एसईईमा सहभागी २५८ विद्यार्थीलाई एनसेलले दियो आंशिक छात्रवृत्ति
काठमाडौं । एनसेल प्राइभेट लिमिटेलले आफ्नो ‘पहिलो सिम’ योजना अन्तर्गत २५८ विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको छ । कम्पनीले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई उच्च शिक्षाको तयारीका लागि विभिन्न ६९ वटा ईन्स्टिच्युटमा ब्रिज कोर्ष गरीरहेका सो मात्राका विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको हो । एनसेलले गत वर्षको चैत्र महिनामा ‘पहिलो सिम’ योजना ल्याएको थियो । योजना अन्तर्गत ब्रिज कोर्स कक्षा संचालन गरीरहेका विभिन्न ६९ इन्स्टिच्युटमा अध्ययनरत ३ देखी ७ उत्कृष्ट विद्यार्थी गरी जम्मा २५८ उत्कृष्ट विद्यार्थीलाई रु ५००० राशीको आंशिक छात्रवृति प्रदान गरेको हो । ईन्स्टिच्युटले विभिन्न समयमा लिएको आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीले आंशिक छात्रवृति प्राप्त गरेका हुन् । २०७४ सालका एसईई परीक्षार्थीलाई लक्षित गर्दै ल्याईएको ‘पहिलो सिम’ योजनामा छात्रवृत्तिका लागि उत्कृष्ट विद्यार्थी छनौट तथा छात्रवृत्ति प्रदान गर्नका लागि एनसेलले ब्रिज कोर्ष संचालन गर्दै आएका विभिन्न इन्स्टिच्युटहरुसँग सहकार्य गरेको थियो । यस अघि कम्पनीले २०७३ सालको एसईई परिक्षा दिई विभिन्न ४२ वटा ईन्स्टिच्युटमा तयारी कक्षामा अध्यनन गरेका १२६ जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको थियो । माध्यामिक शिक्षा पछिको उच्च शिक्षा अध्ययनका लागि तयारी कक्षामा मिहेनत गरीरहेका विद्यार्थीको मिहेनत तथा उत्कृष्ट नतिजालाई सम्मान गर्ने उद्देश्य लिई पहिलो सिम योजनामा छात्रवृत्ति प्रदान गरिएको एनसेलले जनाएको छ । साथै, योजनामा परीक्षार्थीले प्राप्त गर्ने सिमले उनीहरुको सञ्चार आवश्यकतालाई सम्बोधन गर्दै आफ्ना साथीभाई तथा परिवारजनसँग सहज सम्पर्कमा रहन मद्दत गर्ने कम्पनीको विश्वास छ । गत बर्षको चैत्र १९ देखि असार १८, २०७५ सम्म संचालनमा रहेको पहिलो सिम योजनामा एनसेलले २०७४ सालका एसईई परीक्षार्थीका लागि मात्र १ रुपैयाँमा एनसेलको प्रिपेड सिमकार्ड, आईफ्लिक्स भिडियो स्ट्रिमिङ्ग सुविधा, ३० दिन सम्म निःशुल्क माइफाइभ सेवा लगायत विशेष तथा सुलभ डेटा प्याक र हरेक रिचार्जमा बोनस डेटा र एसएमएसको आकर्षक अफर उपलब्ध गराएको थियो ।
सानिमा बैंक र सिबिएल मनि ट्रान्सफरबीच रेमिटयान्स सम्झौता
काठमाडौं । सानिमा बैंक लिमिटेड र सिबिएल मनि ट्रान्सफर बीच मलेशिया-नेपाल रेमिटयान्स सेवा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र सिविएल मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मो. सैदुर रहमान फराजीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत मलेशियाबाट पठाएको रकम ८ हजारभन्दा बढि आधिकारिक प्रतिनिधि मार्फत भुक्तानी लिन सकिनेछ । मलेशियाबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा सजिलै जम्मा गर्न सकिनेछ । आन्तरिक रेमिटेन्स सेवा साथै सानिमा एक्सप्रेसले यू.ए.ई, मलेशिया, कतार, यू.के, कोरिया, लगायत विश्वभरिबाट रेमिटेन्स सेवा दिँदै आइरहेको छ । हाल, सानिमा बैंकको सात वटै प्रदेशमा ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा एटिएम रहेका छन् ।
सेञ्चुरी बैंकको ब्रान्ड एम्बासडरमा पारस खड्का र प्रतिभा माली नियुक्त
