१ बर्षमै १४ हजार किशोरीले गरे गर्भपतन, काठमाडौंमा धेरै, रसुवा, बझाङ र रुकुममा शुन्य
काठमाडौं । एक बर्ष मै १४ हजार भन्दा बढि किशोरीले गर्भपतन गराएको सरकारी तथ्याँकले देखाएको छ । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा आर्थिक वर्ष २०७३/७४ को १४ हजार ३६९ जना युवतीले गर्भपतन गराएका हुन् । गर्भपतन गराउने युवतीहरु सबै २० बर्षभन्दा मुनीका किशोरीहरु छन् । उनीहरु सबै स्कुल तथा कलेजमा अध्ययन गर्छन् । गर्भपतन गराउनेमध्ये ६ हजार १९६ जना युवतीहरुले औषधी प्रयोग गरेको विभागले जानकारी दिएको छ । यस्तै ८ हजार १७३ जना किशोरीले शल्यक्रिया गरी गर्भपतन गराएका थिए । यसरी गर्भपतन गराउनेमध्ये अधिकांश युवतीहरु अविवाहित छन् । गत आर्थिक वर्ष २०७२/७३ को १४ हजार ६९९ जना किशोरीले २० वर्ष नपुदै गर्भपतन गराएको विभागले जानकारी दिएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष केही कमी आएको छ । सबैभन्दा धेरै गर्भपतन प्रदेश नम्बर ३ को काठमाडौँ जिल्लामा भएको छ । विभागका अनुसार काठमाडौंमा मात्रै १ वर्षमा ३ हजार ११३ जना किशोरीले २० वर्ष नपुदै गर्भपतन गराएका छन् । जसमा १ हजार ७६५ जनाले औषधी प्रयोग गरेका थिए । १ हजार ३४८ जनाले अप्रेसन मार्फत गर्वपतन गराएका थिए । प्रदेश नम्बर ३ कै रसुवामा भने गर्भपतन नभएको विभागले जानकारी दिएको छ । प्रदेश नम्बर ५ को दाङ जिल्लाका २ हजार ४१ जना किशोरीले २० वर्ष नपुदै गर्भपतन गराएका थिए । ३ वटा जिल्लामा २० वर्ष मुनिका केटीहरुले गर्वपतन नै गराएका छैनन् । जसमा रुकुम, हुम्ला र सुवामा कसैले पनि गर्भपतन गराएको तथ्याँक छैन् । सकेसम्म गर्भ रहन नदिनको लागि यौन सम्पर्कको समयमा परिवार नियोजनका अस्थायी र स्थायी साधनहरुको प्रयोग स्वाथ्यकर्मीहरुले सुझाव दिने गरेका छन् । गर्भपतन गरेको १० दिन भित्र तुरुन्तै अर्को गर्भ रहनसक्ने सम्भावना भएकोले गर्भपतन गरिसकेपछि तत्काल परिवार नियोजनको साधनको प्रयोग गर्नुपर्ने चिकित्सकहरु बताउछन् । नेपालमा कानुनले नै केटीको र केटाको उमेर २० वर्ष भनेर तोकेको छ । सुरक्षीत गर्भपतन महिलाहरूको प्रजनन अधिकार हो । नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० ले १२ हप्तासम्मको गर्भ ‘गर्भवती महिला’को मञ्जुरीमा पतन गर्न सकिने व्यवस्था गरेको छ । त्यस्तै, महिलको स्वास्थ्यमा असर र हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भपतन गर्न पाइने व्यबस्था छ । लिङ्ग पहिचान गरेर, गर्भवती महिलाको सहमतिविना र १२ हप्ताभन्दा बढिको गर्भपतन गराउन कानूनले बन्देज लगाएको छ । अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भ फाल्न पाउने व्यबस्था रहेको छ ।
