सानिमा बैंकको थप १६ वटा शाखाहरु सञ्चालनमा
काठमाडौं । सानिमा बैंक लिमिटेडले बिभिन्न गाउँपालिकाहरुमा थप १६ वटा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोके बमोजिम २०७५ आषाढ मसान्त सम्म सम्पूर्ण स्थानीय तहका शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकले नुवाकोटको किस्पाङ र शिवपुरी, दैलेखको डुङ्गेश्वर, मकवानपुरको बाग्मती र कैलाश, पर्साको पर्सागढी र पटेर्वा सुगौली, ललितपुरको कोन्ज्योसोम, उदयपुरको उदयपुरगढी, इलामको फाकफोकथुम, सुर्खेतको चिङ्गाड, डडेल्धुराको भागेश्वर, खोटाङको दिप्रुङ चुईचुम्मा, कालिकोटको सान्नी त्रिवेणी, बाजुराको हिमाली र दोलखाको मेलुङ्गमा गरी साे मात्राकाे शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाहरुबाट बैंकले उक्त क्षेत्रका कृषक, व्यवसायी, सर्वसाधारण तथा स्थानिय निकायलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य लिएको छ । यी उक्त शाखाहरु समेत गरी बैंकको सात वटै प्रदेशमा हाल ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा एटिएम रहेका छन् ।
ग्लोबल आईएमई बैंक र नेशनल लाइफ इन्सुरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडबीच मंगलबार बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापछि ग्लोबल आईएमई बैंकका जुनसुकै शाखाहरु मार्फत नेशनल लाइफ इन्सुरेन्सको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु सजिलै प्राप्त गर्न सकिने छ । बैंकले १३१ वटा शाखा, १४ वटा राजश्व संकलन काउण्टर, १३२ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा १०० शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
सिद्धार्थ इन्स्योरेन्सको एकैसाथ ६ वटा शाखा सञ्चालनमा
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले मंगलबार(आज) एकैसाथ ६ स्थानबाट शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल विस्तारको क्रममा कास्कीको बुद्धचोक, सिराहको मिरचैया, रौतहटको चन्द्रनिगाहपुर, सुनसरीको इनरुवा, वाराको निजगढ, मोरङ्गको विराट चोकमाशाखा सञ्चालन गरेको छ । यसै क्रममा इनरुवा शाखाको उद्घाटन सोही नगरपालिकाका मेयर राजन मेहता र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक दीपक धूतले संयुक्त रुपमा गरेका थिए । त्यसैगरी, नीजगढ शाखाको उद्घाटन नीजगढन गरपालिकाका मेयर सुरेशकुमार खनाल र कम्पनीका बरिष्ठ प्रबन्धक बद्रीबहादुर अधिकारीले संयुक्त रुपमा गरेका छन् । यसबाट बीमाको पहुँचलाई आम नागरिकसम्म पुर्याउन सहयोग मिल्ने र उद्योगी व्यवसायीहरुले छिटो छरितो एवं प्रभावकारी बीमा सेवा प्राप्त गर्नेमा कम्पनी विश्वस्त रहेको छ । यी शाखा विस्तार सँगै कम्पनीको ६१ वटा शाखा तथा २ वटा एक्सटेन्सन काउण्टर भएको छ । अब सातै प्रदेशमा आफ्नो शाखा सञ्जाल मार्फत बीमा सेवा विस्तार गरी गुणस्तरीय एवं प्रभावकारी रुपमा कृषि तथा पशुपन्छी सहित सम्पूर्ण निर्जीवन बीमा सेवा प्रदान गर्नेछ । साथै, कम्पनीले गत आर्थिक वर्ष २०७४/०७५ मा १ अर्ब ७८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ ।