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नेपाली क्रिकेटका कप्तान पारस खड्का र राष्ट्रिय महिला भलिबल टिमका सदस्य प्रतिभा मालीलाई ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । बैंकले क्रिकेटका कप्तान खड्का र महिला भलिबल टिमका सदस्य मालीलाई एक वर्षको लागि एम्बासडरमा नियुक्त गरेको हो । खेल क्षेत्रसँग सम्बन्ध जोड्दै बैंकले आफ्नो सेवाको विकास र विस्तारमा हातेमालो गर्ने क्रममा नेपाली खेलकुद क्षेत्रका दुई चर्चित व्यक्तित्वहरुलाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । उनीहरुको नियुक्तिले बैंकको लोकप्रियता तथा व्यवसायीक अभिवृद्धिमा मद्धत पुग्ने बैंकको विश्वास छ ।
साढे ११ अर्बको आईपीओ र एफपीओ निष्कासन गर्न २७ कम्पनीलाई अनुमति, हेर्नुस् सुचीसहित
काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ मा विभिन्न २७ कम्पनीले आईपीओ र एफपीओमा निष्कासन गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले विभिन्न २७ कम्पनीलाई ११ अर्ब ४२ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ र एफपीओ निष्कासन गर्न अनुमति दिएको हो । बैंक तथा वित्तीय संस्था, बीमा, जलविद्युत र सिमेन्ट उद्योगले २१ कम्पनीले आईपीओ र ६ कम्पनीले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएका हुन् । यी मध्ये अधिकांश जलविद्युत कम्पनी रहेका छन् । सूची हेर्न यसमा क्लिक गर्नुहोस् आईपीओ निष्कासन गर्नेमा अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर लिमिटेड, शिवम् सिमेन्ट लिमिटेडलगायत २१ कम्पनी रहेका छन् । आईपीओ निष्कासन गर्न अनुमति पाउनेमा राधी विद्युत कम्पनी लिमिटेड, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड, कालिका पावर लिमिटेड, पञ्चकन्यमाई हाइड्रोपावर लिमिटेड, युनियन हाइड्रो लिमिटेड, उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था, आरम्भ माइक्रोफाइनान्स, नेपाल सेवा लघुवित्त, माउन्टेन हाइड्रोपावर, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रो र आँखुखोला जलविद्युत कम्पनी रहेका छन् । यस्तै, बुटबल पावर कम्पनी लिमिटेड, एनएमबी बैंक, नेपाल बैंक, नेपाल ग्रामीण विकास बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड र सिटिजन्स बैंकले एफपीओ निष्कासन गर्न अनुमति पाएका छन् । यी मध्ये केही कम्पनीले चालु आर्थिक वर्षमा एफपीओ र आईपीओ निष्कासन गर्ने छन् । धेरै एफपीओ निष्कासन गर्न अनुमति पाउनेमा अपर तामाकोसी हाइड्रोपावर रहेको छ । तामाकोसीले २ अर्ब ६४ करोड ७५ लाख र एफपीओमा नेपाल बैंक रहेको छ । बैंकको ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ रहेको छ ।
आइसल्याण्डका फुटबल प्रशिक्षक हलग्रिमसन राजिनामा दिदैं दन्त चिकित्सामै फर्किए
काठमाडौं । आइसल्याण्डका मुख्य फुटबल प्रशिक्षक हेइमिर हलग्रिमसनले राजिनामा दिएका छन् । उनले प्रशिक्षकबाट राजिनामा दिदैं पुरानै पेशा दन्त चिकित्सकमा फर्किएका हुन् । हलग्रिमसनले २०१६ को विश्वकप र २०१८ को विश्वकप खेलाएका थिए । ३ लाख जनसंख्या रहेको आइसल्यान्डले युरो र विश्वकप राम्रो प्रर्दशन गरेर चर्चा बटुलेको थियो । राजीनामा पछि उनले भनेका छन्यो-‘ सजिलो पेशा होइन, यो पेशामा जति जोखिम अरु कुनै पेशामा छैन, म पहिले केहि दिन बिदामा बसेर फेरी पुरानै पेशामा फर्कन चाहान्छु ।’ ५१ वर्षिय हलग्रिमसनको सम्झौता अवधि सन् २०१८ को अन्तसम्म रहेको थियो तर उनले सो अगावै राजिनामा दिएका हुन् । आइल्यान्डले यरो कपको अन्तिम १६ मा इंल्यान्डलाई हराउदैं क्वाटरफाइनलमा प्रवेश गरेको थियो । विश्वकपमा पनि अर्जेन्टिनालाई बराबरीमा रोकेको थियो ।
सिटिजन्स बैंकले पायो ‘बेष्ट प्रिजेन्टेड यानुअल रिपोर्ट अवार्ड’, वार्षिक प्रतिवेदन उत्कृष्ट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘बेष्ट प्रिजेन्टेड यानुअल(बीपीए) रिपोर्ट अवार्ड २०१७’ पाएको छ । बैंकलाई मंगलबार द इन्सिटिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल(आइक्यान) ले उक्त अवार्डबाट पुरस्कृत गरेको हो । आइक्यानले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष सहभागी बैंकका वार्षिक लेखाप्रतिवेदनलाई मूल्यांकन गरी यो पुरस्कार वितरण गर्दै आएको छ । आइक्यानले बैंकको संस्थागत सुशाशन, बैंकको उद्देश्य, जोखिम व्यवस्थापन, गन्तव्यको लेखाविवरण तथालेखा सम्बन्धि टिप्पणी तथा अन्य डिस्क्लोजरका आधारमा मूल्यांकन गर्ने गर्दछ । यस अगावै पनि बैंकको वार्षिक प्रतिवेदनलाई बेष्ट प्रिजेन्टेड यानुअल रिपोर्ट २०१५ बाट पुरस्कृत गरिएको थियो । साथै, बैंकले आगामी दिनमा पनि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रकाशन गर्ने तथा संस्थागत सुशाशनलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
मनकामना केबुलकारले पायो उत्कृष्टताको प्रमाणपत्र, निरन्तर चार पटक पाउन सफल
चितवन । इच्छाकामना गाउँपालिका कुरिनटारस्थित मनकामना केबुलकारले चौँथो पटक उत्कृष्टताको प्रमाणपत्र (सर्टिफिकेट अफ एक्सीलेन्स) पाएको छ । केबुलकारले सन् २०१५ देखिनै निरन्तर उक्त प्रमाणपत्र हाँसिल गर्दै आएको छ । सेवाग्राहीको मूल्यांकन (रिभ्यू) को आधारमा उच्च प्रशंसा प्राप्त गर्न सफल भएकाले मनकामना केबुलकारलाई सन् २०१८ का लागि उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिएको ट्राभल साइट ट्रीप एड्भाइजरले जनाएको छ । केबुलकारले ५ अंकको समग्र मूल्यांकनमा ४.५ (रेटिङ) प्राप्त गरेको छ । मनकामना केबुलकारबारे ट्रीप एड्भाइजरको वेबसाइटमा चीन, भारत, बंगलादेश, इंग्ल्याण्ड, संयुक्त अरब इमिरेट्सलगायत देशबाट नेपाल आई मनकामना केबुलकार चढेका यात्रुले मूल्याङ्कन गरेका हुन् । ९० जना मूल्याङ्कनकर्तामध्ये ६४ जनाले उत्कृष्ट, १७ जनाले धेरै राम्रो, ३ जनाले औसत, २ जनाले कमजोर र ४ जनाले डरलाग्दो भनी मूल्यांकन गरेका कम्पनीले जनाएको छ । मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले ग्राहकको वास्तविक मूल्यांकनका आधारमा यो प्रमाणपत्र पाएको बताएका छन् । साथै, कम्पनीले सन् २०१५ देखि निरन्तर उत्कृष्टताको प्रमाणपत्र पाइरहेको उनले जानकारी दिएका छन् ।
बैंकरले भने– सेयर बजारमा आईपीओ नबिक्ने अवस्था आयो, राष्ट्र बैंकले सम्बोधन गरोस
काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागेर साधारण सेयर (आईपीओ) समेत बिक्री हुन नसक्ने अवस्थमा पुगेको भन्दै बैंकरले चिन्ता व्यक्त गरेका छन् । नेपाल बैंकर्स इन्टिच्युटले बुधबार राजधानीमा आयोजना गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति विषयक अन्तरक्रियामा बोल्दै नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङानाले आईपीओ, एफपीओ र हकप्रद सेयर पनि बिक्री नहुने अवस्था आएको भन्दै यसलाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकको ध्यानकर्षण गराएका थिए । “नेपाल बैंकको एफपीओ बिक्री हुन सकेको छैन, एनएमबी बैंकको बलतल्ल बिक्री भयो, हकप्रद सेयर त बिक्री नभएर धमाधम लिलामी भइरहेका छन” ढुङानाले भने “१०० रुपैयाँमा पनि हकप्रद सेयर बिक्री नहुनु बजारमा ठुलो समस्या हो ।” यता राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले सेयरको मार्जिन कलको सीमा १० बाट २० प्रतिशत पुर्याएको बताए । कुल लगानीको २ प्रतिशत अर्थात ४२ अर्ब रुपैयाँ सेयरमा लगानी भएको जानकारी दिए ।