जोर्जे साम्पाउली बौलाएपछि अर्जेटिनाको हार: सर्जियो अग्युइरो
काठमाडौं । अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्युइरोले प्रशिक्षकका कारण खेल हारेको बताएका छन् । उनले टी वाईसी स्पोर्टसँग कुरा गर्दै प्रशिक्षक साम्पाउलीको योजनामा खेलाडीले खेल्न नसकेको बताएका हुन् । उनले भनेका छन् -‘मैले पटक पटक सम्झाएको छु कि यस्तो योजनाले काम गर्दैन र खेलाडीले खेल्न सकिरहेका छैनन् ,आइसल्यान्डसँगको टीम सेट राम्रो थियो तर यसलाई भत्काएर उनले ध्वस्त पारे । मानौं उनको योजनाले कुनै काम गरेन । जब खेल शुरु भयो खेल नत आक्रामक नत रक्षात्मक दुबै हुन सकेन यसैका कारण खेल हार्यौ ।’ उनलाई गोन्जालो हिग्योइनले प्रतिथापन गरेका थिए । खेलको विषयमा प्रतिक्रिया दिदैं साम्पाउलीले आफुले खेलको कसरी मुल्याङकन गर्ने भन्ने विर्सिएको बताए । उनले क्रोयोसिया विरुद्धको खेलमा एन्जेल डी मारिया, रोजो इभर बनेगा जस्ता स्टार खेलाडीलाई टीममा राखेका थिएनन् ।
३ मिनेट अघि लञ्च ब्रेक खाएपछि जापानी कर्मचारीको तलब काटियो, नेपालमा कहिले ?
काठमाडौं । निर्धारित समय भन्दा ३ मिनेट अघि लञ्ज ब्रेक(दिउँसोको खाना) खाएपछि जापानमा कर्मचारीको तलब काटिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका तोकिएको समय भन्दा ३ मिनेट अघि नै लञ्च खान निस्किएपछि एक कर्मचारीको तलब काटिएको हो । जापानको कोबे शहरमा खानेपानी अफिसमा कार्यरत एक कर्मचारीले तेकिएको समय भन्दा ३ मिनेट अघि नै लञ्जका लागि निस्केको फेला परेपछि आधा दिनको तलब काटिएको हो । कर्मचारीले ७ महिनाम २६ दिनसम्म तोकिएको समय भन्दा अघि नै लञ्ज ब्रेक लिएका थिए । जापानमा १ बजे लञ्ज ब्रेकका लागि समय तोकिएको छ । १ बजे भन्दा ३ मिनेट अघि नै कार्यालय छाडेर निस्केपछि ६४ बर्षिय ती कर्मचारीको आधा दिनको तलब काटिएको हो । समय भन्दा अघि नै लञ्जमा निस्किने कर्मचारीलाई कारवाही गरेपछि खानेपानी कार्यालयका हाकिमले पत्रकार सम्मेलन गरेरै माफी मागेका थिए । आफ्ना कर्मचारीले नागरिकलाई सेवा दिन कञ्जस्याई गरेर कानुनको उल्लंघन गरेको भन्दै माफी मागेका हुन् । कोबे शहरको यो घट्नाले जापानमा काम गर्ने संस्कृति कस्तो छ भन्ने सन्देश संसारभर फैलिएको छ ।
नेपाल–चीन संयुक्त वक्तव्य : रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा अर्थपूर्ण’
