सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा

<p>काठमाडौ । संखुवासभाको चैनपुरको महत्व झल्काउन र त्यसको विकासका लागि चैनपुर नगरपालिकाले काठमाडौंमा चैनपुर विकास सम्मेलन गर्ने भएको छ । प्रसिद्ध र ऐलिहाँसिक महत्व बोकेको चैनपुरको शान फेरि जगाउनका लागि काठमाडौंमा रहेका चैनपुरवासी, संखुवासभाली तथा विज्ञहरु राखि सम्मेलन गर्न लागिएको हो । सम्मेलन तयारीका लागि राजधननीमा शनिवार आयोजित छलफल कार्यक्रममा चैनपुर नगरपालिकाका मेयर भरत खत्रीले [&hellip;]</p>

काठमाडौ । संखुवासभाको चैनपुरको महत्व झल्काउन र त्यसको विकासका लागि चैनपुर नगरपालिकाले काठमाडौंमा चैनपुर विकास सम्मेलन गर्ने भएको छ । प्रसिद्ध र ऐलिहाँसिक महत्व बोकेको चैनपुरको शान फेरि जगाउनका लागि काठमाडौंमा रहेका चैनपुरवासी, संखुवासभाली तथा विज्ञहरु राखि सम्मेलन गर्न लागिएको हो ।

सम्मेलन तयारीका लागि राजधननीमा शनिवार आयोजित छलफल कार्यक्रममा चैनपुर नगरपालिकाका मेयर भरत खत्रीले भने–‘चैनपुरको सातो गएको छ, हामी फर्काउन चाहन्छौ, चैनपुरमा विकासको बाहार ल्याउन चाहन्छौ ।’ मेयर खत्रीले काठमाडौंमा बस्ने चैनपुरवासीलाई भने–‘चैनपुरमा बस्ने मायाँ हुँदा हुँदै धेरै परिवार बाहिर जानु भएको छ, अव हामी उहाँहरुलाई फर्काउन चाहन्छौ, उहाँहरुलाई मायाँ गर्ने र फर्कने वातावरण नगरपालिकाले बनाइदिन्छ ।’

मेयर खत्रीले चैनपुरबाहिर बस्नेहरुले आआफ्नो तवरबाट चैनपुरलाई मायाँ गर्न र चैनपुर फर्काउनका लागि चैनपुर विकास सम्मेलन गर्न लागिएको जानकारी दिए । सम्मेलन काठमाडौंमा भदौको दोश्रो हप्ता गर्ने तयारी भइरहेको र त्यसका लागि छुट्टाछुट्टै विषयका ९ वटा समिति गठन गरिएको सासंद राजेन्द्र गौतमले जानकारी दिए ।

काठमाडौंमा रहेका चैनपुरवासीलाई एकीकृत गर्न र कार्यक्रमको संयोजन चैनपुर ३ का पत्रकार शरद अधिकारीले गरिरहेका छन् ।
सम्मेलनको तयारीका बारेमा छलफल गर्न राजधानीबासीहरु सासंद राजेन्द्र गौतम डा.रमेश ढुंगेल, शरद अधिकारी, तुलसीप्रसाद गौतम, जीवन भण्डारी, तेजवहादुर ढकाल, प्रेम शाक्य, गंगा शाक्य, अनुपराज श्रेष्ठ, मुक्ति गौतम, बिरेन्द्र केसी, गुणराज श्रेष्ठ, महेन्द्र शाक्य, हेमन्त गौतम, उत्तम भट्टराई, उद्वव भट्टराईलगायतको सहभागिता रहेको थियो ।

चैनपुर ऐतिहाँसिक, धार्मिक, प्राकृतिक, पर्यटकीय दृष्टिकोणले धनी भएता पनि पछिल्लोसमय चैनपुर ओझेलमा परेपछि नगरपालिकाले फेरि चिनाउन खोजेको छ । चैनपुरमा सिद्धकाली मन्दिर, वालेश्वर, गुफापोखरी, बानेश्वर, सभापोखरी, होचो भूभाग अरुण पिलुवा दोभानलगायत सबैको तान्ने स्थलहरु रहेका छन् ।

Share News