विभिन्न गाउँपालिकामा नबिल बैंकको थप १२ वटा शाखा, अर्थमन्त्री खतिवडाद्धारा उद्घाटन
काठमाडौं । नबिल बैंकले विभिन्न ग्रामिण नगरपालिकाहरुमा स्थापना भएका आफ्नो थप १२ नयाँ शाखाहरुको आधिकारिक उद्घाटन गरेको छ । सो शाखाहरु प्रदेश नं. ५, कर्णाली प्रदेश, प्रदेश नं ७ स्थित निम्न लिखित स्थानहरुमा रहेका छन् । मंगलबार एक औपचारिक कार्यक्रमबीच अर्थमन्त्री डा.युवराज खतिवडाले सोे मात्राको शाखाको इलेक्ट्रनिक उद्घाटन गरेका छन् । कार्यक्रममा नबिल बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले यी विकट गाँउपालिकाहरुमा १२ नयाँ शाखाहरुबाट सेवा प्रदान गर्न पाउँदा खुशी लागेको बताएका छन् । बैंकले एक स्थानीय तहमा एउटा वाणिज्य बैंकको शाखा होस् भन्ने भावनाले ती ठाउँमा बैंकले ग्राहक सुविधा उपलब्धताको लागि शाखा संचालनमा ल्याएको उनले बताए । बैंकको थप नयाँ शाखाहरुबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले जानकारी दिएका छन् । बैंकले समाजका विभिन्न तह र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न ठाउँमा आफ्नो शाखा कार्यालयको संजाल बढाउदै लगिरहेको उनले बताए । बैंकले हाल ७४ वटा शाखा, ११५ वटा एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका मार्फत् सेवा प्रदान गर्दै आएको छ । बैंकको नयाँ शाखा
नयाँ आर्थिक वर्षलाई नेप्सेले देखायो रातो झण्डा, निर्जिवन बीमा समूह दाेहाेराे अंकले ओरालो
काठमाडौं । नयाँ आर्थिक वर्ष २०७५/२०७६ साल शुरु भएको दिन नेप्से परिसूचक ८.०५ अंकले घटेर १२०४.३१ अंकमा आइपुगेको छ । कारोबारको शुरुवाती समयमा उकालो लागेको नेप्से बिचमा केही बढ्ने प्रयास गरे पनि अन्तत एकल अंकले ओरालो लागेको छ । मंगलबार १५२ कम्पनीका ५ लाख १४ हजार कित्ता सेयर २० करोड ६० लाख रुपैंयाँमा कारोबार भएको छ । नबिल बैंकको सबैभन्दा बढि ५ करोड ८१ लाख रुपैंयाँको कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ९०० रुपैयाँ रहेको छ । उपसूचकहरुमा फाइनान्स, अन्य र ट्रेडिङ समूह सामान्य अंकले बढेका छन् भने बाँकी सबै राताम्मे भएका छन् । मंगलबार(आज)बाटै बीमा समूह छुट्टेर जिवन र निर्जिवन बीमा दुई समूहको नामबाट कारोबार गरेका छन् । दुबै समूह दोहोरो अंकले घटेका छन् । सबैभन्दा बढी निर्जिवन बीमा समूह ८७ अंकले ओरालो लागेको छ । त्यस्तै, जिवन बीमा समूह ७४ अंकले घटेको छ । मंगलबार सबैभन्दा बढी रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ६.७६ प्रतिशत कमाएका छन् भने बोटलर्स नेपाल(तराई)का लगानीकर्ताले ५.८२, नेपाल इन्स्योरेन्स कम्पनी ५.७७ र गण्डकी विकास बैंकका लगानीकर्ताले ५.३६ प्रतिशतले गुमाएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ घट्दो, नेपालमा के होला ?
एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ ओरालो लाग्न थालेको छ । भाउ निरन्तर ओरालो लागेकाले खरिदकर्ताले आगामी दिनमा पेट्रोलियमको भाउ अझ ओरालो लाग्ने अनुमान गरेका हो । पछिल्लो ४ कार्य दिनमा पेट्रोलको भाउ घटेर ब्यारेल ८३.७३ डलरबाट घटेर ७९.३१ डलर कायम भएको छ । ४ दिनमै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ प्रतिव्यारेल ४ डलर घटेको फाइनान्सियल एक्सप्रेसले लेखेको छ । फाइनान्सियल एक्सप्रेसका अनुसार डिजेलको मूल्य व्यारेलको ८७.७३ बाट घटेर ८२.७२ मा सीमित भएको छ । अन्तर्राष्ट्रिय बजारमा डिजेलको भाउ ५ डलर बढी घटेको छ । यसको परिणाम दिल्लीमा डिजेलको भाउ १४ पैसा घटेर लिटरको ६८.४७ भारु भएको छ । यस्तै पेट्रोलको भाउ ११ पैसा कमीआई लिटरको ७६.८४ पैसा कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले पेट्रोलियमका मूल्यमा कमी आउने भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिव्यारेल १ डलर मूल्य घट्दा भारतमा लिटरमा ५० पैसा भारु घट्ने फाइनान्सियल एक्सप्रेसले जनाएको छ । नेपाल आयल निगम लिमिटेडले पनि इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढी रहेकाले नेपाल आयाल निगमले के गर्न त्यो हेर्न बाँकी छ । नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ डिजेलको ९३ रुपैयाँ छ ।
नेपाल बनाना रिपब्लिकतर्फ उन्मुख : प्राडा मदनकुमार दाहाल
१. विगत ७ दशकमा ७ वटा संविधान परिवर्तनस संसारका २८ गरीव राष्ट्रहरू मध्य नेपाल २५ सौं गरीव भएको छ । २.कृषि र औद्योगिक क्षेत्रको उत्पादन अत्यन न्यून, आर्थिक विकास अत्यन्त निराशाजनक, भारत र अन्य मुलुकमा उत्पादित वस्तुहरूको बजार एउटा मुलुक भारतसंग कहाली लाग्दो रूपमा परनिर्भरता बढ्यो, रेमिटेन्स, आयात र थोरै वैदेशिक सहयोगमा निर्भर रहेको छ । ३. दुबै ठूला छिमेकी मुलुकहरू भारत विश्वमा छैठौं अर्थतन्त्र र र चीन विश्वमा दोश्रो अर्थतन्त्रसंग अपेक्षाकृत सौहाद्र र सुमधुर सम्वन्धको प्रादुर्भाव नहुनु दुर्भाग्य हो । यो असफल कुटनीतिको परिणाम हो । यसकारण भारत र चीनसंग विगतमा नेपालले गरेका कतिपय संझौताहरू दुई दशकदेखि कार्यान्वयन भएको छैन् । यसमा पुनरावलोकन हुनु पर्दछ। ४.विगत १२ वर्षमा राजनैतिक क्षेत्रमा भ्रष्ट्राचार व्याप्त ५. ९२ प्रतिशत जनता हिन्दु, वुद्धिष्ट, दशनामी समेतको आस्था भएको सनातन धर्मलाई संविधानवाट जबर्जस्ती हटाईयो, अहिले व्यापक रूपमा धर्म परिवर्तन भै रहेको अवस्था छ । ६. वर्गहीतको नाममा भएको तथाकथित जनयुद्धमा १७ हजार मानिसहरू मारिए र जातीय र क्षेत्रीय राज्यको विष वृक्ष रोपियो र विखण्डनको विजारोपन भयो । ७. १२ वर्षमा सत्ताशीन सबै दल र शासकहरूले राष्ट्र र जनताको हुर्मत लुटे, भ्रष्ट्राचारले सीमा नाघ्यो। अदालतवाट केही भ्रष्ट्राचारीलाई जेलनेल भयो, कति उम्के, राजनैतिक, आर्थिक र सामाजिक लगायत सबै क्षेत्र अहिले अस्तव्यस्त र चारैतिर हाहाकार छ। घरको धारामा एक युग भयो एक थोपा पानी आउंदैन, सडक खाल्टोमा परिणत भएको छ, फुटपाथको सडक बत्ति बल्दैनन, महंगी चुलिएको छ । यस्तै मुलुकमा सुरक्षा छैन, ट्राफिक जाम दीर्घ रोग भएको छ, शहर बाढीमा डुवेको छ,त्यसैले नेपाल क्रस रोडमा । त्यसैले पशुपतिनाथको कृपाले मुलुक चलेको छ। ८. गणतन्त्र, संघीयता र धर्म निरपेक्षतामा आधारित संविधान जारी र कतिपय जनताद्धारा संघीयता र धर्म निरपेक्षता अस्वीकार्य र जनमत संग्रहको माग । ९. नयां संविधान अन्तर्गत निर्वाचन सम्पन्न, वाम गठवन्धनको दुई तिहाई बहुमत सहित प्रचण्ड विजय र सरकार गठनस गठवन्धन सरकारमा रहेका एमाले र माओवादी केन्द्रबीच एकता, फोरम पनि सरकारमा सहभागी भएका छन् । अन्य दलहरू निर्वाचनमा ३ प्रतिशत थ्रेशहोल्ड मुनि रहेकाले राष्ट्रिय दल हुनबाट बञ्चित र ती साना दलहरूको भविष्य अन्धकार । १०. सरकारले अहिले सबै क्षेत्रमा विद्यमान विसंगति र विकृतिलाई सुधार गर्दै आगामी दुई वर्षमा अर्थतन्त्रलाई सामान्य परिस्थितिमा ल्याउनु पर्दछ र आर्थिक विकासको प्रयत्नलाई निरन्तर अगाडि बढाउनु पर्दछ । त्यसपछि मात्र सम्वृद्धिको निमित्त दीर्घकलिन योजनहरू तर्जुमा गर्नु पर्दछ। अन्यथा, हामी बनाना रिपब्लिकतर्फ उन्मुख हुनछौं र असफल राष्ट्रमा दर्ता हुने छौं। प्रभावकारी रूपमा नेपालबाट भ्रष्ट्राचारको अन्त्येष्टि र इमान्दारीतापूर्वक मितव्ययीताको नीति प्रतिपादन गरिनु पर्दछ । सत्ताशीन मित्रहरूले त्याग, तपस्या र वलिदानको दृष्टान्त पेश गर्नु पर्दछ।
साउन ५ देखि भरतपुर महानगरमा ई-रिक्सा सञ्चालनमा रोक
काठमाडौं । भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा सवारी दुर्घटना बढाएको जनाउँदै मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको छ । यही साउन ५ गतेदेखि राजमार्ग, बाइपास सडक र मुख्य शहरी क्षेत्रमा दिउँसो र राति तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाइएको हो । जेठ अन्तिम साता नै सर्वदलीय बैठकले उक्त निर्णय गरेको थियो । महानगरपालिका प्रमुख रेणु दाहालले केही सीमित ठाउँबाट बाटो काट्न दिइने भए पनि पोखरा बसपार्क, पुल्चोक, शहीदचोक, लायन्सचोक, क्याम्पस गेट, चौबीसकोठी, हाकिमचोक, बसपार्क चोक हुँदै वाइपास सडक तथा नारायणगढ बजारको मिलनरोडलगायत मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सञ्चालनमा रोक लगाइएको बताउनुभयो । भित्री सडकमा भने तीनपाङ्ग्रे सञ्चालन गर्न सकिने छ । महानगरपालिकाका इञ्जिनीयर विराट घिमिरेले इ–रिक्सा, ट्याम्पो, अटो रिक्साजस्ता तीनपाङ्ग्रे सवारीलाई निषेध गरिएकाले प्रमुख शहर र बजार क्षेत्र व्यवस्थित हुने बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जिल्लामा पाँच हजार हाराहारीमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रहेको र यसबाट धेरै दुर्घटना हुने गरेको छ भन्दै उनले सीमित ठाउँबाट बाटो काट्न दिएर राजमार्ग र वाइपास सडकमा सञ्चालनमा रोक लगाइएको बताए । तीनपाङ्ग्रे सवारी साधनले जथाभावी बाटो काट्ने, साइड नदिने, तीव्र गतिमा चलाउने जस्ता कारणले जिल्लामा हुने बढी दुर्घटना हुने गरेको छ । महानगरपालिकाका उपप्रमुख पार्वती शाहले मुख्य शहरी क्षेत्रमा फुटपाथ बन्नाका साथै कार पार्किङ व्यवस्थापन भएपछि बजार व्यवस्थित हुने बताए । केही समयपछि मोटरसाइकल पार्किङ पनि व्यवस्थित गराइने बताइएको छ । रासस