बेइजिङ । नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण सम्झौता हुनुलाई दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण प्रयास मानेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको छ दिने औपचारिक चीन भ्रमणका क्रममा दुई पक्षबीचको औपचारिक वार्ता र सम्झौतामा हस्ताक्षरपछि जारी संयुक्त १४ बुँदे वक्तव्यमा उक्त सम्झौताप्रति दुवैले खुशी व्यक्त गर्दै रेलमार्ग सम्पर्क सञ्जालले दुई देशको सिमापार सम्पर्क सञ्जालमा नयाँ युगको सन्देशबाहकको काम गर्ने जनाइएको छ । दुई देशबीच बिहीबार रेलमार्गसहित विभिन्न १४ विषयमा सम्झौता र सहकार्यका लागि पत्र आदानप्रदान भएको थियो । सम्पर्क सञ्जालमा प्राथमिकता दुवै देशले रेलमार्ग सहकार्यबारे दीर्घकालीन संयन्त्र बनाई त्यसबाट असल सञ्चार बढाउने छन् भने चीनले यसका लागि प्रविधि र तालीम उपलब्ध गराउनेछ । चीनको ‘एक क्षेत्र, एक मार्ग’ लाई सघन कार्यान्वयनका लागि हिमालयन सिमापार बहुआयामिक सम्पर्क सञ्जालको कार्यढाँचाअन्तर्गत सडक, रेल, हवाई र सञ्चार सम्पर्कलाई व्यापक बनाउन दुई देश सहमत भएका हुन् । नेपालले पूर्वाधार र उत्पादनका क्षेत्रमा थप चिनियाँ लगानी भित्र्याउन गरेको र लगानीमैत्री वातावरणका लागि आवश्यक कानून, नीति र करसम्बन्धी दायरालाई अनुकूल बनाउन तयार रहेको चीनलाई अवगत गराएको वक्तव्यमा जनाइएको छ । दुवै मुलुकले चाँडै झाग्मु÷खासा बन्दरगाह पुनः खोल्न, जिलोङ÷केरुङ बन्दरगाहको सञ्चालनका लागि आवश्यक सुधार गर्न, अरनिको मार्गको प्रभावकारीरुपमा सञ्चालन, स्याफ्रुबेँशी–रसुवागढी मार्गलाई मर्मत र सुधार, पुलान÷यारी बन्दरगाहस्थित कर्णाली नदीको हिल्सामा पुल बनाउन चाँडै प्रक्रिया अघि बढाउन पनि दुई देशबीच सहमति भएको छ । भूकम्पबाट प्रभावित तातोपानी क्षेत्रको पुनः निर्माणलाई नेपालले सम्पन्न गर्नेछ । दुवै मुुलुकले चिनियाँ र नेपाली विमान सञ्चालकलाई सिधा हवाई सम्पर्कका लागि प्रोत्साहन गर्न पनि सहमति जनाएका छन् । दुवै पक्षले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई गति दिन थप समन्वय बढाउनेछन् । दुवै पक्षले सिमापार अप्टिकल फाइबर केवलको सफलताका साथ व्यावसायिक सञ्चालनमा आएकोमा सन्तोष व्यक्त गर्दै सहकार्य, सूचना र सञ्चारलाई परस्पर लाभका लागि थप सवलीकरण गर्ने जनाएका छन् । नेपालले निर्धारण गरेको स्थानमा इन्धन भण्डारणको सम्भाव्यता अध्ययन र इन्धन र ग्याँस अन्वेषण केन्द्र खडा गर्न चीनले सघाउनेछ । संयुक्त विज्ञप्तिमा अन्तरदेशिय प्रसारण लाइन निर्माणको प्रक्रिया शुरु गर्ने उल्लेख गर्दै सो कार्यको सम्भाव्यता अध्ययनका लागि चिनियाँ लगानीकर्ता समेत उत्साहित भएको उल्लेख गरिएको छ । करिडोर, कृषिउपज र नाका कोशी, गण्डकी, कर्णाली आर्थिक करिडोर निर्माणका लागि नेपालले राखेको प्रस्तावलाई स्वागत गर्दै चीनले ती क्षेत्रको आर्थिक विकास र रोजगारी सिर्जनाका लागि सहकार्यको सम्भाव्यता अध्ययन गर्ने विषयसमेत विज्ञप्तिमा उल्लेख छ । दुवै