काठमाडौं । वीर अस्पतालको नाममा चन्दा नउठाउन धुर्मुस सुन्तली फाउन्डेशनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री पद्माकुमारी अर्यालले निर्देशन दिएकी छन् । धुर्मुस सुन्तली फाउन्डेशनले आर्थिक हिनामिना गरेको आरोप लागेपछि मन्त्रीले सो निर्देशन दिएकी हुन् ।

अस्पतालमा खटिने १ सय ५० सरसफाइ कर्मचारीले हरेक दिन सरसफाइ गरिरहे पनि अस्पताल निक्कै दुर्गन्धित भएपछि स्वास्थ्य राज्यमन्त्रीले आफैं शौचालय समेत सफा गर्न वीर अस्पताल आएको बताइन ।
अब वीर अस्पतालबाट सुरु भएर देशै भरिनै यो अभियान संचालन हुनेछ । उनले भनिन्-‘आम जनमानसको सोचाइ नै सरकारी अस्पताल दुर्गिन्धत बन्ने छ, त्यही भ्रम चिर्न सरकारी अस्पतालको स्तर उन्नतिका लागि यो कार्य निरन्तर चहिरहने छ, अब केही समय पछि विर अस्पताल डिजीटल हुने छ । नेपालका सबै अस्पताहरुको गतिविधि मन्त्रालयबाट हेर्ने व्यवस्था हुने छ ।’ राज्यमन्त्रीले अस्पताललाई अझ राम्रो बनाआैँ भनेर अभियान चलाउन खोज्दा धुर्मुस-सुन्तलीलाई अभियान्ताका रूपमा खोजी भएको बताए ।
स्वास्थ्य मन्त्रालयले विर अस्पताल र ट्रमा सेन्टरको १५–१५ दिनको सफाइ अभियान चलाउन अन्तर्रा्ष्ट्रिय विमानस्थल र पशुपतिनाथ क्षेत्र सफा गरेको खेम्स क्लिनिङका खेम शर्मासँग सहकार्य गरेको थियो । नेपाल सरकारका सरसफाइ दूत सीताराम कट्टेल पनि अभियानमा सहभागी भएका छन् ।
नेपालको नै पुरानो र प्रदूषित वीर अस्पताल सरसफाइको नाममा धुर्मुस-सुन्तली फाउन्डेसनले विर अस्पताल र स्वास्थ्य मन्त्रालयसँ पैसा उठाउन अनुपती लिएको छैन । सरसफाइका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेरै रकम संकलनमा लागेको फाउन्डेसनले दैनिक लाखौं रुपियाँ उठाएको बताइएको छ ।
नेपाल सरकारले शुरुआत गरेको वीर अस्पताल सरसफाइ कार्यक्रमका नाममा धुर्मुस-सुन्तली फाउन्डेसनको नाममा हालसम्म १४ लाख ६४ हजार ८३५ रुपैया उठाएका छन । ४८ लाख ६४ हजार ३४४ रुपैया बराबरको काम भएको धुर्मुसले बताए । हामीलाई नगत मात्रै नभै रंग पनि सहयोग आएको छ । यो देशको पुरानाे अस्पतालको अवस्था सुधार गराैं भनेर लाग्दा धुर्मुसले पैँसा खायो भनेर भन्दा दुख र आपति जानाएका छन् । तर यसले अझ खुसि पनि लागेको काम गर्न उर्जा मिलेको छ ।
भिडियो