काठमाडौंको फोहर व्यवस्थापनको जिम्मा नेपवेष्टलाई, सौर्य ऊर्जामा २० अर्ब वैदेशिक लगानी स्वीकृत
काठमाडौं । काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनको पहिलो प्याकेजको कार्यान्वयनको जिम्मा नेपवेष्ट कम्पनी प्राइभेट लिमिटेडले पाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा, ओलीको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले नेपवेष्टसंग भएको आयोजना विकास सम्झौता (पीडीए) लाई स्वीकृत गरेको छ । नेपवेष्टले काठमाडौं महानगरपालिका, चन्द्रागिरी, दक्षिणकाली, नागार्जुन, तारकेश्वर, गोकर्णेश्वर, टोखा, बुढानिलकण्ठ, कागेश्वरी मनहरा र शंकरापुर गरी १० नगरपालिकामा फोहरमैला व्यवस्थापनको जिम्मेवारी पाएको छ । बोर्डको सोही बैठकले प्रस्तावित पश्चिमसेती जलविद्युत आयोजना सिघ्र कार्यन्वयनका लागि अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसंग समन्वय गरी परियोजनाका सम्बन्धमा विकासकर्ता चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेशनसंग वार्ता गरी २ महिनाभित्र निश्कर्षमा पुग्न बोर्डलाई निर्देशन दिएको छ । नेपालामा सौर्यऊर्जा उत्पादन तथा व्यवस्थापनका लागि डोल्मा फण्ड म्यानेजमेन्टले ल्याउन लागेको २० अर्ब रुपैयाँ अर्थात २० करोड डलर वैदेशिक लगानी स्वीकृत गरेको बोर्डका प्रवत्ता उत्तमभत्त वाग्लेले जानकारी दिए । सोलार परियोजनामा आउन लागेको यो सबैभन्दा ठुलो वैदेशिक लगानी हो । बोर्ड ऐन संशोधन गर्न प्रधानमन्त्री तथा मन्त्रि कार्यालयका सचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।
अब टोलटोलमा मेडिकल कलेज खोलेर डाक्टरको डिग्री दिऔ : भीम उपाध्याय
अब यसो गरम टोलटोलमा मेडिकल कलेज खोलम, भर्ना भएर ५ वर्ष कटाए पछि स्वतः डाक्टरको डिग्री दिम्, जति जना पढ्न मनलाग्छ वा चाहन्छन् त्यति जना भर्ना गर्न दिदै जाम, जति मनलाग्छ त्यति शुल्क लिन पाउने गरम् । यस्तै जसले मनलाग्छ उसले पढाउन स्वतः पाउने गरी प्राध्यापक भर्ना गरम्, चीरफार गर्न भुसिया कुकुर चौपायाको उपयोग गरम् वा पैदल हिड्ने फुटपाथ सॉघुरा भएका वा हुदै नभएका सडक काट्दा नियम मिच्ने पैदलयात्रू समातेर तिनका मुटु कलेजो मृगौला चिर्न पाउने गरम् । मेडिकल काउन्सिल खारेज गरम्, डिग्री पाउनासाथ डाक्टरको जागिरको नियुक्ति दिम्, जहॉ जागिर चाहिन्छ वा बस्न मनलाग्छ त्यही जागिरको पोस्टिंग गर्न दिम्, जसले जसलाई जे विषयमा उपचार पनि विशेषज्ञता नचाहिने गरी गर्न पाउने गरम् । उपचार गर्दागर्दै रोगी मर्न नपाईने र कथमकदाचित मरेमा उल्टो डाक्टरलाई हर्जाना दिनुपर्ने गरम्, नेता, सांसद मन्त्री, उच्च पदाधिकारी वा कलेज संचालक सबैलाई विदेशमा लगेर उपचार गराउनै पर्ने तिनलाई यहॉ कुनै डाक्टरले आलासमेत लगाउन नपाउने अध्यादेश जारी गरेर नेपाललाई विश्वमैं मेडिकल डाक्टरै डाक्टर भएको मुलुक बनाएर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गर्दै जाम् । यस्ता डाक्टर र तिनलाई दर्शन गर्न वर्षैपिच्छे करोडौ पर्यटक भित्राउने कार्यक्रम चलाउ मुलुक फटाफट समृद्ध बनाम् । यी माथिका यस्ता पवित्र माग राखी सरकारले पूरा नगर्दासम्म टोलटोलमा दर्जनौ मान्छे आजैदेखि आमरण अनसन बस्न थालम । अब यसो गरे कसो होला ?