पक्षले कृषि उत्पादन र कृषिउपज उत्पादनमा बढावा दिँदै आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने, प्रयोगशाला र जाँचपासका लागि सुविधा उपलब्ध गराउन अत्यावश्यक सहकार्य गर्ने भएका छन् । नेपालको कृषिउपज निर्यातका लागि सहजीकरण गर्ने र परस्पर सहमतिका आधारमा अतिरिक्त व्यापारिक मार्ग बनाउने र बैंकिङ प्रणालीबाट कारोबार गर्ने विषयलाई समेत विज्ञप्तिमा उल्लेख छ । अध्ययनमा रहेको नेपाल चीन स्वतन्त्र व्यापार सम्झौतालाई अन्तिम रुप दिँदै दुवै पक्षले केन्द्र र स्थानीय तहसम्म सिमापार आर्थिक सहकार्यका क्षेत्र अभिवृद्धि गर्दै चिनियाँ पक्षले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको टिमुरेमा निर्माण हुने क्रममा रहेको सिमापार जाँच केन्द्रलाई शीघ्र सम्पन्न गर्दै सञ्चालनमा ल्याइने संयुक्त विज्ञप्तिमा समावेश छ । दुवै पक्षले परस्पर सहमतिका आधारमा नेपाल चीन सीमा क्षेत्रमा थप सुक्खा बन्दरगाह निर्माण प्रक्रिया शुरु गर्ने भएका छन् । यस्तै सन् २०१८ को नोभेम्बरमा सांघाईमा हुने चिनियाँ अन्तर्राष्ट्रिय आयात मेलामा सहभागिताका लागि नेपाललाई आमन्त्रण गरेको छ । सन् २०१६ मा भएको नेपाल चीन व्यापार तथा पारवहन सम्झौताअनुसार सम्पर्क सञ्जालको विस्तार, यातायातको सहजीकरणका लागि सम्बन्धित निकायबीच थप सहकार्य र सम्वाद बढाई शीघ्र कार्यान्वयनमा ल्याइने भएको छ । नेपालमा उपलब्ध निर्माण सामग्री, जलसम्पदा, ऊर्जा र प्रागांरिक कृषि र जडीबुटीबाट लाभ लिन आर्थिक र व्यापारिक सहकार्यको क्षेत्र अभिवृद्धिका लागि दुवै पक्ष सहमत भएका छन् । दुई मुलुकबीच व्यापार प्रवद्र्धन, पर्यटन र लगानी प्रवद्र्धनका लागि नेपालमा चिनियाँ लगानीका बैंकका शाखा खोल्न नेपालले उपयुक्त नीतिगत व्यवस्था गर्नेछ । चीनले विपद्पछिको राहत, उद्धार र पुनःनिर्माणका लागि घोषणा गरेका सहयोग जारी रहने र नेपालमा सञ्चालित चिनियाँ परियोजनाको कार्यान्वयनका लागि नेपालले आवश्यक सहजीकरण गर्नेछ । दुवै पक्षबीच मदन भण्डारी विज्ञान र प्रविधि प्रतिष्ठान स्थापनाको सम्भाव्यता अध्ययन गर्न सहमति भएको छ । मानवीय क्षमता अभिवृद्धि कानून कार्यान्वयन गर्ने निकायबीच सूचना आदान प्रदान गर्ने निकायको क्षमता वृद्धि र तालीम प्रदान गर्न सहकार्य हुने भएको छ । यस्तै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि विगतमा भएका सहमति तथा सम्झौतालाई व्यवस्थित बनाएर कार्यान्वयनमा ल्याउनसमेत दुवै पक्ष सहमत भएका छन् । दुई पक्षबीच तालीम, विपद् व्यवस्थापन र न्यूनिकरणमा क्षमता वृद्धिका लागि नागरिक र सुरक्षाकर्मीको भ्रमण आदानप्रदान गर्ने, सीमा व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित गर्ने, नेपाल सरकारले सिचुवानको छेन्दुमा महावाणिज्यदूतको कार्यालय खोल्न गरेको प्रस्तावलाई चीनले गम्भीरतापूर्वक अध्ययन गर्ने वचन दिएको छ । पर्यटन प्रवद्र्धन तथा व्यापार सहजीकरण दुवै पक्षबीच शिक्षा, संस्कृति, पर्यटन, सञ्चार, विद्युत् समूह, युवा र जनस्तरमा आदानप्रदान र सहकार्य प्रवद्र्धन गर्ने, यस्तै दुई देशका विभिन्न शहरबीच भगिनी सम्बन्ध विस्तार गर्ने संयुक्त विज्ञप्तिमा उल्लेख छ । चीनले तिब्बत, सिचुवान, युनान, क्यूगाई र अन्य प्रदेशमा व्यापार, पर्यटन, लगानी र अन्य क्षेत्रमा सहकार्य गर्न प्रोत्साहन गर्ने भएको छ । नेपाली पर्यटन व्यवसायीलाई व्यापार प्रवद्र्धन तथा थप सहजीकरणका लागि चीनले नेपालमा चिनियाँ भाषाको तालीमलाई निरन्तरता दिनुका साथै मानव स्रोत र सरकारी छात्रवृत्तिअन्तर्गत चीनले नेपालमा ४०० जनालाई तालीमका अवसर उपलब्ध गराउने समेत संयुक्त विज्ञप्तिमा समावेश छ । सन् २०१४ मा शिक्षा मन्त्रालय र नेपालस्थित चिनियाँ दूतावासबीच भएको सम्झौताअनुसार नेपालको विद्यालयमा शिक्षण सहजीकरण कार्यक्रम अन्र्तगत स्वयंसेवी चिनियाँ भाषा शिक्षक उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । नेपालले चीनलाई उपहारको रुपमा एक जोडी एक सिंगे गैडा उपलब्ध गराउन लागेकामा प्रशंसा गर्दै वक्तव्यमा भनिएको छ ‘यो सरकार– सरकार र जनताबीचको मैत्री र स्थिर सम्बन्धको प्रतिबिम्ब हो ।’ अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चमा सहकार्य दुवै पक्षबीच संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय मञ्चमा साझा स्वार्थ विकास गर्दै विकसित, अल्पविकसित र भूपरिवेष्ठित मुलुकबीचको सहकार्यलाई अभिवृद्धि गर्ने, नेपालले सांघाईको अपरेशन अर्गनाइजेनशमा पर्यवेक्षकको भूमिकालाई असाध्यै महत्व दिँदै अन्य सदस्य मुलुकको परामर्शमा थप भूमिका उपलब्ध गराउन चीन सहमत भएको छ । दुवै मुलुकले सार्क र अन्य क्षेत्रीय संयन्त्रका मार्ग दर्शनलाई एक अर्काको सहयोग र सहभागिताका लागि सकारात्मक रुपमा लिनेछन् । विश्व व्यापार संगठन अन्तर्गत बहुआयामिक व्यापार क्षेत्रका लागि दुवै पक्ष प्रतिबद्ध रहँदै विकाशिल र अति अल्पविकसित मुलुकको लाभ प्राप्त गर्ने अधिकारलाई प्राथमिकता दिँदै पारदर्शी, समावेशी र सन्तुलित आर्थिक विश्व व्यापीकरणमा जोड दिने भएको छ । ओलीको भ्रमण थप समझदारीको अवसर प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई दुई देशबीच लामो समयदेखिको विस्तृत सहकार्य र साझेदारी प्रवद्र्धनका लागि महान् अवसरका रुपमा चित्रण गरिएको छ । प्रधानमन्त्री ओलीले चिनियाँ नेतालाई यसै वर्ष नेपाल भ्रमणका लागि गर्नुभएको