काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नेपाली क्रिकेटका कप्तान पारस खड्का र राष्ट्रिय महिला भलिबल टिमका सदस्य प्रतिभा मालीलाई ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । बैंकले क्रिकेटका कप्तान खड्का र महिला भलिबल टिमका सदस्य मालीलाई एक वर्षको लागि एम्बासडरमा नियुक्त गरेको हो ।

खेल क्षेत्रसँग सम्बन्ध जोड्दै बैंकले आफ्नो सेवाको विकास र विस्तारमा हातेमालो गर्ने क्रममा नेपाली खेलकुद क्षेत्रका दुई चर्चित व्यक्तित्वहरुलाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । उनीहरुको नियुक्तिले बैंकको लोकप्रियता तथा व्यवसायीक अभिवृद्धिमा मद्धत पुग्ने बैंकको विश्वास छ ।