पुनर्बीमा कम्पनीले गल्ती सच्यायो, संस्थागत लगानीकर्ताको सेयर संरचना यथावत, सवा अर्बकाे अार्इपीअाे जारी हुने
महेश गुरागाई-अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनी काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो गल्ती सच्याएको छ । कम्पनीको असार ७ गते सम्पन्न सञ्चालक समिति बैठकले पुरानो गल्ती सच्याउँदै सेयर संरचना बदल्ने निर्णयबाट पछि हटेको हो । अब कम्पनीमा सरकार बाहेकका संस्थाक सेयर धनीहरुको हिस्सा घट्ने छैन। असार ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ८ अर्ब चुक्ता पुँजी पुर्याउन १६ प्रतिशत सर्वसाधारणलाई सेयर जारी गर्ने र बाँकी रहेको ८४ प्रतिशत सेयरमा सरकार र ३२ वटा संस्थापक लगानीकर्ताहरुको हिस्सा पुरानै संरचनामा कायम हुने निर्णय गरेको हो । यो पनि हेर्नुहोस्–पुनर्बीमा कम्पनीको माइन्यूट गैर कानुनी, संस्थागत लगानीकर्ता बीमा समितिको शरणमा हाल कम्पनीमा नेपाल सरकारको स्वामित्व ४३.५५ प्रतिशत छ भने ३२ वटा संस्थाहरुको हिस्सा ५६.४५ प्रतिशत छ । ८ अर्ब चुक्ता पुँजी पुर्याउँदा सरकारको हिस्सा ४३.५५ प्रतिशत नै कायम हुने गरि माइन्युट भएपछि ३२ वटा संस्थापक लगानीकर्ताहरुले आपक्ति जनाएका थिए । अब भने नेपाल पुनर्बीमा कम्पनीमा १६ प्रतिशत सर्वसाधारण(१५ प्रतिशत सर्वसाधारण र १ प्रतिशत कर्मचारी)को सेयर हिस्सा रहनेछ । बाँकी रहेको ८४ प्रतिशत सेयर हुन अाउने ६ अर्ब ७२ कराेडमा सरकारको ४३.५५ र ३२ वटा कम्पनीहरुको ५६.४५ प्रतिशत नै कायम हुने नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले जानकारी दिए । ‘८ अर्ब चुक्ता पुँजीमा १६ प्रतिशत सेयर सर्वसाधारणको हुनेछ भने बाँकी रहेको ८४ प्रतिशत सेयरमा सरकारको ४३.५५ र अन्य संस्थापकहरुको हिस्सा ५६.४५ प्रतिशत कायम हुनेछ’, प्रमुख कार्यकारी अधिकृत भण्डारीले भने । अब कम्पनीमा सरकारको लगानी २ अर्ब ९२ करोड हुनेछ भने ३२ वटा कम्पनीको लगानी ३ अर्ब ८० करोड हुनेछ । सर्वसाधारणको लगानी भने १ अर्ब २८ करोड हुनेछ । जस अनुसार ३२ वटा कम्पनीको सेयर हिस्सा ४७.५ प्रतिशत हुनेछ भने सरकारको सेयर हिस्सा ३६.५ प्रतिशत हुनेछ । सर्वसाधारणको सेयर हिस्सा १६ प्रतिशत रहनेछ । कम्पनीले सार्वजनिक सूचना प्रकाशित गर्दै आफ्नो हिस्सामा परेको रकम लगानीका लागि सरकार र अन्य संस्थापक लगानीकर्ताहरुलाई आग्रह गरिसकेको छ । ४५ दिनभित्र सरकार र अन्य संस्थापकहरुले आफ्नो हिस्साको रकम बुझाईसक्नुपर्नेछ । आइपीओ जारी गरेपछि नेपाल पुनर्बीमा कम्पनीले एक अबरु रुपैंयाँ बोनस सेयर बाढ्ने निर्णय पनि गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयको गम्भीर त्रुटी