आग्रहलाई आपसी समझदारी र कूटनीतिक संयन्त्रमार्फत शीघ्र मिति तय गरिने भएको छ । नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको सन् २०१७ मा भएको १९ औं राष्ट्रिय कंग्रेस सफलतापूर्वक सम्पन्न भएको र नेशनल पिपल्स कँग्रेस, सन् २०१८ मो चिनियाँ राजनीतिक परामर्श सम्मेलन सम्पन्न भएकामा बधाई दिँदै चिनियाँ विशेषताको समाजवादको आधारमा नयाँ युगतर्फको यात्राको अगुवाई गर्न राष्ट्रपति सि जिन पिङ सफल हुने विश्वास व्यक्त गरेको छ । स्थिर सरकारलाई शुभेच्छा चिनियाँ पक्षले नेपालको सक्रमणकालीन राजनीतिको अन्त्य भई राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ युग सुरु भएकामा नेपाललाई बधाई दिँदै तीन तहका निर्वाचन सम्पन्न भई ओलीको नेतृत्वमा गठित सरकारले समृद्ध नेपाल र सुखी नेपालीको संकल्प लिएकामा खुसी व्यक्त गरेको छ । चीनले नेपालको उक्त संकल्पलाई आफ्नो क्षमताले भ्याएसम्म पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । दुवै देशले एक अर्काको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डता तथा साझा चासो र मुद्दालाई सम्मान गर्दै नेपालले एक चीन नीतिप्रति विगतदेखि नै जनाउँदै आएको प्रतिबद्धताबारे वक्तव्यमा उल्लेख छ । चीनले नेपालको आफ्नो सामाजिक प्रणाली र विकासको मार्गमा अपनाउने स्वतन्त्र निर्णय र नेपालको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्थिरताको लागि आफ्नो सहयोग निरन्तर रहने दोहो¥याएको छ । रासस
अनिल शाह नविल बैंकको सीईओमा बढुवा
काठमाडौं । नविल बैंकले अनिल शाहलाई प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा बढुवा गरेको छ । ६ महिनादेखि डेपुटी सीईओका रुपमा जिम्मेवारी सम्हाल्दै आएका शाहलाई नविल बैंक सञ्चालक समितिले सीईओमा बढुवा गरेको हो । मेगा बैंकमा २ कार्यकाल पुरा गरेर सेञ्चुर कमर्सियल बैंकको सीईओ नियुक्त भएका शाहलाईबीचमै नविलले सीईओ नियुक्त गरेको थियो । सेञ्चुरीलाई धोका दिएर नविल जाने निर्णय गरेपछि नेपाल राष्ट्र बैंकले कुलिङ पिरियडको व्यवस्था गरेर शाहलाई रोकेको थियो । राष्ट्र बैंकले एउटा बैंकको प्रमुख कार्यकारी अधिकृतले अर्काे बैंकमा जानु अघि ६ महिना आराम गर्नुपर्ने व्यवस्था ल्याएको थियो । केन्द्रिय बैंकले सीईओ बन्न अंकुश लगाएपछि नविलले शाहलाई डेपुटी सीईओ नियुक्त गरेको थियो । ६ महिनामा डेपुटी सीईओको भूमिकामा नविलको व्यवस्थापन सम्हालेका शाहले आफु नविल बैंकको सीईओमा बढुवा भएको र शुक्रबारदेखि नै सीईओका कार्यभार सम्हालेको शाहले जानकारी दिए । उनी मेगा बैंक जानु अघि पनि नविलकै सीईओ थिए ।
धमाधम ब्याजदर घटाउँदैं बाणिज्य बैंकहरु, भद्र सहमति कहिलेसम्म ?
