो देशका प्रधानमन्त्री, मन्त्रीहरुले एनआरएनको लगानी ल्याउन सकियो भने देशनै परिवर्तन हुन्छ भनेर लागिरहेका छन् । एनआरएन जन्माउनमा हाम्रो ठुलो हात छ । जुन कुरा राज्यले बुझ्न सकेको छैन । यो क्षेत्रलाई कसरी राम्रो बनाउने हो भनेर सोच्ने हो भने विदेशका कलेजहरुसँग हाम्रो राम्रो सम्बन्धले विदेशका विद्यार्थी नेपालआएर अध्यय गर्ने सम्भावना रहन्छ । हामीलाई मेनपावर व्यवसाही भन्नु गलत मानसिकता हो । राज्यले अनुगमन किन गर्छ बेला बेलामा ? गलत काम गर्नेहरुका लागि पुलीस र प्रशासनले बेला बेलामा छापा मारिरहेको छ । तर दर्ता बिना नै निर्वाध रुपमा चलिरहे कै छन् । तिनीहरुले अवैधानीक काम गरिरहेका छन् । अहिलेको नयाँ ऐन बन्ने प्रकृयामा छ, त्यो ऐनले गलत काम गरेका कन्सलटेन्सीहरुलाई खारेज गर्ने र इक्यानले पनि कुनै कन्सलटेन्सी खराब भए पुलीस प्रशासनलाई कार्वाही गर्ने भन्ने खालको क्षमता राख्छ र राख्नु पनि पर्छ । बेला बेलामा छापा मारिरहनु पर्छ गलत काम गर्न संस्था वा व्यक्तिहरु डराउछन् । कुनै विद्यार्थी विदेश अध्ययन गर्न चाहेको छ भने उसले पहिले ५/७ वटा कन्सलटेन्सी जानु पर्छ र कुन राम्रो छ छुट्टाएर कन्सलटेन्सी रोज्नुपर्छ । काम खोजी दिन्छु वा लगाइ दिन्छु भन्नु भन्दा पनि यसमा राम्रो करिअर हुन्छ भनेर बुझाउनु पर्छ । विद्यार्थीले पैँसा दिँदा कस्लाई दिने भनेर राम्रोसँग बुझ्नु पर्छ ।