बैंकले बढी ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंकले गर्यो हस्तक्षेप
काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेप संकल उपकरणमार्फत बजारबाट पैसा उठाउदा बैंकले बढी ब्याजदर प्रस्ताव गरेपछि हस्तक्षेप (कटअफ) गरेको छ । बैंकिङ प्रणालीमा अधिक तरला भएपछि केन्द्रीय बैंकले ९० दिने निक्षेप संकलन उपकरणमार्फत प्रशोचन गर्दा बैंकहरुले ५ प्रतिशत बढी ब्याजदर प्रस्ताव गरेपछि हस्तक्षेप गरेर ३.८ प्रतिशत कायम गरेको छ । ९१ दिने ट्रेजरी बिल्सको औसत ब्याजदर साढे ३ प्रतिशत हारहारीमा रहेका बेला बैंकसंग बढी भएको तरलता उठाउदा धेरै ब्याजदर प्रस्ताव गरेपछि कटअफ गरेको केन्द्रीय बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । उनले बैंकले बढी दर प्रस्ताव गरेपछि यसलाई नियन्त्रण गरिएको जानकारी दिए । केन्द्रीय बैंकले अधिक तरलता भएपछि मंगलबार १० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत प्रशोचनका लागि प्रतिस्पर्धा गराउदा ११ बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ४५ करोड रुपैयाँ प्रशोचन गरेको छ । बैंकले ५ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेर १० अर्ब २५ करोड रुपैयाँ दिने प्रस्ताव गरेका थिए । सरकारले खर्च बढाएपछि बैंकिङ प्रणालीमा ५९ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । बढी तरलता भएपछि प्रशोचन गर्न केन्द्रीय बैंकले बुधबार पनि ६० दिने निक्षेप उपकरणमार्फत १० अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ ।
विद्युत प्राधिकरण र आरती पावरबीच पीपीए सम्झौता, १४.५ मेगावाटको माथिल्लो ईखवाबाट ४ वर्षमा बिजुली बल्ने
काठमाडौं । नेपाल विद्युत प्राधिकरण र आरती पावर कम्पनी लिमिटेडबीच विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भएको छ । प्राधिकरण र कम्पनीबीच मंगलबार पीपीए सम्झौता भएको छ । सम्झौतापत्रमा प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका प्रवन्धक सञ्चालक प्रकाश दुलालले हस्ताक्षर गरेका हुन् । कम्पनीले १४.५ मेगावाट क्षमताको माथिल्लो इर्खवाखोला आयोजना निर्माण गर्न लागेको छ । आयोजनाबाट आगामी २०७९ मंसिर देखि बिजुली उत्पादन गर्ने कम्पनीका प्रवन्ध सञ्चालक दुलालले बताए । आयोजना बनाउन २ अर्ब ६० करोड रुपैयाँ लाग्ने उनले जानकारी दिए । जसअनुसार बैंकको ऋण लगानी १ अर्ब ८२ करोड र संस्थापकको ७८ करोड रुपैयाँ हुने छ । ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । यसमध्ये ५६ करोड रुपैयाँ संस्थापकको स्वामित्व हुने छ । आयोजना भोजपुरको षडानन्द र साल्पासुली गाउँपालिकामा रहेको छ । आयोजनाको काम आगामी ०७६ मंसिरदेखि थाल्ने उनले बताए ।
एनआईसी एशियाले दियो तीन नम्बर, जसमा मिस्कल गर्दा खाताको सम्पूर्ण जानकारी पाइने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले साउन १ गते(आज)देखि मिस्डकल बैंकिङ सेवा संचालनमा ल्याएको छ । यस सेवा अन्तर्गत बैंकका ग्राहकले मिस्डकल गरेर आफ्नो खाताको बारेमा जानकारी पाउने छन् । १. ब्यालेन्स जानकारीः मोबाईल नं- ९८०१२२७७३३ मा मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्त गर्न सकिने छ । २. मिनी स्टेटमेन्ट जानकारीः मोबाईल नं- ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोबारको जानकारी एसएमएस मार्फत प्राप्त गर्न सकिने छ । ३. कलब्याक सेवाः मोबाईल नं- ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका सम्बन्धित कर्मचारीबाट कलब्याक मार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।
सामसुङ प्लाजाले आस्मा फाउन्डेसनलाई दियो २ लाख ५० हजार
काठमाडौं । सामसुङ प्लाजा हिम इलेक्ट्रोनिक्सले आफ्नो १५ वर्ष पुरा गरेको छ । उक्त अवसरमा कम्पनीले आस्मा फाउन्डेसनलाई २ लाख ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । कम्पनीले मंगलबार उक्त फाउन्डेसनको अध्यक्ष कमल केशरी तुलाधरलाई सो मात्राको चेक हस्तान्तरण गरेको हो । उक्त फाउन्डेसनले निर्मल विद्यापथ स्कुलका २७ जना छात्राहरु र अजाद स्कुलका २३ जना छात्राहरुलाई गरि ५० जना छात्रालाई १ वर्षको पूरा स्कलरसिप, स्कुल ड्रेस र स्टेशनरी सामाग्री दिएकोे छ । गरिव तथा जेहेन्दार विद्यार्थीलाई यो सानो सहयोगले केही भएपनि राहत पुग्ने कम्पनीले अपेक्षा गरेका छ । सामसङ इलेक्ट्रोनिक्सको नेपालको लागि वितरक हिम इलेक्ट्रोनिक्स हो । सामसुङ प्लाजा इलेक्ट्रोनिक्स सामानहरुको लागि ब्रान्ड आउटलेट हो जहाँ इनोभेषन, एड्भान्स तथा सयम सापेक्ष इलेक्ट्रोनिक्स उत्पादनहरु पाइन्छ । जहाँ स्मार्टफोन, टिभी र अन्य होम अप्लाइन्सेसहरु पाउन सकिन्छ ।
अब यूकेमा पनि ओपोको स्मार्टफोन
काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले बजार विस्तारका क्रममा छिट्टै नै यूकेमा आफ्ना स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । यूकै स्थित बौद्धिक सम्पत्ति कार्यालय र यूरोपियन यूनियनको ईयूआईपीओ दुबैमा गरी ओपोले ४० नयाँ स्मार्टफोनका मोडल्स दर्ता गरेको बताइएको छ । यी स्मार्टफोन मोडल्स ओपो ए, ओपो एएक्स, ओपो एफएक्स, ओपो आर, ओपो आरएक्स र ओपो यूएक्स गरी ६ भिन्न स्मार्टफोन लाइन्स अन्तर्गतका हुन् । ओपोले दर्ता गराएका अधिकांश नामहरु हाल सम्म प्रयोग नगरिएका तथा भविष्यमा सार्वजनिक गरिने सम्भावना सहितका उपकरणहरु रहेको अनुमान गरिएको छ । ओपोले समग्र महादेश र यूकेमा आफ्नो ब्राण्डिङ रणनीतिको निरन्तर्तालाई सोचमा राखि फ्यूचर जेनेरेशन्समा आधारित उपकरणहरु दर्ता गरेको देखिन्छ । यूकेमा आफ्नो ट्रेडमार्क दर्ता गरे देखिनै त्यहाँ आफ्ना स्मार्टफोन सार्वजनिक गर्ने योजनाका बारेमा कम्पनीले घोषणा गरेको थियो । फोन कहिले देखि सार्वजनिक हुने भन्ने निश्चित मितिको घोषणा भने अझै हुन बाँकी छ ।
गण्डकी विकास बैंकको थप ६ शाखा सञ्चालनमा, ९ वटा विस्तार गर्ने तयारी
काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन थप ६ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले महोत्तरीको बर्दीबास, रुपन्देहीको ठुटीपिपल (ओमसतिया) र बुद्धनगर (सैनामैना), कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगर र बाँकेको कोहलपुरमा गरी सो मात्राको शाखाहरु सञ्चालनमा ल्याएको हो । यस सँगै बैंकको ६८ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिटै नै ९ वटा शाखाहरु सञ्चालनमा ल्याउने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।