काठमाडौं । बाणिज्य बैंकहरुले धमाधम ब्याजदर घटाउन थालेका छन् । नेपाल बैंकर्स संघले बिहिबार मुद्धति निक्षेपमा ११ प्रतिशत र साधारण बचतमा ७ प्रतिशत भन्दा बढि ब्याज नलिने भद्र सहमति गरेका थिए । सहमति गरेको भोलिपल्ट शुक्रबारदेखि नै बाणिज्य बैंकहरुले ब्याजदर कटौती गरेको सूचना सार्वजनिक गरेका हुन् । अधिकाँश वाणिज्य बैंकले संस्थागतलाई अधिकतम साढे १० र व्यक्तिलाई ११ प्रतिशतसम्म मुद्धति निक्षेपमा ब्याज दिने भएका छन् । ५ महिनाअघि बैंकर्सले मुद्धतिमा ११ र साधारण वचतमा ८ प्रतिशत ब्याजदर दिने भद्र सहमति भएको थियो । एकसाता अघि मात्र बैंकर्सबीचको सहमति तोडिएपछि ब्याजदर बढेर साढे १२ प्रतिशत पुगेपछि यसलाई वान्छित सीमामा राख्न नेपाल राष्ट्र बैंकले बैंकहरुलाई दवाव दिएको थियो । केन्द्रीय बैंकको दवावमा परेर बैकर्स अन्तमा भद्र सहमति गरेका हुन् । आर्थिक वर्षको अन्तिम महिना भएकाले निक्षेप बढाउन केही वाणिज्य बैंक आक्रमक भएर मुद्धति निक्षेपको ब्याजदर बढाएका थिए । शुक्रबार नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डु, सानिमा बैंक, प्रभु बैंक, सनराइज बैंक, हिमालयन बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, नविल बैंक, नेपाल क्रेडिट एन्ड कमर्श(एनसीसी) बैंक, ग्लोबल आईएमई बैंक, प्राइम कमर्शियल बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक,कुमारी बैंक, लक्ष्मी बैंक र जनता बैंक नयाँ सहमति गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक लगायतको ब्याजदर वान्छित सीमामा रहेको छ । प्रणालीमा तरलता बढ्दै गएकाले सो सहमति लामो समय नजान पनि सक्छ । वाणिज्य बैंकहरुले लगानी गर्न पुँजी नभएको भन्दै निक्षेपको ब्याजदर बढाइरहेका बेला केन्द्रीय बैंकले अधिक तरलता रहेको भन्दै बजारबाट अर्बौ रुपैयाँ उठाएको छ । केन्द्रीय बैंकले साढे ७ अर्ब रुपैयाँ उठाएको हो । राष्ट्र बैंकले बैंकलाई ३ प्रतिशत ब्याज दिन्छ ।बैंकहरुले ब्याजदर घटाए पनि औसत आधार दर (वेसरेट) १०.९४ प्रतिशत छ । बुधबार र बिहीबार दुई साताको निक्षेप संकलन उपकरण मार्फत १८ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भएको तरलता प्रशोचनको तयारी गरेको थियो । राष्ट्र बैंकले तरलता प्रशोचन गरेपनि बिहीबार मात्रै बैंकिङ प्रणालीमा ३६ अर्ब रुपैयाँ अधिक तरलता रहेको जानकारी दिएको छ । ब्याजदर करिडोर अन्र्तगत केन्द्रीय अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाउने र ३ प्रतिशत भन्दा कम भए बैंकबाट पैसा तान्ने गरिन्छ ।
मयुर यातायातमा शेष घलेको लगानी, अब सर्वसाधारणलाई आईपीओ
काठमाडौं । व्यवसायीक रुपमा सञ्चालनमा आएको मयुर यातायातमा अष्ट्रेलियन अर्बपति शेष घलेले लगानी गर्ने भएका छन् ।