परीक्षा नियन्त्रण कार्यालयले गत साता सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा व्यापक त्रुटी देखिएको छ । माध्यमिक तहको परीक्षा प्रकाशनमा भएको संभवत यो नै ठुलो त्रुटी हो । जसका कारण एक जना विद्यार्थीले नम्बर कम आएपछि आत्महत्यासम्म गरेका छन् । कार्यालयले विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी परीक्षाफल सार्वजनिक गरेपछि यस्तो अवस्था आएको हो । परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेभसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट विद्यार्थीले पाएको स्तरीकृत अंक भन्दा ग्रेड पोइन्ट एभरेज भटाभट बढ्न थालेपछि कार्यालयको प्राविधिक त्रुटि पत्ता लागेको थियो । कार्यालयले पर्याप्त, तयारी, रुजु र पुनरावलोकन नगरी परीक्षाफल प्रकाशित गर्दा प्राविधिक गडबडी भएको पाइएको हो । कार्यालयले हतारहतारमा परीक्षाफल प्रकाशित गर्दा यस्तो त्रुटि आएको थियो । कार्यालयले कूल विद्यार्थीको नतिजा के कति बढोत्तरी भयो ? भन्ने नयाँ तथ्यांक सार्वजनिक गरेको छैन । यसबारे थप अध्ययन र छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कार्वाही गर्नुपर्छ । परीक्षाफल प्रकाशनमा गम्भीर त्रुटी देखिएपछि आफुलाई बचाउ गर्दै कार्यालयका कर्मचारीले पछिल्लोमा जुन अंक देखिन्छ, त्यही आधिकारिक र सक्कली हो भनेका थिए । पछिल्लो ग्रेड सिटअनुसार सबै ग्रेडमा विद्यार्थीको स्तर सामान्य वृद्धि भएको देखिएको छ । ए ग्रेड आउनेको ए प्लस, बी प्लस आउनेको ए ग्रेडसम्ममा हेरफेर भएकोछ । भर्ना मापदण्डअनुसार विज्ञान समूह अध्ययन गर्न न्यूनतम २ जीपीए, व्यवस्थापन, मानविकी र शिक्षा अध्ययन गर्न न्यूनतम १.६ जीपीए ल्याउनुपर्ने हुन्छ । जीपीए १.६ भन्दा बढी ल्याए पनि विषयगत रूपमा निश्चित ग्रेड ल्याउनुपर्ने हुन्छ । यसलाई आधार मान्ने हो भने मुलुककै शैक्षिक गुणस्तर गतवर्षको भन्दा खस्किएको पुष्टि हुन्छ । यसबाहेक अन्य समूहमा भने गतवर्षको भन्दा सुधार भएको छ । ३.२५ देखि ३.६० जीपीए ल्याउने विद्यार्थी गतवर्ष ९.५० प्रतिशत रहेकोमा यसपालि ९.५२ पुगेको छ । त्यस्तै २.८५ देखि ३.२० जीपीए ल्याउने विद्यार्थी गतवर्ष ११.११ प्रतिशत रहेकोमा यसपालि १३.९० प्रतिशत पुगेको छ । एकातिर कम अंक ल्याउने समेत अध्ययन गर्न पाउने भएपछि विद्यार्थीले मेहनत गर्न छाडेको परीक्षाफलबाट स्पष्ट हुन्छ । सरकारले सञ्चालमा ल्याएको एसईईलाई सुधार गर्नुपर्ने देखिएको छ । यस्तै परीक्षाफल प्रकाशनमा गलत गर्नेलाई कार्वाहीको दायरामा ल्याउनुपर्छ । अर्को वर्षदेखि यस्तो समस्या नदेखियोस ।
उच्चशिक्षाका नाममा विदेश जानेको संख्या बढ्यो, ७२ मुलुकमा ६२ हजार २०० नेपाली विद्यार्थी
काठमाडौं । उच्चशिक्षा अध्ययन र त्यसका नाममा विदेश जानेको संख्या हरेक वर्ष बढेसँगै हाल विश्वका ७२ मुलुकमा नेपाली विद्यार्थी पुगेको पाइएको छ ।मुलुकले समृद्धिको सपना देखेपनि स्वदेशको उच्चशिक्षा र रोजगारीप्रति भर नगरी ती विद्यार्थी विदेशिएको देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको केशरमहलस्थित छात्रवृत्ति शाखाका अनुसार चालू आवको हालसम्मको अवधिमा मात्रै विश्वका ७२ मुलुकका शिक्षालयमा अध्ययनका लागि ६२ हजार २०० विद्यार्थीले पढ्न जानका लागि स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) लिएका छन् । यो संख्या गत दुई वर्ष अघिको आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर हो । आव २०७२/०७३ मा यसको झण्डै आधा संख्या अर्थात् ३२ हजार ४८९ ले विदेशमा उच्चशिक्षाका लागि स्वीकृति लिएका थिए । आव २०७३/०७४मा यो संख्या बढेर ५० हजार ६५९ पुगेका चालू आर्थिक वर्षको दुई महिना बाँकी रहँदै थप वृद्धि भई ६२ हजारभन्दा बढीले स्वीकृतिपत्र लिएका छन् । शाखाका प्रमुख देवीप्रसाद उपाध्याय पौडेलका अनुसार दैनिक सरदर २०० को हाराहारीमा विद्यार्थीहरुले स्वीकृतिपत्र लिइरहेका हुन्छन् । स्वीकृतिपत्र नलिई विदेश पढ्न जाने विद्यार्थीको संख्या सरकारी अभिलेखमा देखिँदैन भने स्वीकृतिपत्र लिएका सबैले अध्ययनका लागि मात्र नलिएको पनि देखिएको छ । उनीहरुले अध्ययनका लागि अनुमति लिएर रोजगारमा लागेका हुन्छन् भने कतिपयले अध्ययन र रोजगारी सँगै अघि बढाएका हुन्छन् । उच्चशिक्षा अध्ययनका लागि सबैभन्दा बढी यो वर्ष पनि अष्ट्रेलिया विद्यार्थीको पहिलो रोजाइमा परेको छ । चालू आवको गत साउन २ गतेदेखि हालसम्मको विवरणअनुसार सो मुलुकमा ३३ हजारले स्वीकृतिपत्र लिएका छन् । यस्तै, यो वर्षको गत जेठसम्मको अवधिमा जापानका लागि ११ हजार ९४, संयुक्त राज्य अमेरिकाका लागि दुई हजार ४५८, चीनका लागि एक हजार ९९६, भारतका लागि एक हजार ९७०, पोल्याण्डका लागि एक हजार ४३२, क्यानाडाका लागि एक हजार १८६ र दक्षिण कोरियाका लागि एक हजार ८६ ले स्वीकृतिपत्र लिएको देखिएको छ । रोमानिया, भियतनाम, युक्रेन, आइसल्याण्ड जस्ता मुलुकका लागि एक÷दुई जनाले मात्र अध्ययन स्वीकृतिपत्र लिएका छन् । प्रमुख उपाध्यायले अध्ययन स्वीकृतिपत्रका लागि सरलीकृत र छिटोछरितो गर्न आवश्यक सबै कागजात पेस भएको आधा घन्टाभित्र स्वीकृति दिनेगरी प्रबन्ध गरिएको जानकारी दिए। ती मुलुकमा जाने विद्यार्थीमध्ये महिला र पुरुष विद्यार्थीको अलगअलग आँकडा भने शाखाको अभिलेखमा छैन । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष विष्णुहरि पाण्डेले विद्यार्थी विदेशिने संख्या र मुलुकको संख्या ह्वात्तै बढ्नु अनपेक्षित भएको बताउँदै यो संख्या सबै अध्ययनका लागि मात्रै गएको नहुनसक्ने बताए। “विद्यार्थीहरुलाई करियर र काउन्सिलिङ गर्दै आएका करिब १ हजार ५०० परामर्श संघहरुले कसरी उनीहरुलाई परामर्श दिन्छन्, ताकि उनीहरुले उता गएर राम्रो अध्ययन गर्न सकून्, केबल पढ्ने नाममा कामका लागि नजाउन् भन्नेमा हाम्रो पनि मुख्य भूमिका हुन्छ,” अध्यक्ष पाण्डेले भने। उनले नेपालमा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) मार्फत शैक्षिक परामर्श सेवामा पनि विदेशी लगानी आउन खोजेकामा आफूहरुको विरोध रहेको जनाए। अष्ट्रेलियाली कम्पनी नेपालमा यस क्षेत्रमा लगानीका लागि पहल गरिरहेका छन् । पाण्डेले त्यसो भएमा नेपालमा परामर्श केन्द्र धरासायी हुने र पूँजी पलायन हुने खतरा पनि औँल्याए । रासस
मेगा बैंकको सबैभन्दा बढी सेयर कारोबार, यस्तो छ कारण
काठमाडौँ । यस साता मेगा बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ । बैंकले हालसालै १०.७५ प्रतिशत बोनस सेयर घोषणा गरेपछि कारोबार बढेको हो । यस्तै बैंकको सेयर मूल्य पनि सस्तो भएकाले लगानीकर्ताले बढी खरिद गरेका हुन् । सो बैंकको ४ करोड १५ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै कारोबार भएको सेयर संख्याका आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ ।सो बैंकको २ लाख ३६ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । धितोपत्र बजारमा यस साता कूल १८६ कम्पनीको १ अर्ब ४ करोड १६ लाख २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार ३६ लाख ७९ हजार ६०० कित्ता शेयर यस साता खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा ७.२५ प्रतिशत कम हो । गत साता १९० कम्पनीको ४९ लाख ६१ हजार ११० कित्ता सेयर १ अर्ब १२ करोड ३१ लाख १ हजार रुपैयाँ बराबरका खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २१.२७ अंकले घटेर अन्तिम दिन ११९८.५४ अंकमा पुगेको छ । रासस
फ्रान्स विरुद्धको खेलमा मेसी कप्तान कि प्रशिक्षक ?
काठमाडौं । केहि घण्टापछि शुरु हुने प्रिक्वटर फाइनल अन्तर्गत फ्रान्स र अर्जेन्टिना बिचको खेलमा अर्जेन्टिनाले कस्तो खेलाडी छनोट गर्ला भन्ने चासो बढेको छ । मुख्य प्रशिक्षक जोर्जे साम्पोलीसँग खेलाडीहरुको सम्बन्ध बिग्रीएको समाचार बाहिरिएपछ कप्तान लियोनल मेसी र मिडफिल्डर मस्कुरानोले खेलाडी छनोट गर्ने अनुमान गरिएको छ । बिबिसीसँग अन्तवार्ता दिदैं पुर्व अर्जेन्टिनाका खेलाडी जाभलेटाले मेसी खलाडी छनोट गर्न सक्षम रहेको बताएका छन् । उनले अन्तर्वातामा भनेका छन् -‘मेसीसँग मैले धेरै संगत गरेको छु । उनले राम्रो पकाउन सक्छन्, गाउन सक्छन् त्यस्तै विश्वकपमा खेलाडी छनोट पनि गर्न सक्छन् । मेसी राम्रो नाच्न पनि सक्छन्’ उनले थपेका छन् । स्पेनिस अनलाइन मार्काले जनाए अनुसार नाइजेरिया विरुद्धको खेलमा साम्पोलीले मेसीलाई के गर्ने के नगर्ने भनी सोधेको पुष्टी गरेपछि आजको खेलमा पनि मेसी हाबी हुने अनुमान गरिएको छ । तर फ्रान्सका युवा स्ट्राइकर विरुद्ध योजना बनाउन मेसीलाई सजिलो भने हुने छैन । मिडफिल्ड पाउल पोग्बा, एन्टोनी ग्रीजम्यान अग्रपंक्तिका केलियन ऐम्बाप्पे र ओसामाने डेम्बेलेलाई रोक्न अर्जेन्टिनालाई सजिलो छैन । आजको खेलमा सबै भन्दा दबाबकमा मेसी रहनेछन् । उनले आजको खेलमा कति दबाब झेल्न सक्छन् भन्ने कुरा भने खेलसम्म पर्खनै पर्छ । अर्जेन्टिनाका र्पुव स्ट्रार खेलाडी डिएगो म्याराडोनाले पनि मेसीले पुराना असफलतालाई बिर्सिएर बिना कुनै दबाब खेल्नु पर्नेमा जोड दिइरहेका छन् । प्रशिक्षक साम्पोलीले मेसीको क्षमता अनुसार खेलाउन नसकेको चर्को आलोचाना झेल्दै आइरहेका छन् । उनको ३ जना डिफेन्डर खेलाउने रणनितिको पनि कडा आलोचना भैरहेको छ । यस्तै गरी युवा स्ट्राइकर पाब्लो डियाबलालाई स्थान बनाउन साम्पोली र मेसीलाई हम्मेहम्मे परिरहेको छ । अर्जेन्टिनाको सबै भन्दा ठूलो समस्या भनेको टिम सेट नहुँनु हो । फरक क्लबहरुबाट बोलाएर राष्ट्रिय टोलीमा खेलाउँदा टिम सेट गर्नु जो सुकै प्रशिक्षकलाई चुनौतिपुर्ण रहेको हुन्छ । अर्जेन्टिनाको तुलनामा फ्रान्सको टिम केहि सन्तुलन देखिएको छ । आजको खेलमा मेसी जोगिएर खेल्नुपर्ने बाध्यता रहेको छ । नाइजेरिया विरुद्धको खेलमा पहेलो कार्ड खाएका मेसीले आजको खेलमा पनि पहेलो कार्ड खाएमा उनी अर्को खेलमा स्वत प्रतिबन्धित हुनेछन् । यो समस्या मस्कुरानोलाई पनि रहेको छ । खेल नेपाली समय अनुसार ७ बजेर ४५ मिनेटमा शुरु हनेछ । त्यस्तै अर्को खेल राती ११ बजेर ४५ मिनेट जादाँ पोर्चुगल र उरुग्वे विरुद्ध हुनेछ ।
सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
काठमाडौ । संखुवासभाको चैनपुरको महत्व झल्काउन र त्यसको विकासका लागि चैनपुर नगरपालिकाले काठमाडौंमा चैनपुर विकास सम्मेलन गर्ने भएको छ । प्रसिद्ध र ऐलिहाँसिक महत्व बोकेको चैनपुरको शान फेरि जगाउनका लागि काठमाडौंमा रहेका चैनपुरवासी, संखुवासभाली तथा विज्ञहरु राखि सम्मेलन गर्न लागिएको हो । सम्मेलन तयारीका लागि राजधननीमा शनिवार आयोजित छलफल कार्यक्रममा चैनपुर नगरपालिकाका मेयर भरत खत्रीले भने–‘चैनपुरको सातो गएको छ, हामी फर्काउन चाहन्छौ, चैनपुरमा विकासको बाहार ल्याउन चाहन्छौ ।’ मेयर खत्रीले काठमाडौंमा बस्ने चैनपुरवासीलाई भने–‘चैनपुरमा बस्ने मायाँ हुँदा हुँदै धेरै परिवार बाहिर जानु भएको छ, अव हामी उहाँहरुलाई फर्काउन चाहन्छौ, उहाँहरुलाई मायाँ गर्ने र फर्कने वातावरण नगरपालिकाले बनाइदिन्छ ।’ मेयर खत्रीले चैनपुरबाहिर बस्नेहरुले आआफ्नो तवरबाट चैनपुरलाई मायाँ गर्न र चैनपुर फर्काउनका लागि चैनपुर विकास सम्मेलन गर्न लागिएको जानकारी दिए । सम्मेलन काठमाडौंमा भदौको दोश्रो हप्ता गर्ने तयारी भइरहेको र त्यसका लागि छुट्टाछुट्टै विषयका ९ वटा समिति गठन गरिएको सासंद राजेन्द्र गौतमले जानकारी दिए । काठमाडौंमा रहेका चैनपुरवासीलाई एकीकृत गर्न र कार्यक्रमको संयोजन चैनपुर ३ का पत्रकार शरद अधिकारीले गरिरहेका छन् । सम्मेलनको तयारीका बारेमा छलफल गर्न राजधानीबासीहरु सासंद राजेन्द्र गौतम डा.रमेश ढुंगेल, शरद अधिकारी, तुलसीप्रसाद गौतम, जीवन भण्डारी, तेजवहादुर ढकाल, प्रेम शाक्य, गंगा शाक्य, अनुपराज श्रेष्ठ, मुक्ति गौतम, बिरेन्द्र केसी, गुणराज श्रेष्ठ, महेन्द्र शाक्य, हेमन्त गौतम, उत्तम भट्टराई, उद्वव भट्टराईलगायतको सहभागिता रहेको थियो । चैनपुर ऐतिहाँसिक, धार्मिक, प्राकृतिक, पर्यटकीय दृष्टिकोणले धनी भएता पनि पछिल्लोसमय चैनपुर ओझेलमा परेपछि नगरपालिकाले फेरि चिनाउन खोजेको छ । चैनपुरमा सिद्धकाली मन्दिर, वालेश्वर, गुफापोखरी, बानेश्वर, सभापोखरी, होचो भूभाग अरुण पिलुवा दोभानलगायत सबैको तान्ने स्थलहरु रहेका छन् ।
चिनियाँ नाका पुग्ने तीन सडक एसियन स्ट्याण्डर्डमा, १०६ अर्ब लागत
काठमाडौं । चिनियाँ नाका पुगिने ३ वटा सडक एसियाली मापदण्डको हुने भएका छन् । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणका क्रममा उत्तरी नाका पुग्ने ३ वटा सडकलाई बेल्ट एण्ड रोड इनिसियटिभ(बीआरआई)मा समावेश गर्ने सहमति भएको थियो । बिआरआईमा राख्ने सहमतिसँगै ३ वटा सडकहरु एसियाली मापदण्डमा स्तरोन्नति हुने पक्का भएको हो । नेपाल र चीनबिच कोशी करिडोर, कालीगण्डकी करिडोर र कर्णाली करिडोरलाई बिआरआईमा समावेश गर्ने सहमति भएको थियो । कुल यी सडकहरुको स्तरोन्नतिका लागि १ खर्ब ६ अर्ब रुपैंया लाग्ने प्रक्षेपण गरिएको छ । ३ वटा सडकको कुल लम्बाई भने १२३२ किलोमिटरको हुनेछ । सो सडकमध्ये अब निर्माण तथा स्तरोन्नतिका लागि भने कोशी करिडोरमा २०० किलोमिटर, कर्णाली करिडोरको २८२ किलोमिटर र कालीगण्डकी करिडोेरको ३५५ किलोमिटरमध्ये हाल सवारी सधान भने गुडिरहेको छ । त्यसमा २१ अर्ब खर्चेर सुरुङ निर्माण गर्ने योजना बनेको छ । एसियाली मापदण्डका सडकहरुलाई बिभिन्न ग्रेडमा विभाजन गरिन्छ । नेपालमा पुर्व पश्चिम राजमार्ग र बिरगञ्जबाट मुग्लिन हुँदै काठमाडौंबाट तातोपानी पुगिने सडकलाई एसियाली सडकमा समावेश गरिएको छ । बिआरआईमा समावेश गरेर एसियाली मापदण्डमा स्तरोन्नति हुने ३ सडकहरुको तल्लो खण्ड भने क मापदण्डमा निर्माण हुनेछ । जसमा मेडियनले आउने र जाने सवारी साधनलाई छुट्याउनेछ । पहाडी तथा हिमाली खण्डमा भने ग मापदण्डको सडक निर्माण हुनेछ । जुन सामान्यतया डबल लेनको हुनेछ । ‘भारतबाट आएका सवारी साधन चीन जान सक्ने र चीनबाट आएका मालवाहक सवारी साधन भारतसम्म सहज रुपमा जान सक्ने गरि एसियाली मापदण्डमा यी सडकहरुको निर्माण हुनेछ, बिआरआईको मुल ध्येय पनि त्यहि नै हो’, उत्तर दक्षिण सडक आयोजनाका प्रमुख बलराम मिश्रले भने । उनले तल्लो क्षेत्रमा मेडियन राखेर सडक निर्माण गरिने र माथिल्लो खण्डमा डबल लेनको सडक निर्माण गरिने पनि जानकारी दिए । यी सडकहरुमा सवारी साधनहरुको स्पीड लिमिट पनि निर्धारण गरिएको हुनेछ । कोशी करिडोरका रुपमा रानी–धनकुटा–किमाथाङका सडकको लम्बाई ३४५ किलोमिटर छ । यो सडकलाई पुर्णतः २ लेनमा कालोपत्रे गर्न २० अर्ब लाग्नेछ । यो सडकमा अब २०० किलोमिटर मात्रै बनाउन बाँकी छ । कर्णाली करिडोरका रुपमा रहेको ५२७ किलोमिटर लामो जमुनाह–सुर्खेत–हिल्सा सडकको लागत २३ अर्ब रूपैयाँ हुनेछ । यसमा अब २८२ किलोमिटर मात्रै निर्माण गर्न बाँकी छ । कालीगण्डकी करिडोरका रुपमा रहेको बेलहिया–बेनी–जोमसोम–कोरला सडकको लम्बाई ३५५ किलोमिटर छ भने यसको निर्माण लागत ६३ अर्ब रूपैयाँ अनुमान गरिएको छ । यो सडकमा २१ अर्ब रूपैयाँको सुरुङ तथा पुलहरु निर्माण गर्ने तयारी छ ।
एसईईको पूरक परीक्षा साउन २३ गतेदेखि हुदै
काठमाडौं । एसईई पूरक परीक्षा साउन २३ गते बुधबारबाट सञ्चालन हुने भएको छ । असार ९ गतेको राष्ट्रिय परीक्षा बोर्डको निर्णयानुसार पूरक (ग्रेडवृद्धि) परीक्षा साउन २३ देखि सञ्चालन हुने भएको हो । गएको वर्ष माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा एक्जाम्टेड समूहबाट परीक्षामा सम्मिलित भई सैद्धान्तिकतर्फ कुनै दुई विषयमा सी, डी प्लस, डी वा इ ग्रेड प्राप्त गरेका वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेका अथवा दुई विषयसम्ममा ग्रेड उल्लेख नभएका परीक्षर्थीहरुका लागि बोर्डले उक्त निर्णय गरेको बताइएको छ । बोर्डको अनुसार सो परीक्षामा सम्मिलित हुन चाहने परीक्षर्थीहरुले २०७४ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) को मूल परीक्षाको नियमित तथा एक्जाम्टेड समूहबाटै उपलब्ध गराइएको प्रवेशपत्रको आधारमा आवश्यक प्रक्रिया पूरा अघि बढाउन सक्नेछन् । प्रक्रिया अनुसार सम्बन्धित विद्यालयमार्फत शिक्षा विकास तथा समन्वय इकाईमा असार २५ गतेभित्र तोकिएको ढाँचामा फोटो टाँसी आवेदन दिन सूचना प्रकाशित गरिएको छ । बोर्डले भनेको छ, ‘सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईहरुले यसै सूचनालाई आधार मानी आवश्यक व्यवस्था मिलाउनु अनुरोध गर्दछौं ।’ थप जानकारीको लागि http://www.neb.gov.np/ राष्ट्रिय परीक्षा बोर्डको वेवसाईट हेर्न सकिनेछ । यस्तो छ परीक्षा सञ्चालनको समय तालिकाः