गैरआवासिय संघका निवर्तमान अध्यक्ष समेत रहेका घलेले मयुरमा लगानी गर्न लागेका हुन् । कम्पनीमा ७० प्रतिशत भन्दा बढी गैरआवासिय नेपालीहरुको लगानी रहेको छ । अर्बपति घलेले पनि लगानी गर्न लागेको मयुर यातायात प्रालीका अध्यक्ष मोहन श्रेष्ठले बताए । “हामी नेपालको उत्कृष्ट बस व्यवसायी बन्ने अभियानमा छौं,” उनले भने “गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घलेले समेत कम्पनीमा लगानी गर्दै हुनुहुन्छ ।” विकासन्यूजसंग कुरा गर्दै अध्यक्ष श्रेष्ठले भने “२ महिनापछि सर्वसाधारणमा (आईपीओ) निष्कासन गर्नका लागि तयारी थालेका छौं ।” श्रेष्ठका अनुसार अहिले मयुरमा ३५ जना भन्दा बढी सेयरधनी रहेका छन् । जसमध्ये ३० प्रतिशत नेपाली लगानीकर्ता छन् । कम्पनीमा नेपाल टेलिकम, गैरआवासिय नेपालीेसँग लगानीका बारेमा छलफल भैरहेको छ । पब्लिकमा जादाँ कम्पनीप्रति सर्वसाधरणले समेत चासो र अपनत्व महशुस गर्ने भएकोले सेयर निष्काशन गर्न लागिएको उनले स्पष्ट पारे । कम्पनीको प्रत्येक दिनको हिसाब किताब सेयरधनीले मोबाइलबाटै हेर्ने व्यवस्था गरिएको छ । कम्पनीले उपत्यकाभित्र र बनेपासम्म गरी हाल २४ वटा सुबिधा समपन्न बस सञ्चालन गरिरहेको छ । थप २० वटा नयाँ बसका लागि यातायात व्यवस्था विभागबाट रुट परमिट लिएको छ । मयुरले आउँदो असोजसम्म थप ४५ वटा बस किन्ने तयारी गरेको छ । त्यसपछि चीनबाट इलेक्ट्रिक बस किन्ने कम्पनीले जनाएको छ । कम्पनीले चक्रपथ परिक्रमा, नागढुङगा–कलंकी–त्रिपुरेश्वर– कोटेश्वर–बनेपा हुँदै पनौती र धुलीखेलसम्मको रुट इजाजत लिएको यातायात व्यवस्था विभागका सुचना अधिकारी हरिराम नागिलाले जानकारी दिए । उनका अनुसार संशोधित निर्देशिका र कार्यविधी लागू गरेपछि ३० कम्पनीले रुट इजाजत लिइसकेका छन् । हालसम्म ३० कम्पनीका देशभर ३१७ वटा बसले रुट इजाजत लिएका हुन् । काठमाडौंमा मात्रै २०२ बसले रुट इजाजत लिएको अधिकृत नागिलाले बताए । मयुरका बसहरुलको अधिकतम गति ४५ किलोमिटर प्रतिघण्टा कायम गरिएको छ । दुर्घटना न्युनीकरणका लागि मयूरले गति सिमित गरेको हो । कम्पनीले दशैं अघि उपत्यका बाहिर पनि बस सञ्चालन गर्ने तयारी अघि बढाईसकेको छ । बाहिरका जिल्लाहरु कपिलवस्तु, पोखरा र ओखलढुङगामा बस सञ्चालन गर्ने तयारी कम्पनीले गरेको हो । थपिने नयाँ २० वटा बसको सम्पुर्ण तयारी पुरा भएको कम्पनीले जनाएको छ । बसको लागि आवश्यक पर्ने जनशक्तिदेखि पाकिङसम्मका सबै काम सकिइसकेको छ । यस्तो हुनेछ बसका सेवा सुविधा मयुर यातायातको बस ४० देखि ४५ सिट क्षमताका हुनेछन् । जेष्ठ नागरिक अपाङग, बालबालिका र महिलाका लागि छुट्टै आरक्षण सिट छ । बसमा फ्रि वाइफाई, एसी लगायतका सुविधा पनि छन् । प्रत्येक बसलाई कार्यालयबाट कन्ट्रोल गरिनेछ । यदि कुनै बससँग रोटेशन नमिलेमा बाटो अवरोध भएमा अर्को रुट हुदैं जान अग्रिम सूचना दिइनेछ ।
बिहीबार मात्रै ७ कम्पनीको एक करोड ५५ लाख कित्ता सेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ७ कम्पनीको एक करोड ५५ लाख कित्ता सेयर सूचिकृत भएको छ । बिहीबार मात्रै ७ कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर सूचिकृत भएको हो । सो मध्ये सबैभन्दा बढी हकप्रद सेयर सूचिकृत भएको छ । सो दिन ६ कम्पनीको एक करोड ५१ लाख कित्ता हकप्रद नेप्सेमा थपिएका छन् । त्यस्तै, एक कम्पनीको ३ लाख ९७ हजार ८०० कित्ता बोनस सेयर सूचिकृत भएको छ । सेयर सूचिकृत गर्ने मध्येमा ५ कम्पनी विकास बैंक रहेका छन् भने बाँकी २ बीमा कम्पनी रहेका छन् । सेयर सूचिकृत गर्ने ७ कम्पनी: